20 Baishak, 2081 / 2 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बैदेशिक रोजगार


श्रमिकका लागि साउदी दूतावासद्वारा बायोमेट्रिक अनिवार्य

श्रमिकका लागि साउदी दूतावासद्वारा बायोमेट्रिक अनिवार्य


काठमाडौं, १६ पुस ।  वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारलाई नेपालस्थित साउदी दूतावासले बायोमेट्रिक अनिवार्य गराएको छ।

दूतावासले सोमबारदेखि लागू हुनेगरीे बायोमेट्रिक अनिवार्य गराएपछि मेनपावर व्यवसायीले आर्थिक भार थप्ने अव्यबहारिक भन्दै विरोध जनाएका छन्। 

यसअघि नेपालबाट भिजिट भिसा र पारिवारिक भिसामा मात्रै लागू हुने बायोमेट्रिक अबदेखि श्रमिकका लागि समेत अनिवार्य गरिएको छ। उक्त निर्णलाई लिएर नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध गरेको छ।

बायोमेट्रिक लागू गरेपछि भिसाका लागि कामदार नपठाउन समेत व्यवसायीहरूलाई अनुरोध गरिएको छ। साउदी दूतावासले आर्थिक भार पार्न खोजेको भनाई संघको छ। बायोमेट्रिकको नाममा श्रमिक कामदार लामो समय काठमाडौँ बस्नुपर्ने भएकाले खर्च धान्न नसक्ने भनाई म्यानपावर व्यवसायीको छ। 
 
 


टाट पल्टिएको साउदीको कम्पनीले ५७१ नेपाली श्रमिकलाई बोलायो तलब लिन (सूचीसहित)

टाट पल्टिएको साउदीको कम्पनीले ५७१ नेपाली श्रमिकलाई बोलायो तलब लिन (सूचीसहित)


काठमाडौं, १५ पुस । साउदी अरबको एक कम्पनीले नेपाली श्रमिकलाई बाँकी तलब र सुविधा लिन बोलाएको छ।  मोहमद अल मोजिल ग्रुप कम्पनी टाट पल्टिएर श्रमिकको पारिश्रमिक समेत दिन नसक्ने अवस्थामा पुगेको थियो।
यसअघि टाट पल्टिएपछि पारिश्रमिक लगायत सुविधा नदिई कम्पनीले कर्मचारी बिदा गरेको थियो। ५ सय ७१ जना नेपाली श्रमिकले सो कम्पनीबाट तलब सुविधा लिन बाँकी छ।

तर कम्पनीबाट पाउनु पर्ने तलब तथा अन्य सुविधा लिन बाँकी रहेका नेपाली श्रमिकको सूची सार्वजनिक गर्दै सो कम्पनीले उनीहरुलाई बोलाएको हो। कम्पनीले नेपाली कामदारहरुसँग सम्पर्क गराई कम्पनीबाट पाउनु पर्ने सुविधा भुक्तानीमा सहजीकरण गरिदिन रियादस्थित नेपाली दूतावासलाई समेत अनुरोध गरेको छ। दूतावासले सूचना जारी गर्दै उक्त कम्पनीबाट सुविधा लिन बाँकी नेपालीलाई आवश्यक विवरण भर्न सूचना जारी गरेको छ।


बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी

बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी


काठमाडौं, १३ पुस । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएको छ । आन्दोलनरत इपीएस परीक्षाका विद्यार्थीले मन्त्रीको गाडीमा आगो लगाएका हुन् ।
बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरिएको हो । उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेका थिए । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका हुन् । 
 


अमेरिका पठाइदिने भन्दै २६ लाख ठगी, एकजना पक्राउ

अमेरिका पठाइदिने भन्दै २६ लाख ठगी, एकजना पक्राउ


काठमाडौं, १२ पुस । वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने बहानामा २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ३  बस्ने वर्ष ५९ को भैरव बहादुर ठकुरी रहेका छन्।

ठकुरीले कृतेश खरेल समेत २ जनालाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाईदिन्छु, त्यसको लागि प्रतिव्यक्ति १३ लाख रुपैँया लाग्छ, अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाईदिन्छु, मासिक  ३ लाख रुपैयाँ तलव हुन्छ भनी २६ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भएका प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ठकुरीको खोजतलास गर्ने क्रममा मंगलबार बूढानीलकण्ठ –४ पासीकोटबाट पक्राउ गरेको हो। उनीविरुद्ध थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।


 


