20 Baishak, 2081 / 2 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राजनीति


तीन विधेयक फिर्ताको माग, फिर्ता नभए सरकारलाई घेराउ गर्ने देउवाको चेतावनी 

तीन विधेयक फिर्ताको माग, फिर्ता नभए सरकारलाई घेराउ गर्ने देउवाको चेतावनी 


काठमाडौं, जेठ १ । नेपाली कांग्रेसले सरकारलाई मिडिया काउन्सिल सम्बन्धि विधेयक, मानव अधिकारसम्बन्धि विधेयक र राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धि विधेयक फिर्ता लिन माग गरेको छ । आज बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई तीनवटै विधेयक संविधान प्रतिकूल रहेका कारण फिर्ता लिन माग गर्ने निर्णय गरेको हो । 

कांग्रसले उक्त विधेयकहरुले मुलुकमा विचार अभिव्यक्ति र प्रेस स्वतन्त्रता कुण्ठित हुने, मानवअधिकार कमजोर हुने, राष्ट्रिय सुरक्षा निष्प्रयोजन, नेपाली सेना निष्प्रयोजन हुने जनाएको छ । साथै, मुलुकको सुरक्षा नै गम्भीर खतरामा पर्ने, गम्भीर प्रतिफल ल्याउने विधेयकलाई सरकारले फिर्ता लिनुपर्ने अडान कांग्रेसले लिएको छ । 

त्यसैगरी, सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा नेपाल पत्रकार महासंघ र नेपाल प्रेस यूनियनका प्रतिनिधिहरुसँगको छलफलमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल विधेयक फिर्ता नलिए सरकारलाई संसद् र सडकबाट घेराउ गर्ने बताएका छन् । 

संसदीय दलकै बैठकमै पनि महासंघ, यूनियनका पदाधिकारी र पूर्वपदाधिकारीलाई सहभागी गराएर देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने कुनै पनि कार्य कांग्रेसलाई स्वीकार्य नहुने बताए । छलफलका क्रममा उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लडाइँमा आफू सधैं नेपाली प्रेस जगतको साथमा रहने प्रतिवद्धतासमेत जनाए । 

छलफलका क्रममा सभापति देउवाले मानवअधिकार सम्बन्धि विधेयक र सुरक्षा परिषद् सम्बन्धि विधेयकमा पनि आपत्ति जनाएका थिए । पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, महासचिव रमेश विष्ट, पूर्व अध्यक्ष हरिहर विरही, डा.सुरेश आचार्य र प्रेस यूनियनका अध्यक्ष सिग्देल छलफलमा सहभागी थिए । उनीहरुले प्रेस स्वतन्त्रताको लडाइँमा नेपाली पत्रकारितालाई साथ र सहयोग दिन कांग्रेस सभापति देउवासँग आग्रह गरेका थिए । 

महासंघ र यूनियनका पदाधिकारीहरुले सरकारले विधेयक जबर्जस्ती ल्याउने प्रयास गरे देशैभरी सशक्त रुपमा आन्दोलन गर्ने चेतावनीसमेत छलफलका क्रममा दिएका थिए । 


राजधानीको नामाकरणलाई लिएर प्रदेश ३ बैठक कांग्रेसद्वारा अवरोध 

राजधानीको नामाकरणलाई लिएर प्रदेश ३ बैठक कांग्रेसद्वारा अवरोध 


मकवानपुर, बैशाख ३० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश नं.३ को संसद बैठक अवरुद्ध गरेको छ । कांग्रेस सांसदहरुले राजधानी नामाकरणको प्रक्रिया सुरु नगरेसम्म अन्य प्रक्रिया अघि बढाउन नदिने भन्दै आजको बैठक अवरोध गरेका हुन् । 

बैठकको सुरुमा सभामुख सानुकुमार श्रेष्ठले अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रमुख अनुराधा कोइरालाले पठाएको पत्र पढेर सुनाएकी थिइन् । अधिवेशन सुरु भएको अवसरमा सबै दलका तर्फबाट शुभकामना मन्तव्य दिएपछि सभामुखले नियमित प्रक्रिया अघि बढाउने क्रममा कांग्रेस सांसदहरुले अवरोध गरेका हुन् । कांग्रेसका सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुख श्रेष्ठले बैठक स्थगित गरेका थिए । 

कांग्र्रेसका प्रदेश नं.३ का संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले राजधानी नामाकरणको प्रक्रिया सुरु नगरेसम्म संसद चल्न नदिने बताए । 


विप्लव र वैद्यका विद्यार्थी संगठनले लगाए त्रिविमा ताला 

विप्लव र वैद्यका विद्यार्थी संगठनले लगाए त्रिविमा ताला 


काठमाडौं, बैंशाख ३० । नेत्र विक्रम चन्द(विप्लव) र मोहन वैद्य किरणको पार्टी निकट विद्यार्थी संगठनहरूले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयमा ताला लगाएका छन् । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको नतिजा प्रकाशनमा अनियमितता भएको भन्दै आज उनीहरुले आयोगका अध्यक्ष चैतन्य शर्माको कार्यकक्षमा तालबन्दी गरेका हुन् । 

कार्यालयमा उत्तीर्ण भएकाहरूको अन्तवार्ता हुँदै गर्दा अखिल क्रान्तिकारीका नेताहरू दाहाल, कुमार बर्तौला र शुलभ वैद्यले तालाबन्दी गरेका हुन् । प्रहरीको सुरक्षा घेरामा अन्तर्वार्ता भइरहेका बेला सेवा आयोगको कार्यालयभित्र प्रवेश गरेर उनीहरूले तालाबन्दी गरेका हुन् ।

नतिजा प्रकाशनमा भएको अनियमितताविरुद्ध अखिल क्रान्तिकारीले संयुक्त रूपमा तालाबन्दी गरेको हो । तालाबन्दी गर्ने समुहहरुले हालै प्रकाशित गरिएको नतिजा खारेज गर्नुपर्ने, अनियमितता गर्ने पदाधिकारी तथा कर्मचारीलाई तत्काल निलम्बन गरी कारबाही गर्नुपर्ने माग रहेको छ ।


नेविसंघद्वारा त्रिवि सेवा आयोगका अध्यक्षको कुर्सीमा आगजनी

नेविसंघद्वारा त्रिवि सेवा आयोगका अध्यक्षको कुर्सीमा आगजनी


काठमाडौं, बैशाख २९ । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्य शर्माको कुर्सी जलाएको छ । संघका अनुसार खुला प्रतिस्पर्धाका आधारमा लिइएको परीक्षामा शर्माका आफन्त र आसपासका व्यक्तिहरू नै उत्तीर्ण भएपछि नेविसंघले त्रिवि पुगेर शर्माको कुर्सी जलाएको हो ।

त्यसैगरी, नेविसंघले त्रिवि सेवा आयोगको कार्यालमा तोडफोड समेत गरेको छ । तोडफोड र आगजनीमा संलग्न नेविसंघ सचिव योगेन्द्र रावलसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

आयोगले लिएको परीक्षाको नतिजामा उत्तीर्ण भएका मध्ये अधिकांश अध्यक्ष शर्मासहित पदाधिकारी र नेताका आफन्त तथा आसेपासे रहेको समाचार सार्वजनिक भएसँगै नेविसंघले विरोध गरेको हो । 


सरकारकै कारण मुलुक विखण्डनतिर ढल्किराखेको छ : नेता भण्डारी

सरकारकै कारण मुलुक विखण्डनतिर ढल्किराखेको छ : नेता भण्डारी


♦ रामनारायण यादव

राजविराज, बैशाख २९ । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक सरतसिंह भण्डारीले सरकारकै कारण मुलुक विखण्डनतिर ढल्किराखेको बताएका छन् । राजपा नेपालद्वार सदरमुकाम राजविराजमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । 

नेपालबाट मधेशलाई छुटै राज्य बनाउने मुद्दा बोकेका डा.सीके राउतको मुद्दा सरकारले समाप्त परेको आरोपसमेत संयोजक भण्डारीले लगाएका छन् । डा.राउतका कारण मुलुक विखण्डनवादी आन्दोलनको अन्त्य नभएको भन्दै त्यो मुद्दा नै सरकारले स्वयम् बोकेको उनको आरोप छ ।

