20 Baishak, 2081 / 2 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राजनीति


आफ्ना इन्चार्ज हत्याको आक्रोशमा बिप्लवद्वारा नेपाल बन्दको घोषणा

आफ्ना इन्चार्ज हत्याको आक्रोशमा बिप्लवद्वारा नेपाल बन्दको घोषणा


काठमाडौं, असार ६ । आफ्नो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको आक्रोसमा नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चार दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै पार्टीका महासचिव विप्लवले नेपाल बन्दसहितका चार दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । 

विज्ञप्तिमा उल्लेख भए अनुसार ७ गते प्रचार प्रसार, ८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम तय गरिएको छ ।

सर्लाहीको लालबन्दीमा नेपाल प्रहरी र बिप्लव समुहका कार्यकर्ताबीच हिजो(बिहिबार) गोली हानाहान हुँदा बिप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको थियो । 

बिप्लवद्वारा जारी विज्ञप्तिः

 


मन्त्रिपरिषद् पुनर्गठन हुन्छ : अध्यक्ष प्रचण्ड

मन्त्रिपरिषद् पुनर्गठन हुन्छ : अध्यक्ष प्रचण्ड


कास्की, असार ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका छन् । प्रेस संगठन नेपाल कास्कीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले बजेटपछि सरकार केही न केही पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट दुई अध्यक्षबीच छलफल भएको जनाउँदै मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका हुन् । 

अध्यक्ष प्रचण्डले भने, ‘मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको छ । तर, यो विषय प्रधानमन्त्रीको क्षेत्राधिकारभित्र पर्ने भएकाले उनले चाहेको बेला मात्र पुनर्गठन हुन्छ ।’ उनले अब चाँडै दुई अध्यक्षका बीचमा अरु यावत विषय टुङ्ग्याउने ढङ्गले कुरा हुन्छ, त्यसपछि मात्र ठोसरुपमा भन्न सकिने भन्दै अहिले नै पुनर्गठनको निर्णयमा भने पुगिनसकेको जनाए । 

पार्टी सञ्चालन र सरकार सञ्चालनका सम्बन्धमा भएका सहमति पहिले नै सार्वजनिक भइसकेका विषय भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यी विषय नयाँ नभएको बताए । उनले दुई पार्टीको एकीकरण आफैँमा महान् कुरा भएको बताउँदै राष्ट्रको समृद्धिका लागि यो महत्वपूर्ण छ, पार्टी एकता गरेर जनताले अनुमोदन गरिसकेका अवस्थामा फेरि त्योभन्दा बाहिरबाट गतिविधि जो कोहीले गरे पनि सैह्य नहुने धारणा व्यक्त गरे । 

त्यसैगरी,सरकारले विप्लवसँग वार्ताका लागि टोली गठन गरिसके पनि त्यसमा प्रगति हुन नसकेको उल्लेख गर्दै उनले विप्लवले लिएको बाटो देश र उहाँका लागि पनि हितकर नहुने बताए । अध्यक्ष प्रचण्डले सरकारले हिजोमात्र गुठी विधेयक फिर्ता लिएको प्रसङ्ग उल्लेख गर्दै सरकार जनताप्रति जिम्मेवार छ र पेलेर जाने पक्षमा छैन भन्ने स्पष्ट देखिएको बताए । 

मिडिया काउन्सिललगायतका विधेयकमा देखिएका समस्या संसदीय प्रक्रियाबाट संशोधन एवं परिमार्जन गरिनेमा जोड दिदैं उनले विगतमा सरकार र पार्टीभित्र पर्याप्त गृहकार्यको कमी र ल्याएका विधेयकबारे बुझाउन नसक्दा पनि समस्या आएको धारणा व्यक्त गरे । अध्यक्ष प्रचण्डले आगामी दिनमा सरोकारवालासँग छलफल गरेर मात्र अघि बढिने बताउँदै पार्टीलाई गतिशील बनाउँदै जनतासँग जोड्न एकता प्रक्रियालाई अन्तिम रुप दिने कसरत भइरहेको जानकारी दिए । 

एकीकरणका बाँकी कामबारे प्रधानमन्त्रीसँग लामो छलफल भएको र पर्सी सचिवालय बैठक बसी केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट एवं एकताका अन्य बाँकी काम सम्पन्न गरिने पनि अध्यक्ष प्रचण्डले बताए । उनले सरकारका काम प्रभावकारी बनाउन छलफल भइरहेको चर्चा गर्दै पहिलो वर्षलाई आधार वर्षका रुपमा लिदै यस अवधिमा संवैधानिक, कानूनी एवं विकास पूर्वाधारका काम अघि बढेको बताए । 


सरकारले घोषणा गरेको गुठी विधेयक फिर्ताको प्रक्रिया मिलेको छैन : राप्रपा

सरकारले घोषणा गरेको गुठी विधेयक फिर्ताको प्रक्रिया मिलेको छैन : राप्रपा


काठमाडौं, असार ४ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले मंगलबार घोषणा गरेको गुठी विधेयक फिर्ताको प्रक्रिया नमिलेको जनाएको छ । कमल थापा नेतृत्वको राप्रपाका प्रवक्ता सुशीलकुमार श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमार्फत गुठी विधेयक फिर्ताको प्रक्रिया नमिलेको जनाइएको हो । 

राप्रपाले विज्ञप्तिमार्फत नेपाल सरकारद्वारा संसदमा दर्ता गरिएको धर्म, संस्कृति एवं परम्परा विरोधी गुठी विधेयक नेपाल सरकारद्वारा फिर्ता गरिएको भएपनि उक्त विधेयकको फिर्ता प्रक्रिया स्पष्ट नभएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘उक्त विधेयक फिर्ता प्रक्रिया स्पष्ट नभएको भन्ने सरोकारवाला पक्षको समेत असन्तुष्टि कायमै रहेको हुँदा यथासक्य सरोकारवाला पक्षसँग वार्ता गर्न माग गर्दछौं ।’

साथै, राप्रपाले नेपाल सरकारले विधेयक फिर्ता गरेकोले राप्रपासँग आवद्ध जनवर्गीय संगठनहरुद्वारा यहि असार ५ गते सुन्धारामा जम्मा भई गर्ने भनिएको विरोध र्याली एवं सभा स्थगित गरिएको विज्ञप्तिमार्फत जानकारी गराएको छ । 


प्रतिपक्षी दललाई सरकारले हेप्यो : सभापति देउवा

प्रतिपक्षी दललाई सरकारले हेप्यो : सभापति देउवा


काठमाडौं, असार ४ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दललाई सरकारले हेप्ने गरेको बताएका छन् । हिजो भएको सरकार र कांग्रेसबीच भएको जुहारीलाई इंकित गर्दै आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै देउवाले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश भ्रमणबाट फर्किएपछि पहिलो पटक प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्न लाग्दा कांग्रेसले हिजो रोष्ट्रम घेराउ गरेको थियो । संसद बैठक सुरु भएको सभामुख कृष्णबहादुर महराले घोषणा गरेपछि कांग्रेस सांसदले आफ्नो ठाउँबाट उठेर प्रधानमन्त्री अघि विपक्षी दलका नेता शेरबहादुर देउवा बोल्न पाउनु पर्ने माग गरेका थिए । तर सभामुखले पहिला प्रधानमन्त्रीको कुरा सुन्ने र प्रतिपक्षीलाई समय दिइने बताएका थिए । तर कांग्रेस सांसदले सभामुखको आग्रहलाई अस्वीकार गर्दै रोस्टम घेराउ गर्दै चर्को नाराबाजी गरेका थिए । उनीहरुले संसदको सर्वोच्चता कायम गरिनुपर्ने, प्रतिपक्षीलाई बोल्न समय दिइनुपर्ने लगायत माग गर्दै चर्काे नाराबाजी जारी राखेपछि बैठक स्थगित भएको थियो । 

