21 Baishak, 2081 / 3 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आर्थिक


गोरखकालीको प्रारम्भिक साधारणसभा सम्पन्न

गोरखकालीको प्रारम्भिक साधारणसभा सम्पन्न


काठमाडौं, ३ असोज । गोरखकाली बहुउद्देश्यीय सहकारी संस्थाको प्रारम्भिक साधारणसभा सम्पन्न भएको छ । राजधानीको निर्मलबाटीका, टोखा–११ अवस्थित उक्त सहकारीको कार्यालयमा प्रारम्भिक साधारणसभा सम्पन्न भएको हो ।

बिहीबर सम्पन्न भएको प्रारम्भिक साधारण सभाले संस्थाको ९ सदस्य सहितको सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरेको छ । उक्त सभाले चयन गरेको ९ सदस्य सहितको सञ्चालक समितिमा अध्यक्ष मित्रलाल पोखरेल, उपाध्यक्ष कल्पना खड्का, सचिव गणेश दाहाल, कोषाध्यक्ष यम कुमार श्रेष्ठ, सदस्यहरु क्रमशः पार्वती न्यैपाने, गायत्री खत्री के.सी., बिष्णु देबी शर्मा, राम बहादुर बुढा र रामु सुवेदीलाई चयन गरेको छ भने ३ सदस्यीय लेखा सुपरीवेक्षण समितिमा संयोजक दर्शन न्यौपाने, सदस्यहरु मोहन बहादुर खत्री क्षेत्री र भूमिका सुवेदी रहेका छन् ।

सम्पूर्ण पदाधिकारीहरु निर्बिरोध चयन गरिएको संस्थाका सचिव गणेश दाहालले बताए । संस्थामा १५० जना भन्दा बढी सदस्य रहेका छन् ।


कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत उत्पादन हुने

कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत उत्पादन हुने


हेटौँडा, भाद्र ५ । कुलेखानी जलविद्युत तेस्रो आयोजनाले आगामी दशैँअघिबाटै १४ मेगावाट क्षमताको जलविद्युत उत्पादन गरिने भएको छ । 
मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानोटारस्थित निर्माणाधीन सो आयोजनाबाट १४ मेगावाट क्षमताको जलविद्युत उत्पादन गरिने भएको हो । उत्पादन गरिएको सो जलविद्युत काठमाडौँस्थित केन्द्रीय विद्युत प्रसारण लाइनमा जोड्ने कार्य सम्पन्न भइसकेको आयोजनाले जनाइएको छ । 

सानोटार विद्युत गृहमा अहिले बाँकी रहेको काम र तारहरु जडान गर्नुपर्ने भएकाले केही दिनभित्रै चिनियाँ प्राविधिक टोली आइपुगेपछि तत्काल निमार्णकार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसका लागि नेपाल विद्युत प्राधिकरणको उच्च पदाधिकारीहरुसँग समन्वय गर्ने कार्य भइरहेको आयोजना प्रमुख सुवासबाबु मिश्रले बताए । 

नेपाल विद्युत प्राधिकरणको चार अर्ब ५० करोड रुपैयाँको लगानीमा आयोजनाको निर्माण कार्य सम्पन्न हुन लागेको हो । अहिले कुलेखानी प्रथमबाट ६० मेगावाट र कुलेखानी दोस्रोबाट ३२ मेगावाट गरी कूल ९२ मेगावाट नियमित विद्युत उत्पादन हुँदै आएको छ ।


नाट्टा  ५ नम्बर प्रदेशको साधारणसभा सम्पन्न, नवनिर्वाचित कार्यसमितिको सपथ सनिबार

नाट्टा  ५ नम्बर प्रदेशको साधारणसभा सम्पन्न, नवनिर्वाचित कार्यसमितिको सपथ सनिबार


काठमाडौँ, साउन १३ । नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ५ नम्बर प्रदेशको साधारणसभा टाइगर रिर्सोट तिलोत्तमा नगरपालिकामा सम्पन्न भएको छ ।

शनिबार सम्पन्न साधारणसभाले अध्यक्षमा कृष्णप्रसाद अधिकारी (सागर) लाई चयन गरेको छ । त्यस्तै  प्रथम उपाध्यक्षमा रचना पन्त, द्वितीय उपाध्यक्षमा कुलचन्द्र पाण्डे, तृतीय उपाध्यक्षमा अमितमान श्रेष्ठ, महासचिवमा चन्द्र बहादुर थापा, सचिवमा अन्जन श्रेष्ठ, कोषाध्यक्षमा प्रदिपकुमार पोखरेल र सहकोषाध्यक्षमा अंकित जैसवाल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा विना न्यौपाने, प्रसाद भट्ट, ज्ञानु पोखरेल, सुदिप श्रीवास्तव, अमाशंकर सिंह खड्का, विलाश श्रेष्ठ र महेश पन्थी चयन भएका छन् ।

प्रमुख आतिथिको आसनबाट बोल्दै नाट्टा केन्द्रका अध्यक्ष सि.एन. पाण्डेले नाट्टाले देशैभरी पर्यटन क्षेत्रको विकासका लागी सम्पूर्ण शाखाहरुलाई थप सक्रिय वनाउन चाहेको वताए । उनले प्रदेश ५ पर्यटनका दृष्टिे निकै सम्भावना बोकेको क्षेत्र भएकोले यस प्रदेशको पर्यटन क्षेत्रको विकासका लागी सरकार र नीजि क्षेत्र मिलेर अगाडी बढ्नुपर्ने धारणा व्यक्त गरे ।

अध्यक्ष पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध बिमानस्थल बन्न लागेको ५ नम्बर प्रदेशमा आफूले केन्द्रबाट कस्तो किसिमको सहयोग जुटाउन पर्नेहो सो सहयोगमा कुनै कमि हुन नदिने बताए । 


केन्द्रका महासचिव रमेश थापाले सरकारले सन् २०२० मा पर्यटक वर्षको रुपमा मनाउँदा प्रदेश ५ का व्यवसायीहरुले अमूल्य भूमिका खेल्नुपर्ने बताए । 

उपाध्यक्ष अच्युत गुरागाईंले सयौं व्यवसायीहरुको संस्थामा नवनिर्वाचित कार्यसमितिले व्यवसाय र व्यवसायीको हक हितमा ध्यानदिनुपर्ने बताउँदै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा कार्यकालको सफलताको शुभकामना व्यक्त गरे ।


निवर्तमान अध्यक्ष बिष्णु शर्माले बन्दसत्रमा बोल्दै यो नवनिर्वाचित कार्यसमितिले ५ नम्बर क्षेत्रको नाटालाई अग्रपंक्तिमा ल्याउने विश्वास व्यक्त गरे । उनले जुन कार्यसमिति आएपनि आफूले आफ्नो तर्फबाट व्यवसाय र व्यवसायीको हकहितका लागि जस्तोसुकै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।


अध्यक्षका प्रत्यासी बनेका सञ्जय वजिमयले आफूले कार्यसमितिको नेतृत्व गर्न नपाए पनि आफ्नो तर्फबाट आगामी दिनमा नवनिर्वाचित कार्यसमितिलाई सधाउने र ५ नम्बर क्षेत्रमा रहेका नटाका सदस्यहरुलाई धन्यवाद व्यक्त गरे । उनले क्षेत्रनम्बर ५ पर्यटकीय दृष्टिले अति उपयोगी स्थान भएको भन्दै यो क्षेत्रमा पर्यटकलाई भित्राउन आफू सदैब अगाडी बढ्ने बताए ।


कार्यक्रममा तिलोत्तमा नगरपालिकाका मेयर बासुदेब धिमिरेले यो ५ नम्बर क्षेत्रलाई पर्यटकीय नगरीको रुपमा परिवर्तन गर्न पर्यटन व्यवसायीले उल्लेखिय भूमिका खेलेको बताए । उनले यस क्षेत्रका व्यवसायीले पर्यटनलाई मात्र नभई यस वेरोजगार रहेका युवायुवतीहरुलाई समेत रोजगारी दिएर योगदान दिएको बताए । 


साधारणसभा कार्यक्रममा बुद्ध एयर रुपन्देहीका स्टेसन म्यानेजर शुदर्शन घिमिरे, श्री एयरलाइन्सबाट स्टेसन म्यानेजर अनुज प्रसाद प्रधान, यतीबाट स्टेसन म्यानृेजर बासुकी एसजेबी राणा, होटल व्यवसायी संघ (सान)का अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठसहितको टोली, बिभिन्न एयरलाइन्सका प्रनितिनिधिहरु, होटल व्यवसायीहरु, पर्यटक व्यवसायीहरुको उल्लेखिय उपस्थिति रहेको थियो । 


नव निर्वाचित कार्यसमितिको सपथ ग्रहण आगामी शनिबार हुने जानकारी सिग्मा ट्राभल्स एण्ड टुर्सका अध्यक्ष एवं त्रिवेणी ओभरसिज प्रा।लि।का सञ्चालक लक्ष्मण पौडेलले जानकारी दिए । पौडेलले प्रदेश ५ का पर्यटन मन्त्री लीला गीरीलाई प्रमुख अतिथीको रुपमा निमन्त्रणा गरी भव्य र सभ्यरुपमा कार्यसमितिको सपथग्रहण हुने बताए ।
 


