22 Baishak, 2081 / 4 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

घटना/दुर्घटना


भोजपुरमा चुनावी सभा स्थल नजिकै बम विस्फोट

भोजपुरमा चुनावी सभा स्थल नजिकै बम विस्फोट


भोजपुर, ३० कात्तिक । भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभा भइरहेको स्थल नजिँकै बम विष्फोट भएको छ । पौवादुङमा गाउँपालिकाको तिवारी भञ्ज्याङमा गठबन्धनको चुनावी सभा भइरहेको स्थल नजिकै आज बुधबार बम विस्फोट भएको हो । 
विष्फोटमा परि भोजपुरको अरूण गाउँपालिका ४ का सुमन श्रेष्ठ घाइते हुनुभएको प्रहरीले जनाएको छ । उहाँको खुट्टामा चोट लागेको र बम उहाँले नै बोकेको शङ्का गरिएको छ । उहाँ विप्लव कार्यकर्ता भन्ने बुझिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


भक्तपुरमा आगलागीबाट युवतीको मृत्यु

भक्तपुरमा आगलागीबाट युवतीको मृत्यु


भक्तपुर, ३० कात्तिक । भक्तपुरमा आगलागीबाट एक युवतीको ज्यान भएको छ । बुधबार बिहान पौने ८ बजे मध्यपुरठिमी नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोलमा ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको घरमा आगलागी भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । 
आगलागीमा आत्मारामकी २५ वर्षीया छोरी अस्मिताको मृत्यु भएको छ । मृतक अस्मिता सुस्त मनस्थिति र प्यारालाइसिस रोगकी बिरामी हुन् । यस्तै हरिशरणकी १४ वर्षीया छोरी नित्मा केसीको उद्धार गरी कोरियन अस्पताल लगिएको थियो । उनको डिस्चार्ज पनि भइसकेको प्रहरीले जनाएको छ । 
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, भक्तपुरबाट दुई वटा दमकल, जनप्रतिनिधि र स्थानीयको सहयोगमा पौने ९ बजे आगो नियन्त्रणमा आएको हो। 


डोटी भूकम्पः ज्यान गुमाएकाका परिवारलाई जनही एक लाख २० हजार दिइने

डोटी भूकम्पः ज्यान गुमाएकाका परिवारलाई जनही एक लाख २० हजार दिइने


काठमाडौं, २५ कात्तिक । सुदूरपश्चिम प्रदेश सरकारले डोटीका भूकम्प पीडितलाई राहत दिने निर्णय गरेको छ । भूकम्पका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही एक लाख २० हजार, घर पूर्ण क्षति भएका परिवालाई ५० हजार र घर पुनर्निर्माणका लागि जनही २५ हजार रुपैयाँ दिने निर्णय गरिएको जनाइएको छ ।

गएको मंगलबार राति र बुधबार बिहान डोटी केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिममा जनधनको क्षति भएको छ । प्रदेश सरकारबाट पीडित परिवारलाई तत्काल केही राहत दिने निर्णय भएको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए ।

बुधबार गएको ६।६ म्याग्निच्युडको भूकम्पका कारण घर भत्कँदा डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँमा सातजनाको मृत्यु भएको छ । पाँचजना घाइते छन् ।


कालिकोटमा जीप दुर्घटना, ३ को मृत्यु, ७ जना घाइते

कालिकोटमा जीप दुर्घटना, ३ को मृत्यु, ७ जना घाइते


कालिकोट, २२ कात्तिक ।  कालिकोटको तिलागुफा–५ खल्लागाड नजिकै यात्रुवाहक जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते छन् । मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ च ४४१२ नम्बरको यात्रुवाहक जिप मंगलबार खल्लागाड पुल नजिकै दुर्घटनाग्रस्त हुँदा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुर्दशन सेजुवालको मृत्यु भएको कालिकोटका प्रहरी प्रमुख जयश्वर रिमालले बताए ।

उनका अनुसार ७ जना घाइतेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । अक्कलको घटनास्थलमै मृत्यु भएको हो भने अन्य दुई जनालाई उपचारका लागि जुम्ला लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा हुम्लाका २२ वर्षीय केशरी शाही, र २४ वर्षीय उज्जवल सिंह, मुगुका १७ वर्षीय धिरज बुढा, १६ वर्षीय गोपीचन्द्र बुढा, ३१ वर्षीय सन्तोष शाही, मुगु घर भएका गाडी चालक ३५ वर्षीय प्रेमसिंह बडुवाल छन् भने अन्य एक जनाको नाम खुल्न सकेको छैन । जिप दुर्घटनाको कारण यकिन हुन नसके प्रहरीको अनुमान छ ।


 मनकामना जाँदै गरेको बस नवलपुरमा दुर्घटना,  पाँच जनाको मृत्यु

मनकामना जाँदै गरेको बस नवलपुरमा दुर्घटना,  पाँच जनाको मृत्यु


काठमाडौं, १३ कात्तिक । पाल्पाबाट मनकामना दर्शनको लागि जादै गरेका दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ । पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व (नवलपुर)को बुलिङटारमा आज बिहान करिब चार बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा रम्भा गाउँपालिका-१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका-९ बेलचौरकी वर्ष ४५ की फूलमाया माझी रहेकी छन् । उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी दिए । दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि चितवनको भरतपुर पठाइएको छ ।
 


प्रहरी सवार भ्यान दुर्घटनाः चार जनाको मृत्यु 

प्रहरी सवार भ्यान दुर्घटनाः चार जनाको मृत्यु 


काठमाडौं, ५ कात्तिक । बाणगंगा नगरपालिका ३ सिउटीमा सशस्त्र प्रहरीको मिनिट्र वानटेन दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ ।
शुक्रवार साँझ कपिलवस्तुको शिवराज नगरपालिका विसुनपुरमा निर्वाचन सुरक्षा बेस स्थापनाका लागि सुरक्षाकर्मी पुराएर फर्किएको ना १ ग ५५४ नम्बरको भ्यान साइकललाई ठक्कर दिँदै दुर्घटना भएको थियो ।

घटनामा परी दाङ घर भएका सशस्त्र प्रहरी हवलदार रमेश चौधरी, नवलपरासीका सहायक हवलदार रमेश चौधरी र सिपाही जनक चौधरीको मृत्यु भएको हो । घटनामा स्थानीय साइकल यात्री अमर तङनामीको मृत्यु भएको छ ।

यसै गरी दुर्घटनामा सई गोविन्द सुवेदी र प्रेम मल्ल, नेपाल प्रहरीका कुल बहादुर घर्ती समेत घाइते हुनु भएको सशस्त्र प्रहरी बल २८ नम्बर गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्य बहादुर सेनले बताए ।

मल्लको टाउकोमा रगत जमेको र घर्तीको आइसियु राखेर उपचार भएको बताइएको छ । घाइतेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा उपचार भइरहेको छ ।


रोकिएन चितुवाको आक्रमण:  बन्दीपुरमा बालिकाको मृत्यु

रोकिएन चितुवाको आक्रमण: बन्दीपुरमा बालिकाको मृत्यु


काठमाडौं, ४ कात्तिक । तनहुँ बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट शुक्रबार बिहान एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा ११ वर्षीय विना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।

घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो। बिहान ६ः३० बजेको समयमो चितुवाले आक्रमण गरेको प्रवक्ता श्रेष्ठले बताए।

चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको थियो।  बालिकाको सोही वडाको जनता प्राविमा कक्षा ५ मा अध्ययनरत थिइन्। पछिल्लो समय बन्दीपुरमा चितुवाको आक्रमण बढ्दो छ।

गत असारमा बन्दीपुर गाउँपालिका–१ र ४ मा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए।
 


बझाङ जीप दुर्घटनाः सात जनाको मृत्यु 

बझाङ जीप दुर्घटनाः सात जनाको मृत्यु 


बझाङ, २ कात्तिक । बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा मष्टा गाउँपालिका–२ की १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, १४ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामी कठायत र उनकी ७ महिनाकी छोरी दीक्षिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 
यस्तै कञ्चनपुर शुक्लाफाटा नगरपालिका ७ का झरेन्द्र बोहरा, सोही नगरपालिका २ बस्ने ३८ वर्षका वीरेन्द्र अधिकारीको मृत्यु भएको छ । बोहरा मष्टा गाउँपालिका ३ मा रहेको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालयमा सुरक्षा गार्डको रुपमा कार्यरत थिए ।
बझाङको सदरमुकाम चैनपुर नजिक रहेको डुङ्ग्री बजारबाट मष्टा गाउँपालिका–२ खेतकोट जाँदै गरेको जिप बुधबार दिउँसो दुर्घटना हुँदा ७ जनाको ज्यान गएको थियो । सु प प्र ०१–००१ च ११७ नम्बरको जिप तुफानडाँडामा दुर्घटनामा परेको थियो । जिप सडकबाट दुई सय मिटर तल भिरमा खसेको थियो । दुर्घटनामा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घाइतेमध्ये मष्टा गाउँपालिका १ का ३६ वर्षका सिंहबीर बुढाको अवस्था गम्भीर रहेको छ । ५० वर्षीया सिन्कीदेवी भण्डारी, ६३ वर्षका मणिबहादुर सिंह र १० वर्षीय बालक विशाल खड्कालाई रिफर गरिएको छ भने अन्य घाइतेको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


 


ट्र्याक्टर दुर्घटनामा परी चार जनाको निधन

ट्र्याक्टर दुर्घटनामा परी चार जनाको निधन


ताप्लेजुङ, २ कात्तिक । ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ स्थित याम्फेवा खोला नजिक गए राति ट्र्याक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ । ५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्र्याक्टर चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला ४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष १७ को लाकी शेर्पाको निधन भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिएका छन् । उनका अनुसार उनीहरु सबैको घटनास्थलमा नै निधन भएको हो । ट्र्याक्टर सडकबाट करिब दुई सय मिटरमुनि झरेको बताइएको छ ।
अध्यक्ष वनेमका अनुसार ट्र्याक्टर चालक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युत्को सवस्टेशनबाट काम्साङ जाने क्रममा रहेका थिए भने अन्य दुई जना समेत घरतर्फ फर्किने क्रममा ट्र्याक्टरमा सवार थिए ।


नवौं राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडीको मृत्यु

नवौं राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडीको मृत्यु


पोखरा, ३० असोज । नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक जना प्याराग्लाइडिङ खेलाडीको खेलका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापा रहेका प्रहरीले जनाएको छ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको हो । सारङकोटबाट उडे लगत्तै १०० मिटरमाथिबाट खसेका उनलाई मेट्रोसिटी अस्पताल पठाएकोमा डाक्टरले मृत घोषित गरेका हुन् ।