23 Baishak, 2081 / 5 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आर्थिक


पेट्रोल र डिजेलको मूल्य बढ्यो

पेट्रोल र डिजेलको मूल्य बढ्यो


काठमाडौं, १६ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको हो ।
पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ बढाएको निगमले एक सूचना जारी गर्दै जनाएकाे हाे । सूचना अनुसार एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ ।
भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७०, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ कायम भएको छ । एलपी ग्यासको मूल्य भने प्रतिलिण्डिर १६६० मा झरेको छ ।


विदेश भ्रमणमा जानेलाई डलर सटही सुविधा बढ्यो

विदेश भ्रमणमा जानेलाई डलर सटही सुविधा बढ्यो


काठमाडौं, १२ साउन । नेपाल राष्ट्र बैंकले आजदेखि लागू हुने गरी विदेश भ्रमणमा जानेलाई डलर सटही सुविधा बढाएको छ । अब विदेश भ्रमणमा जाने नेपालीले २ हजार ५ सय अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन् ।

राष्ट्र बैंकले गत आइतबार जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत विदेशी मुद्रा सटही सीमा बढाउने घोषणा गरेको थियो । जुन व्यवस्था कार्यन्वयनका लागि शुक्रबार निर्देशन जारी गरको हो ।

भारत बाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी वापत प्रति पटक अमेरिकी डलर २ हजार ५०० वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा दिन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । तर, यस्तो सटही सुविधा एक वर्षमा २ पटकमा नबढ्ने गरी मात्र प्रदान गर्न सकिने जनाएको छ ।

एक वर्ष भन्नाले एक आर्थिक वर्षलाई जनाने र यो परिपत्र जारी भएको मिति २०८० साल साउन १२ देखि गणना हुने राष्ट्र बैंकको भनाई छ । यो परिपत्र जारी भएको मिति अगावै राहदानी बापतको सटही सुविधा लिई भ्रमण गरिसकेकाको हकमा आर्थिक वर्ष २०८०/८१ मा प्रति पटक अधिकतम अमेरिकी डलर २ हजार ५०० गरी अधिकतम दुई पटक सटही सुविधा प्रदान गर्न बाधा नपर्ने पनि राष्ट्र बैंकले प्रष्ट्याएको छ ।
 


उपत्यकासहित बागमती प्रदेशमा घट्यो सवारी भाडा(सूचीसहित)

उपत्यकासहित बागमती प्रदेशमा घट्यो सवारी भाडा(सूचीसहित)


काठमाडौं, ११ साउन ।  बागमती प्रेदश सरकारले प्रदेश भित्रका सार्वजनिक सवारीको भाडादर समायोजन गरेको छ। साउन ९ गतेको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय बैठकले बिहिबारबाट लागु हुने गरी भाडा समायोजन गरेको हो। 
इन्धनको मूल्य घटेसँगै सवारी भाडा पनि घटेको छ। जसअन्तर्गत काठमाडौं उपत्यका भित्रका सवारी साधनहरुको भाडा १ रुपैयाँले घटेको छ। 


चामल निर्यातमा लगाएको प्रतिबन्ध हटाउन भारतलाई आइएमएफको आग्रह

चामल निर्यातमा लगाएको प्रतिबन्ध हटाउन भारतलाई आइएमएफको आग्रह


काठमाडौं, १० साउन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले भारतलाई चामल निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेको छ।
आइएमएफले चामल निर्यातमा लगाइएको प्रतिबन्धले विश्वव्यापी मुद्रास्फीतिमा असर पार्ने बताउँदै प्रतिबन्ध हटाउन प्रोत्साहित गरेको बताएको छ। भारत सरकारले जुलाई २० मा बासमतीबाहेक सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो।
अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख अर्थशास्त्री तथा अनुसन्धान विभागका निर्देशक पियर ओलिभर गौरिनचासले मंगलबार ‘वर्ल्ड इकोनोमिक आउटलुक’ सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा भने, ‘यस्ता प्रतिबन्धले बाँकी विश्वमा खाद्यान्नको मूल्यमा उतारचढाव बढाउने र प्रतिशोधात्मक कदम चाल्ने सम्भावना रहन्छ, जुन विश्वव्यापी रूपमा हानिकारक हुन सक्छ।’