कोरिया जान सीप परीक्षण अनिवार्य

कोरिया जान सीप परीक्षण अनिवार्य


काठमाडौं, साउन ८ ।   नेपाली कामदारमा डिप्रेसन र रोजगारदाता परिवर्तन गर्ने क्रम बढेपछि कोरियाली सरकारले सीप परीक्षण गरेर मात्रै नयाँ कामदार लिने भएको छ । 

स्नातक र स्नातकोत्तर उत्तीर्ण कामदार कोरिया गएपछि डिप्रेसनको सिकार हुने गरेको पाइएकाले कोरियाले सीपलाई प्राथमिकता दिएर कामदार लिने नीति लिएको हो ।   यो समाचार कान्तिपुर दैनिककमा होम काकीले लेखेका छन् ।

कोरियाले सन् २०२० जनवरी १ देखि लैजाने नेपाली कामदारको सीप परीक्षण गर्ने भएको छ । गत जुन ८ र ९ को भाषा परीक्षामा उत्तीर्ण भएका १२ हजार ९ जना सीप परीक्षणमा सहभागी हुनुपर्नेछ ।


सांसदको भत्ता मोहः दसैंभत्ता पनि मागे

सांसदको भत्ता मोहः दसैंभत्ता पनि मागे


काठमाडौं , असार १९ - संघीय संसद्का सांसदले दसैंभत्ता मागेका छन् । जनताबाट चुनिएका सांसदले मासिक पारिश्रमिक त लिएकै छन् । उनीहरु कर्मचारीसरहको भत्तामा पनि लोभिएका छन् । उनीहरु कर्मचारीसरहको भत्तामा पनि लोभिएका छन् । 

उनीहरुको मागप्रति अर्थमन्त्री डा. युवराज खतिवडा पनि सकारात्मक देखिएका छन् । श्रमिकदेखि कर्मचारीसम्मले दसैंमा एक महिना बराबरको भत्ता पाउने तर आफूहरुले किन नपाउने भन्ने जिज्ञासा राखेका थिए ।

सांसद र तिनका सचिवालयमा काम गर्ने कर्मचारीले दसैंभत्ता नपाउने गरेका कारण समस्या भएको सांसदहरुको तर्क छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 


लक्ष्मी बैंकले सातै प्रदेशको मौलिकता झल्कने भिसा कार्ड निकाल्दै

लक्ष्मी बैंकले सातै प्रदेशको मौलिकता झल्कने भिसा कार्ड निकाल्दै


काठमाडौं, असार १५ । लक्ष्मी बैंकले सात प्रदेशकै लागि उपयुक्त हुने खालको भिसा कार्ड डिजाइन गरी निकाल्ने भएको छ । बैंकका अनुसार सातै प्रदेशका मौलिक कला, संस्कृती र विशेषता झल्किने र त्यसको परिचय दिने डिजाइनको भिसा कार्ड निकाल्ने भएको हो । जसको लागि बैंकले उपयुक्त भिसा कार्ड डिजाइनको खोजी गर्न क्राउड सोर्सिङको प्रकिृयाद्वारा देशभर खुल्ला प्रतियोगिताको घोषणा गरेको छ । 

साथै, यस प्रतियोगिताले ग्राहकहरुलाई उत्कृष्ट ब्राण्ड एक्स्पेरियन्ससमेत प्रदान गराउने लक्ष्य बैंकको छ । डिजाइन मौलिक, अद्वितीय एवं कपिराइट उल्लंघन नभएको हुनुपर्ने छ । प्रस्तुत प्रतियोगितामा नेपाली नागरिक वा कानूनी रुपमा नेपालमा दर्ता भएको कम्पनीले सहभागिता जनाउन सक्नेछन् । कार्ड डिजाइन गर्दा प्रदेशको मौलिकता, संस्कृति वा प्राकृतिक सुन्दरता झल्किएको हुनुपर्ने छ भने कन्सेप्ट फोटो, पेन्टिङ वा ग्राफिक इलसट्रेशनमार्फत पेश गर्नुपर्ने छ ।

प्रत्येक विजयीले नगद पुरस्कार स्वरुप ५० हजार प्राप्त गर्न सक्ने छन् । यसरी सात प्रदेशको लागि कूल नगद पुरस्कार तीन लाख ५० हजार प्रदान गरिने बैंकले जनाएको छ । विजेताको घोषणा गर्ने अन्तिम निर्णय लक्ष्मी बैंकमा निहीत छ भने छनौट भएमा उक्त डिजाइनको सर्वाधिकार बैंकमा निहित हुनेछ । प्रतियोगीहरुले आफ्नो डिजाइन जुलाई महिनाको ३१ तारिखसम्ममा बुझाइ सक्नुपर्ने छ ।


धितोपत्र बोर्डले पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलन गर्दै

धितोपत्र बोर्डले पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलन गर्दै


काठमाडौं, असार १५ । नेपाल धितोपत्र बोर्ड (सेबन)ले नेपालमा पहिलो पटक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबन)ले ओईसिडी अन्र्तगतको ओईसिडी आइएनएफईसँगको सहकार्यमा असार १७ र १८ गते गरी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको हो । 

उक्त कार्यक्रमको उद्घाटन अर्थमन्त्री डा.युवराज खतिवडाले गर्ने भएका छन् । सम्मेलनमा ओरिका, दक्षिण अफ्रिका, अष्ट्रेलिया, काजाकिस्तान, सिंगापुर, थाइल्यान्ड, भुटान, चीन र भारतलगायतका देशहरु उपस्थिती रहने धितोपत्र बोर्डले जनाएको छ । त्यस कार्यक्रममा सम्बन्धित संस्थाहरु ओईसिडी, एसईबिआइ, अस्ट्रालियन सेक्युरिटिज र अनुसन्धान परिषद्, सेन्ट्री फर फाइनान्सियल लिट्रेसीलगायतका प्रतिष्ठित संस्थाहरु र पूर्व एशियाली तथा नियमकारी निकायहरुका प्रतिनिधि गरी ४० जना वित्तिय साक्षरताको अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागी रहने जनाइएको छ ।

कार्यक्रममा नेपाल सरकार–अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, बीमा समिति, कम्पनि रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेञ्ज, अन्य धितोपत्र बजार सहभागी, बैंकर्स एशोसियसन, लगानीकर्ताका संघहरुका प्रतिनिधि तथा विश्व विद्यालयका प्राध्यापकहरु गरी कूल एक सय २५ जना सम्मेलनमा सहभागी रहने छन् । 


दोहोरो अंकले घट्यो शेयर बजार 

दोहोरो अंकले घट्यो शेयर बजार 


काठमाडौं, असार १५ । साताको पहिलो दिन नै शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १२ दशमलव २७ बिन्दुले घटेर एक हजार दुई सय ४४ दशकलव ८९ बिन्दुमा झरेको छ । प्रतिशतका आधारमा नेप्से झण्डै एक प्रतिशतले घटेको हो । 

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९२ बिन्दुले घटेर दुई सय ६९ दशमलव २४ अंकमा पुगेको छ । नेप्से घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । कूल एक सय ७२ कम्पनीको २३ लाख ६१ हजार पाँच सय कित्ता शेयर ६४ करोड ५० लाख ९९ हजार ३७ रुपैयाँ मूल्यमा खरीद बिक्री भए ।

कारोबार भएका कूल ११ उपसमूहकै शेयर ओरालो लागेको छ । विशेष गरी निर्जीवन बीमा उपसमूहको शेयर आज सबैभन्दा बढी बिन्दुले घटेको हो । सो उपसमूह शेयर ५९ दशमलव ९७ बिन्दुले घटेको छ । यस्तै बैंकिङ ११ दशमलव ८५, होटल पाँच दशमलव २६, विकास बैंक १२ दशमलव ६९, जलविद्युत् १३ दशमलव १३, वित्त दुई दशमलव नौ, उतपादन ३६ दशमलव ३८, अन्य तीन दशमलव ३९, लघुवित्त १५ दशमलव ३९, जीवन बीमा ५८ दशमलव २९ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य तीन प्रतिशतले घटेको छ । 

स्टकका अनुसार ग्लोबल आइएमई बैंकको संस्थापक शेयर १० करोड ३८ लाख, नेपाल बैंकको ६ करोड ३९ लाख पाँच हजार नौ सय ४४, शिवम सिमेन्टको पाँच करोड ८० लाख ७१ हजार चार सय ५५, प्रभु बैंकको तीन करोड ४१ लाख १३ हजार पाँच सय २०, एनसिसि बैंकको तीन करोड २५ लाख ७५ हजार पाँच सय ९४, सिदार्थ बैंकको दुई करोड ६६ लाख ७४ हजार सात सय आठ र हिमालयन डिस्टिलरीको शेयर दुई करोड ६० लाख चार हजार सात सय ३० रुपैयाँ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे । 

स्टकका अनुसार स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले नौ दशमलव ७१ प्रतिशतले कमाए । मल्टीपर्पोज फाइनान्स कम्पनी पाँच दशमलव शून्य चार, अरुण काबेली पावर तीन दशमलव २८, सिभिल लघुवित्त वित्तीय संस्था दुई दशमलव १९ र यूनिलिभर नेपालका शेयरधनीले दुई प्रतिशतले कमाए । 

त्यस्तै, रैराङ हाइड्रोपावर कम्पनीका शेयरधनीले छ दशमलव ९५ गुमाउँदा गुराँस लघुवित्त वित्तीय संस्थाले पाँच दशमलव ९२, शिवम् सिमेन्टले चार दशमलव ३४, सिन्धु विकास बैंकले चार दशमलव २५, नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले चार दशमलव १९ र उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले तीन दशमलव ८५ प्रतिशतले गुमाए । 
 


ग्लोबल आइएमई बैंकले दुई अर्बबढी ऋण लिदैँ

ग्लोबल आइएमई बैंकले दुई अर्बबढी ऋण लिदैँ


काठमाडौं, असार १३ । नेपाल राष्ट्र बैंकको स्वीकृतिमा ग्लोबल आइएमई बैंकले दुई अर्ब रुपैयाँ भन्दा बढी ऋण लिने भएको छ । बैंकले इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) बाट करिब दुई अर्ब २० करोड रुपैयाँ ऋण लिने भएको हो । 

ऋण लिने सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भए पनि बैंकले आज जानकारी दिएको हो । बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्टरनेशनल फाइनान्स कर्पोरेशनका आवासीय प्रतिनिधि तथा नेपाल प्रमुख एम रेहन रशिदले आज बैंकमा आयोजित एक समारोहबीच सम्झौता आदानप्रदान गरेका हुन् । सम्झौताअनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपश्चात ग्लोबल बैंकले करिब दुई करोड अमेरिकी डलर ऋण लिई विभिन्न क्षेत्रमा ऋण लगानी गर्नेछ ।

उक्त सम्झौताले हाल बैंकिङ क्षेत्रमा देखिएको लगानीयोग्य पूँजीको अभावलाई केही हदसम्म कम गर्ने विश्वास बैंकले लिएको छ । आइएफसीबाट ल्याइने ऋणलाई विशेष गरी साना तथा मझौला उद्योग, पर्यटन तथा कृषि क्षेत्रमा ऋण लगानी गर्ने बैंकको योजना रहेको छ ।
 


प्रभु बैंकले पायो पाँच देशमा सम्पर्क कार्यालय खोल्ने अनुमति

प्रभु बैंकले पायो पाँच देशमा सम्पर्क कार्यालय खोल्ने अनुमति


काठमाडौं, असार १३ । प्रभु बैंकले विभिन्न पाँच वटा देशमा सम्पर्क प्रतिनिधि कार्यालय खोल्ने अनुमति पाएको छ । नेपाल राष्ट्र बैंकद्वारा प्रभु बैंकले अष्ट्रेलियाको सिड्नी, भारतको राजधानी दिल्ली, मलेसियाको राजधानी क्वालालाम्पुर, कतारको राजधानी दोहा र संयुक्त अधिराज्य बेलायतको एल्डरसट शहर गरी विभिन्न पाँच मुलुकमा आफ्नो सम्पर्क/प्रतिनिधि कार्यालय खोल्ने अनुमति पाएको हो । 

प्रचलित कानुन तथा राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको अधिनमा रहि प्रभु बैंकले ६ महिनाभित्र सम्बन्धित देशका नियामकीय निकायबाट उल्लेखित स्थानहरुमा बैंकको सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न स्वीकृति प्राप्त गरी नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि सम्बन्धित सबै सम्पर्क/प्रतिनिधि कार्यालयहरुबाट बैंकले आफ्नो सेवा प्रारम्भ गर्ने भएको छ । 

हाल बैंकका एक सय ८६ शाखा कार्यालय, एक सय ३९ वटा एटिएम तथा २३ वटा एक्सटेन्सन काउण्टर कार्यालयहरुबाट ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराईरहेको छ । राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती पाएको प्रभु बैंक अब विदेशमा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । बैंकका विदेशस्थित पाँच वटा सम्पर्क/प्रतिनिधि कार्यालयहरु सञ्चालनमा आएपश्चात् बैंकको सञ्जाल विदेशमा पनि विस्तार हुने र यसबाट अन्तर्राष्ट्रिय व्यापारमा टेवा पुग्ने बैंकले जनाएको छ ।