16 Baishak, 2081 / 28 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

घटना/दुर्घटना


पोखरा विमान दुर्घटनाः भेटियो विमानको ‘ब्ल्याक बक्स’

पोखरा विमान दुर्घटनाः भेटियो विमानको ‘ब्ल्याक बक्स’


काठमाडौं, २ माघ । पोखरामा आइतबार दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज बिहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिए ।
ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ ।
प्रवक्ता निरौलाका अनुसार ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको छ । उक्त ब्ल्याक बक्स काठमाडौँ ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ ।
 


शोक बिदा, यति एअरलाइन्सका उडान नहुने

शोक बिदा, यति एअरलाइन्सका उडान नहुने


काठमाडौं, २ माघ ।  पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति शोक प्रकट गर्न सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

आन्तरिक उडानमा अहिलेसम्मकै ठूलो मानवीय क्षति भएकाले मन्त्रिपरिषद्को आकस्मिक बैठकले आज शोक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

सरकारले बिदा दिने निर्णयको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । बिदाभन्दा पनि पीडितको परिवारलाई छिटो राहत वितरण तथा आउँदा दिनमा दुर्घटना हुन नदिनको लागि आवश्यक पहल गर्नुपर्नेमा धेरैको सुझाव छ ।

यसैबीच यति एयरलाइन्सले विमान दुर्घटनाको शोकमा आजको लागि निर्धारित सबै उडान रद्द गरेको छ । आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरिएको कम्पनीले जनाएको छ । 
 


विमान दुर्घटनामा ६९ को मृत्यु, तीनजना अझै बेपत्ता 

विमान दुर्घटनामा ६९ को मृत्यु, तीनजना अझै बेपत्ता 


काठमाडौं, १ माघ । आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना ६९ जनाले ज्यान गुमाएको पुष्टि भएको छ । यती एयरलाइन्सले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म ६९ जनाको मृत्यु भइसकेको छ भने बाँकी तीनजनाको सोमबारमात्रै खोजी गरिने भएको छ । आइतबार काठमाडौंबाट पोखराका लागि उडेको विमानमा चालक दलका चारजनासहित ७२ जना सवार थिए। 


विमान दुर्घटनाः उद्धारको काम सोमबार बिहानदेखि मात्रै

विमान दुर्घटनाः उद्धारको काम सोमबार बिहानदेखि मात्रै



काठमाडौं, १ माघ । पोखरामा भएको जहाज दुर्घटनामा बेपत्ताको खोजी तथा उद्धार सोमबार मात्रै गरिने भएको छ । राति उद्धारको काम गर्न कठिन भएको भन्दै सोमबार बिहानदेखि मात्रै खोजी तथा उद्धार गरिने नेपाली सेनाले जनाएको छ। आइतबार साँझ विज्ञप्ति जारी गर्दै सेनाले उक्त जानकारी दिएको हो। 
यसअघि कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले राति पनि खोजी तथा उद्धारको काम जारी नै रहने जानकारी दिएका थिए। तर रातिको समयमा उद्धार कठिन भएको सेनाको भनाइ छ। 

अहिले नेपाली सेनाको दुई सय जना टोली घटनास्थलमा खटिएको छ। उक्त टोलीसँगै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली पनि घटनास्थलमै छन्। सशस्त्रका गोताखोरसहित कुल २२७ जनाको टोली छ।

आइतबार बिहान १०ः३२ मा काठमाडौंबाट उडेको यती एयरलाइन्सको जहाज पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको हो। दुर्घटनामा ६९ जनाको मृत्यु भएको छ। तीन जनाको अवस्था अझै अज्ञात छ।
 


विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिने सरकारको निर्णय


काठमाडौं, १ माघ । पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । 

यस्तै दुर्घटनाका प्रति गहिरो दुःख व्यक्त गर्दै सरकारले दिवङ्गतहरूप्रति श्रदाञ्जली र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले यस घटनाको कारण जाँच गर्नका लागि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँच समिति पनि गठन गरेको छ । समिति सदस्यहरूमा हवाई विज्ञ नेपाली सेनाका अवकाश प्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाश प्राप्त क्याप्टेन सुनील थापा, जहाज मर्मत–सम्भार विषयका इन्जिनियर एकराज जंग थापा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् । 

बैठकले आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरूलाई निर्देशन दिने र आफन्तलाई यकिन जानकारी दिन कल सेन्टर स्थापना गर्ने निर्णय पनि गरेको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर घटनाको बारेमा जानकारी लिएका थिए । 
 


पोखरामा जहाज दुर्घटना

पोखरामा जहाज दुर्घटना


कास्की, २ माघ । पोखरामा जहाज दुर्घटना भएको छ । पोखराको सेती किनारमा जहाज खसेको हो । पोखराबाट काठमाडौं उडेको यति एयर लाइन्सको जहाज दुर्घटना भएको हो ।  अहिले दुर्घटनास्थलमा आगो निभाउने प्रयास भइरहेको छ । थप विवरण आउन बाँकी छ । 


पानीको सट्टा स्पिरिट दिएपछि विद्यार्थीको मृत्यु

पानीको सट्टा स्पिरिट दिएपछि विद्यार्थीको मृत्यु


काठमाडौं, २४ पुस । शिक्षिकाको लापरबाहीले विद्यार्थीको मृत्युपछि सिरहामा तनाव सिर्जना भएको छ। विद्यार्थीहरुको आन्दोलन उग्र बन्दा प्रहरीले अश्रुग्यास तथा हवाई फायर गरेको छ।
प्रहरीले आन्दोलनलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर र करिब १० राउण्ड अश्रुग्यास प्रहार गरेको हो । 

मिर्चैया नगरपालिका ६ मा रहेको सगरमाथा स्कुलको कक्षा ८ मा अध्ययनरत छात्रा सिर्जना कुमारी महराको स्प्रिट सेवनबाट मृत्यु भएको हो। शुक्रबार औषधि खानका लागि उनले पानी मागेपछि शिक्षिक अम्बिका लम्सालले माउण्टेन ड्यूको बोतलमा रहेको स्पिरिट दिएकी थिइन्।

सिर्जनाले पानी ठानेरै स्पिरिट खाएपछि बेहोस् भएकी थिइन्। उपचारको लागि उनलाई कर्जन्हाको फुलकुमारी महतो मेमोरियल अस्पतालमा लगेकोमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको हो।

घटनाको विरोधमा आइतबार विद्यार्थीहरु मिर्चैयामा राजमार्ग बन्द गरेर प्रदर्शन गरिरहेका छन्। 


पाल्पाको सत्यवतीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु‚ १८ घाइते

पाल्पाको सत्यवतीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु‚ १८ घाइते


पाल्पा, २२ पुस । पाल्पा रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती मधुवनमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस बिहीबार राति  दुर्घटना भएको हो । घटनास्थलमै ६ जनाको मृत्यु भएको पाल्पाको बल्ढेङगढी प्रहरी चौकीले जानकारी दिएको छ । 

बस दुर्घटना हुँदा सत्यवती खुर्साने गाउँका ६ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ५४ वर्षीया खेमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, १९ वर्षीया विमा पाण्डेय, ४५ वर्षीया गुनी गाहा, २१ वर्षीया दानकुमारी खत्रीको मृत्यु भएको हो । 

मृतकमध्ये तीन जनाको शव बसले च्यापेको अवस्थामा भेटिएको छ । प्रहरी तथा स्थानीयले उद्धार गरी घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ भने घाइतेमध्ये दुई जनाको अवस्था सामान्य छ ।


 


 रत्नराज्य क्याम्पसमा झडप, ४ विद्यार्थी नेता घाइते

 रत्नराज्य क्याम्पसमा झडप, ४ विद्यार्थी नेता घाइते


काठमाडौं, १३ पुस । काठमाडौं प्रदर्शनीमार्गमा रहेको रत्नराज्य क्याम्पसमा अखिलका विद्यार्थीबीच झडप भएको छ । झडपमा ४ विद्यार्थी नेताहरु घाइते भएका छन् ।
स्ववियु चुनावको विषयमा विद्यार्थी संगठनका नेताहरुबीच झडप हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीमाथि खुकुरी प्रहार भएको विद्यार्थी नेताहरुले बताएका हुन् । रत्नराज्य क्याम्पसको अनेरास्ववियूका विद्यार्थी नेताहरुमाथि खुकुरी प्रहार हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीसहित कमिटीका उपाध्यक्ष लोकेश खड्का, सदस्य हर्क बोहरा र अनेरास्ववियु नेता रवि मगरलगायत घाइते भएको आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्रबहादुर शाहीले बताए । 


काभ्रेमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु

काभ्रेमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु


काठमाडौं, २७ मंसिर । काभ्रे बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । ज्यान गुमाउनेहरुको परिचय खुलिसकेको छैन ।
घटनास्थल, शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा गरी १७ जनाको मृत्यु भएको हो ।
बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार साँझ दुर्घटनामा परेको हो । दुर्घटनामा २२ जना घाइते भएका छन् ।