17 Baishak, 2081 / 29 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आर्थिक


एक महिनामा २५ अर्ब थपियो विदेशी मुद्रा सञ्चिति, झण्डै १६ खर्ब पुग्यो

एक महिनामा २५ अर्ब थपियो विदेशी मुद्रा सञ्चिति, झण्डै १६ खर्ब पुग्यो


काठमाडौं, ३० असोज । नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै १६ खर्ब रुपैयाँ हाराहारी पुगेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो दुई महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

साउनमा १५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ रहेको विदेशी मुद्राको सञ्चिति एक महिनामा झण्डै २५ अर्ब ७८ करोड रुपैयाँ थप भई भदौ मसान्तसम्म १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । यो सञ्चिति आर्थिक वर्ष २०७९/८० को अन्तिम महिना (असार)को तुलनामा ३.९ प्रतिशत धेरै हो । अमेरिकी डलरमा भदौ मसान्तसम्म १२ अर्ब १ करोड विदेशी मुद्रा सञ्चिति रहेको देखिएको छ । यो असारको तुलनामा २.६ प्रतिशत धेरै हो ।
अहिलेको विदेशी मुद्राको सञ्चितिले १२.६ महिनाको वस्तु आयात गर्न पर्याप्त हुन्छ । १०.३ महिनाको वस्तु तथा सेवा आयातमा यो सञ्चिति पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०८० भदौ मसान्तसम्म विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पालन, कुल आयात र विस्तृत मुद्रा प्रदायकसँगका अनुपात २९.७ प्रतिशत, ८६ प्रतिशत र २६.२ प्रतिशत रहेको देखिएको छ । २०८० असार मसान्तसम्म यी अनुपात  क्रमशः २८.६ प्रतिशत, ८३ प्रतिशत र २५.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
 


दसैँमा नयाँ नोटको सुरक्षा गर्न राष्ट्र बैंकको आग्रह

दसैँमा नयाँ नोटको सुरक्षा गर्न राष्ट्र बैंकको आग्रह


काठमाडौं, ३० असोज । नेपाल राष्ट्र बैँकले दसैँमा नयाँ नोटको कारोबार धेरै हुने भएकोले नोटको सुरक्षा गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले नयाँ नोट सटही गरेर बजारमा पठाउने गरेपनि ती नोट बैंकिंग प्रणालीमा आउँदा सोहि अवस्थामा नआउने भएकोले नोटको सुरक्षा गर्न आग्रह गरेको हो ।

‘सफा र सुकिला नोट मात्रै चलन चल्तीमा आउन भन्ने उद्देश्यले नेपाल राष्ट्र बैकले सफा नोट प्रयोग गर्ने नीति लिएको छ,’ राष्ट्र बैँकले सूचना जारी गर्दै भनेको छ, ‘नोटको प्रयोग गर्दा नखुम्च्याउने, पर्समा मिलाएर राख्ने, नकोर्ने, पानीमा भिज्न नदिने, पूजाआजामा अक्षता, अबिर, धूप, बत्ती तथा आगोबाट जगाउने र जथाभावी रङ र तेल नलाग्ने गरी जतन गर्नुपर्छ।’

 नोटलाई जथाभावी रङ र तेल नलाग्ने गरी जतन गर्दा किटाणुबाट पनि बच्न सकिने बैंकले जनाएको छ । दसैँसहितका चाडवाडलाई लक्षित गर्दै सोमबारदेखि सर्वसाधारणलाई नयाँ नोट वितरणसमेत सुरु गरिसकेको छ ।


खाद्यले आजदेखि खसीबोका बिक्री गर्ने, जीउँदो खसी किलोको ६८० रुपैयाँ

खाद्यले आजदेखि खसीबोका बिक्री गर्ने, जीउँदो खसी किलोको ६८० रुपैयाँ


काठमाडौं, ३० असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका लागि मङ्गलबारदेखि बिक्री गर्ने खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । कम्पनीले जीउँदो खसीबोका प्रतिकिलो छ सय ८० रुपैयाँ तथा च्याङ्ग्रा प्रतिकिलो एक हजार दुई सय ६० रुपैयाँमा बिक्री गर्नेछ ।

उक्त मूल्यमा उपभोक्ताले प्रतिकिलो १० रुपैयाँ छुट पाउनेछन् । कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट बिहान ८ बजेदेखि खसीबोका तथा च्याङ्ग्रा बिक्री गरिने सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । 

कम्पनीले मकवानपुर, दाङ र कैलालीबाट खसीबोका तथा रसुवाबाट च्याङ्ग्रा ल्याएको छ । ती चौपाया आज मात्रै काठमाण्डौं ल्याएको हो । कम्पनीले उपभोक्ता मूल्यमा हुनसक्ने असन्तुलन रोक्न सानो सङ्ख्यामा भए पनि खसीबोका तथा च्याङ्ग्राको बिक्री गर्दै आएको छ । यस वर्षको दसैँमा दुई हजार खसीबोका तथा एक हजार च्याङ्ग्रा बिक्री गरिने कम्पनीको तयारी छ ।


पेट्रोलको मूल्य ११ रुपैयाँले घट्यो

पेट्रोलको मूल्य ११ रुपैयाँले घट्यो


काठमाडौं, २८ असोज । नेपाल आयल निगमले पेट्रोलको मूल्य एकैपटक प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको हो । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।


समायोजन भएसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँमा झरेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँमा झरेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको हो ।

यो मूल्य १५ दिनअगाडि इन्डियन आयल कर्पोरेसनबाट प्राप्त भएको मूल्यका आधारमा समायोजन गरिएको नेपाल आयल निगमले जनाएको छ । इजरालयमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा भने प्रतिब्यारेल तेलको मूल्य ९०.८ डलर बढेको छ ।


 


एमसीसी अन्तर्गत प्रसारण लाइनको ठेक्का रद्द

एमसीसी अन्तर्गत प्रसारण लाइनको ठेक्का रद्द


काठमाडौं, २६ असोज । अमेरिकी सरकारको सहयोग रहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तरगत प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएका छन् । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए)नेपालले एक सूचना गरी गर्दै यी सबै ठेक्का रद्द भएको जानकारी गराएको हो।

यी ठेक्काहरुमा बोलपत्र पहिले गरिएको लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले अत्यधिक उच्च लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको जानकारी एमसीए नेपालले दिएको छ । अब प्रसारण लाइन परियोजनाको नयाँ टेन्डर आह्वान गर्नुपर्ने छ ।


आजदेखि सुपथ मूल्य पसल सञ्चालन, हेर्नुहोस् कहाँ, कहाँ खुल्छ ?

आजदेखि सुपथ मूल्य पसल सञ्चालन, हेर्नुहोस् कहाँ, कहाँ खुल्छ ?


काठमाडौं, २१ असोज । सरकारले आजदेखि चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्ने भएको छ । काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा देशभरीमा ३५ स्थानमा बिक्रीस्थल राखिने छ ।

जसअनुसार काठमाडौं उपत्यका बाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङमा सहुलीयत पसल राखिने भएको छ।

यसैगरी, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण पसल रहने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका सचिवालय सदस्य मनहरी तिमल्सिनाले जानकारी दिएका छन ।

सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले हालै खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको थियो भने साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले एक करोड रुपैयाँ छुट्याएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बेच्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिने जनाइएको छ । दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २०, पनिर प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिने गरी सस्तो पसल सञ्चालनमा ल्याउन लागिएको हो ।


घरजग्गा धितो राखेर पाइने ऋणको सीमा बढ्यो

घरजग्गा धितो राखेर पाइने ऋणको सीमा बढ्यो


काठमाडौं, १९ असोज । घरजग्गा बैङ्कमा राखेर लिने कर्जा वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार एकीकृत निर्देशन जारी गर्दै जग्गाको मूल्याङ्कनमा पाइने कर्जाको अनुपात वृद्धि गरेको हो ।

रियल स्टेट कर्जा लोन टु भ्यालु रेसियो ४० प्रतिशतबाट वृद्धि गरेर ५० प्रतिशत पुर्‍याइएको छ । यसभन्दा पहिले जग्गाको मूल्याङ्कनको ४० प्रतिशत मात्र कर्जा पाइने गरेको थियो । अब भने मूल्याङ्कनको ५० प्रतिशतसम्म कर्जा पाइने भएको छ ।

निजी आवासीय घर कर्जा र नियमानुसार दर्ता भई सञ्चालनमा रहेका नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनी/परियोजनाहरूलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा मूल्याङ्कनको ६० प्रतिशतसम्म कर्जा प्रवाह हुने छ ।

एकीकृत निर्देशन अनुसार ‘ग’ वर्गका बैङ्कहरूले विदेशी मुद्रा साट्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरूका शाखा कार्यालयले विदेशी विनिमय सटही इजाजत पत्र लिई विदेशी मुद्रा खरिद गरी राष्ट्र बैङ्क वा वाणिज्य बैङ्कहरूलाई बिक्री गर्न सक्ने व्यवस्थालाई हटाएको हो ।

राष्ट्र बैङ्कले यसअघि ३० जिल्लामा खोलिएका ‘ग’ वर्गका वित्तीय संस्थाका शाखा कार्यालयलाई विदेशी मुन्द्रा साट्ने अनुमति दिएको थियो ।


२० कम्पनीलाई सरकारले राख्यो कालोसूचीमा (सूचनासहित)

२० कम्पनीलाई सरकारले राख्यो कालोसूचीमा (सूचनासहित)


काठमाडौं, १६ असोज । सरकारले २० वटा कम्पनीलाई कालोसूचीमा राखेको छ। सन्तोषजनक काम नगर्ने २० कम्पनीलाई प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको हो। 
कार्यालयले आज सूचना जारी गर्दै कालो सूचीमा परेका २० कम्पनीको नाम सार्वजनिक गरेको छ। विभिन्न सार्वजनिक निकायबाट काम सन्तोषजनक नभएको भन्दै कालोसूचीमा राख्न लेखी आएअनुसार ती कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ। 

तीनदेखि एक वर्षसम्म नयाँ ठेक्का लिन नपाउनेगरी २० वटा कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।


पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता राति १२ बजेदेखि लागु हुने 

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता राति १२ बजेदेखि लागु हुने 


काठमाडौं, १४ असोज । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूल्य वृद्धि फिर्ता लिन निर्देशन भएपछि आइतबार राति १२ बजेदेखि लागु हुने गरी वृद्धि गरिएको मूल्य घटाइएको निगमले जनाएको छ ।
‘प्रधानमन्त्री प्रचण्डबाट निर्देशन भए बमोजिम स्वचालित मूल्य प्रणाली यथावत हुन गरी हाल भएको मूल्य वृद्धिलाई मूल्य स्थिरीकरण कोष र नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्य वृद्धि आइतबार राति १२ बजेदेखि लागु हुने गरी फिर्ता गरिएको छ’ निगमले आइतबार जारी गरेको सूचनामा भनिएको छ ।  


 


पेट्रोलियम पदार्थको मूल्यवृद्धि  फिर्ता लिन  प्रधानमन्त्रीको निर्देशन

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन प्रधानमन्त्रीको निर्देशन


काठमाडौं, १४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको पहिलेकै मूूल्य कायम गर्न निर्देशन दिएका छन् । पेट्रोलियम पदार्थसहित ग्यासको समेत मूल्य वृद्धि गर्ने आयल निगमको निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले सो निर्देशन दिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै सरकारको चौतर्फी आलोचना भइरहेको छ । चाडपर्व नजिकिएसँगै निगमले मूल्यवृद्धि गरेको भन्दै आलोचना भएको हो ।

त्यससँगै प्रधानमन्त्रीले आज आकस्मिक मन्त्रिपरिषद् बैठक छलफल गरी मूल्य फिर्ता लिन निर्देशन दिएका हुन् ।