20 Baishak, 2081 / 2 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राजनीति


बाबुराम र उपेन्द्रको समाजवादी पार्टी पदाधिकारी को–को ?, पार्टीको एजेण्डामा ११ प्रदेश

बाबुराम र उपेन्द्रको समाजवादी पार्टी पदाधिकारी को–को ?, पार्टीको एजेण्डामा ११ प्रदेश


काठमाडौं, बैशाख २३ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल मिलेर केहि समयअघि बनेको समाजवादी नेपाल पार्टीको पदाधिकारीहरूको टुंगो लागेको छ । आज राजधानीको कमलादीमा भएको एकता घोषणासभामा बोल्दै उक्त पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पदाधिकारीको नाम घोषणा गरेका हुन् ।

केहि समयअघि दुई पार्टीबीच एकतासम्बन्धी समझदारीपत्र आदानप्रदान गर्दै एकता भएको घोषणा गरिएको थियो । एकतासम्बन्धी समझदारीपत्रमा नयाँ शक्तिको तर्फबाट संयोजक भट्टराई र फोरमको तर्फबाट अध्यक्ष यादवले हस्ताक्षर गरे । समाजवादी पार्टीमा दुई अध्यक्ष रहेका छन् । भट्टराई संघीय परिषद्का अध्यक्ष बनेका छन् भने यादव केन्द्रीय समिति अध्यक्ष बनेका छन् ।

अन्य पदाधिकारीहरुमा बरिष्ठ नेता–अशोककुमार राई, सहअध्यक्ष–राजेन्द्र श्रेष्ठ, उपाध्यक्षहरूः नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, लालबाबु राउत(प्रदेश २ का मुख्यमन्त्री), हिसिला यमी, हेमराज राई, महासचिवहरूः गंगानारायण श्रेष्ठ, रणध्वज कंदम्बा, रामसायप्रसाद यादव, उपमहासचिवहरुःडम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी, सचिवहरूः मोहम्मद इस्तियाक राई(मन्त्री), दुर्गा सोब, परशुराम बस्नेत, प्रशान्त सिंह, कोषाध्यक्ष–विजयकुमार यादव रहेका छन् । 

त्यसैगरी, समाजवादी पार्टीले ११ प्रदेशको माग अघि सारेको छ । दुई पार्टीबीच भएको ९बुँदे सहमतिको ५ नम्बर बुँदामा संविधान संशोधन गरी ११ प्रदेशको रचना गरिनुपर्ने माग गरिएको छ । सहमतिपत्रको बुँदा नम्बर ५ मा भनिएको छ, ‘हामी नेपाललाई साँचो अर्थमा संघीय राज्य बनाउन प्रतिवद्ध छौं । यसका निम्ति संविधानसभाद्वारा गठित उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा संविधान संशोधन गरी ११ प्रदेशहरुको रचना गरिनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।’

सहमतिपत्रमा नेपालका सबै अल्पसंख्यक, सीमान्तकृत तथा राष्ट्रिय समुदायहरु मधेसी, आदीवासी जनजाती, शिल्पि, खस, मुस्लिम, थारुलगायतको सवालहरु सम्बोधन गरिनुपर्नेमा पनि जोड दिइएको छ । यस्तै विद्यमान पिछडिएको उत्पाद सम्बन्धको अन्त्य गरी आर्थिक विकास र समृद्धिको ठोस कार्ययोजना लागू गरिने पनि सहमतिपत्रमा उल्लेख गरिएको छ । 


फोरम र नयाँ शक्तिबीच एकता, नयाँ पार्टी ‘समाजवादी पार्टी नेपाल’ घोषणा

फोरम र नयाँ शक्तिबीच एकता, नयाँ पार्टी ‘समाजवादी पार्टी नेपाल’ घोषणा


काठमाडौं, बैशाख २३ । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरण भई ‘समाजवादी पार्टी नेपाल’ घोषणा भएको छ । फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई दुबै अध्यक्ष हुने व्यवस्थासहितको पार्टी एकीकरण गर्नेसम्बन्धमा यसै साता भएको सहमतिअनुसार आज एक सभामार्फत पार्टी एकीकरण भएको घोषणा गरिएको हो ।

पूर्वप्रधानमन्त्री समेत रहेका डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी र वर्तमान सरकारमा रहेको दल संघीय समाजवादी पार्टीका बिचमा पार्टी एकीकरण भएको छ । क्षेत्रीय राजनीति गरिरहेको दल समाजवादी फोरम र सत्ताबाहिर रहेको दल नयाँ शक्तिको एकता प्रक्रिया नेकपाकै मोडलमा भएको छ । 

१० वर्षे सशस्त्र युद्धमा नेतृत्वदायी भूमिका खेलेका डा.बाबुराम भट्टराईले संविधानसभाबाट संविधान जारी भएपछि तत्कालीन एकीकृत माओवादी पार्टी परित्याग गरेका थिए । माओवादी पार्टी छाडेर नयाँ शक्ति पार्टी नेपाल नामक पार्टी निर्वाचन आयोगमा दर्ता गराएका भट्टराईले गत चुनावमा अपेक्षित परिणाम हासिल गर्न सकेनन् । गत चुनावमा कांग्रेससँग तालमेल गरी संघीय संसदमा गोरखाबाट आफू (एकजना) मात्रै निर्वाचित भएका भट्टराई नेतृत्वको नयाँ शक्तिले ३ नम्बर प्रदेशको रसुवाबाट प्रदेशसभा एक ठाउँमा चुनाव जितेको थियो । नयाँ शक्तिको रसुवा जिल्ला कमिटि नै कांग्रेस प्रवेश गर्ने तयारी भए पनि कानूनी जटिलता सिर्जना भएपछि कांग्रेसमा आउन सकेको छैन । 

मधेस केन्द्रित राजनीतिमा सक्रिय संघीय समाजवादी फोरमसँगको एकतापछि बन्ने पार्टी प्रतिनिधिसभाको चौथो ठूलो दल बन्ने छ । सरकारमा रहेको दल फोरम र प्रतिपक्षमा रहेको दल नयाँ शक्तिका बिचमा एकीकरण भएपछि अब नयाँ पार्टी सरकारमै रहन्छ वा सरकारबाट बाहिरिन्छ भन्ने बहस समेत शुरु भइसकेको छ । नेकपा एकीकरणकै मोडेलमा पार्टीमा २ अध्यक्ष रहने व्यवस्थामा सहमति गरेका बाबुराम भट्टराई र उपेन्द्र यादवमध्ये भट्टराईले संघीय परिषद्को अध्यक्षता गर्ने छन् भने यादवले केन्द्रीय समितिको । फोरमका १६ र नयाँ शक्तिका नौ गरी २५ सदस्यीय पदाधिकारी हुने छन् । संघीय परिषद् करिब एक हजार जनाको र केन्द्रीय समिति करिब तीन सय ५० जनाको हुने छ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभामा फोरमका १६ र नयाँ शक्तिका एक सांसद छन् । राष्ट्रियसभामा फोरमका दुई सांसद छन् । फोरमको नेतृत्वमा प्रदेश २ मा प्रदेश सरकार छ । 

त्यसैगरी, दुबै पार्टी एकीकरण भएर बन्ने समाजवादी पार्टी, नेपालले फोरमकै झण्डा प्रयोग गर्ने भएको छ । फोरमले रातो र हरियो पृष्ठभूमिमा सेतो तारा अंकित झण्डा प्रयोग गर्दै आएको छ । चुनाव चिह्नको विषयमा भने अझै निर्णय हुन बाँकी रहेको जनाइएको छ । यसअघिको निर्वाचनमा फोरमको मसाल र नयाँ शक्तिको देब्रे आँखा चुनाव चिह्न थियो । 
 


गणतान्त्रिक संघीय व्यवस्थालाई अहिलेको सरकारले कमजोर बनाएको छ : नेता थापा

गणतान्त्रिक संघीय व्यवस्थालाई अहिलेको सरकारले कमजोर बनाएको छ : नेता थापा


♦ रामनारायण यादव

राजविराज, बैशाख २२ । नेपाली कांग्रेसका केन्दिय सदस्य एवं पूर्व स्वस्थ्यमन्त्री गंगन थापाले गणतान्त्रिक संघीय व्यवस्थालाई मजबुद बनाउनु पर्ने ठाउँमा अहिलेको दुई तिकाईको कम्युनिष्ट सरकारले कमजोर बनाउने काम गरिरहेको आरोप लगाएका छन् । कांग्रेस क्षेत्रीय कार्य समिति सप्तरी क्षेत्र नं.१ द्वारा आज अन्नपूर्ण बहुमुखी क्याम्पस कंचनपुर बेरियरमा शुभकामना आदान प्रदान, क्षेत्रीय सम्मेलन तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले भने ‘मधेशवादी दलले मधेशको नाममा मधेशीजनतालाई ठग्ने काम मात्र गरेका आरोप लगाउँदै संघीयता, गणतन्त्रको रक्षा गर्दै जनतालाई आर्थिक, सांस्कृतिक, राजनैतिक अधिकार दिलाउन नेपाली कांग्रेसले जनजागरण अभियान चालनउन लागेको बताए । नेपाल टे«ड यूनियन कांग्रेसका केन्द्रिय सल्लाहकार रिता खनालले जनताको हितमा अहिलेको कम्युनिष्ट सरकारले काम गर्न नसक्ने दाबी गर्दै कांग्रेस बिना देशमा समृद्धि आउन नसक्ने बताइन् ।

पूर्व मन्त्री हेमराज तातेडले केहि भ्रमहरु हाम्रा बीचमा रहेकोले भ्रम नहटेसम्म कांग्रेसको मृक्ति नहुने बताउँदै नयाँ पुस्ताको भावनालाई कदर गर्दै मूलभूत रुपमा समाजका बारेमा पार्टीको ठोस नीति आउन आवशयक रहेको बताए  ।

कांग्रेसका जिल्ला सभापति दिनेशकुमार यादवले अहिलेसम्म राष्ट्रमा भएका परिवर्तनहरु कांग्रेसको अगुवाई भएको हुँदा राष्ट्रको समृद्धि पनि कांग्रेसबीना पूर्ण नहुने बताए ।

सोही कार्यक्रममा संघीय समाजवादी फोरम नेपाल, राजपा नेपाल, राप्रपा नेपाल पार्टी परित्याग गरी चार सय जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।


अब दुई दिनभित्र पार्टी एकीकरणको काम सकिने प्रचण्डको दाबी

अब दुई दिनभित्र पार्टी एकीकरणको काम सकिने प्रचण्डको दाबी


काठमाडौं, बैशाख २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले दुई दिनभित्र पार्टी एकीकरणका बाँकी सकिने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘कार्ल माक्र्सः दुई सय एक जन्म स्मृति’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले जिल्ला कमिटीहरुको एकीकरणको काम सकिएको दाबी गर्दै जनसंगठनहरुको एकीकरण र नेताहरुको जिम्मेवारी बाँडफाँडको काम पनि दुई दिनभित्र सम्पन्न गर्ने दबी गरेका हुन् । 

अध्यक्ष प्रचण्डले पार्टी एकीकरणका बाँकी कामका लागि सोमबार केन्द्रीय सचिवालय बैठक बोलाइएको पनि जानकारी दिए । उनले पार्टी एकीकरणको बाँकी काम पूरा हुनेबित्तिकै करिब आठ महिना पार्टीका जिल्ला अधिवेशनहरु सम्पन्न गर्ने योजना पनि अघि सारे ।

पार्टीका जिल्ला अधिवेशनहरुमा पार्टी निर्माणका लागि ‘ग्रेट डिबेट’ संचालन गर्ने भन्दै अध्यक्ष प्रचण्डले पार्टी निर्माणका लागि ‘ग्रेट डिबेट’मा सहभागी हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वानसमेत गरे । उनले पार्टी समाजवादी कित्तामा उभिएकाले त्यसैलाई वैचारिक आधार मानेर पार्टी निर्माणको बहसलाई व्यापक बनाउने प्रतिवद्धता व्यक्त गरे ।
 


कांग्रेसले संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै

कांग्रेसले संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै


काठमाडौं, बैशाख २२ । नेपाली कांग्रेसले प्रतिनिधि र राष्ट्रियसभामा रहेका पार्टीका सांसदका लागि संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बसेको बैठकले केन्द्रदेखि प्रदेशसम्मका सांसदलाई संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । 

पार्टीका उपसभापति एवं प्रतिष्ठानका संयोजक बिमलेन्द्र निधिको संयोजकत्वमा बसेको बैठकले बैशाख २५ देखि सञ्चालन गर्न लागेको हिमाल, पहाड, तराई–मधेश जागरण अभियानलाई पूर्ण रुपमा सफल पार्न सहयोग गर्ने निर्णय गरेको छ । पार्टीका महाधिवेशन प्रतिनिधिले प्रदेशस्तरीय प्रशिक्षण गर्ने, कांग्रेसका तर्फबाट स्थानीय तहमा विजयी उम्मेदवार, पार्टीका शुभेच्छुक तथा भ्रातृ संस्था र जनसम्पर्क समितिका सदस्यलाई प्रशिक्षण गर्ने भएको छ । 

त्यसैगरी, संघ, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडास्तरमा लोकतन्त्रका लागि कांग्रेस भेला आयोजना गर्ने र समसामयिक राष्ट्रिय विषयमा विचार गोष्ठी गर्ने निर्णय समेत गरेको छ । कांग्रेसले नयाँ पुस्तामा राष्ट्रियता, लोकतन्त्र, समाजवाद, नेपाली कांग्रेसको इतिहास, लोकतान्त्रिक आन्दोलनलगायत विषयमा १८ वर्ष उमेरका युवालाई विशेष कार्यक्रम तर्जुमा गर्ने, कांग्रेसका क्रियाशील सदस्य नवीकरण गर्नु पूर्व प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।
 


फोरम–नयाँ शक्ति एकीकरण गर्ने सहमति, औपचारीक घोषणा सोमबार

फोरम–नयाँ शक्ति एकीकरण गर्ने सहमति, औपचारीक घोषणा सोमबार


काठमाडौं, बैशाख २२ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण गर्ने सहमति भएको छ । फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति संयोजक बाबुराम भट्टराईले शनिबार पार्टी एकीकरणको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

एकीकरणको औपचारिक घोषणा भने सोमबार गरिने भएको छ । एकतापछि पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राख्ने सहमति भएको छ । नयाँ शक्ति संयोजक भट्टराईले यादवलाई पार्टीको कार्यकारी अध्यक्ष स्वीकार गर्ने भएका छन् ।

पार्टीमा शक्तिशाली संघीय परिषद् बनाउने र त्यसको अध्यक्षमा भट्टराई रहने भएका छन् । यो परिषद्मा एक हजार सदस्य रहनेछन् । स्रोतका अनुसार परिषद्लाई केन्द्रीय कार्यसमितिका निर्णय उल्ट्याउने अधिकार हुने छ । केन्द्रीय कार्यसमितिको आकार करिब तीन सय हाराहारी हुनेछ । फोर मका करिब दुई सय सदस्य र नयाँ शक्तिका ९९ सदस्य एकीकृत पार्टीमा पनि सदस्य रहनेछन् ।

केन्द्रीय पदाधिकारीको संख्या २५ रहनेछ । फोरमका १६ र नयाँ शक्ति नेपालका ९ पदाधिकारी एकीकृत पार्टीमा पदाधिकारीकै हैसियतमा रहने छन् । २०७२ असोज २ मा संविधान जारी भएलगत्तै तत्कालीन माओवादी केन्द्रबाट अलग्गिएर भट्टराईले नयाँ शक्ति पार्टी स्थापना गरेका थिए । उनी तत्कालीन माओवादी केन्द्रमा पुष्पकमल दाहालपछिको वरीयतामा रहेको खबर आजको कान्तिपुर दैनिकमा छ । फोरम सँग एकीकरणपछि पनि उनी दोस्रो वरीयतामै रहने छन् । दुई दल एकीकरणपछि प्रतिनिधिसभाको सांसद संख्या १७ पुग्ने छ ।

जसमा फोरमको मात्रै १६ जना सांसद छन् भने नयाँ शक्तिको एक जना छन् । ठूलो सांसद संख्याको हैसियतले संसदीय दलको नेतामा समेत फोरमका अध्यक्ष यादव रहने सहमति बनेको छ । नयाँ दलप्रति आमनागरिकको विश्वास नदेखिएको रनिर्वाचनमा ‘थ्रेसहोल्ड’ राखिएपछि भट्टराई दल मर्जर गर्ने बाध्यात्मक परिस्थितिमा पुगेका हुन् ।

नयाँ शक्तिले राष्ट्रिय दलको मान्यता प्राप्त गर्न सकेको छैन । भट्टराई र यादवबीच एकीकरणका लागि लामो समयदेखि छलफल हुँदै आएको थियो । वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि राष्ट्रिय जनता पार्टी (राजपा) र जनमुक्ति पार्टीसँग समेत एकैसाथ एकीकरणको पहल गरिएको थियो । र ाजपाले एकताका लागि फोरम सरकारबाट बाहिरिनुपर्ने ‘सर्त’ अघि सारेपछि तत्काल एकीकरण हुन नसकेको फोरमसम्बद्ध एक नेताले बताए ।


भाडियो फोरम र नयाँ शक्तिबीचको एकीकरण

भाडियो फोरम र नयाँ शक्तिबीचको एकीकरण


काठमाडौं, बैशाख १९ । आगामी बैशाख २३ गते उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालबीच हुने भनिएको पार्टी एकीकरण भाडिएको छ । पार्टी एकता घोषणाको अन्तिम तयारी रहको बेला आज नयाँ शक्ति पार्टी कार्यालयमा फोरम नेपाल, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी र नयाँ शक्ति बीच भएको छलफलपछि तत्कालका लागि एकता टरेको हो ।

पार्टी एकताका लागि दुई पार्टी सहमति नजिक पुगे पनि सबै विषय सल्ट्याउनलाई अझै केही समय लाग्ने बताइएको छ । त्यसैगरी, अब फोरम नेपालसँग मात्र एकता नभएर राजपा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, नयाँ शक्ति लगायतबीचमा राजनैतिक मोर्चाबन्दी र राजनीतिक गबन्धन बनाएर एकीकरणका लागि छलफल अगाडि बढाउने सहमति भएको नयाँ शक्ति पार्टीका अध्यक्ष डा.बाबुराम भटराईले जानकारी गराएका छन् । बैठकमा वैकल्पिक शक्ति निर्माण गर्नका लागि राजपा, फोरम, राष्ट्रिय जनमुक्ति पार्टी लगायत आदिवासी जनजाति, थरुहटहरुसँग पनि छलफल अगाडि बढाउने सहमति भएको छ जसको नेतृत्व अध्यक्ष भट्टराईले गर्ने बताइएको छ । 

उता उक्त छलफल चलिरहदा अध्यक्ष उपेन्द्र यादव भने बीचैमा उठेर बैठकबाट बाहिरिएका थिए । 
 


संघीय समाजवादी फोरमको प्रदेश–१ को अध्यक्षमा चाम्लिङ निर्वाचित

संघीय समाजवादी फोरमको प्रदेश–१ को अध्यक्षमा चाम्लिङ निर्वाचित


मोरङ, बैशाख १९ । आइतबारदेखि सुरु भएको संघीय समाजवादी फोरम नेपालको प्रदेश अधिवेशनको अन्तिम मत परिणाम आज सार्वजनिक गरिएको छ । मत परिणामका अनुसार फोरमको प्रदेश–१ को अध्यक्षमा प्रविण चाम्लिङ निर्वाचित भएका हुन् । 

अध्यक्षमा चाम्लिङले दुई सय छ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी भूमिराज राईले एक सय ९३ मत पाएका थिए । प्रदेश–१ मा रहेको कूल चार सय ६० प्रतिनिधि मध्ये चार सय सात मत मात्रै खसेको थियो । अध्यक्ष पदका लागि तीन जना चुनावी मैदानमा थिए । तर अन्त्यमा तदर्थ समितिका अध्यक्ष भूपेन्द्र नेम्वाङले भूराज राईलाई समर्थन गरेका थिए । 

नेम्वाङ गत असोजमा विराटनगरमै सम्पन्न पहिलो भेलाबाट तदर्थ समितिको अध्यक्ष पदमा निर्वाचित भएका थिए । त्यतिबेला नेम्बाङले प्रविन चाम्लिङ पराजित गरेका थिए । प्रदेश समितिमा ५१ सदस्य निर्वाचित भए पनि पदाधिकारीको चयन निर्वाचित सदस्यहरुको बैठकले गर्ने जनाइएको छ । 


बिमलेन्द्र निधिले कांग्रेसको प्रतिष्ठान सदस्यहरुलाई खुवाए सपथ

बिमलेन्द्र निधिले कांग्रेसको प्रतिष्ठान सदस्यहरुलाई खुवाए सपथ


काठमाडौं, बैशाख १९ । आज पार्टी कार्यालय सानेपामा नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यहरुले सपथ लिएका छन् । पार्टी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख बिमलेन्द्र निधिले डा.आरजु देउवा (डडेल्धुरा), धु्रव वाग्ले (तनहुँ), डिकबहादुर लिम्बू (मोरङ), मनोहरनारायण श्रेष्ठ (धनकुटा), तुलसीनारायण श्रेष्ठ (लम्जुङ), सुभाष पोखरेल (खोटाङ), रञ्जित कर्ण (सप्तरी), मोख्तार अहमद (सिरहा), मधु शाही (बारा), डा.सूर्य ढुंगेल (महोत्तरी), डा.जगदीश चन्द्र पोखरेल (तनहुँ), डा.गोविन्दराज पोखरेल (प्यूठान), खिलानाथ दाहाल (ओखलढुंगा), तारानाथ दाहाल (सिन्धुपाल्चोक), केशव निरौला (मोरङ), छन्दबहादुर पहराई (गुल्मी), गेजा शर्मा वाग्ले (काठमाडौं), प्रा.अमुदा श्रेष्ठ (काठमाडौँ), प्रसिस महरा (डोटी), किशोरदत्त बराल (कास्की), कमला लामिछाने (गोरखा), भगिरथ पोद्धार (झापा), राजकुमार नकर्मी (काठमाडौँ), प्रमोदहरि गुरागाँई (काठमाडौं), नानुमैयाँ बाँस्तोला (काठमाडौँ), भद्रा भण्डारी पराजुली (काठमाडौँ), राजु नेपाल (भक्तपुर), रामजी कंग्रेन (धनकुटा), लालबहादुर पुन (बाग्लुङ), शम्भु जोशी (दार्चुला), सरस्वती गुरुङ (कास्की), देविका नेपाली (दाङ), डोल्मा तामाङ (सोलुखुम्बु), कान्ता रिजाल (पाँचथर), मदन कट्टेल (रूपन्देही), सुष्मा तिवारी (पर्सा), बीरेन्द्र साह (सुनसरी), दीपक अधिकारी (सर्लाही)लाई सपथ ग्रहण गराएका हुन् । 

गत चैत २९ गते उपसभापति निधिले सभापति देउवा पत्नीआरजु राणसहित ३८ जनालाई नियुक्त गरेका थिए । उक्त प्रतिष्ठानमा आज १० जना थप गरिएको छ । उनीहरुलाई पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा नियुक्त गरिएको थियो । १० जनाको नामवली भने सार्वजनिक गरिएको छैन ।

सपथ ग्रहण कार्याक्रममा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललगायतका नेताहरु उपस्थित थिए ।
 


बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टी एकता यहि २३ गते हुँदै

बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टी एकता यहि २३ गते हुँदै


काठमाडौं, बैशाख १९ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिको पार्टी एकता गर्ने आन्तरिक तयारी अन्तिम चरणमा पुगेको छ । स्रोतका अनुसार दुई दलको वार्ता समितिस्तरमा छलफल टुंगिएकोले आगामी २३ गते पार्टी एकता हुने निश्चित भएको हो ।

पार्टी एकतापछि दुबै पार्टीका अध्यक्ष एकीकृत पार्टीको अध्यक्ष हुनेछन् । संघीय परिषद्को अध्यक्षता डा.बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षता उपेन्द्र यादवले गर्ने सहमति जुटेको छ । पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट नौ जना रहने छन् । एकतापछि पार्टीको नाम समाजवादी पार्टी प्रस्ताव गरिएको छ, जसमा अगाडि नेपाल थप्ने विकल्प पनि दिइएको जनाइएको छ ।