आईएमएफले यस वर्ष भारतको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ६.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ, जुन क्षेत्रीय औसत ५.३ प्रतिशतभन्दा निकै बढी हो।

‘सन् २०२२ को निकै बलियो प्रदर्शनपछि यो सन्तुलित छ। तर हामीसँग सन् २०२३ का लागि ०.२ प्रतिशत बिन्दुको उल्टो पुनरावलोकन छ र यो वास्तवमा सरकारी तथा निजी लगानीको साथ सन् २०२४ को लागि धेरै बलियो अन्त्यको दस्तक–प्रभाव हो,’ आईएमएफ अनुसन्धान विभागका विभाग प्रमुख डेनियल लेहले भने।


वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायबलको आईपीओमा आवेदन दिने अन्तिम दिन

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायबलको आईपीओमा आवेदन दिने अन्तिम दिन


काठमाडौं, १० साउन । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज साउन १० गते अन्तिम दिन रहेको छ। 

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गत असार २७ गतेबाट आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।

नेपाली धितोपत्र बोर्डबाट रिलायबल नेपाल लाइफले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० लाख कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्न अनुमति पाएको छ। कुल कित्ताको १० प्रतिशतले हुन आउने १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको छ। 

कम्पनीले अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २५७ रुपैयाँ दरमा आईपीओ जारी गरेको हो। सीडीएससीका अनुसार हिजो साउन ९ गते साँझसम्म यो आईपीओमा विदेशमा रहेका २५ हजार ५९४ आवेदकबाट कुल १८ लाख ५२ हजार ५३० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १.५४ गुणाले बढी आवेदन हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। 

विदेशमा रहेका श्रमिकले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्। उनीहरुले यो आईपीओमा साउन १० गतेसम्म आवेदन दिन सक्नेछन्। 

रिलायबल नेपाल लाइफको आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ। 


नेपालको वैदेशिक व्यापार घट्यो

नेपालको वैदेशिक व्यापार घट्यो


काठमाडौं, ८ साउन । गत आर्थिक वर्ष ३ खर्ब रुपैयाँले आयात घटेको छ। आर्थिक वर्ष ०७९/०८० मा १६ प्रतिशतले आयात घटेको हो। आर्थिक वर्ष २०७८/०७९ मा १९ खर्ब २० अर्ब रुपैयाँको आयात भएकोमा गत आर्थिक वर्षमा १६ खर्ब ११ अर्व रुपैयाँको आयात मात्रै भयो।

भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार निर्यात २१.४४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष सबैभन्दा धेरै २ खर्ब रुपैयाँको रहेकोमा १ खर्ब ५७ अर्ब रुपैयाँमा सिमित भएको छ। आयात र निर्यात दुवै घट्दा वैदेशिक व्यापार पनि घटेको छ। अघिल्लो वर्ष २१ खर्ब २० अर्बको वैदेशिक व्यापार रहेकोमा अहिले १७ खर्ब ६८ अर्ब रुपैयाँमा सिमित भएको छ।


व्यक्तिगत घर कर्जा सीमा २ करोड

व्यक्तिगत घर कर्जा सीमा २ करोड


काठमाडौं, ७ साउन । रियल स्टेट कर्जालाई अनुत्पादक क्षेत्र मानेर जोखिम भार बढाएको राष्ट्र बैंकले आवासीय घर कर्जामा भने केही लचिलो बनेको छ ।

