21 Baishak, 2081 / 3 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाचार


काठमाडौंबाट नक्कली डाक्टर पक्राउ

काठमाडौंबाट नक्कली डाक्टर पक्राउ


काठमाडौं, ८ माघ । नेपाल प्रहरीले काठमाडौँबाट एक जना नक्कली डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर घर भएका सम्बुद्ध भट्टचार्य रहेका छन् ।
काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका अनुसार भट्टचार्य बसुन्धरास्थित धौलागिरि पोलिक्लिनिकमा कार्यरत थिए । उनले आफू टिचिङ अस्पतालमा पनि काम गर्ने गरेको बताउँदै आएका थिए । प्रहरीका अनुसार उनले विभिन्न संस्थाको नक्कली सर्टिफिकेट बनाएर झुक्यानमा पारी ठगी गर्दै आइरहेका थिए । 
 


कटन क्याण्डीमा स्वास्थ्यमा गम्भीर असर पुऱ्याउने अखाद्य रङ्गको प्रयोग

कटन क्याण्डीमा स्वास्थ्यमा गम्भीर असर पुऱ्याउने अखाद्य रङ्गको प्रयोग


काठमाडौं, ८ माघ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक सूचना जारी गर्दै कटन क्याण्डी उपभोग नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
काठमाडौँका विभिन्न स्थानहरूका सडकपेटी, बजार, मेला लगायतका स्थानहरूमा खुला रूपमा बिक्री वितरण भइरहेको रङ्गिन कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुऱ्याउने अखाद्य रङ्ग रोडामाइन बीको प्रयोग भएको पाइएको हुँदा त्यस्ता क्याण्डी उपभोग नगर्न विभागले सूचना जारी गरेको हो । 

विभागको प्रयोगशाला जाँच विश्लेषणमा रोडामाइन बी भेटिएको हुँदा विभागबाट अनुज्ञा पत्र प्राप्त गरी लेबल लगाएका बाहेक खुल्ला रूपमा बिक्री वितरण गरिएको कटन क्यान्डीको उपभोग नगर्न तथा आफ्ना बालबालिकाहरूलाई समेत नदिन विभागले अनुरोध गरेको छ ।


इच्छाराज तामाङ दोषी ठहर

इच्छाराज तामाङ दोषी ठहर


काठमाडौं , ७ माघ । इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार तामाङलाई दोषी ठहर हुने फैसला गरेको हो। तामाङ र उनको परिवारको नाममा रहेको सम्पत्तिको स्रोत नखुलेको दाबीसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो। तामाङमाथि ३ वर्षभन्दा बढी सजाय हुनसक्ने बताउँदै कसुर निर्धारणका लागि छुट्टै इजलासमा पेश गर्न अदालतले आदेश दिएको छ। 

तामाङ दोषी ठहर भइसकेकाले अब छुट्टै इजलासमा पेश गरेर सजाय निर्धारण हुने भएको छ। उनीविरुद्ध सहकारी ठगी र बैंकिङ कसुर मुद्दामा गत मंगलबारदेखि निरन्तर सुनुवाइ चलिरहेको थियो। 

सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष तामाङ, उनकी श्रीमती बिना श्रेष्ठ, दुई छोरी, सहकारीका तत्कालीन अध्यक्ष केवशलाल श्रेष्ठसहित ६ जना विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो। २०७९ भदौ १६ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा मुद्दा दायर भएको उक्त मुद्दामा फैसला गर्ने प्रयोजनका लागि एक सातादेखि हेर्दाहेर्दैमा थियाे। 

मुख्य अभियुक्त रहेका तामाङविरुद्ध ३ अर्ब ३१ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको दाबी गरिएको छ। यस्तै, तामाङकी श्रीमती सिर्जना शाक्यविरुद्ध १ अर्ब ३ करोड रुपैयाँ, दुई छोरीविरुद्ध झण्डै नौ  करोड, सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठले २६ करोड रुपैयाँ सम्पत्ति गैरकानुनी देखिएको अभियोग दाबी छ। कुल बिगो ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ दाबी गरिएको छ।


पुल्चोकस्थित होटल स्क्वायरका सञ्चालक पक्राउ

पुल्चोकस्थित होटल स्क्वायरका सञ्चालक पक्राउ


काठमाडौं, ७ माघ ।  ललितपुर प्रहरीले पुल्चोक स्क्वायर होटलका संचालकलाई पक्राउ गरेको छ । होटलका सञ्चालकमध्ये ललिता देवकोटा भण्डारीलाई शनिबार पक्राउ गरिएको ललितपुर प्रहरीका एसपी नवराज कार्कीले जानकारी दिए ।

अर्का सञ्चालक रोमी अर्यालको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ । गएको भदौमा जाउलाखेलका सजीलमान शाक्य होटल स्क्वायरमा स्विमिङ गर्दा करेन्ट लागेर बेहोस भएका थिए ।
सोही विषयमा सजीलका परिवारले प्रहरीमा ज्यान मार्ने उद्योगमा उजुरी दिएका थिए । सोही उजुरी पछि होटल सञ्चालक पक्राउ परेका हुन् । हाल सजीलमान कोमामा पुगेका छन् ।
 


स्रोत नखुलेको २ करोड रुपैयाँसहित ३ जना पक्राउ

स्रोत नखुलेको २ करोड रुपैयाँसहित ३ जना पक्राउ


काठमाडौं, ५ माघ ।  स्रोत नखुलेको कम्तिमा २ करोड रुपैयाँसहित ३ जना पक्राउ परेका छन्। राजश्व अनुसन्धान विभागको टोजीले क्षेत्रपाटीबाट अवैध अन्दाजी २ करोड नदगसतिह ३ जनलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका २ सहयोगी छन्। बरामद रकम अझै गनिनसकेको विभागले जनाएको छ। बरामद रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान विभागले गरेको छ। पक्राउ परेका अग्रवाल क्रिप्टोकरेन्सीको कारोबारमा पनि संलग्न रहेको बताइएको छ।
 


निगमको जहाज बिग्रिएसँगै फेरियो कतार र जापानको उडान तालिका (सूचनासहित)

निगमको जहाज बिग्रिएसँगै फेरियो कतार र जापानको उडान तालिका (सूचनासहित)


काठमाडौं, २ माघ । नेपाल वायुसेवा निगमको जहाज बिग्रिएसँगै कतारको दोहा र जापानको नारिताको उडान तालिका परिवर्तन भएको छ। आइतबार राति वाइडबडी जहाजमा समस्या आएसँगै ३ दिनको तालिका परिवर्तन भएको हो। 
निगमका अनुसार जापानको नारितमा यसअघि १६ जनवरी राति ११ः२५ मा रहेको उडान अब १७ जनवरी ०८ः०५ मा हुने गरी समयतालिका फेरिएको छ। 
त्यस्तै जनवरी १७ मा हुने नारिता-काठमाडौं ११ बजेको उडान बेलुका ०७ः१० बजे उडान हुने भएको छ।  उता १६ जनवरी राति ११ बजे रहेको  काठमाडौं-दोहा उडान १८ जनवरी राति १ः५० मा हुनेछ। दोहा-काठमाडौंको १७ जनवरी ०३ः२५ मा रहेको उडान तालिका १८ जनवरी बिहान ६ बजे हुने भएको हो।


सर्वोच्च अदालत परिसरबाट न्यायाधीश पत्नी आरती पक्राउ

सर्वोच्च अदालत परिसरबाट न्यायाधीश पत्नी आरती पक्राउ


काठमाडौं, २ माघ । प्रहरीले सर्वोच्च अदालत परिसरबाट न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावललाई पक्राउ गरेको छ । सार्वेच्च अदालतभित्र प्रवेश गर्दागर्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ । गएको शुक्रबार गिरीले सर्वोच्च परिसरमै आत्मदाहको प्रयास गरेकी थिइन् । त्यति बेला पनि प्रहरीले उनलाई नियन्त्रणमा लिएर छाडेको थियो । शुक्रबार रावले काठमाडौंमा पत्रकार सम्मेलनसमेत गरेकी थिइन् । रावलले गिरीमाथि यौनशोषणको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् । उनीहरूबीचको मुद्दा अदालती प्रक्रियामा छ ।  
 


अनलाइनमार्फत ब्ल्याकमेलिङ गरेर यौन शोषण गर्ने भारतीय नागरिक पक्राउ

अनलाइनमार्फत ब्ल्याकमेलिङ गरेर यौन शोषण गर्ने भारतीय नागरिक पक्राउ


काठमाडौं, २७ पुस । विद्युतीय माध्यमबाट ब्ल्याकमेलिङ गरेर यौन शोषण गरेको आरोपमा भारतीय नागरिकलाई उपत्यका प्रहरी कार्यालयले पक्राउ गरेको छ । जोगबनी घर भएका रवि कुमारलाई विराटनगरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ । 

काठमाडौँमा बलात्कार गरेर भारत गएका रवि कुमारले अश्लील भिडियो बनाएर पीडितहरुलाई विराटनगरमा बोलाएर समेत यौन शोषण गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उपत्यका प्रहरी कार्यालबाट डिएसपीको नेतृत्वमा खटिएको टोलीले रवि कुमारलाई काठमाडौँ ल्याउँदै छन् ।
रवि कुमारले अहिलेसम्म ३ जनालाई बलात्कार गरेको उजुरी जिल्ला प्रहरी परिसर काठमाडौँ र कालिमाटीस्थित महिला बालबालिका सेवा केन्द्रमा दर्ता भएको छ । 


सन्दीप लामिछानेलाई ८ वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपूर्ति 

सन्दीप लामिछानेलाई ८ वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपूर्ति 


काठमाडौं, २५ पुस ।  जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा मुद्दा चलाइएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद र पीडितलाई पाँच लाख क्षतिपूर्ति भराउने सजाय निर्धारण गरेको छ। 

जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार उक्त फैसला सुनाएको हो। आदेशको पूर्ण पाठ आउन बाँकी छ।  

अदालतले लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर गरेको छ। 

जिल्ला अदालतको फैसला चित्तबुझ्दो नभएको भन्दै लामिछानेले थप कानुनी उपचारका लागि उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन्। सन्दीपका कानुनव्यवसायी सरोज कृष्ण घिमिरेले जिल्लाको फैसला चित्त नबुझेको प्रतिक्रिया दिए ।


तपस्वी बम्जनलाई हत्कडीसहित सार्वजनिक

तपस्वी बम्जनलाई हत्कडीसहित सार्वजनिक


काठमाडौं, २५ पुस । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तपस्वी रामबहादुर बम्जनलाई सार्वजनिक गरेको छ । बुधबार ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बम्जनलाई सार्वजनिक गरेको हो । 

पटक-पटकको प्रयासमा पनि बम्जनलाई सीआईबीले पक्राउ गर्न असफल हुँदै आएको थियो। तर यस पटक उनी काठमाडौंको हात्तीगौंडास्थित घरबाटै समातिएका हुन्। बम्जनमाथि सर्लाही जिल्ला अदालतले २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो । उनीमाथि बाल यौन दूराचारको आरोप रहेको छ । उनलाई छिट्टै सर्लाही जिल्ला अदालतमा पेश गर्ने तयारी छ ।

प्रहरीले बम्जनसँगै उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५०० रुपैयाँ र विभिन्न १७ देशका मुद्रा गरी ३० लाख ९२ हजार ४०६ रुपैयाँ बरामद गरेको छ । बम्जनले प्रदेश ३–०१ ०२४ च ६७२९ नम्बरको टोयटा फर्च्युन गाडी चढ्ने गरेको सीआईबीले जनाएको छ । उनले हालै सेतो रङको ल्याण्डक्रुजर गाडी पनि खरिद गरेका थिए ।