11 Ashwin, 2080 / 28 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बैदेशिक रोजगार


साउनमा वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो

साउनमा वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो


काठमाडौं, ८ भदौ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा गिरावट आएको छ । 
गएको आर्थिक वर्ष रेकर्ड नै ब्रेक हुने गरी नेपालीहरू वैदेशिक रोजगारीमा गएको भए पनि चालु आर्थिक वर्षको पहिलो महिनामा केही संख्याले घटेको हो । 

वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएको तथ्याङ्क अनुसार गएको साउन महिनामा वैदेशिक रोजगारीमा जानका लागि नयाँ र पुनः श्रम स्वीकृति गरी ५५ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका छन् ।

श्रम स्वीकृति लिनेमा सात हजार सात सय २५ जना महिला रहेका छन् भने ४७ हजार ८५० जना पुरुष रहेका छन् । पहिलो पटक वैदेशिक रोजगारीमा जान नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या भने ३९ हजार १५२ जना रहेको छ । गएको आर्थिक वर्षको साउन महिनामा ६३ हजारभन्दा धेरैले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।
 


वैदेशिक रोजगारीः बढ्यो ठगीका घटना 

वैदेशिक रोजगारीः बढ्यो ठगीका घटना 


काठमाडौं, ७ भदौ । जिल्ला प्रहरी परिसर काठमाडौंले वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी हुने क्रम बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरेको छ। बिहीवार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले यस बारेमा नागरिकहरु सचेत हुनुपर्ने बताएको हो। पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पार्सल तथा डलर पठाइ कर बापतको रकम जम्मा गर्न लगाइ ठगि गर्ने क्रम पनि बढेको बताए।

उनले सबैभन्दा धेरै उजुरी र निवेदन वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगि गरिएको बताए। उनले बैंक खातामा अनधिकृत पहुँच पुर्याइ रकम ठगी गर्ने क्रम बढेको भन्दै सचेत गराए। उनले भने, ‘गत वर्षको माघदेखि यस वर्षको असारको मसान्तसम्म हामीले ८ हजार ९२३ वटा मुद्दा दर्ता गरेका रहेछौँ। एक नम्बरमा बैंकिङ कसुर, अभद्र व्यवहार, यस्ता मुद्दामा ५ हजार ९४० जना हामीले पक्राउ गरेर कानूनी दायरामा ल्याइसकेको अवस्था छ। साइबर शाखा तिरबाट हेर्ने हो भने ३३२ वटा निवेदन प्राप्त भएका रहेछन्। रकमतर्फ हामीले हेर्ने हो भने ५ करोड ४१ लाख भन्दा बढीको रकम तलमाथि भएको रहेछ, यसभित्र पार्सल तथा डलर पठाइ कर बापतको रकम जम्मा गर्न लगाइ ठगि गरेको, वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर सबैभन्दा धेरै समस्या अहिले एक त यसै बेरोजगार छन्, बेरोजगार भएको अवस्थामा वैदेशिक रोजगारमा पठाउँछु भनेर ठगि गर्नेहरुको संख्या पनि ठूलो छ। बैंक खातामा अनधिकृत पहुँच पुर्याइ रकम ठगी गर्ने क्रम बढेको छ।’
 


वैदेशिक रोजगारः नेपाली कामदार लैजाने लेबनानको प्रस्ताव

वैदेशिक रोजगारः नेपाली कामदार लैजाने लेबनानको प्रस्ताव


काठमाडौं, ७ भदौ ।  लेबनानले नेपाली कामदार लैजाने प्रस्ताव गरेको छ । आफ्नो मुलुकमा थुप्रै क्षेत्रमा रोजगारीको लागि अवसरहरू रहेको भन्दै नेपाली कामदार लैजाने प्रस्ताव गरेको हो । 
लेबनानका अवैतनिक महावाणिज्यदूत एलचेख मोहम्मद गोजाएलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँगको भेटमा उक्त प्रस्ताव गरेका हुन् ।
भेटको क्रममा गोजाएलले लेबनानमा विभिन्न क्षेत्रमा रोजगारीको अवसर रहेको र केही नेपालीलाई लैजान सकिने प्रस्ताव गरेका हुन् । मन्त्रालयका सह–सचिव राजीव पोखरेलले श्रम समझदारी गरेर श्रमिकहरू पठाउने प्रस्ताव गरेको बताए । 

लेबनानको प्रस्तावमा मन्त्री भण्डारीले श्रम समझदारीको लागि ड्राफ्ट बनाएर आदानप्रदान गर्ने र सोही आधारमा अगाडि बढ्ने बताएका थिए । श्रम समझदारीको ड्राफ्ट तयार पारेर सोही आधारमा अगाडि बढ्न मन्त्रालय तयार देखिएको छ । लेबनानमा हाल १ हजार २०० नेपाली रहेका छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर प्रत्येक वर्ष केही नेपाली जाने गरेका छन् । लेबनानले विशेष गरी घरेलु कामदार लैजाने प्रस्ताव गरेको हो । 

त्यस्तै निर्माण क्षेत्रका लागि समेत कामदार लैजान सकिने बताएको हो । लेबनानमा अहिले ठुल्ठुला भवन तथा निर्माण क्षेत्रमा राम्रो अवसर देखिएका छ । त्यस्तै हस्पिटालिटी क्षेत्रका लागि समेत नेपाली कामदार लैजाने प्रस्ताव गरेको हो । ठुल्ठुला होटेल खुलिरहेको भन्दै त्यसका लागि केही नेपाली कामदार लैजाने प्रस्ताव गरेको पोखरेलले बताए । 


वैदेशिक रोजगार विभागमा परिचयपत्र अनिवार्य

वैदेशिक रोजगार विभागमा परिचयपत्र अनिवार्य


काठमाडौं, ४ भदौ । वैदेशिक रोजगार विभागमा अनधिकृत व्यक्तिको प्रवेशले भीडभाड भएको भन्दै विभागले अब परिचय पत्र अनिवार्य गरेको छ ।

विभागले एक सूचना जारी गर्दै विभाग, कार्यालयको प्रशासनिक भवन भित्र प्रवेश गर्दा वैदेशिक रोजगार व्यवसायी संघले जारी गरेको परिचय पत्र लगाउन भनेको हो । अन्य व्यक्तिले भने आफ्नो परिचय खुल्ने कागजात साथमा राख्न समेत विभागले भनेको छ ।

विभागमा सेवाग्राहीको संख्या बढेको र भीडभाडले सेवा प्रवाहमा कठिनाइ भएको भन्दै विभागले परिचपय पत्र अनिवार्य गरिएको बताएको हो । विभागले यसबारे नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई समेत सूचित गराएको छ ।


नेपाली श्रमिक धेरै रहेका देशका दूतावासको क्षमता बढाइने

नेपाली श्रमिक धेरै रहेका देशका दूतावासको क्षमता बढाइने


काठमाडौं, ३ भदौ । नेपाली राजदूतावासहरूको क्षमता बढाइने भएको छ । बढी नेपाली श्रमिकहरू तथा नेपालीहरू बसोबास गर्दै आएका देशका दूतावासहरूको क्षमता बढाउन लागिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले दूतावासहरूमा कर्मचारीको अभावमा नेपालीहरूले सास्ती पाइरहेको बताए । बढी श्रमिक तथा नेपाली रहेको मुलुकका दूतावासमा कर्मचारी थप गरेर सेवा प्रवाहलाई छिटो र छरितो बनाइने उनको भनाई छ ।

यो वर्षभित्रमा त्यो काम गर्ने गरी मन्त्रालय अघि बढिरहेको उनको भनाई छ । ठूल्ठूला दूतावासहरूमा कम्तीमा २० जना सहयोगी राख्ने योजना सरकारको रहेको बताए ।

अहिले पनि ठूल्ठूलो मुलुकको दूतावासमा २÷३ जना सहयोगी रहेको भन्दै उनीहरूले काम गर्न नसक्ने बताए ।