मधेशीमाथि विभेद अन्त्यका लागि संविधान संशोधन आवश्यक रहेको र सरकार संविधान संशोधन गर्ने मानसिकतामै नरहेकाले राजपा नेपालले उक्त मुद्दा उठाउदै आईरहेको बताए । अहिले दुई तिहाइको कम्युनिष्ट सरकारले काम कम र कुरा बढि गर्दै आएको उनको आरोप छ । त्यस्तै नेता भण्डारीले मधेशी, आदिवासी, जनजाति तथा अल्पसंख्यकको अधिकार प्राप्ति तथा संविधान संशोधनका विषयमा समाजवादी पार्टीको धारणा स्पष्ट नभएकाले र तत्कालीन फोरम नेपालले पनि संविधान संशोधनको मुद्दा बोकिर सरकारमा रहेकोमा आपत्ति जनाएका थिए । 

संचारकर्मीहरुको जिज्ञासाको जवाफ दिदै भण्डारीले भ्रष्टाचार र अनियमिततामा संलग्न भएकालाई पार्टीको नेता कार्यकर्ता भएकै आधारमा राजपाले बोकेर नहिँड्ने बताए । सप्तरीमा राजपा नेपालका केन्द्रीय सदस्य नै कीर्ते प्रकरणमा मुछिएको र प्रहरी हिरासतमा रहेको भन्दै दोषी जोकोहि भएपनि कानून सबैका लागि बराबर भएकोले उनीहरुलाई कारवाही हुने नेता भण्डारीले बताए । 


नयाँशक्तिका केन्द्रीय सदस्य धमाधम जान थाले नेकपामा

नयाँशक्तिका केन्द्रीय सदस्य धमाधम जान थाले नेकपामा


गोरखा, बैशाख २९ । पूर्व नयाँशक्ति पार्टीका केन्द्रीय सदस्यहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा धमाधम जान थालेका छन् । पूर्व नयाँशक्ति पार्टीका केन्द्रीय परिषद् सदस्यसहित ४० कार्यकर्ता नेकपामा शनिबार प्रवेश गरेका हुन् । उक्त पार्टी र उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपालबीच पार्टी एकीकरण भएसँगै जिल्लाका नयाँशक्ति पार्टीमा आबद्ध युवाले असन्तुष्टि जनाएर नेकपामा प्रवेश गरेका हुन् ।

केन्द्रीय परिषद् सदस्य दिनेश तमुसहित जिल्ला पार्टी सदस्य सुमेन्द्र श्रेष्ठ, नरेश नराल, रवि राना, धनबहादुर तामाङ, सनक उपकोटीलगायत नेता/कार्यकर्ता पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन् । देशमा राजनीतिक क्रान्ति सफल भइसकेपछि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँशक्ति पार्टीले देशको आर्थिक सामाजिक क्रान्तिको नेतृत्व गर्लाभन्दा झन् स्खलित हुँदै गएकोले पार्टी परित्यागको घोषणा गरेको उनीहरूले बताएका छन् । 

पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेहरूमा जङ्ग गुरुङ, प्रकाश कुँवर, नारान पुलामी, नरेश बराम, लेसन तामाङ, अमर गुरुङ, राजकुमार गुरुङलगायत रहेका छन् । त्यस्तै जिल्लाको सिराचोक गाउँपालिकामा क्रियाशील नयाँशक्ति पार्टीका अशोक गुरुङ, बिकल गुरुङ, अनुप गुरुङ राजकुमार गुरुङ, साजन गुरुङ, विजय गुरुङ, मनिलाल गुरुङ र शिव गुरुङलगायत पनि पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन् । पार्टी परित्याग गर्ने अन्य नेता कार्यकर्तामा ताङलीचोकका दीपक सुनार, सुमिन गुरुङ, सागर गुरुङलगायत छन् । 

नवप्रवेशी नेता तथा कार्यकर्तालाई नेकपाका केन्द्रीय सदस्य कृष्ण धितालले स्वागत गरेका थिए । 


