14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाचार


सूर्यदर्शन सहकारीका अध्यक्ष बुढामगर र पूर्वअध्यक्ष राईविरूद्व पनि डिफ्यूजन नोटिस जारी

सूर्यदर्शन सहकारीका अध्यक्ष बुढामगर र पूर्वअध्यक्ष राईविरूद्व पनि डिफ्यूजन नोटिस जारी


काठमाडौं, १४ माघ । सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष र पूर्वअध्यक्षविरूद्व पनि डिफ्यूजन नोटिस जारी भएको छ । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्व अध्यक्ष भुपेन्द्र राईविरूद्व पनि डिफ्युजन नोटिस जारी गरेको हो ।

यसअघि यही सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त रहेका राईविरूद्व डिफ्यूजन नोटिस जारी भइसकेको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबीसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको छ । जसमध्ये १५ जना अझै फरार छन् ।
 


चारघरेमा भेटिएको दुर्लभ हिउँ चितुवा चिडियाखाना ल्याइयो 

चारघरेमा भेटिएको दुर्लभ हिउँ चितुवा चिडियाखाना ल्याइयो 


काठमाडौं, १२ माघ । पूर्वी नेपाल मोरङ जिल्लाको उर्लाबारी नगरपालिका-१ चारघरेमा दुर्लभ वन्यजन्तु हिउँ चितुवा फेला परेको छ । अहिले चितुवालाई उद्धार गरी सदर चिडियाखानामा ल्याएर सार्वजनिक गरिएको हो ।  
समुद्र सतहबाट एक सय ४६ मिटर उचाइमा बाँसको झ्याङमा बसेको अवस्थामा भाले हिउँ चितुवा फेला परेको हो । 
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतले सदर चिडियाखानामा पत्रकार सम्मेलन गरी हिउँ चितुवासहित उसको अवस्थाका बारेमा विवरण सार्वजनिक गरेको छ ।

विभागका वरिष्ठ इकोलोजिष्ट श्यामकुमार शाहले पाटेबाघको बासस्थानको उचाइमा हिउँ चितुवा देखिनु अस्वाभाविक र अध्ययन अनुसन्धानको विषय बनेको बताएका छन् । यही गएको माघ ९ गते देखिएको उक्त चितुवालाई संरक्षणमा सक्रिय विभिन्न संस्थाका प्रतिनिधिको सक्रियतामा उद्धार गरी सदर चिडियाखाना जाउलाखेल ल्याइएको हो ।

उक्त हिउँ चितुवाको पछाडिको बायाँ खुट्टा टेक्न असहज भएको, बाहिरी कुनै किसिमको चोट नदेखिएको र अवस्था समान्य रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बताएको छ । विज्ञहरूले उर्लाबारीमा हिउँ चितुवा कसरी आइपुग्यो भन्ने बारेमा अनुसन्धान थालिएको  बताएका छन् ।

नेपालमा हिउँ चितुवा पूर्व कञ्चनजङ्घाबाट पश्चिम अपि नाम्पा संरक्षण क्षेत्रसम्म मुख्यगरी हिमाली क्षेत्रमा पाइन्छ । नेपाललगायत मध्य तथा दक्षिण एसियाका १२ देशमा पाइने हिउँ चितुवा स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचक एवं प्राकृतिक खाद्य शृङ्खलाको उच्च तहमा रहेको प्रजाति हो ।
 


अध्यागमन घटनाबारे छानबिन गर्न सहसचिव गौतमको संयोजकत्वमा समिति गठन

अध्यागमन घटनाबारे छानबिन गर्न सहसचिव गौतमको संयोजकत्वमा समिति गठन


काठमाडौं, १२ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारी र प्रहरीबिच भएको घटनामाथि छानबिन समिति गठन भएको छ।

गृह मन्त्रालयले विमानस्थलमा कर्मचारीबिच भएको यो दुर्भाग्यपूर्ण घट्नामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै छानबिन समिति बनाएको हो।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक वक्तव्य जारी गर्दै घटनाको आवश्यक छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको जनाएका छन्।

मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुल बहादुर जि।सी। सदस्य रहेको समिति बनाएको छ।
 


अध्यागमन घटनाबारे छानबिन गर्न सहसचिव गौतमको संयोजकत्वमा समिति गठन

अध्यागमन घटनाबारे छानबिन गर्न सहसचिव गौतमको संयोजकत्वमा समिति गठन


काठमाडौं, १२ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारी र प्रहरीबिच भएको घटनामाथि छानबिन समिति गठन भएको छ।

गृह मन्त्रालयले विमानस्थलमा कर्मचारीबिच भएको यो दुर्भाग्यपूर्ण घट्नामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै छानबिन समिति बनाएको हो।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक वक्तव्य जारी गर्दै घटनाको आवश्यक छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको जनाएका छन्।

मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुल बहादुर जि।सी। सदस्य रहेको समिति बनाएको छ।
 


लागुऔषधका थुनुवालाई ६ लाख लिएर भगाएका प्रहरी १६ वर्षपछि पक्राउ

लागुऔषधका थुनुवालाई ६ लाख लिएर भगाएका प्रहरी १६ वर्षपछि पक्राउ


काठमाडौं, १२ माघ । लागुऔषध ओसारपसारको आरोपमा पक्राउ परेका एक भारतीयलाई हिरासतबाट भगाएको आरोप लागेका पूर्वप्रहरी १६ वर्षपछि पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर कार्यालयको हिरासत कक्षमा कार्यरत तत्कालिन प्रहरी जवान विरवल राय यादव पक्राउ परेका हुन्।
लागुऔषध नियन्त्रण कानुन कार्यान्वयन ईकाई नयाँबानेश्वरबाट पक्राउ भई लागुऔषध खैरो हेरोइन मुद्दाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी परिसरको हिरासत कक्षमा रहेका प्रतिवादी भारत पूर्विचम्पारन जिल्ला सिरसिया नुनयाडी ग्राम, थाना रक्सौल बस्ने वर्ष अन्दाजी ३९ को असरफ आलम २०६४ जेठ ९ गते राति हिरासतबाट भागेका थिए।

रौतहटको पथरावुधराम–३ घर भएका तत्कालिन प्रहरी जवान यादवले नक्कली चिट बनाई आफैँले फिल्ड अधिकृतको किर्ते दस्तखत समेत गरी इन्सपेक्टर सावले बोलाउनु भएको छ भनि हिरासत कक्षबाट हतकडी समेत लगाई बाहिर निकालेर ति थुनुवालाई भगाएको प्रहरीको आरोप छ।

हालसम्म फरार रहेका प्रहरी जवान विरवल राय यादवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा नेपाल भारत सिमानाको काकडभिट्टाबाट माघ ११ गते पक्राउ गरेको हो।

उनीमाथि आवश्यक कारबाहीका लागि आज प्रहरी परिसर, काठमाडौं पठाइएको छ। उनीमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १०२ अनुसारको कसुरको सजाय हुने प्रहरीले जनाएको छ।

यादवले तत्कालिन समयमा १ करोड रुपैयाँबाट सुरू गरी १० लाखमा डिल गरी रू ६ लाख २५ हजार पाएको प्रहरी अनुसन्धानमा खुलेको छ।

उनले प्रहरी निरीक्षक (फिल्ड अधिकृत) को किर्ते दस्तखत गरी प्रतिवादिलाई हिरासतबाट निकाली कालिमाटी–कलंकी–बुटवल हुँदै भारतको रक्सौल पुर्याएका थिए।

प्राप्त रकमले भारतको कोलकत्तामा दुई वटा ट्याक्सी खरिद गरी चलाउँदै आएकोमा हाल नौ वटा ट्याक्सी रहेका छन्

उनले भारतको आधार कार्ड, भोटर कार्ड र ड्राईभिङ्ग लाइसेन्स समेत बनाएको बुझिएको छ।

यादव हाल भारतको कोलकत्तामा श्रीमतीसहित बसोबास गर्दै आएका थिए।   
 


महाप्रबन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

महाप्रबन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं, १० माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा गरेको छ ।
उद्योगका तत्कालीन महाप्रबन्धक पौडेल, तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहा, तत्कालीन का.मु. उपनिर्देशक पवन कुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरत प्रसाद नेपाल, अधिकृत नवौँ डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय ध्रुब बहादुर देवकोटा र महेश प्रसाद काफ्लेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

उनीहरूले भेरियबल फ्रिक्वेन्सी ड्राइभ (भीएफडी) खरिद गर्दा अनियमितता गरेको आरोप छ । उनीहरूले ‘विना अध्ययन, आवश्यकताको पहिचान र औचित्यसमेत एकिन नगरी लागत अनुमानसमेत नबनाई केही उपयोग नहुने सामग्री खरिद गरेको,’ आरोप छ । साथै सामान खरिद पश्चात गुणस्तर परीक्षण नगराएको, जिम्मेवार पदाधिकारीबाट भुक्तानी नगरी निमित्तबाट भुक्तानी गरी महाप्रबन्धकबाट समर्थनसमेत नगराएको, खरिद गरिएको सामग्रीमध्ये १६० किलोवाटको भीएफडी प्यानल पार्ट-ए उदयपुर सिमेन्ट उद्योगले प्राप्त गरेको पाँच वर्षभन्दा बढी समयसम्म पनि परीक्षण नगरिएको आरोप छ ।

‘उक्त १६० किलोवाटको २२ लाख ७८ हजार ३०५ रुपैयाँ ६० पैसा बराबरको रकम भुक्तानी गरी उद्योगलाई हानि पुर्‍याएको पुष्टि भएको,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
 


शहीद सप्ताह सुरु 

शहीद सप्ताह सुरु 


काठमाडौं, १० माघ । जहानियाँ राणा शासनको विरोधमा लड्दालड्दै शहादत प्राप्त गरेकाहरुको सम्झनामा बुधबारबाट शहीद सप्ताह सुरु भएको छ। शहीदहरुको सम्झनामा काठमाडौं महानगरपालिकाको संयोजनमा प्रत्येक वर्ष माग १० गतेदेखि माघ १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ। शहीद सप्ताहको पहिलो दिन बुधबार शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थान काठमाडौंको टेकुमा उनको सालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेर उनको स्मरण गरिएको छ।

नागरिक स्वतन्त्रताको माग गर्दा १९९७ माघ १० गते टेकुको पचलीस्थित खरिको रुखमा शुक्रराजलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई तथा गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणाशासकले गोली हानेर मृत्युदण्ड दिएका थिए।

शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलले शुक्रराज शास्त्रीले जनअधिकार प्राप्तिका लागि गरेको त्याग र नेपालको साहित्यिक क्षेत्रमा गरेको योगदान सम्झदैँ नेपाल भाषाको व्याकरण लेख्ने पहिलो व्यक्ति पनि शुक्रराज शास्त्री नै रहेको बताए।

देशका लागि जीवन बलिदान गर्ने सहिदहरुप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ। 


ललितपुरमा नापी सर्वेक्षकसहित ३ जना २ लाख ५० हजार घुससहित पक्राउ

ललितपुरमा नापी सर्वेक्षकसहित ३ जना २ लाख ५० हजार घुससहित पक्राउ


काठमाडौं, १० माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अढाई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ । 
आयोगले मंगलबार गरेको स्टिङ अपरेसनमा नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित नापी कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 
उनीहरूले घुस मागिरहेको सूचनाका आधारमा अख्तियारले स्टिङ अपरेसन गरेको थियो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले बताए । 
 


सटर बन्द गरेर न्युरोडका व्यवसायी आन्दोलित

सटर बन्द गरेर न्युरोडका व्यवसायी आन्दोलित


काठमाडौं, ९ माघ । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने निर्णयविरुद्ध व्यापारीहरु आन्दोलित भएका छन् । उनीहरु आज सटर बन्द गरेर वडा कार्यालय पुगेर निर्णय सच्याउन आग्रह गरेका छन् ।
काठमाडौं महानगरपालिकाले आज (मंगलबार)देखि कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने निर्णय गरेको थियो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी (वरिष्ठ उपरीक्षक) राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा पार्किङ निषेध गरिएको छ ।
यसको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङको व्यवस्था मिलाइने महानगरपालिकाले जनाएको छ ।

यसअघि महानगरपालिकाले झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकेको छ । अब अन्य क्षेत्रका सडकमा पनि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको महानगरपालिकाले जनाएको छ ।
 


पञ्जीकरण विभागको सफ्टवेयर र बायोमेट्रिक्स राहदानी विभागमा प्रयोग गरिने 

पञ्जीकरण विभागको सफ्टवेयर र बायोमेट्रिक्स राहदानी विभागमा प्रयोग गरिने 


काठमाडौं, ९ माघ । राहदानी विभागले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रणाली प्रयोग गर्ने भएको छ । उक्त सफ्टवेयर प्रयोगमा ल्याएमा सेवाग्राहीले राहदानी विभागमा छुट्टै बायोमेट्रिक्स दिनु नपर्ने अधिकारीहरूले बताएका छन् ।

सोमबार यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, रक्षामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र परराष्ट्रमन्त्री एनपी साउदबीच छलफल भएको छ ।


बैठकपछि सम्बन्धित विभागहरूलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गर्न निर्देशन दिएको पनि परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र बनाउँदा सेवाग्राहीले फोटो खिचाउने र बायोमेट्रिक्स दिँदै आएका छन् । परराष्ट्र मन्त्रालयले राहदानीका लागि उक्त परिचय पत्र अनिवार्य गरेको छ । अहिले सेवाग्राहीले पञ्जीकरण विभागमा बायोमेट्रिक्स दिए पनि राहदानीका लागि राहदानी विभागमा समेत अनिवार्य बायोमेट्रिक्सका लागि उपस्थित हुनैपर्ने बाध्यता छ ।