मौद्रिक नीति सार्वजनिक गर्दैै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई व्यक्तिगत घर निर्माणका लागि आवासीय घर कर्जा २ करोड पुर्याएको हो । यसअघि व्यक्तिगत घर कर्जाको लागि डेढ करोड रुपैयाँसम्म मात्र उपलब्ध गराउँदै आएको थियो । आवासीय घर कर्जास्वरुप उपलब्ध गराइएको रकम रियल स्टेट कर्जा अन्तर्गत गणना गर्नुपर्दैन ।

राष्ट्र बै‌ंकले शेयर  धिताे कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जाेखिम भारसम्बन्धी व्यवस्था पुनरावलाेकन गर्ने जनाएकाे छ । अहिलकाे विद्यमान व्यवस्था अनुसार यी क्षेत्रहरुमा जाने कर्जामा १ सय ५० प्रतिशत जाेखिम भार कायम गर्नुपर्छ । सराेकारवालाले यसलाई १ सय प्रतिशतमा झार्नुपर्ने माग गर्दै आएका थिए । जाेखिम भार माग गरे बमाेजिम कायम हुन्छ कि हुँदैन भन्ने यकिन गर्न भने केन्द्रिय बै‌ंककाे निर्देशन नै कुर्नुपर्ने हुन्छ ।
 


विदेश भ्रमणमा जाने नेपालीले २५ सय डलरसम्म सटही सुविधा पाउने

विदेश भ्रमणमा जाने नेपालीले २५ सय डलरसम्म सटही सुविधा पाउने


काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले भारत बाहेका अन्य तेस्रो मुलुकको भ्रमणमा जाने नेपाली नगरिकलाई २५ सय डलरसम्म सटही सुविधा उपलब्ध गराउने भएको छ। 

राष्ट्र बैंकले आइतबार जारी गरेको चालु आर्थिक वर्ष २०८०/८१  को मौद्रिक नीतिमार्फत विदेशी मुद्रा सटही सीमा बढाइएको हो। विदेशी मुद्राको सञ्चितिमा दबाब परेपछि राष्ट्र बैंकले डलर सटही सुविधा घटाएर १५ सय डलर कायम गरेको थियो। ५ सय डलर बराबरको वर्षको दुईपटकसम्म सटही सुविधा पाउँदै आएकोमा अब २५ सम्म सटही सुविधा दिने घोषणा राष्ट्र बैंकले गरेको छ।

विद‍ेशी मुद्रा सञ्चितिमा सुधार आएसँगै राष्ट्र बैंकले विदेश भ्रमणमा जानेलाई सटही सुविधाको सीमा बढाइदिएको हो ।


मौद्रिक नीति सार्वजनिक(पूर्णपाठ)

मौद्रिक नीति सार्वजनिक(पूर्णपाठ)


काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। आज विहान बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालु आवको मौद्रिक नीति पारित गरेको थियो। समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप बिस्तारमा सहयोग पु¥याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो। सार्वजनिक मौद्रिक नीतिमा राष्ट्र बैंकले कर्जा प्रवाहको लक्ष्य गत वर्षको तुलनामा १.१ प्रतिशतले घटाएर ११.५ प्रतिशतमा सिमित गरेको छ।


भारतले लगायो चामल निर्यातमा रोक

भारतले लगायो चामल निर्यातमा रोक


काठमाडौं, ४ साउन । स्वदेशी बजारमा चामलको आपूर्ति बढ्दै गएपछि भारत सरकारले गैर-बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको छ।

बिहीबार विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनामा गैर-बासमती सेतो चामलको निर्यातमा रोक लगाइएकाे जनाएकाे छ।

भारतमा कम मनसुनका कारण धान उत्पादन कम हुने र यसका कारण उत्पन्न हुनसक्ने देश भित्रकै खाद्यान्न अभावलाई रोक्न यस्तो निर्णय भएको भारतीय सञ्चार माध्यमले जनाएको छ।

नेपालमा खाद्यान्नको प्रमुख स्रोतको रुपमा रहेको चामल भारतबाट आयात हुँदै आएको छ।