20 Baishak, 2081 / 2 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बैदेशिक रोजगार


२०२४ मा २० हजार नेपाली रोमानिया जान पाउने

२०२४ मा २० हजार नेपाली रोमानिया जान पाउने


काठमाडौं, ६ पुस ।  सन् २०२४ मा २० हजार नेपाली रोमानिया जान पाउने भएका छन् । सन् २०२४ का लागि २० हजार भिसा स्वीकृति भएको हो । गत असोज १९ मा नेपाल र रोमानियाबिच द्विपक्षीय श्रम समझदारी भएको थियो । उक्त समझदारीसँगै नेपालबाट औपचारिक रूपमा श्रमिकहरू रोमानिया जान थालेका हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले सन् २०२४ का लागि २० हजार भिसा स्वीकृत भइसकेको बताए । रोमानियासँग कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि श्रम समझदारी भएको थियो । 
 


शीप बिल्डिङमा फेल भएकालाई कोरियन भाषा परीक्षामा सहभागी गराउनुः उच्च अदालत

शीप बिल्डिङमा फेल भएकालाई कोरियन भाषा परीक्षामा सहभागी गराउनुः उच्च अदालत


काठमाडौं, ६ पुस । शीप बिल्डिङमा फेल भएकालाई कोरियन भाषा परीक्षामा सहभागी गराउन उच्च अदालत पाटनले आदेश दिएको छ।  बिहीबार न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र रमेशराज पोखरेलको संयुक्त इजलासले अन्तरिम आदेश दिएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिए।  


वैदेशिक रोजगारीः कतार पठाइदिने बहानामा ठगी,  एक व्यक्ति पक्राउ

वैदेशिक रोजगारीः कतार पठाइदिने बहानामा ठगी,  एक व्यक्ति पक्राउ


काठमाडौं, ५ पुस । वैदेशिक रोजगारीका लागि कतार पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घर भई हाल काठमाडौं बौद्ध बस्ने वर्ष ३१ को भीमबहादुर तामाङ रहेका छन्।
उनले शुक्र बहादुर तामाङलाई वैदेशिक रोजगारीको लागि कतार पठाईदिन्छु, त्यसको लागि प्रतिव्यक्ति दुई लाख रुपैयाँ लाग्छ, कतार पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक एक लाख रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी पाँच लाख २५ हजार रुपैयाँ रकम लिएको प्रहरीले जनाएको छ।
सम्पर्कविहीन भएका तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौंको गोकर्णेश्वर माकलबारीबाट पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
 


दुबई पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ

दुबई पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ


काठमाडौं, ४ पुस । वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका–१६ घर भई हाल काठमाडौंको तारकेश्चर नगरपालिका–५ बस्ने वर्ष ४० को नविन खड्का र मकवानपुरको हेटौंडा उपमहानगरपालिका १६ घर भइ तारकेश्वर–५ बस्ने वर्ष ३३ की चमेली चुहान रहेका छन्।
उनीहरूले जगत बहादुर विष्टलाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति तीन लाख रुपैयाँ लाग्छ, दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक ६० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी तीन लाख रुपैयाँ मात्र रकम लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खड्का र चमेलीको खोजतलास गर्ने क्रममा चमेली चुहानलाई बालाजुबाट र नविनलाई नयाँबानेश्वरबाट मंगलबार पक्राउ गरेको हो।  

उनीहरुमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको प्रहरीले जनाएको छ।
 


रुसी सेनामा गएका थप एक नेपालीको मृत्यु, मृतकको संख्या ७ पुग्यो

रुसी सेनामा गएका थप एक नेपालीको मृत्यु, मृतकको संख्या ७ पुग्यो


काठमाडौं, ४ पुस ।  रुसी सेनामा गएका थप एक नेपालीको युक्रेनसँगको युद्धको क्रममा मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कुन्दन सिंह नागलको मृत्यु भएको उल्लेख गरेको हो ।
योसँगै रुसी सेनामा भर्ती भएर युद्धमा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ । यसअघि मन्त्रालयले ६ जनाको मृत्यु भएको जानकारी दिएको थियो । मन्त्रालयका अनुसार नागलको राहदानी नम्बर ०९४७३६३२ रहेको छ ।
 


वैदेशिक रोजगारीः मंसिर महिनामा ७१ हजार बढी नेपाली विदेसिए

वैदेशिक रोजगारीः मंसिर महिनामा ७१ हजार बढी नेपाली विदेसिए


काठमाडौं, ४ मंसिर। मंसिर महिनामा ७१ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि विदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पुनः श्रम स्वीकृतिसहित ७१ हजार २७६ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा ३६ हजार ८० जनाले पहिलो पटक श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । मंसिर महिनामा संसारका १०८ देशमा वैदेशिक रोजगारीका लागि जान भन्दै नेपालीहरूले श्रम स्वीकृति लिएका छन् ।

त्यसरी बाहिरिनेमा ६४ हजार ३४२ जना पुरुष र ६ हजार ९३४ जना महिला रहेका छन् । श्रम स्वीकृति लिनेमा पनि ३१ हजार ४९६ जना पुरुष र ४ हजार ५८४ जना महिला रहेका छन् ।

मंसिर महिनामा व्यक्तिगत श्रम स्वीकृतिमार्फत ७ हजार ९९७ जना बिदेसिएका छन् । मेनपावर तथा एजेन्सीमार्फत २६ हजार ३७५ जना बाहिरिएका छन् । ७३५ मेनपावर कम्पनीमार्फत उनीहरू बाहिरिएका हुन् । त्यस्तै मंसिर महिनामा सरकारले   नै १ हजार ७०८ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ । जसमा सबै जना दक्षिण कोरिया गएका छन् । व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिनेहरूको संख्या ३५ हजार १९६ रहेको छ ।

वैदेशिक रोजगारीमा जाने सबैभन्दा बढी धनुषा जिल्लाका रहेका छन् । जहाँबाट मंसिर महिना मात्रै पुनः श्रम स्वीकृतिसहित ३ हजार ६२१ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै दोस्रोमा झापा रहेको छ । झापाबाट ३ हजार ३९७ जनाले पुनः श्रम स्वीकृतिसहित श्रम स्वीकृति लिएका छन् । त्यस्तै मोरङ, सिराह, रूपन्देही, महोत्तरी लगायतका जिल्लाबाट बढी गएको विभागको तथ्यांकले देखाएको छ । 


वैदेशिक रोजगारः ठगी आरोपमा म्यानपावर सञ्चालक पक्राउ

वैदेशिक रोजगारः ठगी आरोपमा म्यानपावर सञ्चालक पक्राउ


काठमाडौं, ३ पुस । वैदेशिक रोजगारीका लागि साउदी अरब पठाउने बहानामा ठगी गरेको आरोपमा म्यानपावर कम्पनीका सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा पुरानो बानेश्वरमा अवस्थित ओसो रिक्रुटिङ म्यानपावरका सञ्चालक वर्ष ४२ को लक्ष्मण विश्वासहित दुई जना रहेका छन्।
नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका ९ घर भइ हाल काठमाडौं बस्ने लक्ष्मण विश्वा र काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० की ४० वर्षीया सोफि मल्ललाई प्रहरीले पक्राउ गरेको हो।
उनले ओम बाबु साहलाई वैदेशिक रोजगारीको लागि साउदी अरब पठाइदिन्छु त्यसको लागि १ लाख २५ हजार रुपैयाँ लाग्छ, साउदी अरब पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक रु ४० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी एक लाख २५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंसीर २२ गते काठमाडौंबाट पक्राउ गरेको हो।
 


साढे दुई करोड बढी ठगी आरोपी कन्सल्टेन्सी सञ्चालक दुबईबाट पक्राउ

साढे दुई करोड बढी ठगी आरोपी कन्सल्टेन्सी सञ्चालक दुबईबाट पक्राउ


काठमाडौं, २ पुस । वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने भन्दै ८३ जना व्यक्तिबाट दुई करोड ६३ लाख ५४ हजार ६१० रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन्।

सर्लाही जिल्लाको साविक जानकीनगर गाविस ७ स्थायी ठेगाना भइ हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ घर भएका ४१ वर्षीय कोमलराज उपाध्याय पक्राउ परेका हुन्।

उपाध्याय संयुक्त अरब इमिरेट्सको खालिद विन अल वालिद रोड अल राफ्फा, दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीज प्रालिका सञ्चालक रहेका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उपाध्ययाले श्रीराम रानाभाट समेत ८३ जना व्यक्तिहरुलाई दुबईमा विभिन्न पदमा आकर्षक तलब हुने रोजगारीको प्रलोभन देखाई विभिन्न माध्यमबाट २ करोड ६३ लाख ५४ हजार ६१० रुपैयाँ संकलन गरेका थिए।
उनले पीडितहरूलाई भिजिट भिसामा दुवई बोलाएर रोजगारीमा लगाउन नसकी ठगी गरेको आरोेप लागेको छ। उपाध्यायविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा खोज तलास एवं पक्राउको लागि इन्टरपोल महासचिवालयबाट २०७९ वैशाख २७ गते रेड नोटिस जारी गरिएको थियो।

उनलाई नेपाल प्रहरी र इन्टरपोलको समन्वयमा मंसीर २९ गते नेपाल झिकाइएको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।

उनलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


 


विदेश जाने श्रमिक ३६२ प्रतिशतले बढे

विदेश जाने श्रमिक ३६२ प्रतिशतले बढे


काठमाडौं, २ पुस । कोभिडपछि वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जाने नेपाली कामदारको संख्या निकै बढेको छ । तर, रेमिट्यान्स आप्रवाहको दर भने न्यून छ । अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस २०८० को पूर्वसन्ध्यामा नेपाल ट्रेड युनियन महासंघले एक प्रतिवेदन प्रकाशित गर्दै यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा जाने कामदारको अनुपातमा रेमिट्यान्स अप्रवाहको दर निकै कम वृद्धि छ । आर्थिक वर्ष ०७७/७८ मा एक लाख ६६ हजार ६ सय ९८ नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

आव ०७९/८० मा भने सात लाख ७१ हजार तीन सय २७ नेपाली बिदेसिएका छन्  । यो संख्या दुई आर्थिक वर्षको तुलनामा ३६२ प्रतिशतले बढी हो । आव ०७८/७९मा ६ लाख ३७ हजार विदेशिएका थिए । तर, रेमिट्यान्स आप्रवाह भने समीक्षा अवधिमा २७ प्रतिशत मात्रै बढेको तथ्यांक छ ।

आव ०७९/८० मा १२ खर्ब २० अर्ब रेमिट्यान्स आप्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो आव ०७७/७८ मा भने नौ खर्ब ६१ अर्ब, ०७८/७९ मा १० खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो ।  

बिदेसिने कामदारको संख्या मात्रै होइन, दक्ष कामदारको संख्या पनि वृद्धि भएको छ ।  विभागको तथ्यांकअनुसार आव ०७७/७८ मा वैदेशिक रोजगारीमा जाने कामदारमध्ये ४२.२४ प्रतिशत दक्ष जनशक्ति थिए ।

आव ०७८/७९ मा ४६.३२ प्रतिशत गए भने आव ०७९/८० मा ६५.६९ प्रतिशत दक्ष कामदार रोजगारीमा गएका छन् । दक्ष कामदार रोजगारीमा जाँदा मुलुक भित्रिने रेमिट्यान्स वृद्धि हुनुपर्ने हो । तर, यसले पनि रेमिट्यान्स आप्रवाहमा सकारात्मक प्रभाव नदेखिएको महासंघले जनाएको छ । 


नेपालीलाई ‘फ्रि भिसा फ्रि टिकट’मा विदेश पठाउन सकिँदैनः श्रमसचिव भण्डारी

नेपालीलाई ‘फ्रि भिसा फ्रि टिकट’मा विदेश पठाउन सकिँदैनः श्रमसचिव भण्डारी


काठमाडौं, १ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवलप्रसाद भण्डारीले वैदेशिक रोजगारीको लागि फ्रि भिसा फ्रि टिकटमा नेपाली श्रमिकहरू पठाउन नसकिने बताएका छन्। आइतबार मन्त्रालयमा अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस (डिसेम्वर १८)को पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रम सचिव भण्डारीले यस्तो बताएका हुन्। 

उनले नेपालबाट वैदेशिक रोजगारीको लागि विभिन्न खाडी लगायत मुलुकहरूमा फ्रि भिसा फ्रि टिकटमा पठाउने काम भए पनि पठाउन नसकिने स्पष्ट पारे। उनलेयोग्यता क्षमता र सीप भएका श्रमिकहरुको माग गर्दा नै त्यो देशको एजेन्सीहरूले सटेन कमिसन लिने गरेको पनि बताए।

श्रमिक माग गर्दा नै लागत लाग्ने भएकाले फ्रि भिसा फ्रि टिकटमा श्रमिक पठाउन नकिने देखिएको बताउँदै सचिव भण्डारीले सरकारले फ्रि भिसा फ्रि टिकट नीति कार्यान्वयनका लागि काम गरेको तर सम्भव नभएको उल्लेख गरे।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य परीक्षण प्रक्रियाकै लागि लगभग १२ हजार खर्च हुने मापदण्ड बनाएको भन्दै लिँदै आएको १० हजारमा पठाउन नसकिने पनि उनले बताए। उनले श्रमिकहरूको एक महिनाको पारिश्रमिक बराबर सेवाशुल्क म्यानपावरले लिन पाउने र सीपयुक्त श्रमिकबाट फरक सेवाशुल्क लिनसक्ने गरी मन्त्रालयले छलफल गरिरहेको पनि बताए।