09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अन्तराष्ट्रिय


पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ


एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्। आफूसँग जोडिएका दुई मुद्दाको सुनुवाइका लागि अदालत पुगेका खानलाई त्यहीँबाट प्रहरीले पक्राउ परेको हो।

अल कादिर ट्रस्टसँग सम्बन्धित घटनालाई लिएर इस्लामावाद उच्च अदालत बाहिरबाट उनलाई पक्राउ गरिएको जनाइएको छ।


भारतमा सडक दुर्घटनाः एकै परिवारका ११ जनाको मृत्यु

भारतमा सडक दुर्घटनाः एकै परिवारका ११ जनाको मृत्यु


एजेन्सी । भारतको केन्द्रीय राज्य छत्तीसगढमा बिहीबार भएको सडक दुर्घटनामा पाँच महिला र दुई बालबालिकासहित ११ जनाको मृत्यु भएको छ। उक्त घटनामा एक जना गम्भीर घाइते भएका स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।

बलोद जिल्लाको जगतरा क्षेत्रमा ट्रक र कार एकआपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकमा बालकलाई राजधानी रायपुरमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

विवाह समारोहमा सहभागी भएर घर फर्कने क्रममा उक्त दुर्घटना भएको हो । उनीहरुको कार विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएर दुर्घटना भएको प्ररहीले जनाएको छ।


सुडानमा एक हप्ताका लागि युद्धविराम

सुडानमा एक हप्ताका लागि युद्धविराम


एजेन्सी । सुडानमा आजदेखि एक हप्ताका लागि युद्धविराम भएको छ । सेना र अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्सेस (आर.एस.एफ) बीच एकहप्ताका लागि युद्धविरामको सहमति भएको हो ।
सुडानको विदेशमन्त्रालका अनुसार सुडानी सेनाका प्रमुख अब्देल फताह अल बुरहान र अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्सेसका प्रमुखले आउँदो २८ गतेसम्म युद्धविराम गर्न सहमति जनाएको अन्तर्रा‍ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुवै पक्षले वार्ताका लागि आ–आफ्ना प्रतिनिधि खटाउन सहमति पनि जनाएको उल्लेख छ । सेना र अर्धसैनिक बलबीच वार्ताको तयारी भइरहेको छ । यसअघि पनि संयुक्त राष्ट्र सङ्घसहित अमेरिका, बेलायत र छिमेकी देशहरूको कुटनीतिक प्रयासपछि युद्धरत पक्षहरूबीच ७२ घण्टे युद्धविराम भएको भए पनि पालना हुन सकेको थिएन ।
पछिल्लो युद्धविरामको पनि पूर्ण कार्यान्वयन हुनेमा आशङ्का छ । 


८६ दिनदेखि भोक हड्ताल गरिरहेका प्यालेस्टाइनी नेताको निधन

८६ दिनदेखि भोक हड्ताल गरिरहेका प्यालेस्टाइनी नेताको निधन


एजेन्सी । इजरायलको जेलमा ८६ दिनदेखि भोक हडताल गरिरहेका प्यालेस्टाइनका नेता खदिर अदनानको निधन भएको छ । इस्लामिक जिहाद समूहका वरिष्ठ सदस्य ४५ वर्षका अदनानको हिजो निधन भएको इजरायलको जेल सेवाले जनाएको छ ।

उनलाई बेहोस अवस्थामा पाइएको र उपचारका लागि तेल अवीवमा रहेको अस्पताल पुर्याए पनि बचाउन नसकिएको जेल सेवालाई उद्धृत गरी द टाइम्स अफ इजरायलले जनाएको छ ।

नेता अदनानलाई आतंकवादी समूहमा लागेको, समर्थन गरेको र नागरिकलाई उक्साउने काम गरेको आरोपमा गएको फेब्रुअरी ५ मा पक्राउ गरिएको थियो ।

पक्राउ परेपछि उनले अनशन थाल्नुभएको थियो । जेलमा रहेर स्वास्थ्य परीक्षण वा उपचार गराउन अस्वीकार गरेका थिए । प्यालेस्टाइनले जेलमा रहेकै अवस्थामा अदनानको ज्यान गएको विषयलाई छानबिन गर्न माग गरेको छ ।


