20 Baishak, 2081 / 2 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देश

भारतीय नागरिकको आक्रमण रोक्न सीमामा हवाई फायर

भारतीय नागरिकको आक्रमण रोक्न सीमामा हवाई फायर

झापा, जेठ ४ । शनिबार राति सयौँको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीले हवाई फायर गरेका छन् ।

दक्षिण झापाको कचनकबल–१ घेराबारीमा सशस्त्र प्रहरी बल २ नं हेडक्वार्टर भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले राति ९ः३० बजेतिर घरेलु हतियारसहित डेढ सयको सङ्ख्यामा भारतीय नागरिक १२५÷१० नम्बरको सीमास्तम्भ नजिकबाट नेपाली सुरक्षा चौकीमा हुलहुज्जत गर्दै नेपाल पस्न खोजेपछि उनीहरुलाई रोक्न एक राउण्ड हवाई फायर गरिएको बताए ।

नेपाली सुरक्षाकर्मीले हवाई फायर गरेपछि उनीहरु भागेर तितरवितर भएका थिए । भारतीय नागरिकले नेपाली भूमिमा लगाएको मकैबाली उठाउनका लागि जबर्जस्ती गर्ने क्रममा झापाको सीमा क्षेत्रमा नेपाली सुरक्षा चौकीमा भएको यो तेस्रो आक्रमण प्रयासको घटना हो ।

एक साताअघि झापा गाउँपालिका–४ सुकुम्बासी बस्तीमा १३१ नम्बरको सीमास्तम्भ नजिक रहेको नेपाली सुरक्षा चौकीमा भारतीय नागरिकले हुलहुज्जत गर्दा दुई राउण्ड हवाई फायर भएको थियो । भारतीय पक्षबाट सो घटनाका बारेमा माफी माग्दै अबदेखि सीमामा हुलहुज्जत नगर्ने प्रतिबद्धता व्यक्त भएको थियो ।
 
२८ वर्षीय युवकलाई कोरोना संक्रमण आशंकामा लालपुर बन्द

२८ वर्षीय युवकलाई कोरोना संक्रमण आशंकामा लालपुर बन्द

बर्दिया, जेठ ३ । बर्दिया जिल्ला सदरमुकाम गुलरिया नगरपालिका ११ लालपुरका २८ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण भएको आशंकामा आजदेखि उक्त टोल पूर्णरुपले बन्द गरिएको छ । उक्त टोलसंँग जोडिएका सबै सडकबाट टोल आवागमनमा पूर्ण रुपले रोक लगाइएको हो । स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको सूचनामा बर्दिया नार्खु– ११ की २८ वर्षीयामा कोभिड १९ पुष्टि भएको जनाइएको थियो । बर्दियामा उक्त ठाउँ नै नभएका अवस्थामा संक्रमित भनिएको ब्यक्तिको खोजी गर्दा गुलरिया ११ लालपुर भएको  जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन कृष्णगोपाल चौधरीले बताए । 
लालपुर स्थायी घर भई काठमाडौंँमा व्यवसाय गर्दै आएका व्यक्ति गत वैशाख २९ गते काठमाडौँ फर्किएको बुझिएकाले लालपुर पूर्णरुपले बन्द गरिएको हो । लालपुर सदरमुकाम गुलरियाबाट ६ किलोमिटर पूर्व हुलाकी राजमार्गसंँग जोडिएको छ ।  स्वास्थ्य मन्त्रालयले दिएको सूचनाका आधारमा कोरोना भाइरस संक्रमित  लालपुरका हुन सक्ने आशंकामा  बन्द गरिएका बारे अनुसन्धान अगाडि बढाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी  प्रेमलाल लामिछानेले जानकारी दिए।

