20 Baishak, 2081 / 2 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देश


सर्वोच्चको आदेशपछि ज्ञानेन्द्र शाही रिहा

सर्वोच्चको आदेशपछि ज्ञानेन्द्र शाही रिहा


ललितपुर, वैशाख १६ । ललितपुरमा पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ । सर्वोच्चको रिहा गर्ने आदेशपछि शाहीलाई महानगरीय प्रहरी परिसर ललितपुरले रिहा गरेको हो । 

शाहीलाई रिहा गन माग गर्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै मंगलबार न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले रिहा गर्न आदेश दिएको हो । उनी वैशाख ९ गते  लकडाउन उल्लंघनको आरोपमा पक्राउ परेका थिए ।

शाहीलाई पक्राउ गरी गैरकानूनी रुपमा हिरासतमा लिइएको भन्दै अधिकारकर्मी इन्द्र अर्यालले सर्वोच्च अदालतमा वैशाख १२ गते बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

रिटमाथि सुनुवाई गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले शाहीलाई पक्राउ गर्नुको कारण माग गर्दै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।


मौलापुर नगरपालिकाद्वारा राहत वितरण खर्च सार्वजनिक

मौलापुर नगरपालिकाद्वारा राहत वितरण खर्च सार्वजनिक


रबिन्द्र शाह
गौर, वैशाख १६ । अहिले गुणस्तरहीन राहत वितरण, कालोबजारी, घुस, कमिशन तथा भ्रष्टाचारजन्य कार्यमा संगलग्न समाचारहरु बिभिन्न सञ्चारमाध्यम प्रशारण÷प्रकाशित भइरहेको बेलामा मौलापुर नगरपालिकाले भने राहतको सम्पूर्ण खर्च सार्वजनिक गरेको छ । 


नगरपालिकाले कोरोना संक्रमणको जोखिम तथा लकडाउनको संवेदनशील समयमा कितरण गरको राहत सामग्रिको सम्पूर्ण खर्च, लाभग्राही परिवार संख्या, विक्रेताको जानकारी सहितको विस्तृत विवरण औपचारिक रुपमा सार्वजनिक गरेको हो ।

यसरी नगरपालिकाले औपचारिक रुपमा सार्वजनिक गरी खर्च पारदर्शी गर्नु आफैंमा प्रशंसनीय र अरुको लागी अनुकरणीय विषयसमेत हो ।

प्रारम्भदेखि नै मौलापुर नपा अन्य स्थानीय तहहरुको लागी प्रेरणाको स्रोत बन्दै आएको सबै मौलापुर नगरवासीहरुका लागि हर्ष र गौरवको विषय भएको एक स्थानियले बताए।

 

 

 


लायन्स क्लब अफ काठमाडौं, नेपालयले विपन्न परिवारलाई नगदसहित राहत वितरण

लायन्स क्लब अफ काठमाडौं, नेपालयले विपन्न परिवारलाई नगदसहित राहत वितरण


काठमाडौं, वैशाख १४ । दैनिक ज्याला मजदुरी गरेर जीवन गुजारा गरिरहेका विपन्न वर्गमा परिरहेको समस्यालाई मध्यनजर गर्दै लायन्स क्लब अफ काठमाडौं, नेपालय, नयन टोल व्यवस्थापन समिति र नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, कार्यसमिति सदस्य एवं त्रिवेणी ओभरसिज कन्सर्न प्रा.लि.का सञ्चालकसमेत रहेका लक्ष्मण पौडेलसहितको टोलीले संयुक्त रुपमा राहत वितरण गर्दै आएको छ ।

केही हप्तादेखि राजधानिको बिभिन्न स्थानमा विपन्न वर्गमा परिरहेको समस्यालाई ध्यानमा राख्दै लायन्स क्लब अफ काठमाडौं, नेपालयको संयुक्त टोलिले राहत वितरण गर्दै आएको वैदेशिक रोजगार व्यवसायी एवं क्लबका फष्ट भाइस प्रेसीडेन्ट पौडेलले जानकारी दिए । 

यसै क्रममा आज टोखा नगरपालिकाका ६५ परिवारलाई राहत वितरण गरिएको वैदेशिक रोजगार व्यवसायी एवं लायन्स क्लब अफ काठमाडौं, नेपालयका फष्ट भाइस प्रेसीडेन्ट पौडेलले जानकारी दिए ।  क्लबले सामाजिक दूरी कायम गरी राहत बाडेको थियो ।