नयाँ शक्तिबाट नेकपामा प्रवेश गरेकी विकलाई स्वागत गरे प्रचण्डले

नयाँ शक्तिबाट नेकपामा प्रवेश गरेकी विकलाई स्वागत गरे प्रचण्डले


काठमाडौं, बैशाख २५ । तत्कलीन नयाँ शक्तिकी केन्द्रीय सदस्य सीमा विक नेकपा प्रवेश गरेकी छन् । धुम्बराहीस्थित नेकपाको मूख्यालयमा आयोजित कार्यक्रममा विकलाई अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र महासचिव विष्णु पौडेलले स्वागत गरेका हुन् । 

संघीय समाजवादी फोरमसँगको एकताप्रति असन्तुष्टि जनाउँदै तत्कालीन नयाँ शक्ति पार्टीकी केन्द्रीय सदस्य विक नेकपा प्रवेश गरेकी हुन् । नयाँ शक्ति छाडेर नेकपा प्रवेश गरेकी विक राष्ट्रिय जनमुक्ती पार्टीको तर्फबाट संविधानसभा सदस्य समेत थिइन् । विकलाई पार्टीमा स्वागत गर्दै नेकपा अध्यक्ष प्रचण्डले पार्टीको एकता प्रक्रिया एक कदम अगाडि बढेको बताए । साथै उनले विकलाई उपयुक्त जिम्मेवारी दिइने पनि बताए ।


‘कम्युनिष्ट शासन आए रून पनि पाइँदैन’ सत्य सावित भएको देउवाको दाबी

‘कम्युनिष्ट शासन आए रून पनि पाइँदैन’ सत्य सावित भएको देउवाको दाबी


काठमाडौं, बैशाख २५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘कम्युनिष्ट शासन आए रून पनि पाइँदैन’ भन्ने कुरा सत्य सावित भएको दाबी गरेका छन् । राष्ट्रिय जागरण अभियानको बुधबार काठमाडौंमा उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । 

डेढ वर्षअघि प्रदेश र संघको चुनाव हुनुअघि देउवाले कम्युनिष्टले जिते रून पनि नपाइने बताएपछि उनको अभिव्यक्तिलाई लिएर त्यसबेला निकै आलोचना भएको थियो । त्यतिबेला आफूले भनेको कुरा यतिबेला मिल्दै गएको देउवाले दाबी गरेका छन् । 

प्रधानमन्त्रीले मंगलबार संसदमा गैरसंसदीय भाषा बोलेको र आफूहरूले विरोध गरे पनि सभामुखले रेकर्डबाट नहटाएको प्रसंग निकाल्दै देउवाले सभामुखको भूमिकाप्रति समेत प्रश्न उठाए । ‘सभामुख निरिह भइसके । प्रधानमन्त्री जे पायो त्यही बोल्ने भए । मैले त्यही भएर भनेको, कम्युनिष्ट शासन आएपछि यस्तै हुन्छ भनेर । हिजो संसदमा तपाईंहरूले देखिहाल्नु भयो, प्रधानमन्त्रीले गैरसंसदीय भाषा बोले । हामीले डिलिट गर्नुपर्छ भन्यौं । विरोध गर्यौ’, देउवाले भने, ‘सभामुखले डिलिट गर्न सकेनन् ।’ 

सभामुखले प्रतिपक्षलाई भन्दा सत्तापक्षलाई महत्व दिएको उनको भनाइ रहेको छ । नेपालको संसदीय इतिहासमै यति कमजोर, डरपोक र काँतर सभामुख देखेकै छैन भन्दै देउवाले संसद प्रतिपक्षको भन्ने भनाइ भएपनि प्रतिपक्षलाई सभामुखले भूमिका नदिएको बताए ।

त्यसैगरी, राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दा मेरो सरकार भनेकोमा पनि देउवाले बेलायती महारानीजस्तो किन हुनुपर्यो भनेर प्रश्न गरे । ‘गणतन्त्र आएपछि नेपाल सरकार भन्ने परम्परा नै बसिसकेको थियो । अहिले किन बेलायती महारानी शैलीमा मेरो सरकार भन्नुपर्यों ?’, देउवाले भने । 
 


कांग्रेसको जागरण अभियान शुरु, देशलाई सही बाटोमा हिँडाउन जागरण अभियान गरेको पौडेलको दाबी