सोहि विषयलाई लिएर देउवाले सरकारले विपक्षी दलमाथि बलमिच्याई गर्दै अघि बढेको भन्दै त्यो कुनै पनि अवस्थामा आफूहरुलाई स्वीकार्य नहुने चेतावनी दिएका छन् । विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री सदनमा उपस्थिति हुनुपर्ने भन्दै उनले सरकारले प्रतिपक्षी दललाई सधैं हेप्ने गरेको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्री बोल्दा पनि विपक्षी नेता उपस्थित हुनुपर्छ । विपक्षी नेता बोल्दाखेरी प्रधानमन्त्री आउनै पर्छ । तर यहाँ उनले जहिले पनि हेप्ने काम गरेका छन् ।’

देउवाले मंगलबार संसदमा विपक्षी दलका नेतालाई बोल्न नदिएको सरकारले विपक्षी दलमाथि बलमिच्याई गरेको आरोप लगाए । उनले भने, ‘हिजो मैले पहिले समय मागिसकेको थिएँ । प्रतिपक्षी दलले बोलिसकेपछि उहाँले जवाफ दिन पाउनुहुन्थ्यो । मेरो जवाफ दिन पाउनुहुन्थ्यो । यहाँ चाहि उल्टो भएको छ । संसारमा पहिले विपक्षीले बोल्छ अनि प्रधानमन्त्रीले बोल्ने हो । संसार भरि नै जवाफ दिने हो प्रधानमन्त्रीले । बोल्ने विपक्षीले हो । तर यहाँ ठिक उल्टो भयो । जबरस्ती गर्नु उपयुक्त हुन्छ ? सत्तापक्षले बोल्नुपर्ने विपक्षी बोल्न नपाउने ? यस्तो डेमोक्रेशी हुन्छ ? बल मिच्याई चल्दैन । हामी कुनै हालतमा मान्नेवाला छैनौ ?’ कांग्रेस नेतृत्वको सरकारमा प्रतिपक्षीमा बसेर ४८ दिनसम्म लगातार संसद अरुद्ध गरेको स्मरण गराउदै उनले आफूहरुले बोल्नका लागि मात्रै समय मागेको बताए । 

त्यसैगरी, सभापति देउवाले सरकारले ल्याएका विवादास्पद विधेयकविरुद्ध सशक्त आन्दोलन गर्ने र सत्तापक्षले जवरजस्ती गरे कुनै हालतमा पारित गर्न नदिने भन्दै सरकार नै प्रजातन्त्र मास्न लागेको आरोप लगाए । उनले गुठी बिधेयक, मिडिया काउन्सिल विधेयक, सुरक्षा परिषद विधेयक, मानवअधिकार विधेयक लगायतका विधेयकले लोकतन्त्रलाई बलियो नबनाउने समेत दाबी गरे । 


कांग्रेसद्वारा रोष्ट्रम घेराउ, प्रधानमन्त्रीको सम्बोधन स्थगित

कांग्रेसद्वारा रोष्ट्रम घेराउ, प्रधानमन्त्रीको सम्बोधन स्थगित


काठमाडौं, असार ३ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न लाग्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज रोष्ट्रम घेराउ गरेको छ । प्रधानमन्त्री ओली सम्बोधनका लागि गइसकेको अवस्थामा कांग्रेस सांसदहरूले रोष्ट्रम घेराउ गरेका हुन् । 

संसद बैठक सुरु भएको सभामुख कृष्णबहादुर महराले घोषणा गरेपछि कांग्रेस सांसदले आफ्नो ठाउँबाट उठेर  प्रधानमन्त्री अघि विपक्षी दलका नेता शेरबहादुर देउवा बोल्न पाउनु पर्ने माग गरेका थिए । तर सभामुखले पहिला प्रधानमन्त्रीको कुरा सुन्ने र प्रतिपक्षीलाई समय दिइने बताएका थिए । तर कांग्रेस सांसदले सभामुखको आग्रहलाई अस्वीकार गर्दै रोस्टम घेराउ गर्दै चर्को नाराबाजी गरेका थिए । उनीहरुले संसदको सर्वोच्चता कायम गरिनुपर्ने, प्रतिपक्षीलाई बोल्न समय दिइनुपर्ने लगायत माग गर्दै चर्काे नाराबाजी गरेका थिए । यसैबीच कांग्रेस सांसदले नाराबाजी जारी राखेपछि बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित भएको छ ।  


दुई पार्टीबीचको एकता सिद्धान्तहिन ढङ्गले नभएको प्रचण्डको दाबी

दुई पार्टीबीचको एकता सिद्धान्तहिन ढङ्गले नभएको प्रचण्डको दाबी


काठमाडौं, असार २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दुई पार्टीबीचको एकता सिद्धान्तहिन ढङ्गले नभएको पनि दाबी गरेका छन् । जनयुद्धकालका सहिद रितबहादुर खड्काको १७औँ स्मृतिको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

अध्यक्ष प्रचण्डले भने, ‘जनताको जनवादी कार्यक्रमसहित जाने र देशलाई आर्थिक समृद्धि र विकासको नयाँ प्रगतितिर लैजाने बडो प्रस्ट लक्ष्यका साथ पार्टी एकता गरिएको छ, कतिपय मानिसहरु त्यो लक्ष्यलाई राम्रोसँग नबुझेर कन्फ्युज पनि हुन सक्छन, तर हाम्रो पार्टीको दुबैधारका नेताहरुले सर्वसम्मतिले तयार पारी पार्टी सचिवालय र स्थायी समिति बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद र एक्काईसौैं शताब्दीको जनवाद दुबैका सकारात्मक पक्षलाई अघि बढाउँदै लैजाने उल्लेख गरिएको छ ।’ उनले आजको युग सुहाउने गरी पार्टीको सिद्धान्तलाई परिमार्जन र विकसित गर्दै लैजानुपर्ने पनि दोहोर्याए । साथै, उनले समाजवादको लक्ष्य प्राप्त गर्न जनताको जनवादी कार्यक्रमसहित अघि बढ्ने गरी तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण गरिएको बताए । उनले दुई पार्टीबीचको एकता सिद्धान्तहिन ढंगले नभएको समेत बताए ।

अध्यक्ष प्रचण्डले दुई पार्टीबीचको एकताबाट ऐतिहासिक र असाधारण कामको सुरुवात भएको दोहोर्याउँदै निराश नहुन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे । साथै, सहिदहरुको सपनालाई साकार पार्ने लक्ष्यका साथ पार्टी अघि बढिरहेको उनको भनाई थियो । 


वर्तमानसरकार दुई तिहाईको दमले अगाडि बढिरहेको छ : बरिष्ठ नेता पौडेल

वर्तमानसरकार दुई तिहाईको दमले अगाडि बढिरहेको छ : बरिष्ठ नेता पौडेल


रामनारायण यादव
राजविराज, जेठ ३१ । नेपाली कांग्रेसका बरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेलले वर्तमानसरकार दुई तिहाईको दमले अगाडि बढिरहेको बताएका छन् ।

हिजो नेपाली कांग्रेस सप्तरी क्षेत्र नम्वर २ का कार्यसमितिले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् । ‘दुई तिहाइको सरकारले जनताको चाहनाअनुसार काम गर्न सकेन, उनले भने, ‘सरकार आफै भ्रष्टाचारमा लिप्त भएको छ ।’ दुई तिहाइको सरकार हुँदासमेत जनताले सरकार भएको अनुभूति गर्न नपाएको उनको आरोप थियो ।

उनले हालको सरकारले शान्तिसुरक्षा कायम गर्न नसकेको टिप्पणी गरे । नेता पौडेलले कम्युनिष्ट सरकारले सर्वसताबाद तर्फ अघि बढिरहेको बताउँदै मधेशी जनताको हितको लागि कहिले नसोचने यो सरबारबाट जनताको हित विपरित कार्य नै भइरहेको आरोप लगाए । उनले सरकारले हावादारी कुरा गरेर जनतालाई भ्रममा पारेर देशलाई द्वन्द्वमा फसाउन खोजेको आरोप समेत लगाए ।

लोकसेवाको विज्ञापनको विषलाई लिएर अहिले देशमा आन्दोलन भइरहेको छ । सरकारले यसतर्फ कुनै चासो लिएको छैन । यो सरकार अहिले सम्म जुन कार्य गरेको छ त्यो विवादै–विवाद भएको टिप्पणी गरे ।

सोही कार्याक्रममा नेपाली कांग्रेसका उपसभापति तथा पूर्व मन्त्री विजय कुमार गच्छेदारले कम्युनिष्ट सरकार मधेश विरोध रहेको बताएका छन् ।
पूर्व मन्त्री गच्छेदारले नेपाली कांग्रेस संकटमा परेको बताउदै अब एक जुट भएर आगडि बढ्ने हो भने नेपाली कांग्रेस देशको ठुलो पार्टीको रुपमा स्थापित हुने बताए ।

उनले भने, ‘मधेशी जदलहरु दोहोरो भुमिका खेलेर मधेशी जनतालाई धोखा दिएको बताउँदै  मधेशी दलहरु अहिले आएर त्यही मधेश विरोधी पार्टीसँग सरकार चलाई रहेको छ ।’ उनले मधेशको विकास कुनै पार्टीले गर्न नसकने बताउँदै अब नेपाली कांग्रेसको काँधमा सम्पूर्ण जिम्मेवारी आएको बताए ।

उनले भने, ‘नेपाली कांगेस गुट उपगुटका कारणले पार्टीमा देखिएका मनमोटाहरुलाई अन्तय गरी एक ढिक्का भएर आगडि बढन सम्पूर्ण नेता तथा कार्यक्रताहरुलाई आग्रह गर्दछु ।’
उक्त सभामा सांसद तेजुलाल चौधरी, पुर्व सांसद रंजित कर्ण, पूर्व मन्त्री महेन्द्र यादव, संविधान सभा सदस्य मुनि गुप्ता, प्रदेश सभा सदस्य सान्ता पौडेल, सांसद नविता चौधरी, जिल्ला सभापति दिनेश कुमार यादव लगयतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।


सरकार अधिनायकवादतर्फ लाग्यो : नेता आचार्य

सरकार अधिनायकवादतर्फ लाग्यो : नेता आचार्य


इनरुवा, जेठ ३१ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले संविधानको मर्ममाथि प्रहार गरेको बताएका छन् ।

नेपाल प्रेस युनियन सुनसरीले बिहीबार इटहरीमा आयोजना गरेको संवाद कार्यक्रममा उनले सरकार अधिनायकवादतर्फ लागेर मनपरी गर्न थालेको टिप्पणी गरेका हुन् ।

पार्टीको आन्तरिक सम्बन्ध सुदृढीकरण गर्न कांग्रेसले गरेको राष्ट्रिय जागरण अभियान आयोजना गरेको उनको भनाइ थियो । उनले पार्टीभित्रैका नेताबीच सम्बन्ध चिसो भएका कारण कांग्रेसले चुनावमा पराजित हुनु परेको धारणा व्यक्त गरे ।

कार्यक्रममा पूर्वराज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य सीताराम मेहताले अहिले सरकारले मिडिया विधेयक संसद्मा दर्ता गरेको र यसले पत्रकारमाथि समाचार सङकलन गर्ने कुरामा अंकुश लागाएको बताए ।

कार्यक्रममा प्रदेश नं १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले पार्टी र नेपाल प्रेस युनियनबीचको सम्बन्ध सुमधुर रहेको र आगामी दिनमा यसलाई अझै सुधार गरेर जाने बताए । उनले कांग्रेसले गरेका कामको बारेमा प्रचार नगर्दा हारको सामना गर्नुपरेको उल्लेख गरे ।

कार्यक्रममा अग्रज पत्रकार हर्ष सुब्बा, पत्रकार महासङ्घ सुनसरी अध्यक्ष अमर खड्का, काङ्ग्रेस इटहरी नगर सभापति हेमकर्ण पौडेल, नेतृ विमला ढकाल, महाधिवेशन प्रतिनिधि गीता श्रेष्ठलगायतले आ–आफ्नो धारणा राखेका थिए । 


विवेकशील नेपाली दलले रोल्पाको लिवाङमा नीति सम्मेलन गर्दै

विवेकशील नेपाली दलले रोल्पाको लिवाङमा नीति सम्मेलन गर्दै


काठमाडौं, जेठ ३० । विवेकशील नेपाली दलले रोल्पाको लिवाङमा दलको नीति सम्मेलन आयोजना गर्ने भएको छ । विवेकशीलले ‘रोल्पा जाऔं, समृद्धिको बिउ रोपौं, नीति सम्मेलन सफल पारौं’ नाराका साथ नीति सम्मेलनको ढाँचा लिएर आगामी असार १३ देखि १५ गतेसम्म उक्त सम्मेलन आयोजना गर्ने भएको हो । 

दलका अध्यक्ष उज्वल थापाका अनुसार उक्त नीति सम्मेलनमा देशलाई चाहिने विवेकशील नीतिहरु र देश बनाउन दललाई चाहिने संघीय संरचनाहरु, विधानहरु, रणनीतिहरु रहेका छन् । त्यसैगरी, दलले प्रेस विज्ञप्तिमार्फत देशलाई चाहिने विवेकशील नीतिलगायत दलहरूमा चाहिने संघीय गणतान्त्रिक संरचना बनाउने सु–संस्कारको शुरुवात गर्न लागेको जानकारी गराएको छ । 

विज्ञप्तिका अनुसार सम्मेलनमा सातवटै प्रदेश र प्रवास (जसलाई विवेकशील नेपालीले एक छुट्टै प्रदेशको रुपमा मानेको छ) बाट पनि सदस्यहरू सहभागी हुनेछन् । साथै, भेलामा सहभागितामूलक लोकतन्त्रको अभ्यासलाई व्यवहारतः आत्मसाथ गर्दै दलका सार्वभौम सदस्यहरूले २१औँ शताब्दी संघीय गणतन्त्र सापेक्ष दलको विधान, राजनीतिक दस्ताबेज एवं महत्वपूर्ण नीतिहरू माथि छलफल गरी आवश्यक निर्णय लिने जनाइएको छ । 

साथै,  विज्ञप्तिमार्फत दलले विवेकशील नागरिक, उद्यमशील समाज, सेवक सरकार एवं हितकारी राज्यको अवधारणामा टेकेर हाम्रै जीवनकालमा सुसंस्कृत राजनीतिका माध्यमबाट समतामूलक सम्वृद्धि हासिल गर्ने स्वाभिमानी यात्रामा जोडिनसमेत समस्त नेपालीहरूलाई अपिल गरेको छ । 


सांसदहरुलाई निःशुल्क ल्यापटप दिनु भनेको राज्यकोषको ब्रह्मलुट हो : तरुण दल

सांसदहरुलाई निःशुल्क ल्यापटप दिनु भनेको राज्यकोषको ब्रह्मलुट हो : तरुण दल


काठमाडौं, जेठ ३० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले सांसदहरुलाई निःशुल्क ल्यापटप दिने कार्य राज्यकोषको ब्रह्मलुट भएको बताएको छ । तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले बिहीबार विज्ञप्ति जारी गरी यस्तो बताएका हुन् । 

सांसदहरुलाई ल्यापटप उपलब्ध गराउने सरकारको केहि समय अगाडिको निर्णयको विरोध गर्दै तरुण दलले विज्ञप्तिमार्फत आपत्ति जनाएको हो । जनप्रतिनिधिहरु जनताका समस्या समाधान गर्नुको साटो आफ्नो सुविधा बढाउनतर्फ लागेको भन्दै महासचिव शाहीले सांसदहरुलाई दिने भनिएका ल्यापटप विद्यार्थीलाई दिनुपर्ने माग गरेका छन् ।

‘जनतालाई कानुनी राज्यको प्रत्याभूति गराउनु, जनताका समस्याको समाधान गर्न लाग्नुको साटो उल्टै आफनै सुविधा बढाउनमात्र लाग्नु जनप्रतिनिधिको गैरजिम्मेवार कार्य हो’, शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो हर्कतको घोर भत्र्सना र विरोध गर्दै सांसदलाई दिने भनिएको ल्यापटप विद्यार्थीहरुलाई हस्तान्तरण गर्न जोडदार माग गर्दछु ।’ उनले जनताको दुःख र पसिनाबाट उठेको करबाट आफ्नो सेवा सुविधा बढाउनु, विभिन्न बहानामा राज्यको सम्पत्ति कुम्ल्याउन खोज्नु एक प्रकारको भ्रष्टाचार भएको जनाएका छन् ।