22 Baishak, 2081 / 4 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाचार


एसईईको सात प्रदेशकै नतिजामा प्रदेश ३ अगाडी, कर्णाली सबैभन्दा कमजोर 

एसईईको सात प्रदेशकै नतिजामा प्रदेश ३ अगाडी, कर्णाली सबैभन्दा कमजोर 


काठमाडौं, असार १२ । आज प्रकाशित एसईई नतिजामा सात प्रदेशमध्ये प्रदेश ३ सबैभन्दा अगाडि देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत चैत १० गते लिएको एसईई परिक्षाको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो ।

एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो । यसपटक प्रदेश अनुसार अनिवार्य विषयहरुको प्रश्नपत्र फरकरफरक बनाएर परीक्षा लिइएको थियो । प्रकाशित गरेको नतिजाअनुसार सामुदायिक तर्फ दुई हजार सात सय ९२ जनाले जीपीए ए प्लस ल्याउँदा निजीतर्फका १४ हजार सात सय ८८ विद्यार्थीले ल्याउन सफल भएका छन् । त्यस्तै जीपीए ए ल्याउने सामुदायिकतर्फ ११ हजार दुई सय २३ हुँदा निजीतर्फका ३९ हजार नौ सय १४ पुगेका छन् ।

उच्च जीपीए अंक (३.६०–४.०) ल्याउने परीक्षार्थीको अंक अनुपात हेर्दा प्रदेश ३ सबैभन्दा अब्बल र कर्णाली सबैभन्दा कमजोर ठहरिएको छ । प्रदेश ३ बाट १० हजार ८६ परीक्षार्थीले उच्च जीपीए अंक ल्याएका छन्, जुन उक्त प्रदेशमा कूल सहभागी परीक्षार्थीको अनुपातमा ९ दशमलव ५९ प्रतिशत हो । कर्णाली प्रदेशबाट ०.४४ प्रतिशत परीक्षार्थीले मात्र उच्च जीपीए अंक ल्याउन सफल भएका छन् । त्यसपछि सुदूरपश्चिम प्रदेश कमजोरमा परेको छ, जहाँ ० दमलव ५ प्रतिशत परीक्षार्थीले उच्च जीपीए अंक ल्याएका छन् । यस्तै प्रदेश १ बाट २ दशमलव ४५, प्रदेश ५ बाट २ दशमलव २२ तथा प्रदेश २ बाट १ दशमलव ४० परीक्षार्थीले उच्च जीपीए अंक ल्याएका छन् ।


एसईईमा बी प्लस आयो नायिका करिष्माको

एसईईमा बी प्लस आयो नायिका करिष्माको


काठमाडौं, असार १२ । नायिका करिष्मा मानन्धरले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा बी प्लस ल्याएकी छन् । आज सार्वजनिक नजितामा उनको बी प्लस आएको हो । 

काठमाडौंको मैतीदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा अध्ययन गरेकी करिष्माले डिल्लीबजारमा रहेको विजय स्मारक मावि परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन् । 

वि.सं.२०७५ चैत १० गतेदेखि २१ सम्म भएको परीक्षामा चार लाख ५० हजार दुई सय ७५ परीक्षार्थी परीक्षामा सामेल भएका थिए । प्रदेश दुईमा भने प्रश्नपत्र बाहिरिएपछि चैतको २२ गतेदेखि २९ गतेसम्म पुनः परीक्षा भएको थियो । बाँकी ६ वटा प्रदेशमा चैत १० देखि २१ गतेसम्म परीक्षा सञ्चालन भएको थियो ।


एसईईमा सांसद चौधरीले ल्याइन बी ग्रेड

एसईईमा सांसद चौधरीले ल्याइन बी ग्रेड


काठमाडौं, असार १२ । यस वर्ष एसईई परीक्षा दिएकी सांसद शान्ता चौधरीले बी ग्रेड ल्याएकी छन् । उनले २.६५ जीपीए ल्याएकी हुन् । यसै वर्ष परीक्षा दिएकी उनकी छोरीले भने बी प्लस ल्याएकी छन् ।

आफ्नो छोराले टेलिफोन गरेर नतिजा जानकारी दिएको उनले बताइन् । उनले अब उच्च शिक्षा अध्ययन गर्ने बताएकी छन् ।


सार्वजनिक भयो एसइई परीक्षाको नतिजा 

सार्वजनिक भयो एसइई परीक्षाको नतिजा 


काठमाडौं, असार १२ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले हिजै नतिजा सार्वजनिक गर्ने भने पनि परीक्षाफल आज अपरान्ह सार्वजनिक गरेको हो ।

देशभरका सात प्रदेशमा एक हजार नौ सय ७९ वटा केन्द्रमा लिइएको परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । कूल चार लाख ४९ हजार विद्यार्थी परीक्षामा सामेल भएकोमा ५० जना विद्यार्थीको पूरै विषयको परीक्षा रद्द भएको छ । वि.सं.२०७५ चैत १० गतेदेखि २१ सम्म परीक्षा भएको थियो ।

परीक्षाफल हेर्न नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी आवश्यक निर्देशनअनुसार सुन्न सकिन्छ । वेबसाइट goe.gov.np अर्थात see.ntc.net.np मा पनि हेर्न सकिन्छ ।

त्यसैगरी, शिक्षा मन्त्रालयको वेबसाइट https://www.moe.gov.np र शिक्षा विभागको वेबसाइट http://www.doe.gov.np बाट समेत नतिजा थाहा पाउन सकिने जनाइएको छ । परीक्षाफल चित्त नबुझे नजिता प्रकाशन भएको मितिले १५ दिनभित्र शुल्क तिरेर हेर्न पनि सकिन्छ ।


मुख्यमन्त्री राउतले सयभन्दा बढी छात्रालाई दिए साइकल

मुख्यमन्त्री राउतले सयभन्दा बढी छात्रालाई दिए साइकल


♦ रामनारायण यादव

जनकपुर, असार १२ । प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम अन्तर्गत छात्राहरुलाई साइकल वितरण गरेका छन् । जनकपुरधामस्थित श्री सकल भवन कन्या माविमा कक्षा ८ मा अध्ययनरत एक सय १४ जना छात्राहरुलाई मुख्यमन्त्री राउतले आज साइकल वितरण गरेका हुन् ।

विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले यस कार्यक्रमले टाढा–टाढाबाट विद्यालय आउने छात्राहरुलाई सहज हुने उद्देश्यले साईकल वितरण गरेको बताए । उनले प्रदेश सरकारले ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम अन्तर्गत शिक्षा बीमा, महिलामैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरुलाई अघि बढाएर महिला सशक्तिकरणमा प्रदेशलाई नमूना प्रदेश बनाउने सोच राखेको बताए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले महिला शिक्षा बिना प्रदेश समृद्ध हुन नसक्ने यथार्थलाई बुझेरै प्रदेश सरकारले एक पछि अर्को कार्यक्रम ल्याउन लागेको बताए । उनले प्रदेश सरकारले छोरीहरुलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा समेत ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको बताए ।

कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साहले छोरीहरुलाई शिक्षा र रोजगारीका साथै आत्मरक्षाका लागि समेत अग्रसर बनाउने लक्ष्यका साथ प्रदेश सरकार अघि बढिरहेको उल्लेख गरे ।

प्रदेशसभा सदस्य परमेश्वर साहको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रममा प्रदेशसभा सदस्य राम अशिष यादव, जयनुल राइन, प्रमिला देवी दास, चमेली देवी दासलगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यसैगरी, प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेश नं.२ भित्रका सामुदायिक विद्यालयहरुमा कक्षा ८ मा पढने १४ हजार छात्रालाई साइकल वितरण गर्ने भएको छ । 


 


कुटपिटबाट मृत्यु भएका २५ वर्षीय युवाको शवसहित राजविराजमा प्रदर्शन

कुटपिटबाट मृत्यु भएका २५ वर्षीय युवाको शवसहित राजविराजमा प्रदर्शन


♦ रामनारायण यादव

राजविराज, असार १२ । अपरिचित व्यक्तिको कुटाईबाट २५ वर्षीय कृष्ण विराजी (यादव)को मृत्यु भएपछि उनको शवसहित आज राजविराजमा प्रदर्शन गरिएको छ । हत्यारालाई अबिलम्ब पक्राउ गर्न माग गर्दै आज राजविराजमा प्रदर्शन गरिएको हो । 

मंगलबार राजविराज ७ मा अपरिचित व्यक्तिको कुटाईबाट घाइते भएका सप्तरीको तिरहुत गाउँपालिका ३ स्थित पिप्राही निवासी उपेन्द्र यादवका छोरा कृष्णको उपचारको क्रममा बुधबार विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो । 

कृष्णको शव विराटनगरबाट ल्याएर हत्यारालाई अबिलम्ब पक्राउ गर्न माग गर्दै मृतकका परिवार, आफन्त र गाउँलेहरु मिलेर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले घटनाका आरोपितलाई अबिलम्ब पक्राउ गर्न माग गरेका छन् । 

राजविराजस्थित जिल्ला प्रशासन कार्यालय अगाडि कृष्णको शवसहित प्रदर्शन गरेका प्रदर्शनकारीहरुले सप्तरीका एसपी मनोजकुमार यादव र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको राजिनामा माग गरेका छन् । प्रहरी प्रशासन मुर्दाबाद हत्यारालाई कारवाही गरलगायतका प्लेकार्डसहितको प्रदर्शनमा यादवको शवलाई नगर परिक्रमा समेत गराइएको छ ।

प्रदर्शनका क्रममा हत्यामा संलग्नहरुको नामै किटान गरि जाहेरी दिइएको छ । पीडितले दिएको जाहेरी अहिले सम्म दर्ता नगरी आलटाल गरिएको पीडितको आरोप छ । 

सो प्रदर्शनका कारण अहिले सदमुकाम राजविराजमा कुनै अप्रिय घटना हुन नदिन व्यापक रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ  ।


लेखपढ गर्न नजान्ने एक वृद्धाको लाखौंको जग्गा हडप्ने पक्राउ

लेखपढ गर्न नजान्ने एक वृद्धाको लाखौंको जग्गा हडप्ने पक्राउ


♦ रामनारायण यादव

राजविराज, असार १२ । सप्तरीमा लेखपढ गर्न नजानेकी एक वृद्धालाई झुक्याएर लाखौंको जग्गा हडप्न खोज्ने एक जना व्यक्ति पक्राउ परेका छन् । जिल्लाकै सुरुङ्गा नगरपालिका वडा नं.२ का ६३ वर्षीया अघनियादेखी कोइरीको १६ कठ्ठा आठ धुर जग्गा किर्ते गरेर हडप्न खोजेको आरोपमा छिमेकी लक्ष्मण साहलाई प्रहरीले पक्राउ गरेको हो । 

पीडित बृद्धा लेख्नपढ गर्न जान्दिनन् । उनको एक मात्र छोरा रोजगारीको सिलसिलामा बिदेशमा छन् । विदेशमा रहेका छोराले पठाएको रकमबाट घर खर्च कटाएर बचेको रकम उनी गाउँमै ब्याजमा समेत लगाउने गर्छिन् । यसरी ऋणवापत दिएको ठूलो रकमको सुरक्षाका लागि पंजियारसँग कागज गराउनु पर्छ भनी सुझाव दिएका साहले उल्टै अघिनिया देवीले आफ्नो नाउँमा रहेको जग्गा मध्ये १६ कठ्ठा ८ धुर जग्गा पंजियारलाई बिक्री गरेको कागजात बनाई झुक्याएर अघिनिया देवीसँग औठा छाप लगाएका थिए । 

त्यसपछि साह र पंजियार सदरमुकाम राजविराजस्थित भूमी सुधार तथा मालपोत कार्यालय पुगेर नामसारी प्रक्रियामा लागेका थिए । यता ऋण दिएको कागजामा औठा छाप गरेको र अब महिनैपिच्छे ब्याज आउने आशामा खुशी भएकी अघिनियाँलाई काम विशेषले मालपोत कार्यालय पुगेका सोही वडा निवासी शुभकलाल महतोले तपाईले जग्गा बेचेको हो ? भनी जिज्ञासा राख्दा उनी छानाबाट खसे जस्तै भइन् । उनले महतोलाई आफूले कुनै जग्गा नबेचेको तथा पंजियारलाई ऋण दिएको कागजामा मात्र औठा छाप लगाएको बताएपछि किर्ते गरि जग्गा हडप्ने प्रयासको खुलासा भएको हो ।


मृत्यु भएका दुई थुनुवाको परिवारले १० लाख पाउने, रोकियो प्रदर्शन

मृत्यु भएका दुई थुनुवाको परिवारले १० लाख पाउने, रोकियो प्रदर्शन


♦ रामनारायण यादव

रौतहट, असार ११ । दुई थुनुवाको म्याद थमाउन जिल्ला अदालत गौर लैजाने क्रममा मंगलबार दुर्घटनामा परी मृत्यु भएका थुनुवाहरुको परिवारले १० लाखका दरले क्षतिपूर्ति पाउने भएका छन् । क्षतिपूर्ति दिने सहमतिपछि प्रदर्शनमा संलग्न आफन्तले दाहसंस्कारका लागि शव बुझेका छन् ।

ईलाका प्रहरी कार्यालय चन्द्रपुरमा बसेको बैठकमा स्थानीय जनप्रतिनिधि, प्रहरी र मृतकका आफन्तबीच क्षतीपूर्तिका लागि सहमति भएपछि अपरान्ह ४ बजे मृतकका परिवारजनले शव बुझेका हुन् । 

मृतक परिवारलाई जनही १०–१० लाख रुपैयाँ, मृतकका श्रीमतीलाई क्षमता अनुसारको जागिर र उनका बालबालिकालाई  निःशुल्क शिक्षा दिने सहमति भएको चन्द्रपुर  ५ का मृतक थुनुवा निर्मल साहकी आमा गायत्री साहले बताइन् ।

बैठकको निर्णय कार्वान्वयनको लागि जिल्ला प्रशासन कार्यालय रौतहटमार्फत गृहमन्त्रालयलाई सिफारिस गर्ने सहमति भएको ईलाका प्रहरी कार्यालय चन्द्रपुरका निमित प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।

सहमतिपछि मृतकका आफन्तहरु शव बुझन नारायणी अस्पताल वीरगञ्ज गएको डिएसपी महतोले जानकारी दिए । बैठकमा संघीय सांसद देवप्रसाद तिमलसिना, चन्द्रपुर नगरप्रमुख रामचन्द्र चौधरी, ईलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी निरिक्षक सन्तोष पाठक र मृतकका आफन्तहरुको सहभागिता रहेको थियो ।

प्रहरीको लापारवाहीका कारण थुनुवाको ज्यान गएको भन्दै मृतकका आफन्तले केही समय चन्द्रपुरको मुख्य बाटोमा चक्का जाम गर्नुका साथै इलाका प्रहरी कार्यालयमा धर्ना दिनुको साथै प्रदर्शन गरेका थिए । 


हरवा चरवा युवा समुहलाई अभिमुखीकरण कार्यक्रम 

हरवा चरवा युवा समुहलाई अभिमुखीकरण कार्यक्रम 


राजविराज, असार ११ । लागूऔषध दुरुपयोग तथा अवैध ओसार पसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा तिलाठी कोईलाडी गाउँपालिका वडा नं.५ मा हरवा चरवा युवा समुहलाई अभिमुखीकरण कार्यक्रम गरिएको छ । बुधबार मानव अधिकार तथा ग्रामीण युवा परिवर्तन (हुर्क) नेपाल राजविराज ५ को आयोजना तथा द फ्रिडम फण्ड र तिलाठी कोईलाडी गाउपालिका वडा नं.५ को सहयोगमा तिलाठी कोईलाडी गाउँपालिका वडा नं ५ मा उक्त कार्यक्रम गरिएको हो । 

तिलाठी कोईलाडी गाउपालीका वडा नं.५ का वडाध्यक्ष राजेन्द्र साहको प्रमुख आतिथ्यमा तथा प्रहरी निरीक्षक संतोषकुमार खड्का र गजेन्द्र नारायण सिंह, सगरमाथा अञ्चल अस्पतालका मेडिकल अधिकृत डा.रंजितकुमार झालगायतले लागू पदार्थ दुव्र्यसनको बारे सचेत गराउँदै मन्तव्य व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा राजपा नेपालका केन्द्रीय सदस्य दिपेन्द्र चौधरी, हुर्क नेपालका उपाध्यक्ष सुभाषचन्द्र सिंह, सदस्य सुनिता देवी साह, परियोजना संयोजक रिया राय, हरवा चरवा युवा समूहका अध्यक्ष मोहम्मद फिरोज र राजन साह, हरवा चरवा बाल क्लबका अध्यक्ष निराजन राम र आशाकुमारी सदा, शिक्षक बहमानन्द रजक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओकिल मंडल, सुपरभाईजर दिपककुमार सिंह र लक्ष्मण रामलगायतको उपस्थिति रहेको थियो । 


भ्यान दुर्घटनाबाट दुई थुनुवाको मृत्यु भएको विषयलाई लिएर प्रदर्शन

भ्यान दुर्घटनाबाट दुई थुनुवाको मृत्यु भएको विषयलाई लिएर प्रदर्शन


♦ रामनारायण यादव

रौतहट, असार ११ । रौतहटमा मंगबार प्रहरी भ्यान दुर्घटनाबाट दुई थुनुवाको मृत्यु भएको बिषयलाई लिएर स्थानीबासीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर अगाडि प्रदर्शन गरेका छन् । प्रहरीको लापरबाहीले थुनुवाको मृत्यु भएको आरोप लागाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् ।

मंगलबार चन्द्रपुर सडकखण्डको बालचनपुर नजिक भएको प्रहरी भ्यान दुर्घटनामा थुनुवाहरु चन्द्रपुरका २० वर्षका निर्मल साह र सुनसरी इनरुवा १ का रमेशकुमार चौधरीको मृत्यु भएको थियो । लागूऔषध मुद्दाका आरोपी साह र सवारी ज्यान मुद्दाका चौधरीलाई म्याद थपका लागि जिल्ला अदालत लैजाने क्रममा उनीहरु सवार गाडी दुर्घटनामा परेको थियो । उक्त दुर्घटनाबाट अन्य आठजना प्रहरी पनि घाइते भएका थिए ।