कांग्रेसको जागरण अभियान शुरु, देशलाई सही बाटोमा हिँडाउन जागरण अभियान गरेको पौडेलको दाबी


काठमाडौं, बैशाख २५ । नेपाली कांग्रेसको पहिलो चरणको जागरण अभियान आजदेखि शुरु गरेको छ । कांग्रेसले आजदेखि देशैभर राष्ट्रिय अभियान शुरु गरेको हो । 

सोही क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई सुधार गर्ने र देशलाई सही बाटोमा हिडाउन अहिले जागरण अभियान चलाइएको बताएका छन् । नेपाल प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका विवाद पूरै समाधान नभए पनि यसलाई सही बाटामा हिँडाउन पनि सबै एक भएर लाग्ने र जागरण अभियान सफल बनाइने बताए । उनले भने, ‘गलत प्रवृत्तिका विरुद्धमा अभियान चल्नेछ, अभियानले आफैंभित्र रहेको धुलो पनि टक्टक्याएर देशलाई स्वच्छ राजनीतिक दिशा दिने संकल्प लिएको छ, यसै संकल्पका साथ जिल्ला जिल्लामा अभियान चलाइएको छ ।’

सो अवसरमा कांग्रेसका नेता रामशरण महतले संक्रमणकालीन अवस्था नसकिएको, संविधान पूरा कार्यान्वयनको संक्रमण अझ बाँकी रहेको, तीनथरिका सरकारको कार्यविभाजन र शान्तिसुरक्षाका विषयमा विवाद भएको र कर्मचारी प्राविधिक क्षमतामा कमी भएको विचार व्यक्त गरे ।

उक्त जागरण अभियान तीन चरणको हुने जनाइएको छ । ७७ जिल्ला र विदेशस्थित ३३ जनसम्पर्क समितिले एक साथ जागरण अभियान सुरु गर्ने पनि जनाइएको छ । आजदेखि जेठ महिनासम्म पहिलो चरण, भदौ २४ (बिपी जयन्ती अवसर पारि सुरु)देखि असोज १० सम्म दोस्रो चरण र अन्तिम चरणको अभियान पुस ७ देखि १६ सम्म हुनेछ । 

पार्टीले सञ्चालन गरेको अभियानमा भ्रातृ संस्था भिन्न–भिन्न मुद्दा लिएर अभियान सञ्चालन गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराए । परम्परागत शैलीलाई परिवर्तन गरी वक्ता तीन जना मात्रै हुने गरी कार्यक्रमको प्रारुप बनाइएको छ । यसअघि बनाइएको प्रारुपमा महिला वक्ताहरुलाई महत्व कम दिइएको भन्दै महिला सदस्यहरुले आपत्ति जनाएपछि उनीहरुलाई पनि स्थान दिने गरी कार्यक्रम तय गरिएको छ । 

जागरण अभियानमा स्वागत र विसर्जनबाहेक केवल तीन वक्ताले सम्बोधन गर्ने गरी छिटोछरितो बनाइएको शर्माले जानकारी दिए । जागरण अभियानलाई मध्यनजर गरी पार्टीले मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली गरी १२ भाषामा जागरण गीत बनाएको छ । 


समाजवादी पार्टीका पदाधिकारीले खाए सपथ

समाजवादी पार्टीका पदाधिकारीले खाए सपथ


काठमाडौं, बैशाख २४ । आज नवगठित समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका छन् । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष यादवले केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई सपथ गराएका हुन् । 

त्यसअघि उनले पार्टीका जेष्ठ सदस्य प्रेम कृष्ण पाठकबाट पद तथा गोपनियताको सपथ लिएका थिए । सपथग्रहणपछि आज नै पार्टीको केन्द्रीय समितिको पहिलो पूर्ण बैठक बसेको छ । बैठकले प्रक्रिया पूरा गरेर निर्वाचन आयोगमा दल दर्ता गर्ने र सबै प्रदेशमा जागरण सन्देश अभियान सञ्चालन गर्ने निर्णय गरेको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

नयाँ शक्ति पार्टी र संघीय समाजवादी पार्टी सोमबार एकिकरण भएर समाजवादी पार्टी नेपाल बनेको हो । एकिकरणपछि संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनियताको सपथ गराएका थिए ।