10 Ashwin, 2080 / 27 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाचार


शंखमुलमा सञ्चालित धार्मिक कार्यक्रममा काठमाडौंं महानगरको हस्तक्षेप

शंखमुलमा सञ्चालित धार्मिक कार्यक्रममा काठमाडौंं महानगरको हस्तक्षेप


काठमाडौं, ९ साउन । सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरपालिकाले अबरोध गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. ३२ स्थित शंखमुल घाटमा स्थानीयले गरेको ‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सव’मा काठमाडौं महानगरपालिकाले अवरोध गरेको हो । स्थानीयले सो स्थानमा श्रावण १ गतेदेखि महोत्सव सञ्चालन गरिरहेका छन् ।

महानगरपालिकासँग अनुमति नलिइ अनुष्ठान गरिएको भन्दै महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगरप्रहरीको टोलीले मंगलबार अनुष्ठान बन्द गर्न आग्रह गरेको हो ।

पार्कमा हिँड्न नपाएको भन्ने जनगुनासो आएको र वडाको स्वीकृतिसमेत नलिइ गरिएको भन्दै नगरप्रहरी प्रमुख पाण्डेले वडाको स्वीकृति लिएर मात्रै गर्न आग्रह गरे ।

उनले यस्ता कार्यक्रम धार्मिकस्थलमा मात्रै गर्न अनुरोध गरे । यता स्थानीयले भने सो स्थल धार्मिक स्थल नै भएकाले आफूहरुले महोत्सव गरेको बताएका थिए ।

नगरप्रहरी र स्थानीयका बीचमा केहीबेर भनाभन समेत भएको थियो । आफूहरुले लिखित रुपमा अनुमति लिएर भए पनि अनुष्ठान सञ्चालन गर्ने तर नरोक्ने स्थानीयले बताएका छन्।
 


ललिता निवास प्रकरणमा थप २ जना पक्राउ

ललिता निवास प्रकरणमा थप २ जना पक्राउ


काठमाडौं, ८ साउन । ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सकुलनन्द महर्जन र सञ्जय महर्जन रहेका छन्।

उनीहरू नक्कली मोही रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसएसपी दिनेश आचार्यले जानकारी दिए। उनीहरूलाई ललितपुरको कुपन्डोल क्षेत्रबाट सोमबार दिउँसो पक्राउ गरिएको आचार्यले बताए।

योसँगै यस प्रकरणमा पक्राउ परेका १९ जना सिआइबीको हिरासतमा छन्। 
 


सामाखुसीमा नालीमा खसेर १३ वर्षीय बालक बेपत्ता

सामाखुसीमा नालीमा खसेर १३ वर्षीय बालक बेपत्ता


काठमाडौं, ७ साउन । काठमाडौंको सामाखुसीमा नालीले एक बालक बगाएको छ। जिल्ला प्रहरी परिसर टेकु काठमाडौंका अनुसार १३ वर्षका साजन मगरलाई नालीको भलले बगाएको हो।

‘४:३० बजेतिर फुटसल खेल्न निस्केको र जाँदै गर्दा नालीमा खसेर बेपत्ता भएको भनेर ऊसँगै रहेका साथीले खबर गरपछि खोजी जारी छ,’ डीएसपी अनिल अधिकारीले भने, ‘प्रहरीको विपद् व्यवस्थापनको टोली पनि खटिएको छ। अहिलेसम्म पत्ता लागेको छैन।’ बेपत्ता बालक रातो कट्टु र कालो टिसर्ट लगाएको अवस्थामा बेपत्ता भएका हुन्। उनी भानुभक्त माविमा कक्षा ६ मा पढ्ने बालक भएको खुलेको छ । 


सुन प्रकरणः भन्सार अधिकृतसहित ६ जना प्रक्राउ

सुन प्रकरणः भन्सार अधिकृतसहित ६ जना प्रक्राउ


काठमाडौं, ७ साउन । राजश्व अनुसन्धान विभागले १०० केजी सुन प्रकरणमा भन्सारका अधिकृत सन्तोष चन्दसहित ६ जनालाई प्रकाउ गरेको छ। 

भन्सार अधिकृत चन्द, खरिदार तथा जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पक्राउ परेका हुन्। त्यस्तै, ३ जना भन्सार एजेण्ट पनि प्रकाउ परेका छन्। भन्सार एजेन्ट यादवशंकर  पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा प्रकाउ परेका हुन्।


ललिता निवास प्रकरणमा नापीका पूर्वकर्मचारी पक्राउ

ललिता निवास प्रकरणमा नापीका पूर्वकर्मचारी पक्राउ


काठमाडौं, ७ साउन । ललिता निवास जग्गा प्रकरणमा नापी कार्यलयका पूर्व कर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनलाई आइतबार पक्राउ गरेको हो। श्रेष्ठले अमिन हुँदा सरकारी जग्गा व्यक्तिको भनेर नापजाँच गरेका थिए।

यो प्रकरणमा जोडिएका पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायत हालसम्म १९ जना पक्राउ परिसकेका छन् ।
 


सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


काठमाडौं । सर्वोच्च अदातलले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका नेपाल सरकारका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले थुनामै राखेर अनुसन्धान गर्नुपर्ने आधार, कारण र औचित्य नदेखिएको जनाएको छ । अदालतले राउतलाई विदेश जान भने रोक लगाएको छ ।

२०६६/०६७ सालमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको निवास विस्तार गर्ने नाममा भूमाफियाको योजनाअनुसार अगाडि बढेको सट्टाभर्नासम्बन्धी निर्णयमा राउत शाखा अधिकृत हुँदा टिप्पणी उठाएका थिए । त्यही टिप्पणी सहसचिव, सचिव, मन्त्री हुँदै तहगतरूपमा सदर गरेर मन्त्रिपरिषदमा पु¥याइएको थियो ।

यस्तै ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित चार जनाले दिएको रिट भने सर्वोच्च अदालतले खारेज गरिदिएको छ । पक्राउ परेका १७ जनामध्ये सञ्चार सचिव राउत, व्यापारी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले रिहाइको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले रिट खारेजको आदेश दिएको हो । यही प्रकरणमा मुछिएका टीकाराम घिमिरेलगायत १७ जनाले दायर गरेको रिट निवेदन खारेज भएकाले उनीहरूको हकमा सर्वोच्चले २०७९ सालको साउन ४ गते जारी गरेको अन्तरिम आदेश पनि स्वतः खारेज भएको छ ।

२०७९ साउन ४ गतेको अन्तरिम आदेशलाई देखाएर भर्खरैमात्र कलाधर देउवा, सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसी छुटेका थिए । अब प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्न बाटो खुलेको छ । ललिता निवासको एक सय ४३ रोपनी सरकारी जग्गा किर्ते गरेर व्यक्तिमा नाममा लगिएको पाइएको सीआईबीले जनाएको छ ।


त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित


काठमाडौं, ५ साउन । करिब १ सय किलो सुनबारे छानबिन गर्न भन्सार विभागले विमानस्थल भन्सार कार्यालयका दुईजना कर्मचारीलाई निलम्बन गरेको छ ।
भन्सारका जाँच पास अधिकृत सन्ताेष चन्द र जाँचकी कुमार ढकाललाई निलम्बन गरिएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए । क्याथे प्यासिफिक एयरलाइन्सबाट काठमाडौँ आएको सुन तस्करी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चिनिया नागरिक जीक्वाङ लिन सहित १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
भन्सार कार्यालयका कर्मचारीको संलग्नता छानबिन गर्न भन्सार विभागले छानबिन समिति बनाएको छ । भन्सार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेल नेतृत्वको टोलीले त्यसबारे छानबिन गरिरहेको छ ।


सुन प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुग्यो (नामावलीसहित)

सुन प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुग्यो (नामावलीसहित)


काठमाडौं, ४ साउन । एक सय केजी सुन तस्करी प्रकरणमा संलग्नहरू पक्राउ पर्न थालेका छन्। राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले यस प्रकरणमा संलग्नहरूलाई बिहीबारबाट पक्राउ गर्न थालेको छ।  विभागबाट खटिएको टोलीले बिहीबार(४ असार) साँझसम्म यस प्रकरणमा संलग्न चिनियाँ र भारतीय नागरिकसहित १० जनालाई पक्राउ गरेको छ। 

काठमाडौंका छुट्टाछुट्टै स्थानबाट बिहीबार अनुसन्धान विभागको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये ६ जनाविरुद्ध अदालतबाट म्याद थप भइसकेको छ। साँझसम्ममा अन्य ४ जना पक्राउ परिसकेका छन्।

पक्राउ परेका सबैलाईलाई राजस्व अनुसन्धान विभागमा राखिएको छ। अहिलेसम्म कसले कसलाई सुन पठाएको भन्ने प्रष्ट भइसकेको छ। 

विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ।

यी हुन बिहीबार पक्राउ परेकाहरूः
१) जिक्वाङ लिङ (चिनियाँ नागरिक)
२) थिप्तेन छिरिङ (तिब्बतीय मुलका भारतीय नागरिक)
३) रामकुमार भुजेल (दोलखा)
४) दीलिप भुजेल (दोलखा)
५) हर्कराज राई (भोजपुर)
६) अशोक लामा (ट्याक्सी चालक)
७) राजन श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ)
८) कृष्ण श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ)
९) पुष्करराज भट्ट (ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक)
१०) राजेन्द्र राई (भन्सार एजेन्ट)


सुन प्रकरणमा जोडिएका चिनियाँ नागरिक समातिए

सुन प्रकरणमा जोडिएका चिनियाँ नागरिक समातिए


काठमाडौं, ४ साउन । सुन तस्करी काण्डमा संलग्न एकजना लि नामका चिनियाँ नागरिक पनि पक्राउ परेका छन्। राजस्व अनुसन्धान विभागको टोलीले उनलाई आज मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो।

तस्करी काण्ड छताछुल्ल भएपछि भाग्न लागेका उनी एयरपोर्ट टर्मिनल पुग्दा त्यहीँबाट पक्राउ परेका हुन्। आज राति पहिलो प्रहरमै विभागले उनको बालुवाटार गोदाममा छापा हानेर उनको पासपोर्ट लिएको थियो।
 


सुन भित्रिएको घटना छानबिन गर्न  विभागले बनायो समिति

सुन भित्रिएको घटना छानबिन गर्न  विभागले बनायो समिति


काठमाडौं ४ साउन ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको सुन भित्रिएको घटनाको छानविन गर्न भन्सार विभागले समिति बनाएको छ।

अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा भन्सार विभागले छानबिन समित गठन गरेको हो। विभागका अनुसार समितिले विमानस्थलको भन्सार जाँचपासमा क–कसको संलग्नता भएको भन्नेबारे छानबिन गर्नेछ।

जाँचपासमा संलग्न कर्मचारीलाई तत्काल निलम्बन गर्ने प्रक्रिया सुरु गरिएको भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले जानकारी दिए। भन्सार जाँचपासमा जाँचकी र तोकिएको अधिकृत पूर्णमा जिम्मवार हुने भएकाले उनीहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको हो । जाँचपासको सामान बाहिर लैजान गेटपास पनि जाँचकीले नै बनाउनुपर्छ।

जाँचपासपछि मंगलबार साँझ ट्याक्सीमा राखेर विमानस्थल भन्सार बाहिर पु¥याएको सुन राजस्व अुनसन्धान विभागले बरामद गरेको थियो।

विशेष सूचनाको आधारमा भन्सार परिसर पुगेको राजस्वको टोलीले ट्याक्सी चालकसहति तत्काल दुई जनालाई नियन्त्रणमा लिएको थियो । त्यसपछि अनुसन्धानको क्रममा हालसम्म ६ जना पक्राउ परिसकेका छन्।
 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom