25 Baishak, 2081 / 7 May , 2024
एजेन्सी । भारतको उत्तराखण्डको एक सुरुङभित्र फसेका मजदुरहरूको उद्धार भएको छ । १७ दिनदेखि सुरुङभित्र फसेका ४१ जना मजदुरको आज मङ्गलवार बेलुकी उद्धार भएको हो ।
उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार गरिएका मजदुरहरूलाई भेट्नुभएको छ । उद्धार शुरु भएसँगै सुरुङ आसपासमा खुशी मनाइएको छ । मजदुरहरूलाई फूलमाला र ताली बजाएर स्वागत गरिएको छ ।
सुरुङभित्र फसेका मजदुरको उद्धारका लागि शुरुमा पहिरो पन्छाउने प्रयास भएकोमा त्यहाँबाट सम्भव नभएपछि पहाड माथिबाट एउटा ठाडो र अर्को तेस्रो प्वाल बनाइएकाे थियो । ठाडोतर्फको प्वालबाट मजदुरलाई बाहिर निकालिएको हो ।
९० सेन्टिमिटर व्यास भएको पाइप जडान गरेर त्यहाँबाट एक/एक जना गर्दै मजदुरलाई बाहिर निकालिएको हो ।