21 Baishak, 2081 / 3 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बैदेशिक रोजगार


माल्टा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ

माल्टा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ


काठमाडौं, १ पुस । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने बहानामा रकम ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको तामाकोशी लिखु गाउँपालिका २ घर भई हाल काठमाडौंको मैपी बस्ने वर्ष २६ को पोसाक सुनुवार रहेका छन्।
पोसाकले टेक बहादुर गुरुङलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति ९ लाख ५० हजार रुपैयाँ लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक एक लाख रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेका थिए।
पीडितबाट पटकपटक गरी ३ लाख ३० रुपैयाँ रकम लिई सम्पर्कविहीन भई ठगी गरेका पोसाकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिबार मैपीबाट पक्राउ गरेको जनाएको छ। उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।


रूस-युक्रेन युद्धमा सहभागी नेपालीको उद्धार गर्न  आयोगको आग्रह

रूस-युक्रेन युद्धमा सहभागी नेपालीको उद्धार गर्न आयोगको आग्रह


काठमाडौं, १ पुस । राष्ट्रिय मानवअधिकार आयोगले रूस र युक्रेनबीचको युद्धमा सहभागी नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ।

केही नेपाली रूसी र युक्रेनी सेनामा भर्ना भएका र युक्रेनी सेनाको आक्रमणमा परी केही नेपालीको मृत्यु भएको र केही घाइते भएको विभिन्न स्राेतबाट प्रापत हुन आएको भन्दै आयोगले  गम्भीर ध्यानाकर्षण भएकाे बताउँदै उक्त युद्धमा सहभागी नेपालीको उद्धार गर्न आग्रह गरेको हो।

'केही घाइते नेपाली अस्पतालमा उपचाररत रहेका, केही विपक्षी सेनाको नियन्त्रणमा रहेका र सयौँको सङ्ख्यामा दुवैतर्फको सेनामा नेपालीहरू संलग्न रहेको बुझिन आएको छ,' आयोगले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘नेपाली नागरिक जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुन जान्छ ।’

आयोगका प्रवक्ता टीकाराम पोखरेलले जारी गरेकाे विज्ञप्तिमा युद्धमा परी मृत्यु भएकाहरूको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन, घाइतेहरूको उपचारका लागि प्रभावकारी पहल गर्न, स्वदेश फर्कन चाहने नेपालीहरूलाई कूटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ।

'मृतकका परिवार र घाइतेलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा यस प्रकारको गैरकानूनी बाटोबाट वैदेशिक रोजगारमा जाने स्थितिको अन्त्य गरी नागरिकको जिउ धनको सुरक्षा गर्न आयोग नेपाल सरकारलाई आयोगले आग्रह गर्दछ,' आयोगले भनेकाे छ।
 


वैदेशिक रोजागारीमा गएकाहरूबाट आउनुपर्ने ३८ खर्ब रेमिट्यान्स हरायोः जिफन्ट

वैदेशिक रोजागारीमा गएकाहरूबाट आउनुपर्ने ३८ खर्ब रेमिट्यान्स हरायोः जिफन्ट


काठमाडौं, १ पुस । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले वैदेशिक रोजागारीमा गएकाहरूबाट आउनुपर्ने ३८ खर्ब रेमिट्यान्स हराइरहेको बताएको छ। आइतबार अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस, २०८० को अवसरमा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो।

जिफन्टले आर्थिक वर्ष २०७७/०७८ को तुलनामा २०७८/०७९ मा २७७ प्रतिशत र २०७९/०८० मा ३ सय प्रतिशत भन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा गएको बताएको छ। आर्थिक वर्ष २०७७/०७८ मा ४२.२४ प्रतिशत र २०७८/०७९ मा ४६.३२ प्रतिशत दक्ष श्रमिक विदेश गएकोमा २०७९/०८० मा ६६ प्रतिशत दक्ष श्रमिक विदेश गएको बताएको छ।
त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ को तुलनामा (१ लाख ६६ हजार ६९८ जना विदेशिँदा ल्याएको ९ खर्ब ६१ अर्ब ५ करोड रेमिट्यान्स) को अनुपातमा आ.व.२०७९/०८० मा वृद्धि भएको विदेशिनेको संख्या (अहिले ७ लाख ७१ हजार ३२७) जनाको अनुपातको आम्दानीको आधारमा नेपालमा रेमिट्यान्स ४४ खर्ब ४८ अर्ब वार्षिक रुपमा भित्रिनुपर्ने दाबी जिफन्टको छ।
अदक्ष श्रमिकको तुलनामा दक्ष श्रमिक विदेशिनेको संख्या १५ प्रतिशतले बढी हुन्छ भन्ने मान्दा पनि कम्तीमा ७ खर्ब रेमिट्यान्स थप भइ कुल ५० खर्ब भन्दा बढी हुने रेमिट्यान्स भित्रिनुपर्ने जिफन्टका महासचिव लक्ष्मण शर्माले बताए।


