20 Baishak, 2081 / 2 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राजनीति


बजेटप्रति असन्तुष्ट पोखरा महानगरको मूलद्वारमा कांग्रेसले लगायो ताला 

बजेटप्रति असन्तुष्ट पोखरा महानगरको मूलद्वारमा कांग्रेसले लगायो ताला 


कास्की, असार १२ । महानगरले पाँचौं नगरसभामा प्रस्तुत गरेको वार्षिक बजेट विवरणप्रति असन्तुष्ट कांग्रेसनिकट जनप्रतिनिधिले पोखरा महानगरपालिकाको गेटमा ताला लगाएका छन् । बिहिबार उक्त बजेट विवरण (रेडबुक) र मेयर मानबहादुर जीसीको अभिव्यक्ति सच्याउनु पर्ने माग राख्दै उनीहरुले महानगरको मूलद्वारमा ताला लगाएका हुन् ।

नगरसभाको चौथो दिन बुधबार महानगरले रेडबुक प्रस्तुत गरेको थियो । उक्त रेडबुकमाथि छलफल नै नभई पारित गरिएको र त्यसबारे कुरा राख्दा मेयर जीसीले धम्कीपूर्ण अभिव्यक्ति दिएको पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेको आरोप छ । रेडबुक आइसकेपछि त्यसबारे छलफल हुनुपर्नेमा छलफलको समय र बजेटबारे बोल्ने मौका पनि नदिइएको लामिछानेले आरोप लगाए । 

बुधबारको नगरसभा बैठकमा कांग्रेसनिकट वडाध्यक्षले बजेट विनियोजन असमान भएको भन्दै रेडबुक च्यातेका थिए । पोखरा ४ शंकर बास्तोलाले मेयरले रेडबुकबारे छलफलका लागि कुरा राख्न समय नदिएको भन्दै कुर्ची र सोफा फालेका थिए । नगरसभामा राखिएको एअर कुलरसमेत लडाएका थिए । बजेट र अभव्यिक्ति नसच्याएसम्म आन्दोलन गर्ने र अटेर गरे आन्दोलन थप सशक्त बनाउने बताइएको छ । बजेट वडास्तरीय आए पनि नगरस्तरीय नआएको उनीहरुको आरोप छ ।

पोखरा महानगरले मंगलबार ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको छ । बजेटको ३६ प्रतिशत भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको छ । उक्त बजेटमाथि बुधबार छलफलपछि विनियोजन विधेयक पारित भएको छ ।
 


सरकारको कामको समीक्षा गर्नुपर्छ : नेता रावल

सरकारको कामको समीक्षा गर्नुपर्छ : नेता रावल


अत्तरिया, असार १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश इन्चार्ज भीमबहादुर रावलले सरकारले आफ्ना काम कारवाहीको समीक्षा गरी अघि बढ्नुपर्ने बताएका छन् । 

नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीले सरकारका मन्त्रालयको काम कारवाहीको समीक्षा गर्नुपर्ने धारणा राखेका हुन् ।

उनले पार्टीको सम्बन्धित निकायमा मन्त्रालयगत रूपमा सरकारका समग्र कामको मूल्याङ्कन र समीक्षा गरिएमा सरकारका मन्त्रिमण्डल फेरबदल गर्ने÷नगर्ने बारेमा भन्न सकिने बताए ।

सरकार फेरबदलका विषयमा आफूलाई कुनै जानकारी नभएको भन्दै उनले आवश्यकताका आधारमा पार्टीले त्यस विषयमा गहन छलफल गर्ने उल्लेख गरे ।
उनले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्ला कमिटीले पूर्णता पाइसकेको जानकारी गराउँदै नौ वटै जिल्ला कमिटीका पदाधिकारीको शपथग्रहण कार्यक्रमसमेत सम्पन्न भइइसकेकाले अब पार्टीका भातृ सङ्गठनको एकीकरण कार्यलाई तीव्रता दिइने बताए । 
 


बामदेव नेतृत्वको जनवर्गीय संगठनले देशव्यापी वृक्षारोपण गर्दै

बामदेव नेतृत्वको जनवर्गीय संगठनले देशव्यापी वृक्षारोपण गर्दै


काठमाडौं, असार ११ । नेपाल कम्युनिस्ट पार्टीका २२ जनवर्गीय संगठनले देशव्यापी वृक्षारोपण गर्ने भएका छन् । सचिवालय सदस्य तथा अखिल नेपाल किसान महासंघका संयोजक बामदेव गौतमको संयोजनमा बुधबार गठित पार्टीका २२ जनवर्गीय संगठनको संयुक्त भेलाले यहि असार १४ गतेदेखि देशव्यापी वृक्षारोपण गर्ने भएको हो । 

नेपाल सरकारले घोषणा गरेको वृक्षरोपण वर्षलाई सफल पार्नका निम्ति उक्त भेलाले वृक्षारोपण कार्यक्रममा भाग लिने लागेको हो । सो कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको विशेष उपस्थिति थियो । 

‘नेपाल सरकारले यस आर्थिक वर्ष २०७६/०७७ लाई वृक्षारोपण वर्षका रुपमा मनाउने निर्णय गर्नुका साथै असार १४ गते राष्ट्रव्यापी वृक्षारोपण कार्यक्रम सम्पन्न गरी वार्षिक वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्ने निर्णय गरेको छ । उक्त दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध जनवर्गीय संगठनहरूद्वारा सरकारको यस निर्णयलाई हार्दिक समर्थन गर्दै वर्षभरि अत्यन्तै उत्साहका साथ कार्यक्रममा भाग लिने प्रतिवद्धता व्यक्त गरिएको छ,’ भेलापछि जारी विज्ञप्तिमा भनिएको छ । 

भेलापछि संयोजक गौतम र मन्त्री बस्नेतको हस्ताक्षरमा सार्वजनिक प्रतिवद्धता पत्रमा ७७ वटै जिल्लामा वर्षभर नै वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने र रोपिएका विरुवाको हेरचाह र संरक्षण गर्ने उल्लेख छ । 


चाँडै मन्त्रिमण्डल पुनर्गठन हुन्छ : सांसद् पौडेल

चाँडै मन्त्रिमण्डल पुनर्गठन हुन्छ : सांसद् पौडेल


काठमाडौं, असार ११ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं सांसद देवेन्द्र पौडेलले अब चाँडै मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन् । मंगलबार आयोजित साक्षात्कारमा बोल्दै नेता पौडेलले मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भैरहेकोले बजेट कार्यान्वयनसँगै मन्त्रीहरु अदलीबदली हुनसक्ने बताएका हुन् । 

नेता पौडेलले पार्टी एकता गर्दा नै दुवै अध्यक्षले आलोपालो बैठकको अध्यक्षता गर्ने र सरकार पनि आलोपालो चलाउनेबारे सहमति भएको सुनाउँदै सोही सहमतिअनुसार अघि बढ्नुपर्नेमा जोड दिए । 

नेता पौडेलले सरकारको कामलाई प्रभावकारिता बनाउनको लागि पनि मन्त्रिमण्डल फेरबदल गर्न सकिने तर, सरकार भने नेकपाकै नेतृत्वमा बन्ने स्पष्ट पारे । उनले वर्तमान सरकार पाँच वर्षसम्मको लागि निर्वाचित भएकोले तत्काल स्थानीय, प्रदेश र संघमा सरकार फेरबदल हुने अवस्था नरहेको पनि जिकिर गरे । यद्धपी संघीय सरकार भने पार्टीको निर्णयका आधारमा फेरबदल गर्न सकिने उनले बताए । 

त्यसैगरी, नेता पौडेलले गुठी विद्येयकलगायतका अन्य कुनैपनि विद्येयक खारेज नभएको सुनाउँदै तत्कालको लागि स्थगन गरिएको बताए । उनले संघीय संसदबाट बजेट पारित भएको सुनाउँदै आजबाट देशैभरिका सात सय ५३ वा गाउँपालिकाहरुले बजेट बनाउने पनि सुनाए । सरकारको कामकारबाही अहिले नै मापन गर्न नसकिने बताउँदै कम्तिमा पनि बजेट कार्यान्वयन भएपछि मापन गर्न सकिने उनको भनाई छ ।


कांग्रेस काठमाडौंका उपसभापतिमा माली मनोनित

कांग्रेस काठमाडौंका उपसभापतिमा माली मनोनित


काठमाडौं, असार ११ । नेपाली कांग्रेस काठमाडौंका उपसभापतिमा विजय माली मनोनित भएका छन् । कांग्रेस काठमाडौंका सभापति कृष्ण बानियाँको अध्यक्षतामा आज बिहान बसेको बैठकले मालीलाई उपसभापतिमा मनोनयन गरेको हो । 

कार्यसमितिका सचिवमा शंकर मल्ल ठकुरी र सहसचिवमा रोेमेल श्रेष्ठ रहेको जनाइएको छ । काठमाडौं कांग्रेसले यसअघि नै रिक्त सदस्य मनोनयन गरे पनि पदाधिकारी भने मनोनयन गर्न बाँकी रहेको थियो । उक्त पदमा मनोनयन भएसँगै काठमाडौं कांग्रेस जिल्ला कार्यसमितिले पूर्णता पाएको छ । नवनियुक्त पदाधिकारीलाई आजै कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले बधाई तथा शुभकामना दिएका छन् । 
 


बिप्लव समुहका फिल्म निर्माता कार्कीसहित चारजना पक्राउ

बिप्लव समुहका फिल्म निर्माता कार्कीसहित चारजना पक्राउ


काठमाडौं, असार ९ । नेत्रविक्रम चन्द(बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य नरबहादुर कार्कीसहित चार जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले सोमबार साँझ कार्कीलाई बालुवाटारबाट पक्राउ गरेको हो भने प्रहरीले आइतबार र सोमबार गरी पाँचथान हतियारसहित अन्य तीन जनालाई मोरङबाट पक्राउ गरेको हो । 

कार्की रेखा थापाले अभिनय गरेको फिल्म मालिकाका निर्माता हुन् । कार्कीले एक महिनाअघि भोजपुरमा प्रहरीको गोली लागेर कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएपछि फेसबुक स्टाटसमा बदला लिने लगायतका कुरा लेख्दै आएका थिए ।

त्यस्तै, प्रहरीले चन्दा उठाउन हिँडेका विप्लव समूहका मोरङ जनपरिषद प्रमुख अशोक राईसहित तीन जनालाई पक्राउ गरेको छ । आइतबार मोरङको बेलवारी नगरपालिका– ३ स्कुल डाँडामा चन्दा उठाउन हिँडेका सुन्दरहरैचा नगरपालिका–१२ का अशोक राई र कानेपोखरी गाउँपालिका ६ सुदिप भनिने कंश धिमाल पक्राउ परेका थिए । प्रहरीले को१७प ४५८६ नम्बरको मोटरसाइकलमा स्कुल डाँडा पुगेका राई र धिमाललाई सोधपुछ गर्ने क्रममा दुई थान अटोमेटिक पेस्तोल, चार थान म्यागजिन र १४ राउण्ड गोली बरामद गरेको हो । 

त्यस्तै, पक्राउ परेका उनीहरुकको बयानका आधारमा सोमबार प्रहरीले उर्लाबारी नगरपालिका–२ का ४८ वर्षीय केन्द्रलाल धिमाललाई पक्राउ गरेको हो । धिमालको घरबाट प्रहरीले तीन थान भरुवा बन्दुक बरामद गरेको छ । घरमा खोजतलास गर्दै पुगेको प्रहरीले तीनमध्ये एक बन्दुक लोड गरेको अवस्थामा फेला पारेको थियो । प्रहरीले धिमालको घरबाट बारुद, छर्रा पनि बरामद गरेको छ । 