आफु र आफ्ना सुभेच्छुकमार्फत राहत संकलन गरी प्रति परिवार २५ देखि ३० केजी चामल, २ केजी चना, १/१ केजी केराउ र दाल, १/१ धार्नी आलु, सुत्केरी परिवारलाई थप आधा केजी घ्यु र सबै विपन्न परिवारलाई ५/५ सय नगद समेत उपलब्ध गराइएको वैदेशिक रोजगार व्यवसायी एवं क्लबका फष्ट भाइस प्रेसीडेन्ट पौडेलले न्यूज आजकोलाई  जानकारी दिए । 

आज ग्राण्डी अस्पताल नजिकै गरिएको राहत वितरणको शुभारम्भ टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले गरेका थिए । सो अवसरमा मेयर अधिकारीले संयुक्त रुपमा राहत वितरण भएको प्रति आभार प्रकट गर्दै सबैको सहयोगले विपतलाई सामना गर्नुपर्ने बताए । 

खासगरी नगर वा वडाबाट राहत नपाएका विपन्न परिवारलाई कुनै कागजात खोजी नगरी राहत वितरण गरिएको राहत वितरण समितिका संयोजक  एवं समाजसेबी विजय श्रेष्ठले जानकारी दिए । यो टोलीले करिब तीन सातादेखि गोंगबु, बालाजु, पुतलिसडक, धापासी, समाखुशी, टोखा, बानियाँटार, चाबहील लगायतका क्षेत्रमा राहत वितरण गर्दै आएको छ। 

राहत संकलन र वितरणमा क्लबका चार्टर प्रेसिडेन्ट सुधिर शर्मा, अध्यक्ष राजेन्द्र श्रेष्ठ, वर्तमान अध्यक्ष सरिता श्रेष्ठ, सचिव दीपा श्रेष्ठ, कोषाध्यक्ष सपना न्यौपाने पौडेल, वरिष्ठ समाजसेवीहरु रुद्र त्रिपाठी, राष्ट्रमान श्रेष्ठ, भगवान केसी, दिपक अधिकारी, किरण श्रेष्ठ लगायतको सक्रियता थियो । व्यवसायी पौडेलले आगामी दिनमा पनि राहत संकलन र वितरणलाई जारी राख्ने प्रयास भइरहेको जानकारी दिए ।

स्मरण रहोस्, यो लायन्स क्लब अफ काठमाडौं, नेपालयले यस्तो विपदको अवस्था र बिभिन्न आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग गर्दै आइरहेको छ । 

 


लायन्स क्लबले मन्त्रालयलाई स्वास्थ्य सामग्री प्रदान (फोटो फिचर सहित)

लायन्स क्लबले मन्त्रालयलाई स्वास्थ्य सामग्री प्रदान (फोटो फिचर सहित)


काठमाडौं, बैशाख १४ । लायन्स मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आज ५७ लाख ४९ हजार दुई सय रुपैयाँ मूल्य बराबरको स्वास्थ्य समाग्री सहयोग गरेको छ ।  कोभिड–१९  रोकथामका लागि  क्लबले मन्त्रालयलाई पिपिई, केएन ९५ मास्कलगायत सामग्री प्रदान गरेको हो । 
क्लब मल्टिपल काउन्सिलका अध्यक्ष लायन्स सुनिल ओझासहितको टोलिले मन्त्रालय पुगेर मन्त्री भानुभक्त ढकाललाई पिपिई दुई हजार थान, सर्जिकल पञ्जा पाँच हजार जोर, केएन ९५ मास्क पाँच हजार थान र  एक्जामिनेसन्स ग्लोब्स २० हजार थान हस्तान्तरण गरेका हुन् ।  

उक्त क्लबअन्तर्गत नेपालमा करीब एक हजार ३ सय  क्लब शाखा र ३३ हजार लायन्स सदस्य छन् । क्लबले मुलुक बन्दाबन्दी भइरहेका अवस्थामा समाजका अशक्त, श्रमिक र गरीब जनतालाई खाद्य पदार्थ सहयोग पनि गरिरहेको  छ । 

 

 


लकडाउन वैशाख २५ गते सम्म लम्ब्याउने सरकारको निर्णय

लकडाउन वैशाख २५ गते सम्म लम्ब्याउने सरकारको निर्णय


काठमाडौं, वैशाख १४ । सरकारले लकडाउन १० दिन थपेको छ । मन्त्रिपरिषद्को बैठकले २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो ।

तर कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।


लायन्स क्लब अफ काठमाडौं नेपालयले मातृभूमि चाईल्ड होमका १९ वालवालीकालाई न्यानो कपडा (ट्रयाकसुट, टोपी) तथा खाद्यान्न हस्तान्तरण

लायन्स क्लब अफ काठमाडौं नेपालयले मातृभूमि चाईल्ड होमका १९ वालवालीकालाई न्यानो कपडा (ट्रयाकसुट, टोपी) तथा खाद्यान्न हस्तान्तरण


काठमाडौं, पुस ६ । लायन्स क्लब अफ काठमाडौं नेपालयले आफ्नो सामाजिक उत्तरदायी अन्तरगत न्यानो कपडा (ट्रयाकसुट, टोपी) तथा खाद्यान्न वितरण गरेको छ ।

नेपालयले शनिबार एक कार्यक्रमको आयोजना गरी उक्त न्यानो कपडा (ट्रयाकसुट, टोपी) तथा खाद्यान्न सामाखुसीस्थित मातृभूमि महिला समाजद्वारा संचालित “मातृभूमि चाईल्ड होम” लार्ई चौथो पटक बितरण गरेको हो । क्लबले हरेक वर्ष आफ्नो सदस्य तथा पदाधिकारीबाट कमाईको केही बचत रकमको केही प्रतिशत सामाजिक कार्यमा सहयोग गर्ने गरेको छ ।

१९ जना वालवालिका रहेको उक्त चाईल्ड होममा महिलालाई सिपमुलक तालिमहरु समेत सञ्चालन गर्दे आएको उक्त संस्थालाई हरेक बर्षहरुमा जस्तै यस बर्ष पनि क्लबले न्यानो कपडा तथा खाद्यान्न वितरण गरी सहयोग गरेको हो । 

कार्यक्रममा क्लवका पूर्व अध्यक्ष तथा समाजसेवी बिजय श्रेष्ठ, द्दीतिय भिपि लक्ष्मण पौडेल, सेक्रेटरी दीपा श्रेष्ठ, कोषध्यक्ष सपना न्यौपाने पौडेल, सदस्य संगीता शर्मा, कमला तामाङ्ग, धुलिखेलबाट आमन्त्रित समाजसेवी अञ्जन सिग्देल लगायत अन्य लायन्स् सदस्यहरुको उपस्थितिमा न्यानो कपडा (ट्रयाकसुट, टोपी) तथा खाद्यान्न हस्तातरण गरिएको थियो ।

नेपालयका सेक्रेटरी श्रेष्ठले आफू र आफ्ना सदस्यहरुले कमाइको थोरै प्रतिशत रकम हरेक वर्ष यस्तो सामाजिक कार्यमा खर्च गर्न पाएकोमा आत्मसन्तुष्ट मिलेको बताईन् । उनले सहयोग गर्न केही रकम जुटाउन सफल भएकोमा नेपालयका सम्पूर्ण पदाधिकारी सदस्यहरुमा आभार प्रकट गरेकी थिइन् ।
नेपालयले न्यानो कपडा (ट्रयाकसुट, टोपी)को साथमा चामल, दाल, चिउरा, चिनी, नुन, तेल, मरमसला, चाउचाउ, विस्किट, चकलेट आदि खाद्यान्न हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमा संस्थाका अध्यक्ष सरस्वती खनाल पौडेल अस्ट्रेलीया भएका कारण क्लबले चाईल्ड होमका कार्यबाहक अध्यक्ष इ्न्दिरा थापाले सम्पूर्ण क्लबका सदस्यहरुलाई खादा र कदरपत्रले सम्मान गर्दै सहयोगको लागि विशेष धन्यवाद ज्ञापन गरेकी थिइन् । उनले नेपालय क्लबले हरेक बर्ष आफ्नो बार्षिक कार्ययोजनामा संस्थालाई सहयोग गर्दे आएकोमा सहयोगी हातरुप्रति आभार प्रकट गर्दै आगामि दिनहरुमा पनि सहयोग रहनेमा विश्वस्त रहेको बताइन् ।