वैदेशिक रोजगारः ५१ जनालाई ठगेर दुबईमै कम्पनी खोलेका उपाध्याय इन्टरपोलमार्फत् पक्राउ

वैदेशिक रोजगारः ५१ जनालाई ठगेर दुबईमै कम्पनी खोलेका उपाध्याय इन्टरपोलमार्फत् पक्राउ


काठमाडौं, १ पुस । ५१ जनालाई ठगेर सम्पर्कविहीन भएका एक व्यक्तिलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याइएको छ। ५१ जनाबाट ठूलो रकम ठगेर दुबईमै बस्दै आएका कोमलराज उपाध्यायलाई पक्राउ गरी नेपाल ल्याइएको हो।

ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका सर्लाहीको साविक जानकीनगर गाविस–७ का उपाध्यायलाई शुक्रबार नेपाल ल्याइएको हो। नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) अबुधावीको समन्वयमा दुबईको यूएईमा पक्राउ परेका उनलाई ठगी मुद्दामा कारबाहीका लागि नेपाल ल्याइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी कुवेर कडायतले जानकारी दिए।

उपाध्यायसमेत सञ्चालक रहेको ‘त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सिज, खलिदा बिन अल विल्ड रोड, अलराफा’ले यूएईस्थित दुबईमा आम्र्स गार्ड, डीपीएस सेक्युरिटीमा आकर्षक तलब र सुविधासहितको रोजगारी दिने प्रलोभन देखाई रकम लिएर ठगी गरेको थियो।

नेपाली युवाहरुलाई भिजिट भिसामार्फत् दुबई बोलाएको, रोजगारीको लागि भन्दै आफूहरूबाट रकम लिएको तर भने बमोजिम रोजगारीमा नलगाई ठगी गरेको भन्दै ५१ जना पीडितहरूले उनीविरूद्ध जाहेरी दरखास्त दिएका थिए।

ठूलो संख्यामा ठगिएको भन्दै पीडितहरुले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा ठगी सम्बन्धी कसुरमा उजुरी दिएका थिए। 


वैदेशिक रोजगारीः ग्रीस पठाउने नाममा करिब १४ लाख ठगी

वैदेशिक रोजगारीः ग्रीस पठाउने नाममा करिब १४ लाख ठगी


काठमाडौं, २९ मंसिर ।  ग्रीस पठाउने नाममा करिब १४ लाख रुपैयाँ ठगेर फरार भएका एक व्यक्ति पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठगेर फरार भएका होमबहादुर तामाङलाई पक्राउ गरेको हो।
गोरखाको पालुङटार नगरपालिका–९ घर भइ ललितपुर बस्दै आएका ५० वर्षीय तामाङले वैदेशिक रोजगारीमा ग्रीस पठाउने १३ लाख ८४ हजार रुपैयाँ ठगी गरेका थिए।
उनले लक्ष्मण सापकोटासहित दुई जनालाई ग्रीस पठाइदिन्छु भन्दै रकम लिएर ठगी गरेका थिए। ग्रीस जान १० लाख ५० हजार लाग्छ र मासिक कमाई १ लाख १५ हजार रुपैयाँ हुन्दै उनीहरुबाट पटक पटक गरी तामाङले १३ लाख ८४ हजार रुपैयाँ लिएको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले बताए। पक्राउ परेका तामाङलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।


किर्ते कागज बनाएर विदेश पठाउने अध्यागमनका अधिकृतसहित ६ कन्सल्टेन्सी सञ्चालक पक्राउ

किर्ते कागज बनाएर विदेश पठाउने अध्यागमनका अधिकृतसहित ६ कन्सल्टेन्सी सञ्चालक पक्राउ


काठमाडौं, २७ मंसिर । प्रहरीले अध्यागमनका अधिकृत नरविन खड्कालाई पक्राउ गरेको छ। भिजिट भिसामा नक्कली कागजपत्र बनाएर नेपाली नागरिकलाई विदेश पठाउने कार्यमा संलग्न रहेको पाइएपछि काठमाडौं उपत्यका अपराध अनुसाधान कार्यलयको टोलीले उनलाई पक्राउ गरेको हो।
त्यस्तै, प्रहरीले नेपाल वायु सेवा निगमका दुई कर्मचारीलाई पनि यो गिरोहमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिएको छ। आज पक्राउ पर्नेमा अर्बिन यादव छन् भने हिजो नै प्रहरीले होमनाथ पोखरेललाई पक्राउ गरिसकेको छ।
प्रहरीका अनुसार अध्यागमन र वायु सेवा निगमका कर्मचारीहरुले नक्कली कागजपत्र भएको थाहापाउँदा पाउँदै सेटिङमा नेपालीहरुलाई भिजिट भिसामा विदेश पठाउने गरेको पाइएको छ।
प्रहरीले विभिन्न कन्सल्टेन्सीका ६ जना संचालकलाई पनि पक्राउ गरेको छ। उनीहरुले पनि नक्कली कागजपत्र बनाएर नेपालीलाई भिजिट भिसामा विदेश पठाउन भूमिका खेलेको प्रहरी अनुसन्धानमा खुलेको छ। पक्राउ गरेका कन्सल्टेन्सी संचालकहरुमा मनोराज चौधरी, रामप्रसाद भण्डारी, सरोज यादव, दिनेश ज्ञवाली, देवराज खनाल र गणेश पाण्डे छन्।
 