अमेरिकामा तेस्रो बैंक टाट पल्टियो

अमेरिकामा तेस्रो बैंक टाट पल्टियो


एजेन्सी । दुई महिनाभित्र अमेरिकामा तेस्रो बैंक टाट पल्टिएको छ । नियमनकारी निकाय फेडेरल डिपोजिट इन्स्याेरेन्स कर्पोरेसनले फर्स्ट रिपब्लिकन बैंक टाट पल्टिएको जनाएको छ ।

कर्पोरेसनको मध्यस्थतामा जेपी मोर्गनले सङ्कटग्रस्त बैंक फर्स्ट  रिपब्लिकनलाई स्वामित्व ग्रहण गरेको छ । जेपी मोर्गन चेस एन्ड कम्पनीले फर्स्ट रिपब्लिकन बैंकको १ खर्ब ७३ अर्ब अमेरिकी डलरको कर्जा लगानी, ३० अर्ब बचतपत्र साथै ९२ अर्ब अमेरिकी डलरको बचतको अधिग्रहण गरेको हो ।

जेपी मोर्गन र कर्पोरेसनबीच यसबाट हुने घाटा दुवैले बेहोर्ने पनि सहमति भएको छ । यसअघि गएको मार्चमा सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक टाट पल्टिएको घोषणा गरिएको थियो । फर्स्ट  रिपब्लिक बैँक अमेरिकाको चौधौँ ठूलो बैंक हो । यो बैँक टाट पल्टिएको घोषणापछि विश्वव्यापी रुपमा तरङ्ग फैलिएको छ । 


टेक्सासमा गोली हानेर पाँच जनाको हत्या

टेक्सासमा गोली हानेर पाँच जनाको हत्या


एजेन्सी । अमेरिकाको टेक्सासमा एक बन्दुकधारीले जथाभाबी गोली चलाउँदा आठ वर्षीय बालकसहित पाँच जनाको ज्यान गएको छ ।

दुई जना महिलाको शवमुनिबाट दुई जना बालबालिकालाई भने सकुशल निकालिएको बीबीसीले जनाएको छ । मारिने सबै होन्डुरसका नागरिक रहेका छन् ।

स्थानीय प्रहरी अधिकारीले संदिग्ध व्यक्ति मेक्सिकोका नागरिक भएको र उनीसँग अर्ध–स्वचालित राइफल रहेको बताएका छन् ।

प्रहरीले गोली हान्ने व्यक्ति अझै फरार रहेको बताएको छ । केही दिनअघि टेक्सासमै एक भोजका क्रममा गोली चल्दा पनि नौ जनाको ज्यान गएको थियो ।
 


जापानमा होटलको मूल्यमा १५ प्रतिशत वृद्धि

जापानमा होटलको मूल्यमा १५ प्रतिशत वृद्धि


एजेन्सी । जापानमा होटलको औसत मूल्य १५ प्रतिशतले बढेको एक सर्वेक्षणले देखाएको छ। विश्वभरका होटल उद्योगको बजार तथ्याङ्क उपलब्ध गराउने अनुसन्धान फर्म एसटीआरले गरेको सर्वेक्षणअनुसार जनवरी–मार्चको त्रैमासिक अवधिमा जापानका होटलको एक कोठाको २४ घण्टाको औसत मूल्य १६ हजार १२५ येन (करिब १२० अमेरिकी डलर) रहेको छ। यो सन् २०१९ को सोही अवधिको तुलनामा करिब १५.७ डलरले बढी हो।

एसटीआरको तथ्याङ्क अनुसार टोकियोमा होटलको औसत मूल्य २१ हजार ५८७ येन (करिब १६० डलर) अर्थात् देशकै सबैभन्दा बढी पुगेको छ। सन् २०१९ को तुलनामा यो १७ प्रतिशत बढी हो।

एसटीआरले आन्तरिक यात्रालाई बढावा दिने उद्देश्यले सरकारी अनुदान कार्यक्रमको कार्यान्वयन र देशमा हालै कोभिड–१९ प्रतिबन्धहरू खुकुलो पार्नुका साथै येनको कमजोरी र बढ्दो उपभोक्ता मूल्यलाई पनि यो वृद्धिको श्रेय दिएको छ।
 


भारत बन्यो विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश

भारत बन्यो विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश


काठमाडौं, ६ वैशाख । भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष ९यु।एन।एफ.पीए.० ले भारतलाई सबैभन्दा बढी जनसंख्या भएको देशको सूचीमा सूचीकृत गरेको हो ।
यूएनएफपीएको पछिल्लो विवरण अनुसार भारत चीनभन्दा २९ लाख बढी जनसंख्या भएको देश बनेको छ । यूएनएफपीएको द स्टेट अफ वर्ल्ड पपुलेसन रिपोर्ट, २०२३ मा भारतको जनसंख्या एक अर्ब ४२ करोड ८६ लाख र चीनको जनसंख्या एक अर्ब ४२ करोड ५७ लाख रहेको उल्लेख छ ।

सन् १९५० मा संयुक्त राष्ट्रसंघले जनसङ्ख्या तथ्यांक संकलन र जारी गर्न थालेपछि भारतको जनसंख्याले चीनलाई उछिनेको यो पहिलो पटक हो । गएको वर्ष चीनको जनसंख्या घट्न थाल्यो भने भारतको जनसंख्या बढेको छ । प्रतिवेदनअनुसार सरदर आयुमा भने भारतभन्दा चीन अगाडि छ ।
 


सुडान द्वन्द्वः दुई सय जनाको मृत्यु, एक हजार आठ सय घाइते

सुडान द्वन्द्वः दुई सय जनाको मृत्यु, एक हजार आठ सय घाइते


एजेन्सी । सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब दुई सय जनाले ज्यान गुमाएका छन्भने एक हजार सय जना घाइते भएका छन्। 

सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र उनका सहायतक मोहमद हमदान डगालो नेतृत्वको अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको जारी द्वन्द्वले देशलाई गभ्भीर अराजकतातर्फ धकेलेको छ। भीषण युद्धका कारण अस्पतालहरू क्षतिग्रस्त भएका छन्भने सहायताका काममा अवरोध उत्पन्न भएको छ। 

अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी यो अफ्रिकी मुलुकमा सन् २०२१ मा लामो समयदेखि शासन सत्ता सञ्चालन गरेका तो ओमार अल बशीरलाई सत्ताच्युत गरेपछि बुहारन र डगालोबीचको शक्ति सङ्घर्षले लिएको उग्ररुपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो। 

सुडानामा नागरिक शासन कसरी पुनःस्थपान गर्ने भन्नेमा उत्पन्न मतभेद नै यो भीषण युद्धको कारण बनेको छ। आरएसएफले देशका सम्भ्रान्त वर्गविरुद्ध सीमान्तकृत समूहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ भने आरएसएफका सेनालाई जातीय सफाया गरेको आरोप बुरहान समूहले लगाएको छ।

सुडानमा जारी युद्ध लामो समयसम्म चर्कने चेतावनी विश्लेषकहरूले दिएका छन्। युद्धविरामका लागि क्षेत्रीय एवम् विश्वव्यापीरूपमा आह्वान भए पनि सम्बद्ध पक्षले त्यसलाई वेवास्ता गरेका छन्। विश्व शक्ति राष्ट्रले वार्ताको माध्यमबाट समस्याको निकास खोज्न आग्रह गरेका छन् तर त्यसको सुनुवाइ भएको छैन। 


रुसी राष्ट्रपति पुटिन र चीनका रक्षामन्त्री शाङ्गफुबीच भेटवार्ता

रुसी राष्ट्रपति पुटिन र चीनका रक्षामन्त्री शाङ्गफुबीच भेटवार्ता


एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका रक्षा मन्त्री जनरल ली शाङ्गफुबीच भेटवार्ता भएको छ ।रुसको राजधानी मस्कोमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र सैन्य सहयोगको विषयमा छलफल भएको रोयटर्सले जनाएको छ ।
भेटमा पुटिनले सैन्य सहयोग र सूचना आदानप्रदान गर्ने बताउनु भएको छ । चीनले भने रुस र युक्रेनबीच युद्ध हुनुमा अमेरिका र नेटो जिम्मेवार रहेको जनाएको खबरमा उल्लेख छ ।
यस्तै, चीनले रुसलाई हतियार सहयोग नगर्ने पनि बताउनु भएको छ । केही समयअघि पनि रुसी राष्ट्रपति पुटिनले चिनियाँ समकक्षी सी जिनपिङसँग भेटवार्ता गरेका थिए ।



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom