22 Baishak, 2081 / 4 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाचार


यसकारण कोरोना मुक्त हुँदैछ प्रदेश–५

यसकारण कोरोना मुक्त हुँदैछ प्रदेश–५


 बुटवल, साउन ३ । देशभरमा कोरोना सङ्क्रमणको सबैभन्दा उच्च दर रहेको प्रदेश–५ कुनै ‘भवितव्य’ नभएमा छिट्टै कोरोना मुक्त प्रदेश बन्दैछ । उच्च जोखिममा गनिएको यो प्रदेश निको भएर घर फर्किने दर ९१ प्रतिशत छ । देशभर यस्तो दर ६६ प्रतिशत मात्रै छ ।

देशभर सङ्क्रमणको दर छ प्रतिशत हुँदा यो प्रदेशमा आठ प्रतिशत थियो तर यही प्रदेश विशेष सावधानीका कारण कोरोना मुक्त हुँदैछ । यो प्रदेशमा सङ्क्रमित चार हजार ९८ मध्ये तीन हजार ६३७ जना निको भएर घर फर्किसकेका छन् । अब निको हुन ३७७ जना मात्र बाँकी छन् ।

प्रदेश–५ सामाजिक विकास मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार देशभर कोरोना सङ्क्रमणबाट ४० को मृत्यु भएकोमा यो प्रदेशमा मात्रै १३ को मृत्यु भएको छ ।

यसकारण मुक्त हुँदैछ
अन्यत्रको तुलनामा उच्च गतिमा सङ्क्रमण फैलिएको यो प्रदेशमा उच्च गतिमै निको हुनुमा विशेष कारण छन् । मन्त्री बरालका भनाइमा उच्च सतर्कता, परीक्षणको फराकिलो दायरा, उपचार संयन्त्रको तत्काल व्यवस्था, स्वास्थ्यकर्मीको साहस, सङ्क्रमितको उच्च मनोबल, सीमा व्यवस्था र लकडाउनको पालना जस्ता कारणले हट स्पटसँगै प्रदेशभर कोरोनामाथि सफलता प्राप्त भइरहेको हो ।

उनका भनाइमा सङ्क्रमण देखिनुअघि नै यहाँका सबै जिल्लामा ठूलो क्षमताका क्वारेन्टाइन, कोरोना विशेष अस्पताल र प्रयोगशाला बनाइएको थियो । सुरुमा परीक्षण किटको अभाव देखिए पनि तत्कालै व्यवस्था गरेर परीक्षणको दायरा विस्तार गरिएको थियो ।

त्यस्तै रोग प्रतिरोधी औषधि वितरण, नियमित र स्वस्थ खानपान, शारीरिक अभ्यास, मनोविमर्श, व्यवस्थित रेखदेखका कारण पनि धेरैले कोरोनालाई पराजित गरिरहेको उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा दीपक ज्ञवालीले लेखेका छन् ।  


नेपालमा शुक्रबार थप  १ सय १  जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा शुक्रबार थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, साउन २ ।  शुक्रबार थप १ सय १  जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ सय १ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो ।

हालसम्म नेपालमा कुल १७ हजार ४ सय ४५ जना कोरोना संक्रमित फेला परेका छन् ।


 


तत्कालीन राजा वीरेन्द्रसहित उनको वंश नै नाश भएको आज १९ बर्ष पुरा, दरबार हत्याकाण्ड रहस्यकै गर्भमा

तत्कालीन राजा वीरेन्द्रसहित उनको वंश नै नाश भएको आज १९ बर्ष पुरा, दरबार हत्याकाण्ड रहस्यकै गर्भमा


काठमाडौँ, जेठ १९ ।  आज दरबार हत्याकाण्ड भएको १९ बर्ष पुरा भएको छ । १९ वर्ष अघि २०५८ साल  आजकै दिन राजा वीरेन्द्रको वंशै नाश हुने गरी दरबार हत्याकाण्ड भएको थियो । 

रहस्यमय भनिएको उक्त हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित उनका सबै सदस्यहरु रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र अधिराजकुमार धीरेन्द्र शाहको हत्या भएको थियो। 

सो गोलीकाण्डमा कोमल शाह, शोभा शाही, कुमार गोरख शमशेर र केतकी चेस्टर घाइते भएका थिए। जेठ १९ लाई नेपाली इतिहासमै कहालीलाग्दो दिनका रूपमा लिने गरिन्छ।

घटनाको छानबिन गर्न तत्कालीन सरकारले गठन गरेको समितिले तयार पारेको प्रतिवेदनले गोलीकाण्ड तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर गरेको भएता पनि नेपाली जनताले अहिलेसम्म उक्त घटनालाई रहस्यमय नै मान्दै आइरहेका छन् ।


मृतक महिलाका आफन्तको स्वाब सङ्कलन, अस्पतालमा उच्च सतर्कता

मृतक महिलाका आफन्तको स्वाब सङ्कलन, अस्पतालमा उच्च सतर्कता


काठमाडौं, जेठ ३ ।  धुलिखेल अस्पतालमा मृत्यु भएकी एक सुत्केरी महिलाको शिशुसहित श्रीमान्, सासू र नन्दको कोरोना भाइरसको सङ्क्रमण भए/नभएको परीक्षण गर्न आज (शनिबार) दिउँसो स्वाब सङ्कलन गरिएको र उनीहरूलाई अस्पतालको क्वारेन्टिनमा राखिएको छ।

गत बिहीबार राति ९ः३० बजे उपचारार्थ धुलिखेल अस्पताल पु¥याइएकी सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया महिलाको केही समयपछि नै मृत्यु भएको थियो। मृतकका परिवारका सदस्यले नै ती महिलाको श्वासप्रश्वासमा देखिएको लक्षणअनुसार कोरोना भाइरस सङ्क्रमणको शङ्का गरेर धुलिखेल अस्पताल पु¥याएका थिए।

अस्पतालका प्रवक्ता एवं प्रसूतिरोग विशेषज्ञ डा. सुमनराज ताम्राकारले १० दिनकी ती सुत्केरी महिलाको मृत्यु भएपछि हिजो नै थप परीक्षणका लागि स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको बताए।

डा. ताम्राकारले ती महिलाको बाह्रबिसेस्थित अस्पतालमा ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गरिएको र धुलिखेल अस्पतालमा शुक्रबार पोलिमरेज चेञ्ज रियाक्सन (पिसीआर) परीक्षणमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि थप परीक्षणका लागि काठमाडौँ पठाइएको जानकारी दिए। आज स्वास्थ्य मन्त्रालयले पनि मृतक महिलाको स्वास्थ्यका विषयमा थप विवरण सङ्कलन गरिरहेकाले कोरोना भाइरसका कारण मृत्यु भएको पुष्टि भइनसेकको जनाएको छ।

धुलिखेल अस्पतालका अनुसार बिहीबार राति ९ः३० बजे अस्पताल ल्याइपु¥याउँदा नै ती महिलाको अवस्था निकै गम्भीर थियो र ट्युब राखेर भेन्टिलेट गर्दा पनि सुधार आएको थिएन। महिलाको उपचारमा संलग्न चिकित्सक, नर्स तथा पारामेडिकललगायत गार्डसमेतको स्वाब सङ्कलन गरी उनीहरूलाई पनि अस्पतालको क्वारेन्टिनमा राखिएको छ। मृतक महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि शुक्रबारदेखि नै अस्पतालमा उच्च सतर्कता अपनाइएको अस्पतालले जनाएको छ।

मृतकका परिवारले गत वैशाख २३ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा महिला सुत्केरी भएकी र २४ गते अस्पतालबाट घर पठाइएको केही दिनपछि स्वासप्रस्वासमा समस्या देखिन थालेको बताएका थिए। जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले मृतक महिलाको थप परीक्षणको रिपोर्ट आएपछि अस्पताललगायत जिल्लामा थप सतर्कता अपनाउनेबारे निर्णय गरिने जानकारी दिए।


आज साँझ हिमालय एयरलाइन्स ग्वान्जाओ उड्दै

आज साँझ हिमालय एयरलाइन्स ग्वान्जाओ उड्दै


काठमाडौ, बैहाख १४ - नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनको ग्वान्जाओमा चार्टर्ड उडान गर्ने भएको छ । हिमालयको न्यारोबडी जहाज आज साँझ ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ग्वान्जाओ उड्ने तालिका रहेको विमानस्थलले जनाएको छ ।

चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिनका लागि कार्गो उडानका लागि अनुमति लिएको हिमालय एयरलाइन्सले जनाएको छ । हिमालयको जहाज ग्वान्जाओबाट स्वास्थ्य सामग्री लिएर सोमबार काठमाडौँ आइपुग्नेछ ।

लकडाउनको अवस्थामा चीनको ग्वान्जाओबाट स्वास्थ्य मन्त्रालय तथा विभिन्न व्यवसायीले जहाज चार्टर्ड गरी स्वास्थ्य सामग्री ल्याइरहेका छन् । नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानीको हिमालयले चीनको बेइजिङ र छोङ्गिनसहित अन्य मुलुकका नौ गन्तव्यमा उडान भर्दै आएको छ ।

यसअघि चैत १६ र २० गते नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को वाइडबडी जहाजले चार्टर्ड उडानमार्फत ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याइएको थियो ।    छिल्लोपटक गत वैशाख ५ गते निगमका दुई वाइडबडी जहाजले ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याएका थिए ।
 


स्वास्थ्य मन्त्रालयले भन्यो नेपालमा कोरोनाका नयाँ नयाँ व्यक्ति भेटिएका छैनन् 

स्वास्थ्य मन्त्रालयले भन्यो नेपालमा कोरोनाका नयाँ नयाँ व्यक्ति भेटिएका छैनन् 


 काठमाडौ ,चैत २८ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण नदेखिएको  र सङ्क्रमितको अवस्था पनि सामान्य रहेको जानकारी गराएको छ ।  

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप नयाँ कोरोना सङ्क्रमित व्यक्ति नभएको भन्दै हालसम्ममा तीन हजार ५२४ व्यक्तिको कोरोना सङ्क्रमणको नमूना परीक्षण गरेको बताए ।

उनले गत २४ घण्टामा ६३० वटा परीक्षण गरिएको जानकारी दिए । । आठ सय बढी परीक्षणको क्रममा छ ।  हाल नेपालभरि आठ हजार ६६० जना क्वारेन्टाइनमा छन् । आइसोलेसनका व्यक्तिको सङ्ख्या १२५ रहेको छ । 

प्रवक्ता देवकोटाले प्रत्येक प्रदेशमा क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षणका लागि प्रतिप्रदेश पाँच हजारका दरले ¥यापिड डाइग्नोस्टिक टेस्ट ९आरडिटी० सामग्री प्रदान गरिएको बताए । बागलुङ, म्याग्दी र पर्वतका स्वास्थ्यकर्मीलाई ¥यापिड डाइग्नोस्टिक टेस्टसम्बन्धी तालीम दिइएको र परीक्षणसमेत शुरु गरिएको सो अवसरमा जानकारी दिइयो । 

सङ्कटको समयमा जनशक्ति अभाव नहोस् भन्दै मन्त्रालयले सेवा बाहिरका र सेवा निवृत्त चिकित्सकलाई स्वेच्छिकरुपमा सेवामा आबद्ध हुन आग्रह गरेको छ । मन्त्रालयले छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीलाई परिचालन गर्ने भएको छ । विपत्मा सहयोगका लागि स्वास्थ्य सेवामा कार्यरत कर्मचारीको सेवा सुविधा काट्ने किसिमको निणय मन्त्रालयले नगरेको भन्दै उच्च मनोबलका साथ काम गर्न मन्त्रालयले आग्रह गरेको छ ।  


जापान र चीन उड्दै राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम

जापान र चीन उड्दै राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम


काठमाडौ, चैत २८ - राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० को दुई वाइड बडी ए–३३० जहाजले आज जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान भर्दै छन् । निगमका यी दुवै जहाजको व्यावसायिक उडान नभइ चाटर्ड र कार्गो उडान मात्रै हुन् ।
 
जापानले निगमको वाइड बडी जहाज चाटर्ड गरीे नेपालमा रोकिएका २०० भन्दा बढी नागरिक स्वदेश लैजान लागेको छ भने निगमको अर्को वाइड बडी जहाज मेडिकल सामग्री लिन ग्वाङ्जाओ उड्ने तयारीमा रहेको हो ।

आज राति ८ बजे निगमको जहाज जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने कार्यतालिका रहेको अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । यो जहाज जापानी नागरिकलाई गन्तव्यमा पुर्याएर शनिबार नेपाल फर्कने जनाइएको छ । निगमको जहाज जापानी नागरिकलाई लिएर आज राति त्यसतर्फ जान लागेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए। उनका अनुसार आजै निगमको अर्को वाइड बडी जहाज पनि औषधिजन्य सामग्री लिन ग्वाङ्जाओ उड्दैछ ।

नेपाल एयरलाइन्सले जापानको नारितामा गत फागुन १९ गतेदेखि सिधा उडान सेवा शुरु गरेको थियो । कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिएपछि उक्त गन्तव्यको उडान हाललाई स्थगित गरिएको छ । निगमले जापानसहित नौ गन्तब्यमा आफ्ना दुइ वाइड बडी र दुई न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । निगमको अर्को वाइड बडी जहाज आज साँझ ६ बजे चीनको ग्वाङ्जाओ उड्नेछ ।

आजै चार अन्तर्राष्ट्रिय उडान

चैत ११ देखि वैशाख ३ गतेसम्म देशभर लकडाउन घोषणा गरिएको छ । यो अवधिमा चैत १० देखि वैशाख १५ सम्म चरणबद्धरुपमा अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध गरिएको छ ।

तर अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक चाटर्ड तथा केही कार्गो उडान भइरहेका छन् । लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई विभिन्न देशले जहाज चाटर्ड गरी स्वदेश फर्काइ रहेका छन् । आज मात्रै चार अन्तर्राष्ट्रिय उडान हुदैछन् । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले लकडाउनको अवधिमा अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त रहेको र आज मात्रै चार उडान हुने बताए। केहीबेरअघि बेलायतको टीटान एयरवेजले २४२ बृटिस नागरिक लिएर गन्तव्यतर्फ उडेको छ । बेलायतले नेपालस्थित दूतावासको समन्वयमा जहाज चार्टर्ड गरी आफ्ना नागरिक लगेको हो ।

त्यसैगरी कोरियन एयरले पनि आज आफ्ना नागरिक स्वदेश लैजाँदैछ । बेलायतले यसअघि चैत २६ गते पनि सोही जहाजमार्फत आफ्ना करिब २५० नागरिक स्वदेश फिर्ता लगेको थियो । कोरियन एयरको उडानमार्फत उनीहरुलाई घर फर्काउन लागिएको हो । लकडाउनको अवधिमा कोरियन एयरको यो दोस्रो उडान हो । लकडाउनको अवधिमा दुई दर्जन अन्तर्राष्ट्रिय उडान भएका छन् ।

चैत १० देखि आजसम्म जम्मा २४ अन्तर्राष्ट्रिय उडान भएको विमानस्थलले जनाएको छ । यी उडानमार्फत तीन हजार ५०० भन्दा बढी विदेशी घर फर्किएका छन् । सबैभन्दा बढी उडान गर्नेमा कतार एयरवेजको नौ, नेपाल एयरलाइन्सको छ वटा उडान भएका छन् । त्यस्तै कोरियन एयरको दुई, टीटान एयरको दुई तथा मलेयिसया, मालिन्दो, इत्तिहाद र चेकरिपब्लिकनको समान एक–एक उडान भएका छन् ।

यसैबीचमा विशेष गरी युरोपेली मुलुक जर्मनी, फ्रान्स, न्यूजील्याण्डलगायतका तथा मलेसिया, चेकरिपब्लिकन, अमेरिका र बेलायतका नागरिक घरफर्किएका हुन् । नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा उनीहरुलाई नेपालका विभिन्न गन्तव्यबाट उद्धार गरी काठमाडौँ ल्याएर स्वदेश फिर्ताका लागि सहजीकरण गरेको थियो ।


  सूचना नै नदिई भारतले बन्द गरिदियो नेपालगञ्ज नाका

 सूचना नै नदिई भारतले बन्द गरिदियो नेपालगञ्ज नाका


काठमाडौं, कार्तिक २३ । भारतले पूर्व सूचना नै नदिई नेपालगञ्ज नाका बन्द गरेको छ । नेपाल र भारतबिचको सम्बन्धमा सीमा विबादका कारण केही चिसो पसिरहेका बेला भारतले नक्सा विवादमा नाका बन्द गरेको नभई आज भारतको सर्वोच्च अदालतले अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले आज बिहानैबाट नाका बन्द गरिएको भारतीय पक्षले जनाएको छ ।

भारतले पूर्व सूचना दिँदा सुरक्षामा अन्य समस्या आउने भन्दै सूचना नै नदिई नाका बन्द गर्नुपरेको जनाएको छ । सूचना बिना नै एक्कासी नाका बन्द हुँदा भारत गएका नेपालीहरु उतै अलपत्र भएको बताइएको छ । 


कपनबाट २१ जना जुवाडे पक्राउ

कपनबाट २१ जना जुवाडे पक्राउ


काठमाडौं, असोज २६ । नेपाल प्रहरीले काठमाडौंको कपनबाट २१ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

उनीहरुको साथबाट १८ लाख ९२ हजार रुपैयाँसहित महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइएको जनाएको छ । गएराति १० बजे नगद रुपैयाँसहित जुवाडेहरूलाई नियन्त्रणमा लिएको हो ।

बौद्ध प्रहरीका अनुसार पक्राउ परेका सबैलाई अहिले प्रहरी वृत्त बौद्धमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ । बौद्ध क्षेत्रमा लामो समयदेखि जुवाखालहरू सञ्चालन हुँदै आइरहेका छन् ।

गत माघ र चैतमा प्रहरीले सञ्चालन गरेको अपरेसनका क्रममा यो क्षेत्रबाट जुवा खेलिरहेको अवस्थामा व्यवसायीलगायत पक्राउ परेका थिए ।


 ‘चिहानको हड्डी फुकेर कुनै संस्था फर्किन्न, बेमौसमको यो बाजा नबजाए हुन्थ्यो : प्रम ओली

 ‘चिहानको हड्डी फुकेर कुनै संस्था फर्किन्न, बेमौसमको यो बाजा नबजाए हुन्थ्यो : प्रम ओली


 काठमाडौं, भदौ २। प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नयाँ अभ्यास पूर्ण र परिपक्व रूपमा कार्यान्वयनमा नआउँदैकतिपय अवाञ्छित तŒवहरू कमजोर बनाउन सक्रिय रहेको बताउनुभएको छ । प्रतिनिधिसभामा विशेष समय लिएर सम्बोधन गर्दै उहाँले संविधानसम्मत र संवैधानिक दायराका विषयलाई सरकारले सम्मान गरे पनि प्रणाली उल्ट्याउँछु भन्ने विषय सरकारलाई मान्य नहुने बताउनुभएको हो ।

प्रणाली उल्ट्याउने सपना देख्ने तŒव सफल नहुने प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो । केही प्रतिगामी तŒव सडकमा आउँदैमा सरकार जिम्मेवारीबाट नभाग्ने पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जुन संस्था र शक्तिहरूको कुरा गर्छन् मानिसहरू, ती शक्तिहरू ज्यूँदै हुँदा हामीले ठेगान लगाएका हौँ । अहिले चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउँछु भनेर परिकल्पना गरेर उफ्रिएको देखिन्छ । बेमौसमको यो बाजा नबजाए हुन्थ्यो । सरकारले यो उदारता देखाएको नपत्याएर हो । पत्याएका दिन संविधानको, प्रणालीको, व्यवस्थाको, लोकतन्त्रको र गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रिन्छ । त्यसको रक्षा र कार्यान्वयन गर्छ । जनताले दिएको म्यान्डेट यही हो ।”

सम्बोधनमा प्रधानमन्त्री ओलीले सरकारको उदारता र संयमतालाई हेरेर केही तत्व बढ्तै हौसिएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीले संविधान, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता जनताको शासनविरोधी क्रियाकलाप सरकारको उदारता र सहिष्णुताबाट मात्र प्राप्त भइरहेको भन्दै त्यस्ता क्रियाकलाप सञ्चालन गर्ने तŒवलाई नहौसिन चेतावनी पनि दिनुभयो । यो समाचार गोरखापत्र राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ। समाचार नारायण काफ्लेले लेखेका हुन्।

प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो, “अहिलेको सरकारको उदारता र संयमतालाई हेरेर केही तत्व बढ्तै हौसिएको देखिन्छ । संविधानसम्मत ढङ्गले चल्ने कुरामा संवैधानिक दायरामा चल्ने कुरामा यो सरकार प्रसन्नतापूर्वक विरोध र आलोचनाको स्वागत गर्छ । तर, सरकारको आलोचनाका नाममा प्रणाली उल्ट्याउँछु भन्ने, प्रतिगमन गर्छु भन्ने, संविधान अस्वीकार गर्छु भन्ने कुरा सरकारलाई मान्य हुन सक्दैन । त्यस्ता क्रियाकलाप सञ्चालन गर्ने तŒव नहौसिए हुने हो ।”

प्रधानमन्त्री ओलीले जनअभिमत लत्याएर वर्तमान सरकार कुनै पनि बाटोमा नजाने बताउनुभयो । लोकतान्त्रिक अभ्यास र जनमतबाट निर्मित सरकार अधिनायकवादतर्फ जान्छ भन्ने विषय जनताले नै नपत्याउने उहाँको भनाइ छ । वर्तमान सरकार जनताको ‘फ्रस्टेसन’ र तात्कालिक सेन्टिमेन्टका आधारमा नभई लोकतान्त्रिक पद्धतिबाट चुनिएको बताउँदै सरकारको निष्ठामा अनावश्यक भ्रम नछर्न पनि उहाँले चेतावनी दिनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “यो सरकार अचानक ह्विममा जनताको ‘फ्रस्टेसन’माथि टेकेर बनेको हैन । तात्कालिक सेन्टिमेन्टको भल छोपेर बनेको पनि हैन । सङ्घर्ष र बलिदानको इतिहास छ । विगतमा खेलेको भूमिकाबाट जनताले विश्वास गरेर, अभिमत दिएर लोकतान्त्रिक विधिको माध्यबाट बनेको हो । सरकारको लोकतन्त्रप्रतिको निष्ठाका सम्बन्धमा अनावश्यक भ्रम र हल्ला चलाइएका छन् । अधिनायकवादतर्फ गयो भन्ने कुरा नगरे हुन्छ । जनताले यस्ता कुरा पत्याउँदैनन् ।”