५ महिनामा ४१४ विदेशीलाई नेपालमा श्रम स्वीकृति

५ महिनामा ४१४ विदेशीलाई नेपालमा श्रम स्वीकृति


काठमाडौं, ११ पुस । ५ महिनामा ४१४ जना विदेशी नागरिकले नेपालमा श्रम स्वीकृति प्राप्त गरेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांक अनुसार साउनदेखि मंसिरसम्म ४१४ जना गैरनेपाली नागरिकले नेपालमा श्रम स्वीकृति पाएका हुन् ।

यस अवधिमा झण्डै ३ लाख नेपाली नागरिक कामको खोजीमा विदेशिएका छन् । विभागका अनुसार यस अवधिमा ५४५ जना गैरनेपाली नागरिकको श्रम स्वीकृति नवीकरण भएको छ ।
तथ्यांक अनुसार मंसिर महिनामा मात्र ११० जना गैरनेपाली नागरिकले नेपालमा श्रम स्वीकृति पाएका छन् । यस महिनामा १५९ जना गैरनेपाली नागरिकको श्रम स्वीकृति नवीकरण भएको विभागको तथ्यांक रहेको छ । यो अवधिसम्म प्रतिष्ठान काम काम गर्ने विदेशी श्रमिकले श्रम स्वीकृति लिए–नलिएको बारे १२ वटा अनुगमन भएको विभागले जनाएको छ ।

मंसिरसम्म थप एक ट्रेड यूनियन महासंघ दर्ता भएको छ । दुई वटा ट्रेड युनियन दर्ता भएका छन् । ट्रेड युनियन नवीकरणको संख्या ७ रहेको छ । यो अवधिमा २ वटा औद्योगिक दुर्घटनाको उजुरी आएको विभागले जनाएको छ ।
 


वैदेशिक रोजगारः कोरियामा एक हप्तामा ४ नेपालीको मृत्यु

वैदेशिक रोजगारः कोरियामा एक हप्तामा ४ नेपालीको मृत्यु


काठमाडौं, ११ पुस । दक्षिण कोरियामा एक हप्ताभित्र चार जना नेपालीको मृत्यु भएको छ। विभिन्न दुर्घटनामा परी सोलुखुम्बु नेचासल्यानका रञ्जन राई, नुवाकोट दुप्चेश्वरका पासाङ स्याङ्बा, पाँचथर लिगिम्बाका नरेन्द्र केरुङ र मोरङका रोहित मगरको मृत्यु भएको हो।
पछिल्लो पटक गजेदोको पानी जहाज निर्माण कम्पनी हान्वा ओसनमा कार्यरत राईको शनिबार र छनानमा कार्यरत केरुङको शुक्रबार सुतेकै अवस्थामा मृत्यु भएको हो। 
यस्तै छुन्छन् नाम्दो येसन सीमा कम्पनीमा कार्यरत स्याङ्बाको दुर्घटनामा परी शुक्रबार मृत्यु भएको र थेगु क्षेत्रमा कार्यरत बिरामी मगरको उपचारका क्रममा मृत्यु भएको हो। 
 


रोजगारीका लागि संस्थागतरुपमै युरोपका देश पठाउने नेपाल सरकारको तयारी

रोजगारीका लागि संस्थागतरुपमै युरोपका देश पठाउने नेपाल सरकारको तयारी


काठमाडौं, १० पुस । सरकारले पछिल्लो समय युरोपियन मुलुकसँग श्रम सम्झौता गर्ने क्रमलाई तिब्रत दिएको छ । हालै रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेको नेपालले थप ६ वटा युरोपियन देशसँग सम्झौता गर्न लागेको हो ।

यही वर्ष भित्रमा सम्झौता गर्ने गरी काम भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले जानकारी दिए । पछिल्लो समय नेपालीको आकर्षण युरोपतिर देखिन थाले पछि सरकार वैधानिक बाटो तर्फ अग्रसर भएको हो ।

ती देशसँग श्रम सम्झौता नहुँदा नेपालीले व्यक्तिगत श्रम स्वीकृति लिएर महँगो शुल्क तिर्न बाध्य थिए । श्रम सम्झौतापछि ती देशमा संस्थागत रूपमा श्रमिक पठाउने बाटो खुल्ला हुने छ । यो वर्ष भित्रै सरकारले पोर्चुगल, पोल्यान्ड, युक्रेन, माल्टा र टर्कीसँग श्रम सम्झौता गर्न लागेको हो ।

त्यसका लागि मन्त्रालयबाट सम्झौताको मस्यौदा तयार पारी सम्बन्धित देशलाई पठाइ सकिएको छ । ती देशबाट मस्यौदाबारे धारणा आएपछि सम्झौताको प्रक्रिया अघि बढ्ने मन्त्रालयको भनाई छ । कतार, युएई, कोरिया, बहराइन, जोर्डन, इजरायल, मलेसियालगायतका १२ देशसँग नेपालले यसअघि नै श्रम सम्झौता गरिसकेको छ ।
 


सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु, स्थानीयले जलाए बस

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु, स्थानीयले जलाए बस


काठमाडौं, ९ पुस । सिन्धुलीको सुनकोसी गाउँपालिका ३ बोहोरेटारमा सोमबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रामेछापको मन्थलीबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस र विपरीत दिशाबाट आएको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका–२ का २० वर्षीय सुसन राई र मोटरसाइकलको पछाडि सवार खोटाङ दिक्तेल नगरपालिका–१० की १८ वर्षीया मुनाकला राई रहेको प्रहरीले जनाएको छ । 

ठक्कर दिने बा प्र ०१–००६ ख ४५९३ नम्बरको बस र चालक रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि मृतकका आफन्तलगायत स्थानीय बासिन्दाले बसमा आगजनी गरेका छन् ।
 


पोल्याण्ड पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजना पक्राउ

पोल्याण्ड पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजना पक्राउ


काठमाडौं, ६ पुस । वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनकुटाको धनकुटा उपमहानगरपालिका–७ घर भई हाल भक्तपुर सूर्यबिनायक–१३  बालकोट बस्ने वर्ष २५ को प्रदिप बुढाथोकी रहेका छन्।
उनले कल्पना विश्वकर्मालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति सात लाख ५० हजार रुपैयाँ लाग्छ, पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक एक लाख २० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट १ लाख ८० हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बुढाथोकीको खोजतलास गर्ने क्रममा काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो। थप अनुसन्धान तथा कारकाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।


 


ईपीएसमा १ लाख २५ हजार आवेदन, सीप बिल्डिङको लागि फारम भर्न छुट्टै समय दिने तयारी

ईपीएसमा १ लाख २५ हजार आवेदन, सीप बिल्डिङको लागि फारम भर्न छुट्टै समय दिने तयारी


काठमाडौं, ६ पुस ।  कोरियन भाषा परीक्षा (एपीएस)मा उत्पादनमूलक क्षेत्रमा हालसम्मकै उच्च आवदेन परेको छ । ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीले हालसम्ममा १ लाख १५ हजार आवेदन स्वीकृत भइसकेको बताए । उनकाअनुसार अझै १० हजार आवेदन पाइपलाइन भएकाले उत्पादनमूलक क्षेत्रमा हालसम्मकै धेरै आवेदन परेको हो ।

पुस २ गते आवेदन खुला गरिएको थियो । आवेदन खुला गरेको दिनबाटै उच्च आवेदन परेको शाखाले जनाएको छ । सुवेदीले उच्च आवेदन भएकाले सर्भरमा सुस्तता आएको जानकारी दिए ।

शाखाले गत मंसिर १९ गते प्रकाशित २०२३ को उत्पादनमूलक क्षेत्रतर्फको कोरियन भाषा परीक्षाको लागि आवेदन माग गरेको थियो । कोरिया सरकारले उत्पादनमूलक क्षेत्रमा करिब १६ हजारको हाराहारीमा नेपाली लैजाने सूचनामा उल्लेख गरेको थियो ।
त्यस्तै, सीप बिल्डिङमा अनुत्तीर्ण परीक्षार्थीका लागि पनि आवेदन दिनका लागि छुट्टै व्यवस्था गर्ने तयारी गरेको सुवेदीले जानकारी दिए । उच्च अदालत पाटनले सीप बिल्डिङमा अनुत्तीर्णहरुलाई उत्पादन क्षेत्रको आवेदनमा समावेश गराउन आदेश दिएको थियो । उक्त आदेश आए पनि निर्णय भने भइनसकेको उनले बताए ।

आवेदनका लागि आज अन्तिम दिन भएको र त्यस्ता आवेदनकले फाराम भर्न नपाउने भएकाले शाखाले अनुत्तीर्ण विद्यार्थीहरुका लागि मात्रै दुई दिन दिने बारेमा छलफल भइरहेको उनको भनाइ छ ।