वैदेशिक रोजगारः सात महिनाको अवधिमा २ सय ६९ उजुरी

वैदेशिक रोजगारः सात महिनाको अवधिमा २ सय ६९ उजुरी


काठमाडौं, २६ मंसिर । सात महिनाको अवधिमा म्यानपावर कम्पनीविरुद्ध २ सय ६९ उजुरी दर्ता भएको छ । वैदेशिक रोजगमार विभागका अनुसार यसमध्ये १ सय ६२ उजुरीमा मिलापत्र गराइ २ करोड ९२ हजारभन्दा बढी रकम क्षतिपूर्ति स्वरुप वैदेशिक रोजगारबाट फर्केका श्रमिकलाई उपलब्ध गराइएको छ ।

यस्तै, यस अवधिमा व्यक्तिगततर्फ ५ सय ९२ उजुरी परेकोमा ६८ वटामा मिलापत्र गराइ २ करोड १४ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइएको छ । विभागले वैदेशिक रोजगारको सिलसिलामा ठगीमा परेका, अलपत्र परेका, सम्झौताबमोजिमको काम र तलब सुविधा नपाएका श्रमिकलाई सहयोग गर्दै आएको छ ।

वैदेशिक रोजगार विभागबाट श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा सरुवा भएका महानिर्देशक मदन दहालले आफ्नो सात महिने कार्यकालमा भएका मुख्य कामहरुको विवरण सार्वजनिक गर्दै विभागको कामले वैदेशिक रोजगार पीडितहरुको उत्साह र मनोबल बढेको दाबी गर्नुभएको छ । उहाँका अनुसार सात महिनाको अवधिमा ३२ वटा नयाँ म्यानपावर कम्पनी दर्ता भएको छ ।

यस अवधिमा विभागले ३२ वटा म्यानपावर कम्पनीको कारोबार रोक्का, १६ वटाको इजाजतपत्र निलम्बन र दुई म्यानपावर कम्पनीको इजाजतपत्र खारेज गरेको छ ।
 


वैदेशिक रोजगारीः दुबई पठाइदिने बहानामा ठगी 

वैदेशिक रोजगारीः दुबई पठाइदिने बहानामा ठगी 


काठमाडौं, २५ मंसिर । वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनकुटाको चौबिसे गाउँ १ घर भई हाल जिल्ला काठमाडौं बाफल बस्ने वर्ष ३४ को लक्ष्मण श्रेष्ठ रहेका छन्।
लक्ष्मणले विवेक पाटकलाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति दुई लाख ४० हजार रुपैयाँ लाग्छ, दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक ५० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी एक लाख ९५ हजार रुपैयाँ रकम लिएको प्रहरीले जनाएको छ।
सम्पर्क विहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान  कार्यालयबाट खटिएको प्रहरी टोलीले नयाँ बसपार्कबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाइएको छ।
 


विपिन जोशीको रिहाइमा छिट्टै सकारात्मक परिणाम आउन सक्ने कतारको प्रतिक्रिया

विपिन जोशीको रिहाइमा छिट्टै सकारात्मक परिणाम आउन सक्ने कतारको प्रतिक्रिया


काठमाडौं, २५ मंसिर । इजरालयमा प्यालेस्टिनी विद्राेही समूह हमासको नियन्त्रणमा रहेको भनिएका नेपालका विपिन जोशीको रिहाइमा छिट्टै सकारात्मक परिणाम आउन सक्ने कतार सरकारले जनाएको छ ।
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग परराष्ट्रमन्त्री एनपी साउदले गरेको शिष्टाचार भेटवार्तामा जोशीको रिहाइबारे कुराकानी भएको छ ।

कतारको राजधानी दोहामा उनीहरूबीच साेमबार शिष्टाचार भेटवार्ता भएको मन्त्री साउदको सचिवालयले जनाएको छ । भेटवार्तामा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी जोशीको शीघ्र रिहाइका लागि थप पहल गरिदिन विशेष अनुरोध गर्नुभएको मन्त्रीका स्वकीय सचिव दीपक जोशीले जानकारी दिए । 
 


माल्टा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ

माल्टा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ


काठमाडौं, २२ मंसिर । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा जुम्लाको हिमा गाएँपालिका–५ घर भई हाल काठमाडौं १५ डल्लु बस्ने वर्ष ३३ को धर्मेन्द्र शाही रहेका छन्।

शाहीले सोम्बार तामाङ समेत २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति १० रुपैयाँ लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक १ लाख १० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पटकपटक गरी ७ लाख ५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शाहीको खोजतलास गर्ने क्रममा बिहीबार ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।