कोरोना पोजिटिभ देखिएकी महिलाको धुलिखेल अस्पतालमा मृत्यु

कोरोना पोजिटिभ देखिएकी महिलाको धुलिखेल अस्पतालमा मृत्यु

काठमाडौं, जेठ ३ । कोरोना संक्रमण पोजेटिभ देखिएकी एक महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पताल मृत्यु भएको छ । महिलाको मृत्यु पश्चात अस्पतालमा उच्च सतर्कता अपनाइएको छ । उनीलाई सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि बिहीबार धुलिखेल अस्पताल ल्याइएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकी ती महिला बैशाख २३ गते काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालबाट बच्चा जन्माई सिन्धुपाल्चोकको बाह्रबिसे पुगेकी थिइन् । उनीलाई अस्पतालले २४ गते डिस्चार्ज गरेको थियो । ती महिलाको मृत्यु भएपछि अस्पतालबाट ५ सय मिटरको दुरीसम्म कसैलाई प्रवेश नदिएको अस्पताल स्रोतले बतायो ।

थप २४ मा कोरोना पुष्टि : संक्रमितको संख्या २४३ पुग्यो

थप २४ मा कोरोना पुष्टि : संक्रमितको संख्या २४३ पुग्यो

काठमाडौं, वैशाख ३१ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४३ पुगेको छ । बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा २४ जना कोरोना संक्रमित भेटिएका हुन् ।

उनीहरु सबैको आरडीटी परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको हो। नयाँ संक्रमितमा रुपन्देही जिल्लाका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ वर्षीय पुरुषहरू र  ४, १०, २८ वर्षीय महिला छन् । त्यसैगरी  कपिलवस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ वर्षीय पुरुष छन् ।

पर्सा निवासी ३६, ७४ वर्षीय पुरुष र ३६ वर्षीया महिला र नवलपरासी निवासी ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ । 

निर्माण कार्यलाई १ वर्ष रोकेर भएपनि जनतालाई यो महामारीबाट बचाऔं  : सांसद दवाडी

निर्माण कार्यलाई १ वर्ष रोकेर भएपनि जनतालाई यो महामारीबाट बचाऔं : सांसद दवाडी

गोरखा, वैशाख ३१ । गण्डकी प्रदेश गोरखा क्षेत्र नं. २ ख बाट निर्वाचित सांसद् प्रकाश चन्द्र दवाडी अहिले कोरोना भाइरसको प्रकोपलाई पैतलामा राख्दै जनताको सेवामा लागेका छन् । उनी अहिले काठमाडौंमा रहेका आफ्ना क्षेत्रका जनता कोही अलपत्र परेमा उद्धार गर्न तत्परता देखाउँदै जनताको सेवामा लागेका हुन् ।

आफूलाई जनताको कामदार भन्न रुचाउने सांसद दवाडी कोरोना विश्वभर महामारी फैलिरहँदा आफू भने आफ्नो क्षेत्रमा रहेका स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री नभएका कारण काठमाडौंबाट उक्त स्वास्थ्य सामाग्री लैजान र आफ्नो क्षेत्रका कोही व्यक्तिहरु राजधानीमा अलपत्र परेको भए उद्धार गर्न राजधानी आएको न्यूज आजको टिमलाई बताए ।

गोरखा जिल्लाको बिकट दुर्गम गाउँ बारपाक त्यो पनि २०७२ सालको महाभूकम्पले उथलपुथल बनाएको र सो क्षेत्रको स्वास्थ्यचौकीहरुमा स्वास्थ्य सामाग्री अहिलेको सरकारी निकायबाट केही उपलब्ध नभएको उनले बताए । उनले भने, ‘अहिले गाउँमा बाहिरको मानिस अझै विशेष तराई तिरबाट गाउँ प्रवेशमा रोक लगाएमा गाउँमा कोरोना संक्रमण फैलँदैन र सो रोगको खासै असरपर्दैन ।’

उनले कोही आफ्नो क्षेत्रमा रहेका बासिन्दा कुनै पनि स्थानमा खान नपाएर अलपत्र परेको भए स्वंम् आफूलाई र निर्वाचित साथिहरुलाई सम्पर्क गर्न आग्रह गरे । उनले भने, ‘निर्वाचित साथिहरुले पनि मन, बचन र कर्मले देखावटी नभई पीडामा परेकाहरुलाई सहयोग गर्न आग्रह गर्दछु । हामीसँग अहिलेको बिकल्प भनेको जो जहाँछौं त्यहाँनै बसांै र आफू पनि सुरक्षित बनौं र अरुलाई पनि सुरक्षित बनाऔं ।’

यस भन्दा अगाडीको राहात सामाग्रिहरु कसरी जुटाउनु भयो भन्ने न्यूज आजको जिज्ञासामा केही रकम जापानमा आफ्नै व्यवसाय रहेको र सो व्यवसायबाट प्राप्त आम्दानीको केही प्रतिशत समाजसेवामा लगाउँदै आएको र अन्य रकम आफ्नो तलब भत्ता सम्पूर्ण सो राहातमा नै खर्च गरेको सांसद् दबाडीले बताए । सांसद दवाडीले बिगत १२ वर्ष अगाडी जापानलाई कर्म थलो बनाउँदा कमाएको रकम सामाजिक काममा खर्च गर्दै आएको बताए ।

हालसम्म पनि आफ्ना क्षेत्रमा रहेका स्वास्थ्य संस्थाले माक्स, सेनिटाइजर र पीपीई सेट प्रयोग गर्न नपाएको सांसद दबाडीले बताए । उनले भने, ‘स्वास्थ्य संस्थामा त माक्स, सेनिटाइजर र पीपीइ सेट छैन भने मेरो क्षेत्रका जनताले कसरी माक्स र सेनिटाइजर प्रयोग गर्छन् ।’ अहिले उनले आफ्नै खर्चमा केही स्वास्थ्य संस्थामा आफ्नै खर्चले माक्स र सेनिटाइजरको व्यवस्था गर्न काठमाडौं आएको बताए । 
उनले राज्यले बाहिर जिल्लाबाट आवत जावत नै रोक लगाउने र अत्यावश्यक जानै पर्ने भएमा सम्बन्धित स्थानमा पुगेपछि डब्लूएचओको नियमानुसार कति दिन क्वारेन्टाइनमा राख्न पर्ने हो उचित व्यवस्था गरि सो व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखि निगरानी गर्नु पर्ने बताए । 

राज्यले चाहेमा रोगलाई रोक्न नसकेपनि भोक–भोकैबाट जनतालाई बचाउन सक्ने उनले बताए । उनले भने, ‘राज्यले बरु निर्माणका कामलाई १ वर्ष रोकेर भएपनि जनतालाई यो महामारी बाट जोगाउनु राज्यको कर्तब्य हो, राज्यले आफूचाँही बच्ने आफ्ना जनतालाई वास्ता नगर्ने यो पनि राज्यको दायित्व हो र ?’ 
 
कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२० जना पुग्यो

कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२० जना पुग्यो

काठमाडौं, वैशाख २९ । नेपालमा फेरी थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक बिज्ञप्ति जारी गरी १० जनामा कोरोना संक्रमणको पुष्टी गरेको हो । बिज्ञप्तिमा उल्लेख भए अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षण अनुसार कपिलबस्तु, यशोधरा गाउउँपालिका–५ र बुद्धिकुमी नगरपालिका ७, १० का १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षिय पुरुष र उमेर नखुलेका एक जना पुरुष रहेका छन् । स्वास्थ्यकर्मिका अनुसार संक्रमित व्यक्तिको स्वास्थ्य अबस्था सामान्य रहेको जनाइएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या बढेर १२० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 
सरकारले लकडाउनलाई केही खुकुलो बनाउने तयारी

सरकारले लकडाउनलाई केही खुकुलो बनाउने तयारी

काठमाडौं, वैशाख २१। लकडाउनलाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ ।

४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण गर्दै सरकारले सो कार्ययोजना तयार पारेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको सो रणनीतिमा उल्लिखित कार्ययोजनामा सिंगो देशलाई तीन क्षेत्रमा विभाजन गरी सोही अनुसार लकडाउनलाई खुकुलो बनाइने तयारी गरिएको जनाएको छ ।

जसअनुसार अब स्वास्थ्यसम्बन्धी तथ्यांक र वैज्ञानिक विश्लेषणका आधारमा देशका विभिन्न भागलाई ग्रिन जोन, एलो जोन र रेड जोन मा विभाजन गरिने जनाएको छ ।

ग्रिन जोनमा पर्ने जिल्ला तथा क्षेत्रमा लकडाउन हटाएर सबै क्रियाकलाप खुला राखिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको आजको राजधानी दैनिकमा समाचार छ ।

यसैगरी, संक्रमण नियन्त्रण उन्मुख रहेको जिल्ला र क्षेत्रलाई एलो जोन र सो क्षेत्रमा मुख्य क्रियाकलाप मात्रै खुला गरिने र संक्रमण नियन्त्रणबाहिर रहेको क्षेत्रमा भने लकडाउन जारी राखिनेछ । 

लायन्स क्लब अफ काठमाडौं, नेपालयले पटक–पटक गरी एक सय ६९ परिवारलाई नगदसहित राहत वितरण

लायन्स क्लब अफ काठमाडौं, नेपालयले पटक–पटक गरी एक सय ६९ परिवारलाई नगदसहित राहत वितरण

काठमाडौं, वैशाख १९ । काठमाडौंको टोखा नगरपालिका, सूर्यडाँडा नईनडोल टोल सुधार तथा व्यवस्थापन समाज, धापासीस्थित लायन्स क्लब अफ काठमाडौं, नेपालय, नयन टोल व्यवस्थापन समिति र नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, कार्यसमिति सदस्य लक्ष्मण पौडेल र राहत वितरण समितिका संयोजक, क्लबका पास्ट प्रेसिडेन्ट तथा समाजसेवी विजय श्रेष्ठको संयुक्त टोलीले राहत वितरण गरेको छ ।

विपन्न वर्गमा परिरहेको समस्यालाई मध्यनजर गर्दै केही हप्तादेखि राजधानिको बिभिन्न स्थानमा सो टोलिले राहत वितरण गर्दै आएको क्लबका चार्टर प्रेसीडेन्ट सुधिर शर्माले जानकारी दिए । 

वैदेशिक रोजगार व्यवसायी एवं क्लबका फष्ट भाइस प्रेसीडेन्ट पौडेलले भने, ‘यो राहत बाटोमा खान नपाई बसेकादेखी सिलौटो खोपेर आफ्नो जिविका चलाउनेसम्मलाई पुगेको छ । सो पहिलो दिनको राहत बाँडेको हामीले फेसबुकमा राख्ने बितिकै हामिलाई सहयोगी हातहरुको फोन आयो र राहत सामाग्री दिने हातहरुको पनि कमी भएन । सो राहत सामग्री किन्न केही रकम आफ्नै नेपालय र लाइन्सका सदस्यहरुसँग हातेमालो गरीयो त केही बाहिरका समाजसेबी तथा दानबीरहरुको सहयोगबाट यहाँसम्म पुग्न सफल भइयो । सहयोगी हातहरुलाई सबैमा कृतज्ञता व्यक्त गर्दछु ।’

यसै क्रममा आज टोखा नगरपालिका र अन्य स्थानका ५७ परिवारलाई राहत वितरण गरिएको वैदेशिक रोजगार व्यवसायी एवं लायन्स क्लब अफ काठमाडौं, नेपालयका फष्ट भाइस प्रेसीडेन्ट पौडेलले जानकारी दिए । क्लबले सामाजिक दूरी कायम गरी राहत बितरण गर्नूका साथै बाटमोमा अलपत्र अवस्थामा भएका पशु (गाई, भैसी, कुकुर, बहर गोरु आदी)लाई खाना खुवाउने कार्य गरिएको छ । उक्त कार्यकालागि क्लबका सदस्य तथा व्यवसायी सन्तोष अधिकारीको संयोजकत्वमा टिम बनाई लकडाउन अवधिभर खाना खुवाउने कार्य गरिएको हो ।

खासगरी नगर वा वडाबाट राहत नपाएका विपन्न परिवारलाई कुनै कागजात नखोजी राहत वितरण गरिएको राहत वितरण समितिका संयोजक एवं समाजसेबी  श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले भने, ‘बिगतमा जस्तै लाइन्सले यो सामाजिक कार्यलाई निरन्तरता दिएको हो । आजसम्म हामीले राहत ६०९ जना परिवार संख्या रहेका १६९ परिवारलाई राहत बितरण गरिसकेका छौं र यो प्रक्रियालाई निरन्तरता दिने छौं ।’

आफू र आफ्ना सुभेच्छुकमार्फत राहत संकलन गरी प्रति परिवार १२।५ देखि ५० केजी सम्म चामल, १ केजी चना, १ केजी केराउ , २  केजी आलु, सबै विपन्न परिवारलाई ५र५ सय नगद समेत उपलब्ध गराइएको समाजसेबीद्वय रुद्र त्रिपाठी र प्रेम गेलालले न्यूज आजकोलाई जानकारी दिए ।

समितिका संयोजक श्रेष्ठले आगामी दिनमा पनि राहत संकलन र वितरणलाई जारी राख्ने प्रयास भइरहेको र अति विपन्न वर्गका परिवारलाई संकलित राहत घर÷घरमा पु¥याउने जानकारी दिए ।

आज ग्राण्डी अस्पताल नजिकै नईनडोल टोल सुधार तथा व्यवस्थापन समाजको कार्यालय प्राङगणमा गरिएको राहत वितरण कार्यक्रममा उपस्थित राहत लिने व्यक्तिहरुले सहयोगी हातहरु प्रति आभार प्रकटसमेत गरेका थिए । 

यो टोलीले करिब तीन सातादेखि गोंगबु, बालाजु, पुतलिसडक, धापासी, समाखुशी, टोखा, बानियाँटार, चाबहील लगायतका क्षेत्रमा राहत वितरण गर्दै आएको छ। 

राहत संकलन र वितरणमा क्लबका वर्तमान अध्यक्ष सरिता श्रेष्ठ, सचिव दीपा श्रेष्ठ, कोषाध्यक्ष सपना न्यौपाने पौडेल, आगामी अध्यक्ष राजेन्द्र श्रेष्ठ, थर्ड भिपी तिर्थराज घिमिरे, पूर्व अध्यक्ष किरण श्रेष्ठ, सदस्यहरु इन्दू श्रेष्ठ, कमला तामाङ, नईनडोल टोल सुधार तथा व्यवस्थापन समाजका सचिव  एक कुमारी लम्साल, सदस्यहरु बिष्णुकला भण्डारी, दिप कुमारी मैनाली, पुर्णा गिरी, मिना सुनारी मगर, वरिष्ठ समाजसेवीहरु भगवान केसी, राष्ट्रमान श्रेष्ठ, दिपक अधिकारी, राधेश्याम श्रेष्ठ, केदार केसी, धनु गुरुङ, हिम स्याङ तामाङ, बिनोद तिमिल्सिना, योगेन घिमिरे, सम्झना श्रेष्ठ लगायतको उपस्थििति रहेको थियो । 
यसै गरी समाजसेवी तथा गोसाईकुण्ड रसुवा गाउँ पालिकाका अध्यक्ष कैसाङ तमाङ, स्थानीय समाजसेवी श्याम बहादुर घर्ती मगर, स्थानीय व्यवसायी ज्ञान बहादुर श्रेष्ठको पनि उपस्थिती रहेको थियो ।

स्मरण रहोस्, यो लायन्स क्लब अफ काठमाडौं, नेपालयले यस्तो विपदको अवस्था र बिभिन्न आर्थिक अवस्था कमजोर भएका परिवारलाई आर्थिक सहयोग गर्दै आइरहेको छ । 