प्रहरीका अनुसार पक्राउ परेका राई विप्लव समुहको मोरङ जिल्ला जनपरिषद प्रमुख हुन् । केन्द्रलाल र कंश भने जिल्ला तहका नेता हुन् । कंश धिमाल भने अपराधिक गतिविधिमा संलग्न हुदै आएका व्यक्ति हुन् । धिमाल मोरङ उर्लाबारी मंगलबारेको सुनचाँदी पसल र झापा दमकको लक्ष्मी बैंक लुटपाटमा संलग्न थिए । बैंक लुटेको मुद्दामा धिमाल सात वर्ष जेलसमेत परेका थिए । 


पाँच वर्षसम्म सरकार परिवर्तन नहुने रक्षामन्त्रीको दाबी

पाँच वर्षसम्म सरकार परिवर्तन नहुने रक्षामन्त्रीको दाबी


भक्तपुर, असार ९ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार पाँच वर्षसम्म परिवर्तन नहुने बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाको पाँचौं नगरसभाको शुभारम्भ गर्दै पोखरेलले केपी ओली नेतृत्वको सरकार पाँच बर्षसम्म रहने बताएका हुन् । 

सरकार परिवर्तन हुने हल्ला चलिरहेको विषयलाई लिएर मन्त्री पोखरलले भने, ‘यो सरकार विधिसम्वत ढङ्गले बनेको छ, सरकार ढल्छ भन्ने हल्ला अस्थिरता सिर्जना गर्न फैलाइएको हो ।’ नेकपा नेतृत्वको वर्तमान सरकारले जनताको विश्वासको बलमा पाँच वर्षसम्म योग्यतापूर्वक काम गर्ने समेत उनको भनाई छ । 

त्यस्तै, मन्त्री पोखरेलले विकास गर्ने क्रममा यो पार्टी र त्यो पार्टी नभनी सबै एक जुट हुनुपर्ने भन्दै निर्वाचनमा पराजित भएकालाई समेत समेटेर लानु पर्ने बताए । दलीय द्वन्द्वको धङधङीबाट लिप्त भएकाहरुले मात्र विकासको विरोध गर्ने भन्दै उनले सुखी नेपाली सम्वृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न कृषि, उद्योग, पर्यटन र पूर्वाधार विकासमा केन्द्रित भएर सरकारले काम गरिरहेको बताए । साथै, उनले हिजो उद्योगधन्दा बेच्नेहरुले नै आज सडक र सदनमा ठूला कुरा गर्न थालेको आरोप लगाए ।


राप्रपाद्वारा सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप, महाधिवेशन आगामी जेठमा

राप्रपाद्वारा सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप, महाधिवेशन आगामी जेठमा


काठमाडौं, असार ८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप लगाएको छ । राप्रपाको आज काठमाडौंमा सकिएको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकले यस्तो आरोप लगाएको हो । 

पार्टी प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा, ‘सरकारको कार्यशैली सर्वसत्तावादतर्फ उन्मुख हुँदै गएकोमा राप्रपा बैठकले चिन्ता व्यक्त गरेको छ । संवैधानिक निकाय, राष्ट्रियस्तरका आयोग, प्रशासन, शैक्षिक संस्था, कुटनीतिक नियोग र सुरक्षा संयन्त्रमा समेत पार्टीप्रति आस्था राख्ने व्यक्तिहरु छानीछानी राख्ने कार्य भईरहकोछ, शक्ति पृथकीकरणको मान्यतालाई आघात पुर्याउँदै न्यायपालिकालाई समेत पार्टीकरण गर्ने प्रयास भइरहेको छ । भ्रष्टाचारको माध्यमबाट अकुत सम्पत्ति जोडने काम अनवरत जारी रहेको छ । अनुसन्धान र कारवाही गर्ने निकायहरुलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत केन्द्रिकृत गरिएको छ’, उल्लेख छ । राप्रपाले राज्यको चौथो अंग आमसंचार माध्यमलाई मिडिया काउन्सिल विधेयकमार्फत नियन्त्रण गर्ने दुष्प्रयास भएको पनि जनाएको छ ।