विशेषगरी वैदेशिक रोजगारीका लागि गएका नेपाली श्रमिकहरूबाट नेपाली दूतावासले काम नगरेको गुनासो गर्ने गरेका छन् । एउटै काम गर्न महिनौँ कुर्नुपर्ने बाध्यता नेपालीहरूको छ ।


वैदेशिक रोजगारः  प्रभावकारी बनाइँदै अभिमुखीकरण

वैदेशिक रोजगारः  प्रभावकारी बनाइँदै अभिमुखीकरण


काठमाडौं, ३ भदौ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जानेहरूलाई दिने अभिमुखीकरण प्रभावकारी बनाउने तयारी गरेको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा जानेहरूले अभिमुखीकरण तालिम लिन अति आवश्यक रहेको भन्दै प्रभावकारी बनाउने गरी काम थालेको हो। 

वैदेशिक रोजगारमा जानेहरूलाई राज्यले दिने सेवा, सुविधा र रोजगारीका लागि जाने देशका विषयमा जानकारी लिनका लागि विभिन्न अभिमुखीकरण तालिम दिने गरिएको छ। बोर्डले पछिल्लो समय अभिमुखीकरण दिने संस्थाहरूले प्रभावकारी रूपमा तालिम दिनुपर्ने जोड दिएको छ। 

बोर्डले तालिम केन्द्रहरूको अनुगमनसमेत सुरु गरेको छ। बोर्डले विशेष गरी वैदेशिक रोजगारीमा जानेहरूले मानसिक तयारी, पासपोर्ट सुरक्षा, बिमा, श्रम स्वीकृति, स्वास्थ्य परीक्षण, सम्झौतापत्र, वैदेशिक रोजगार बोर्डअन्तर्गतको कल्याणकारी कोष र वैदेशिक रोजगार बोर्डसँगको सहकार्यको विषयमा तालिम दिने गरेको छ। 

त्यसका लागि बोर्डले नै शुल्क दिने गरेको छ। वैदेशिक रोजगारीमा जानेहरूले मानसिक तयारी, पासपोर्ट सुरक्षा, बिमा, श्रम स्वीकृति, स्वास्थ्य परीक्षण, सम्झौतापत्र, वैदेशिक रोजगार बोर्डअन्तर्गतको कल्याणकारी कोष र वैदेशिक रोजगार बोर्डसँगको सहकार्यको विषयमा तालिम प्रभावकारी बनाएर वैदेशिक रोजगारीमा देखिने समस्या कम गर्ने उद्देश्य बोर्डको छ। 

बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले काठमाडौंका केही अभिमुखीकरण तालिम केन्द्रहरूले तालिममा सहभागिता नभएकालाई तालिम लिएको प्रमाणपत्र दिएको गुनासो आएको बताए। 

उनले तालिम केन्द्रहरूले अभिमुखीकरण तालिम नलिनेहरूलाई अवैधानिक रूपमा प्रमाणपत्र दिएको भन्ने कुरा आएकाले यसलाई अनुगमन गरी थप व्यवस्थित बनाउन लागिएको बताए। उनले तालिममा सहभागी नभएकाहरूलाई समेत प्रमाणपत्र दिने संस्थाहरूलाई अनुगमन गरी कारबाही गरिने जानकारी दिए। 

 


 अब श्रम विभागका सम्पूर्ण क्रियाकलाप अनलाइनबाट

अब श्रम विभागका सम्पूर्ण क्रियाकलाप अनलाइनबाट


काठमाडौं, १ भदौ । अब श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका सम्पूर्ण क्रियाकलाप अनलाइन प्रणालीमार्फत हुने भएका छन् । विभागले प्रवाह गर्दैै आएको सेवालाई अनलाइन मार्फत सञ्चालन गर्न आवश्यक सिस्टमको विकास गरेको छ ।

शुक्रबार एक कार्यक्रम आयोजना गरेर ‘एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली’ (लेमिस) शुभारम्भ गरिएको छ । लेमिसको शुभारम्भ गरिएसँगै विभागबाट हुने सम्पूर्ण सेवा प्रवाहका कार्य अबदेखि अनलाइन मार्फत हुनेछन् । विभागका प्रवक्ता तथा निर्देशक मणिनाथ गोपले अबदेखि विभाग र अन्तर्गत कार्यालयबाट अनलाइन मार्फत विभिन्न सेवाहरू प्रवाह हुने बताए ।

त्यसका लागि धधध।ष्mिष्क।मययिक।नयख।लउ मा गई आफ्नो प्रोफाइल तयार पर्नुपर्छ । र त्यही आधारमा आवश्यक पर्ने कागजात पेस गरिसकेपछि विभागको तर्फबाट प्रोफाइल तयार हुन्छ ।

विभागका अनुसार विदेशी नागरिकको श्रम इजाजत सम्बन्धी कार्य अनलाइनबाटै हुनेछ । त्यसमा विदेशीलाई श्रम स्वीकृति÷इजाजत प्रदान गर्ने, विदेशी नागरिकलाई श्रम स्वीकृति÷इजाजत खारेजी गर्ने समेत अनलाइनबाटै हुने प्रवक्ता गोपले बताए । यो कार्य विभागबाट मात्र हुने उनको भनाइ छ ।

श्रमिक आपूर्तिकर्ता सम्बन्धी कार्यसमेत अनलाइनबाटै हुनेछ । इजाजतपत्र जारी गर्ने, इजाजत नवीकरण, सेवा तथा कार्यक्षेत्र परिवर्तन र थपघट, इजाजत खारेजीजस्ता कार्यसमेत अबदेखि अनलाइन मार्फत नै हुने उनले बताए ।

ट्रेड युनियनसम्बन्धी कार्यसमेत अबदेखि अनलाइन मार्फत नै हुनेछ । त्यसमा ट्रेड युनियनहरूको दर्ता नवीकरण, ट्रेड युनियनको नाम परिवर्तन, खारेजी तथा नियमनको कार्यसमेत अनलाइनबाटै गरिने प्रवक्ता गोपले बताए ।

त्यस्तै विभाग र अन्तर्गत रहेका ११ वटै कार्यालयहरूबाट श्रम अडिटका लागि समेत अनलाइन मार्फत नै पेस गर्नुपर्ने उनको भनाइ छ । व्यवसायजन्य दुर्घटनाको विवरण दर्ता, प्रतिष्ठानहरू सूचीकृत हुने जस्ता कार्य पनि विभाग र अन्तर्गतका कार्यालयहरूबाट अनलाइन मार्फत नै हुने छ ।

श्रम विवाद सम्बन्धी निवेदनहरू दर्ताको कार्य समेत अनलाइन मार्फत नै गर्न सकिनेछ । न्यूनतम पारिश्रमिक सम्बन्धी निवेदन दर्ता गराउन सक्ने, व्यक्तिगत मागदावी दर्ता गराउन सक्ने व्यवस्था, सामूहिक मागदावी दर्ता गराउने सक्ने लगायतका कार्य समेत अनलाइनबाटै हुने भएको छ । विभागले हाल यो सेवालाई परीक्षणकालमा राखेको जनाउँदै प्रवक्ता गोपले तत्काललाई अनलाइन र भौतिक दुवै रूपमा सेवा प्रवाह गर्ने बताए ।

विभागका महानिर्देशक केशव प्रसाद बिमलीले मन्त्रालयले आफ्ना गतिविधिहरू विद्युतीय माध्यमबाट गर्ने नीति अनुसार विभागले समेत अनलाइन प्रणालीको विकास गरेको बताए । वार्षिक ५ हजार ५०० भन्दा बढी सेवाग्राहीले सेवा लिने गरेको भन्दै अब अनलाइनमार्फत गर्दा निकै सहज हुने उनले बताए ।

अबदेखि विभाग र मातहतका निकायबाट प्रवाह हुने सेवाहरू अनलाइनबाटै हुने भएकाले त्यही आधारमा अघि बढ्न विभागले अनुरोध गरेको छ ।

कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले स्वदेशको श्रम क्षेत्रमा देखिएका विद्यमान समस्या र त्यसको समाधानका लागि अनलाइन प्रणाली निकै प्रभावकारी हुने बताए ।

पारिश्रमिक नपाउने तथा कम पाउने समस्या विद्यमान रहेको भन्दै अब अनलाइन मार्फत नै उजुरी गरेको खण्डमा तत्काल कारवाही गर्न सजिलो हुने उनले प्रस्ट पारे ।
 


यूएईमा नेपालीले जिते साढे ३ करोडको चिट्ठा

यूएईमा नेपालीले जिते साढे ३ करोडको चिट्ठा


काठमाडौं, ३२ साउन । यूएईमा काम गरिरहेका एक नेपालीले साढे ३ करोड रुपैयाँ बराबरको चिट्ठा जित्न सफल भएका छन् । २९ वर्षीय तुलसीले १० लाख दिराम बराबरको चिट्ठा जितेका हुन् ।
महजुजले आयोजना गर्ने साप्ताहिक चिट्ठाको शनिबार गरिएको १४१ औँ खेपमा चिट्ठा जित्न सफल भएको द गल्फ न्युज डटकमले जानकारी दिएको छ । उनले साढे एक वर्षदेखि चिट्ठाको टिकट खरिद गर्दै आइरहेको समाचारमा उल्लेख छ ।

तुलसी विगत ११ वर्षदेखि यूएईको निर्माण कम्पनीमा प्राविधिकको रूपमा काम गर्दै आइरहेका थिए । उनले इमेलमार्फत यो सुखद खबर पाएका थिए । यो रकमले अब नेपालमा नयाँ घर बनाउने योजना रहेको उनको भनाई छ ।

त्यस्तै, सुडानका इन्जिनियर अगिबले ५० हजार दिराम बराबरको सुनको सिक्का जित्न सफल भएका छन् ।
 


वैदेशिक रोजगारः एक वर्षमा १२ सय ८ नेपालीले  परदेशमै गुमाए ज्यान 

वैदेशिक रोजगारः एक वर्षमा १२ सय ८ नेपालीले परदेशमै गुमाए ज्यान 


काठमाडौं, ३२ साउन । गत एक वर्षको अवधिमा १२ सय आठ नेपाली श्रमिकले वैदेशिक रोजगारीकै क्रममा ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डले विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई दिएको आर्थिक सहायताको तथ्याङ्कले गएको आर्थिक वर्ष २०७९-०८० मा रोजगारीका लागि श्रम स्वीकृति लिएर गएका १२ सय ८ नेपालीको ज्यान गएको देखाएको हो । ज्यान गुमाउनेमा ४५ जना महिला र ११ सय ६३ पुरुष रहेका छन् । 
यो तथ्यांक बोर्डले रोजगारीको सिलसिलामा श्रम अवधि भित्रै ज्यान गुमाएका श्रमिकको तथ्याङ्क हो । बोर्डले श्रम स्वीकृति लिएर गएका श्रमिकहरूको रोजगारीको सिलसिलामा श्रम अवधि भित्रै ज्यान गएमा परिवारलाई आर्थिक सहायता प्रदान गर्छ । कतिपय श्रमिकको यही अवधिमा ज्यान गएको भए पनि श्रम अवधि सकिएको भएमा बोर्डले आर्थिक सहायता प्रदान गर्दैन र त्यस्ता श्रमिकको मृत्युको तथ्याङ्क पनि राख्दैन । 

बोर्डले मृतक १२ सय आठ श्रमिकका परिवारलाई आर्थिक सहायता स्वरूप ६५ करोड ५१ लाख ८० हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छन् । श्रम स्वीकृति लिएर गएका श्रमिकको श्रम अवधि भित्रै ज्यान गएमा बोर्डले मृतक श्रमिकका परिवारलाई सात लाख रुपैयाँ एकमुष्ट आर्थिक सहायता प्रदान गर्छ ।

यस्तै, गएको वर्ष वैदेशिक रोजगारीको सिलसिलामा तीन सय ८९ जना श्रमिक अङ्गभङ्ग वा गम्भीर बिरामी भएर स्वदेश फर्किएका छन् । यसरी स्वदेश फर्किएका श्रमिकलाई बोर्डले जम्मा नौ करोड ९७ लाख आठ हजार रुपैयाँ आर्थिक सहायता दिएको छ । बोर्डले बिरामी वा अङ्गभङ्ग भएर फर्किएका श्रमिकलाई अवस्था हेरेर विशेषज्ञ डाक्टरको सिफारिसमा अधिकतम सात लाख रुपैयाँ आर्थिक सहायता दिने गरेको छ ।

वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका श्रमिकका २९ सय ५६ जना छोराछोरीलाई छात्रवृत्ति सहायता समेत प्रदान गरेको छ ।


वैदेशिक रोजगारः एक वर्षमा १२ सय ८ नेपालीले  परदेशमै गुमाए ज्यान 

वैदेशिक रोजगारः एक वर्षमा १२ सय ८ नेपालीले परदेशमै गुमाए ज्यान 


काठमाडौं, ३२ साउन । गत एक वर्षको अवधिमा १२ सय आठ नेपाली श्रमिकले वैदेशिक रोजगारीकै क्रममा ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डले विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई दिएको आर्थिक सहायताको तथ्याङ्कले गएको आर्थिक वर्ष २०७९-०८० मा रोजगारीका लागि श्रम स्वीकृति लिएर गएका १२ सय ८ नेपालीको ज्यान गएको देखाएको हो । ज्यान गुमाउनेमा ४५ जना महिला र ११ सय ६३ पुरुष रहेका छन् । 
यो तथ्यांक बोर्डले रोजगारीको सिलसिलामा श्रम अवधि भित्रै ज्यान गुमाएका श्रमिकको तथ्याङ्क हो । बोर्डले श्रम स्वीकृति लिएर गएका श्रमिकहरूको रोजगारीको सिलसिलामा श्रम अवधि भित्रै ज्यान गएमा परिवारलाई आर्थिक सहायता प्रदान गर्छ । कतिपय श्रमिकको यही अवधिमा ज्यान गएको भए पनि श्रम अवधि सकिएको भएमा बोर्डले आर्थिक सहायता प्रदान गर्दैन र त्यस्ता श्रमिकको मृत्युको तथ्याङ्क पनि राख्दैन । 

बोर्डले मृतक १२ सय आठ श्रमिकका परिवारलाई आर्थिक सहायता स्वरूप ६५ करोड ५१ लाख ८० हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छन् । श्रम स्वीकृति लिएर गएका श्रमिकको श्रम अवधि भित्रै ज्यान गएमा बोर्डले मृतक श्रमिकका परिवारलाई सात लाख रुपैयाँ एकमुष्ट आर्थिक सहायता प्रदान गर्छ ।

यस्तै, गएको वर्ष वैदेशिक रोजगारीको सिलसिलामा तीन सय ८९ जना श्रमिक अङ्गभङ्ग वा गम्भीर बिरामी भएर स्वदेश फर्किएका छन् । यसरी स्वदेश फर्किएका श्रमिकलाई बोर्डले जम्मा नौ करोड ९७ लाख आठ हजार रुपैयाँ आर्थिक सहायता दिएको छ । बोर्डले बिरामी वा अङ्गभङ्ग भएर फर्किएका श्रमिकलाई अवस्था हेरेर विशेषज्ञ डाक्टरको सिफारिसमा अधिकतम सात लाख रुपैयाँ आर्थिक सहायता दिने गरेको छ ।

वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका श्रमिकका २९ सय ५६ जना छोराछोरीलाई छात्रवृत्ति सहायता समेत प्रदान गरेको छ ।



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom