20 Baishak, 2081 / 2 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राजनीति


मोहन विक्रम सिंह फेरी बने नेकपा (मसाल)को महामन्त्री

मोहन विक्रम सिंह फेरी बने नेकपा (मसाल)को महामन्त्री


काठमाडौं, जेठ २४ । नेकपा (मसाल)को ८औँ महाधिवेशनबाट मोहन विक्रम सिंह फेरि महामन्त्री बनेका छन् । बिहिबार सम्पन्न महाधिवेशनबाट सिंहसहित २४ जना पूर्ण केन्द्रीय सदस्य, नौ जना वैकल्पिक र नौ जना सल्लाहकार समितिमा निर्वाचित भएका हुन् । 

यस महाधिवेशनसँगै सिंह पाँचौं पटक महामन्त्रीमा निर्वाचित भएका हुन् । 


नेकपा सचिवालय बैठक स्थगित, अर्को बैठक प्रधानमन्त्री युरोपबाट फर्केपछि हुने

नेकपा सचिवालय बैठक स्थगित, अर्को बैठक प्रधानमन्त्री युरोपबाट फर्केपछि हुने


काठमाडौं, जेठ २३ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनेको सचिवालय बैठक बस्दै नबसी स्थगित भएको छ । मन्त्री र सांसद् रहेका केन्द्रीय सदस्यहरुलाई दोहोरो जिम्मेवारी दिने या नदिने विवादको टुंगो नलागेपछि बैठक बस्दै नबसी स्थगित भएको हो ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुसँग भने, ’दुवै अध्यक्षले गृहकार्य नपुगेको भनेर बालुवाटारमा पुगेका हामीलाई फर्काउनु भयो ।’ प्रवक्ता श्रेष्ठका अनुसार मापदण्ड बनाउने विषयमा गृहकार्य नभएको स्पष्टिकरण सचिवालय सदस्यहरुलाई दिइएको थियो । 

केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न तथा जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लगाउन नसकेपछि बैठक बस्न नसकेको हो । ७७  वटै जिल्लाको इन्चार्ज र सहइन्चार्ज तोक्न तीन दिनदेखि सचिवालयको बैठक बसे पनि निष्कर्ष निस्कन सकेको छैन । 

त्यसैगरी, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली युरोप भ्रमणमा जान लागेकाले उनी फर्केपछि मात्रै यो विषयको टुंगो लाग्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ओली यहि जेठ २५ गते युरोप भ्रमणमा निस्कनेछन् भने जेठ अन्तिममा स्वदेश फर्किनेछन् । 

पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले तयार पारेको प्रस्तावमा माधवकुमार नेपाल सहमत नभएपछि बैठक निष्कर्षविहीन बन्दै आएको छ । स्रोतका अनुसार नेता नेपाल केन्द्र र प्रदेशका मन्त्री, संसदीय समितिका सभापतिहरूलाई इन्चार्ज, सहइन्चार्जको जिम्मेवारी दिन नहुने पक्षमा छन् । सांसदलाई भने प्राथमिकता हेरेर बनाउन सकिने उनको प्रस्ताव छ । त्यस्तै नेता नेपालले जिल्ला इन्चार्ज, सहइन्चार्ज तोक्दा वरीयतालाई ध्यान दिन सचिवालय बैठकलाई ध्यानकर्षण गराएका छन् । एउटा जिल्लामा इन्चार्ज र सहइन्चार्ज एक–एक जनामात्रै तोक्नुपर्ने नेता नेपालको प्रस्ताव छ भने अध्यक्षद्वय ओली र प्रचण्डले एक जिल्लामा अनेक सहइन्चार्ज तोक्न सकिने प्रस्ताव अघि सारेका छन् । 


नेता माधवका कारण नेकपा सचिवालय बैठक आजपनि बिना निष्कर्ष टुंगियो

नेता माधवका कारण नेकपा सचिवालय बैठक आजपनि बिना निष्कर्ष टुंगियो


काठमाडौं, जेठ २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालका कारण आजपनि नेकपाको सचिवालय बैठक बिना निष्कर्ष सकिएको छ । नेता नेपाल पक्षले एक व्यक्ति एक पदको अडान लिएपछि आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष सकिएको हो । हिजो पनि कार्यविभाजनका विषयमा छलफल भएको थियो ।

नेकपामा केन्द्रीय सदस्यहरुको कार्यविभाजन तथा जिल्ला इन्चार्ज तथा सहइन्चार्जको टुंगो लगाउन बसेको बैठक बिना कुनै निष्कर्ष सकिएको हो । नेता नेपाल पक्षले एक व्यक्ति एक पदको अडान लिएपछि जिल्ला नेतृत्वको टुंगो लाग्न नसकेको बताइएको छ ।


नेकपाले केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंग्याउन सकेन, भोलि पूर्णता दिने दाबी

नेकपाले केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंग्याउन सकेन, भोलि पूर्णता दिने दाबी


काठमाडौं, जेठ २१ । लामो समयपछि प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउन सकेन । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार कार्यविभाजनका विषयमा छलफल भएपनि बैठकले टुंगो लगाउन नसकेको हो । 

नेकपामा मन्त्री, सांसद, प्रदेशसभा सदस्य भएकाहरुलाई इञ्चार्ज तथा सहइञ्चार्ज बनाउने कि नबनाउने भन्नेमा विवाद छ । स्रोतकाअनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल यसको पक्षमा छन् । प्रदेश कमिटी र जिल्ला कमिटीका अध्यक्ष र सचिव बनाउँदा यो मान्यता खण्डित भइसकेको तर्क उनीहरुले गरेका छन् । तर माधवकुमार नेपालसहितका नेताहरुले दोहोरो जिम्मेवारी दिन नहुने बताएका छन् । 

प्रवक्ता श्रेष्ठले भोलि बस्ने बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउने दाबी गरेका छन् । त्यसैगरी, ७७ वटै जिल्ला ईञ्चार्ज र सहइञ्चार्जहरू पनि भोलिसम्म टुंग्याउने विषयमा छलफल केन्द्रित रहेको नेताहरूले बताएका छन् ।


चन्द समूहभित्रै वार्ताको दबाब

चन्द समूहभित्रै वार्ताको दबाब

पत्रपत्रिका

काठमाडौं, जेठ २१ । नेत्रविक्रम चन्द समूहलाई सरकारसँग वार्ता गर्न चौतर्फी दबाब बढ्दै गएको छ । सरकारले गत फागुनमा गतिविधिमा प्रतिबन्ध लगाएपछि आफ्ना कार्यकर्ता पक्राउ पर्ने र कारबाही प्रक्रिया असफल हुने क्रम बढ्न थालेपछि चन्द समूहभित्रकै केही नेताले वार्तामा जोड दिइरहेका छन् ।

नागरिक समाज, बुद्धिजीवी र सत्तापक्षीय नेताले पनि चन्द समूहलाई वार्तामा बस्न दबाब दिइरहेका छन् । केही दिनअघि नेपाल बन्द गराउने क्रममा बम विस्फोटमा परी आफ्नै कार्यकर्ताको मृत्यु भएपछि चन्द समूहभित्र वार्ताका लागि दबाब चुलिएको छ ।

तालिमप्राप्त कार्यकर्ता परिचालन गर्न नसक्दा चार कार्यकर्ताको मृत्यु भएको विषयमा समूहभित्र छलफल सुरु भएको छ । नेता–कार्यकर्ताले समूहभित्र बृहत् छलफल गरेरअघि बढ्न नेतृत्वलाई सुझाइरहेका छन् ।

केही सदस्य वार्ता गर्दा आत्मसमर्पणको सन्देश जाने भन्दै तत्काल त्यसतर्फ अघि नबढ्ने पक्षमा छन् । मागबारे सरेकारसँग छलफल गर्नुपर्ने प्रस्ताव राखेपछि पोलिटब्युरो सदस्य पदम राई निलम्बित भएका थिए ।

‘पार्टीमा कुरा राख्यो कारबाहीमा पर्ने डर हुन्छ, बोल्न सक्ने अवस्थामा कोही साथी पनि छैनौं,’ चन्द समूहका एक पोलिटब्युरो सदस्यले भने, ‘पार्टीका साथी पक्राउ पर्ने क्रम जारी छ, सरकारसँग आफ्ना माग स्पष्टसँग राखौं भन्ने राईलाई कारबाही नै गरियो ।’

निलम्बनपछि राई सत्तारूढ नेकपामा प्रवेश गरेको खबर आजको कान्तिपुर दैनिकमा छ । चन्द समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्माले आइतबार विज्ञप्ति जारी गरी रूपान्तरण र उपचारको प्रयास गर्दागर्दै पनि असम्भव भएपछि पार्टीको स्थायी कमिटीले राईलाई निलम्बन गरेको उल्लेख गरेका छन् ।


सोलुखुम्बुस्थित प्रहरीचौकीमा आक्रमण प्रयास सरकारको प्रचारबाजी मात्र होः विप्लव

सोलुखुम्बुस्थित प्रहरीचौकीमा आक्रमण प्रयास सरकारको प्रचारबाजी मात्र होः विप्लव


काठमाडौं, जेठ २० । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको भन्दै सरकारले सोलुखुम्बुमा प्रहरीचौकी आक्रमण प्रयासको प्रचारबाजी गरेको आरोप लगाएको छ । सामाजिक सञ्जालमा सोलुखुम्बुमा चन्द समुहद्वारा प्रहरी चौकी आक्रमण प्रयासको समाचार सार्वजनिक भएपछि उसले सरकारले षड्यन्त्रपूर्ण प्रचारबाजी गरेको आरोप लगाउँदै आधिकारिक भनाइ सार्वजनिक गरेको हो ।

सोमाबार पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले प्रेस विज्ञप्तिमा सोलुखुम्बुमा पार्टीद्वारा प्रहरीचौकीमा आक्रमण प्रयास भएको भन्ने हल्ला नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी मात्र भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘सरकारले आफ्नो पार्टीमाथि दमन गर्ने उद्देश्यले सोलुखुम्बुमा प्रहरी चौकी आक्रमण गर्ने प्रचारबाजी गरेको र उक्त षड्यन्त्रपूर्ण प्रचारबाजी मात्र हो, पूर्वी नेपालमा दमन गर्ने उद्देश्य अनुरूप झुट्टा समाचार प्रसारण गराइएको हो ।’


राणा र पञ्चायत जस्तै ओली सरकार ढल्छ : सभापति देउवा

राणा र पञ्चायत जस्तै ओली सरकार ढल्छ : सभापति देउवा


बुटबल, जेठ २० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइको ओली सरकार ढल्ने दाबी गरेका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले आइतबार भैरहवा बिमानस्थलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले अहिलेको सरकारले आफ्ना निरंकुश गतिविधिहरु नसच्याए राणा र पञ्चायतको जस्तै गरी ढल्ने दाबी गरेका हुन् । 

सभापती देउवाले भने, ‘राणा र पञ्चायततसंग शक्ति थिएन र ? तैपनि कांग्रेसकै नेतृत्वमा ढल्यो । निरङकुस गतीविधि नसच्याए ओली सरकारको हालत पनि तिनीहरुको जस्तै हुन्छ ।’ साथै सरकार तानाशाही भएको भन्दै उनले आन्दोलन गर्ने चेतावनीसमेत दिए । 

न्यायालय, प्रेस र मानवअधिकार माथिको हस्तक्षेप र नियन्त्रणमुखी विधेयकले ओली सरकारको तानाशाही चरित्र छर्लङ्ग भएको टिप्पणी गर्दै सभापति देउवाले मिडिया काउन्सिल, मानवअधिकार र शान्तिसुरक्षासम्बन्धी विधेयक कांग्रेसले कुनै हालतमा पास हुन नदिने बताए । 

सरकारले वाइड बडी र ललीता निवास प्रकारणसँगै बुढिगण्डकी जलविद्युत लगायतका आयोजनामा चरम भ्रष्टाचार गरेको र भ्रष्टाचारीलाई ढाकछोप गरिरहेको भन्दै देउवाले बालुवाटार जग्गा प्रकरण र वाइड बडी विमान प्रकरणको सुक्ष्म अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रहसमेत गरे । आफ्नो नाम समेत जोडिएको उक्त प्रकरणसम्बन्धमा भने सभापती देउवाले त्यसमा अफ्नो कुनै संलग्नता नभएको बताए । उनले भने, ‘यी काण्डमा मेरो कुनै संलग्नता छैन । सदनमै स्पष्ट भनिसकेको छु । त्यसको अनुसन्धान गर्ने अख्तियारले हो । छिटो तर सुक्ष्म अनुसन्धान गर्नु पर्यो ।’ त्यसैगरी, उनले अहिलेको बजेटसम्बन्धमा जनताको हितका लागि नभई नेकपाका नेता पाल्न ल्याइएको टिप्पणी गरे । 


कुनै दिन विप्लवको पार्टी पनि नेकपामा आएर जोडिन्छ : अध्यक्ष प्रचण्ड

कुनै दिन विप्लवको पार्टी पनि नेकपामा आएर जोडिन्छ : अध्यक्ष प्रचण्ड


काठमाडौं, जेठ १९ । नेपाल कम्युनिष्ट पार्टीका(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कुनै न कुनै दिन नेत्रविक्रम चन्द(विप्लव) पनि आफ्नो पार्टीमा आएर जोडिने दाबी गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य पदम राईलाई पार्टीमा प्रवेश गराउने क्रममा आज प्रचण्डले विप्लव अहिले हिडिरहेको गन्तव्यबाट लक्ष्यमा पुग्न नसक्ने दाबी गर्दै यस्तो बताएका हुन् । 

अध्यक्ष प्रचण्डले देशमा एउटै मात्र कम्युनिष्ट पार्टी हुनुपर्ने धारणा व्यक्त गरेका छन् । उनले भने, ‘एक दिन विप्लव पनि यहि आएर जोडिनुपर्छ, अहिले जुन गन्तव्यमा हिँडेको छ यसबाट लक्ष्यमा पुगिदैन । यो जनता र राष्ट्रको लागि क्षति हो ।’

लामो संघर्षबाट लडेर ल्याएको गणतन्त्र र लोकन्तत्रलाई पहिला संस्थागत गर्न आवश्यक भएको प्रचण्डको भनाइ थियो । उनले सरकारले अहिले तल्लो वर्ग, पिछडिएको वर्गलाई सम्बोधन गर्ने जमर्को गरेको जनाएका छन् । 

कार्यक्रममा नेकपामा प्रवेश गरेका राईले विप्लव नेतृत्वको नेकपाले हिंसात्मक गतिविधि गर्न थालेपछि आफूलाई सो पार्टीमा बस्न मन नलागेको बताए । उनले द्वन्द कुनै एकपक्षलाई फाइदा पुगे पनि राष्ट्र र जनतालाई क्षति पुग्ने भएकाले मूल पार्टीमा फर्किएको बताए । उनले कुनैपनि डर तथा धम्कीका कारण आफूले पार्टी परिवर्तन नगरेको र आफ्ना कारण पार्टीलाई क्षति नहोस् भन्नेमा सचेत रहेको समेत बताए ।


पार्टीभित्रको गुटउपगुट अन्त्य हुनुपर्छ : कांग्रेस नेता

पार्टीभित्रको गुटउपगुट अन्त्य हुनुपर्छ : कांग्रेस नेता


परासी, जेठ १९ । नेपाली कांग्रेसका नेताहरुले पार्टीभित्रको एकता अहिले अपरिहार्य भएको बताएका छन् । पार्टीभित्रै एकता नभए फेरि पनि कांग्रेस पछि पर्नुपर्ने अवस्था आउने उनीहरुको भनाइ छ ।

राष्ट्रिय जनजागरण अभियानअन्तर्गत नेपाली कांग्रेस पश्चिम नवलपरासीले शनिबार भूमहीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेताहरुले यस्तो बताएका हुन् । नेता डा. शेखर कोइरालाले पार्टीभित्रको गुटउपगुट अन्त्य हुनुपर्नेमा जोड दिए ।

उनले पार्टीको महाधिवेशन समयमै गर्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराए । फरक प्रसङ्गमा नेता कोइरालाले ओली सरकार तानाशाही बन्दै गएको आरोप लगाए । प्रेस स्वतन्त्रता, न्यायालयलगायतमा सरकारले हस्तक्षेप गरेको उनको भनाइ थियो ।

अर्का नेता अमरेशकुमार सिंहले पार्टीको महाधिवेशन लम्ब्याउने चलखेल भएको भन्दै म्याद थप नगरी महाधिवेशनमा जानुपर्ने धारणा राखे । उनले पार्टीमा समावेशी, समानुपातिक प्रतिनित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

नेता सिंहले नागरिकता विधेयक तत्काल टुङ्ग्याउन सरकारको ध्यानाकर्षण गराएका थिए । अर्का नेता प्रदीप गिरीले एकजुट भएर कांग्रेसलाई अघि बढाउन आवश्यक रहेको बताए।


पार्टीभित्रको गुटउपगुट अन्त्य हुनुपर्छ : कांग्रेस नेता

पार्टीभित्रको गुटउपगुट अन्त्य हुनुपर्छ : कांग्रेस नेता


परासी, जेठ १९ । नेपाली कांग्रेसका नेताहरुले पार्टीभित्रको एकता अहिले अपरिहार्य भएको बताएका छन् । पार्टीभित्रै एकता नभए फेरि पनि कांग्रेस पछि पर्नुपर्ने अवस्था आउने उनीहरुको भनाइ छ ।

राष्ट्रिय जनजागरण अभियानअन्तर्गत नेपाली कांग्रेस पश्चिम नवलपरासीले शनिबार भूमहीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेताहरुले यस्तो बताएका हुन् । नेता डा. शेखर कोइरालाले पार्टीभित्रको गुटउपगुट अन्त्य हुनुपर्नेमा जोड दिए ।

उनले पार्टीको महाधिवेशन समयमै गर्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराए । फरक प्रसङ्गमा नेता कोइरालाले ओली सरकार तानाशाही बन्दै गएको आरोप लगाए । प्रेस स्वतन्त्रता, न्यायालयलगायतमा सरकारले हस्तक्षेप गरेको उनको भनाइ थियो ।

अर्का नेता अमरेशकुमार सिंहले पार्टीको महाधिवेशन लम्ब्याउने चलखेल भएको भन्दै म्याद थप नगरी महाधिवेशनमा जानुपर्ने धारणा राखे । उनले पार्टीमा समावेशी, समानुपातिक प्रतिनित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

नेता सिंहले नागरिकता विधेयक तत्काल टुङ्ग्याउन सरकारको ध्यानाकर्षण गराएका थिए । अर्का नेता प्रदीप गिरीले एकजुट भएर कांग्रेसलाई अघि बढाउन आवश्यक रहेको बताए।