यसैगरी, राप्रपाले केन्द्रीय महाधिवेशन एक वर्षपछि अर्थात २०७७ जेठ महिनामा गर्ने निर्णय गरेको छ । राप्रपाले पृथ्वीनारायण शाहको दिव्य उपदेश, महेन्द्रको राष्ट्रवाद र बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई मार्गदर्शक सिद्धान्तका रूपमा अंगिकार गर्ने निर्णय पनि गरेको छ । 

पार्टीलाई कांग्रेस र कम्युनिष्टको विकल्पका रुपमा देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने संकल्प पनि गरेको श्रेष्ठले जानकारी दिए । बैठकले राप्रपा (संयुक्त)सहित समान विचारधारा भएका शक्तिहरुसँग पार्टी एकता गर्न पहल गर्ने, २०७६ लाई ‘संगठन निर्माण वर्ष’ का रुपमा कार्यान्वयन गर्नेलगायतका निर्णय पनि गरेको छ । साथै, दुई चरणमा ४२ जिल्लामा सम्पन्न गरेको राष्ट्रिय स्वाभिमान यात्रालाई विभिन्न चरणमा ७७ वटै जिल्लामा सञ्चालन गर्ने निर्णयसमेत भएको छ । 

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु, प्रदेश कार्य समितिका अध्यक्षहरु, भातृ संगठनका अध्यक्षहरु र ७७ वटै जिल्लाका जिल्ला अध्यक्षको सहभागीता रहेको थियो ।


उपप्रमुखको नेतृत्वमा औरही नगरपालिकाको कार्यालयमा तोडफोड

उपप्रमुखको नेतृत्वमा औरही नगरपालिकाको कार्यालयमा तोडफोड


महोत्तरी, असार ८ । महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा गए राति तोडफोड भएको छ ।

गए राति उपप्रमुख रेणु झाको नेतृत्वमा गएको एक टोलीले नगरपालिकाको कार्यालयमा रहेको योजना शाखा तथा प्रशासन फाँटमा गरी दुई थान कम्प्युटर, दुई थान स्क्यान मेसिन, दुई थान प्रिन्टर, दुई थान मल्टिप्लग बोर्डमा तोडफोड गरेको हो ।

इलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार शनिबार साँझको समयमा कार्यालयमा कामकाज मनपर्दी रुपमा गर्दै आएको विरोधमा उपमेयर रेणु झाको नेतृत्वको टोलीले कार्यालयमा तोडफोड गरेको हो ।

अन्य दिन कार्यालयमा उपस्थित नहुने कर्मचारी शनिबार काम गरेको भन्दै सोधपुछ गर्न खोज्दा विवादले उग्ररुप लिएको प्रहरी निरीक्षक किशोर आचार्यले बताए । यता कामको चापले गर्दा शनिबार पनि काम गर्नुपर्ने बाध्यता रहेको नगरप्रमुख सुनिलकुमार यादवलाई उद्धृत गर्दै प्रहरी निरीक्षक आचार्यले बताए ।
सोही क्रममा उपप्रमुख पक्षको राजपा नेता ज्ञानु झा घाइते भएका छन् ।

उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । असार मसान्तको समयमा पनि कार्यालयमा नियमितरूपमा कर्मचारी नआएपछि नगरपालिकामा योजनाअनुसारको कामकाज समयमै सम्पन्न हुन नसकेको स्थानीयवासीले प्रतिक्रिया दिएका छन् । 


कांग्रेसको यहि २२ गते केन्द्रीय समिति बैठक

कांग्रेसको यहि २२ गते केन्द्रीय समिति बैठक


काठमाडौं, असार ६ । नेपाली कांग्रेसले यहि असार २२ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानको समीक्षालगायतका विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो । 

उक्त बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली कांग्रेसको नियमावली, २०७६ माथि छलफल, भातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयिक राजनीतिक विषयमा छलफल गरिने कांग्रेसले जनाएको छ ।