यस्तै कार्यक्रममा चाईल्ड होमका सचिव रमा देबी बानियाले सहयोगी हातहरुलाई आफूले र आफ्नो चाईल्ड होमले कहिल्यै योगदान नबिसिर्ने बताईन् । कार्यक्रममा चाईल्ड होमका कोषाध्यक्ष सकुन्तला कङ्गटेल, सदस्यहरु मीना गिरी, अम्बिका पाण्डे लगायतका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।


यो वर्षको एसईई चैत्र ६ गतेबाट

यो वर्षको एसईई चैत्र ६ गतेबाट


फाइल तस्वीर

काठमाडौं, पुस १ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ ।  बोर्डले आज सार्वजनिक गरेको (एसईई) परीक्षा २०७६ साल चैत्र ६ गते देखि चैत्र १७ गते सम्म सञ्चालन गर्ने जनाएको छ ।

बोर्डको मंसिर ३० को निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७६ साल चैत्र ६ गते देखि चैत्र १७ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।  तालिका अनुसार चैत्र ६ गते अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फः अनिवार्य संस्कृत भाषा र साहित्य÷अनिवार्य अंग्रेजीको परीक्षा हुने छ । 


कलङ्की–नौबिसे सडकखण्ड एकतर्फी सञ्चालन हुने

कलङ्की–नौबिसे सडकखण्ड एकतर्फी सञ्चालन हुने


काठमाडौं, असोज २९ । ट्राफिक प्रहरीले कलङ्की–थानकोट र नागढुङ्गा–नौबिसे सडकखण्ड मर्मत कार्य भएकाले ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सडक प्रयोगकर्तालाई आग्रह गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज एक विज्ञप्ति जारी गरी सडक विभागद्वारा सडक मर्मत कार्य गर्ने भएकाले सडक एकतर्फी मात्र सञ्चालन हुने भएकाले ट्राफिक व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको हो ।

यस सडक बुधबार (आज) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म मर्मत कार्य सम्पन्न हुँदैछ । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सडक मर्मत कार्य भइरहेकाले लेन अनुशासन पालना गरी सवारी व्यवस्थापन कार्यमा सहयोग गर्न सम्पूर्ण चालकलाई आग्रह गरेको बताए। सडक मर्मतसँगै दुवैतर्फ सवारी चल्ने भएकाले आवतजावतमा समेत सहज हुने महाशाखाले जनाएको छ ।


राष्ट्रपति भण्डारी म्यान्मा प्रस्थान

राष्ट्रपति भण्डारी म्यान्मा प्रस्थान


काठमाडौं, असोज २९ । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माको राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकी छिन् । राष्ट्रपति भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ देखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय गर्न लागेकी हुन्  । 

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिवलगायत छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापाले बिदाई गरेका थिए । 

सो अवसरमा मन्त्रीहरु, संवैधानिक अङ्गका प्रमुखहरु, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरु, यहाँस्थित कूटनीतिक निकायका प्रतिनिधिलगायत विशिष्ट व्यक्ति उपस्थित रहेको थियो । राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।  


नेपाल र चीनबीच १७ सम्झौतापत्रमा हस्ताक्षर

नेपाल र चीनबीच १७ सम्झौतापत्रमा हस्ताक्षर


काठमाडौं, असोज २६ । नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हस्ताक्षर भएको सम्झौतापत्र आदान प्रदान गरिएको छ ।

सम्झौताअघि नेपाली र चिनियाँ अधिकारीहरुबीच द्विपक्षीय वार्ता भएको थियो । वार्तापछि तीमध्ये केही समझदारी, एमओयु तथा भगिनी सम्बन्धसँग सम्बन्धित बुँदाहरु छन् । विशेषगरी पूर्वाधार विकास, नेपाल–चीन क्रस बोर्डर कनेक्टिभिटी सम्भाव्यता अध्यन गर्ने, लगानीका लागि नेपालको अर्थ मन्त्रालय र चीनको सम्बन्धित मन्त्रालयबीच संयन्त्र बनाउने सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

काठमाडौं महानगरपालिका र नान्सी शहर तथा बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता पनि भएको छ । हस्ताक्षरअघि आइतबार सोल्टी होटलमा दुवै पक्षका प्रतिनिधिमण्डलबीच बैठक सम्पन्न भएको थियो ।