09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राजनीति


सत्यसँग सिङ नजुधाउनुस् भाँचिन्छः ओली

सत्यसँग सिङ नजुधाउनुस् भाँचिन्छः ओली


काठमाडौं, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारलाई सत्यसँग सिङ नजुधाउन आग्रह गरेका छन्। एमाले बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्य एउटै हुने बताउँदै सत्यसँग सिंग जुधाए भाँचिने बताए।

उनले द्वन्द्वले मानिसलाई बिगार्ने भन्दै उनले सरकारलाई शिक्षकहरुसँग चलाखी नगर्न आग्रह गरे। शिक्षा मन्त्रालयमा वार्ता नहुने, गृहमन्त्रालयमा वार्ता हुने र एकथरि शिक्षकको माग सम्बोधन हुने र अर्कोको नहुने भन्दै उनले सरकारको आलोचना गरे।


नेपाल र चीनबीच १३ बुँदे समझदारी

नेपाल र चीनबीच १३ बुँदे समझदारी


काठमाडौं, ७ असोज । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी  लि छ्याङबीचको द्विपक्षीय वार्ता सकिएको छ।

बेइजिङस्थित ग्रेट हल अफ दि पिपुल्समा भएको द्विपक्षीय वार्तापछि नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री दाहाल र समकक्षी छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १२ वटा सम्झौता र एउटा समझदारी पत्र आदान प्रदान गरेका छन्।

यी सम्झौता र समझदारी पत्र कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित रहेको बताइएको छ। चीनको राष्ट्रिय विकास तथा अनुसन्धान परिषद र नेपालको राष्ट्रिय योजना आयोगबीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएका छन्।
 


प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता


काठमाडौं, ६ असोज । बेइजिङ- चीनको औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच शनिबार चीनको हाङ्चाओ सहरमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहाल शनिबार नै अमेरिकाको न्यूयोर्कबाट चीनको सो सहर आएका हुन् । सो सहरमा एसियाली खेलकुद आयोजना भइरहेको छ । आज हाङ्चाओ आउनुभएका प्रधानमन्त्री दाहाललाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानलेले स्वागत गरेका थिए ।

आजै प्रधानमन्त्री दाहाल तथा नेपाली प्रतिनिधिमण्डलको सम्मानमा चिनियाँ राष्ट्रपति सीले दिवा भोजको आयोजना पनि गरेका छन् । सो सहरमा चीन र नेपालको टोलीबीच प्रतिनिधिमण्डलस्तरको छलफल पनि भएको छ । एक हप्ता चीनमा रहेका प्रधानमन्त्री दाहाल हाङ्चाओबाट बेइजिङ आउने र यहाँ चिनियाँ प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।
 


सिंहदरबारभित्र प्रवेश गर्न खोज्ने वैद्य निकट ११ जना शिक्षक पक्राउ

सिंहदरबारभित्र प्रवेश गर्न खोज्ने वैद्य निकट ११ जना शिक्षक पक्राउ


काठमाडौं, ५ असोज । काठमाडौंमा तीन दिनदेखि जारी शिक्षक आन्दोलनका क्रममा वैद्य निकट विद्यार्थी संगठनका कार्यकताहरू पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीले सिंहदरबारबाट पक्राउ गरेको हो। 

निषेधित क्षेत्र तोड्दै सिंहदरबार गेटभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो।  प्रहरीका अनुसार शिक्षक आन्दोलनका ११ जना कार्यकर्ता पक्राउ परेका हुन्।


 


आज संविधान दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै

आज संविधान दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै


काठमाडौं, ३ भदौ । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।

आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।

नयाँ संविधान लागु भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए ।

संघीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेका थिए । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।


सरकारले विभूषण वितरण नगर्ने

सरकारले विभूषण वितरण नगर्ने


काठमाडौं, २९ भदौ । सरकारले यस वर्ष संविधान दिवसको अवसरमा विभूषण वितरण नगर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिबाट प्रदान गर्दै आएको विभूषण वितरण कार्यलाई मर्यादित एवम् थप व्यवस्थित बनाउन कार्यदल गठन गर्ने निर्णयसहित विभूषण वितरण कार्य स्थगित गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनकारी दिइन् ।
विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानूनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् । 

यस्तै बैठकले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० स्वीकृत गर्ने, कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा समिति गठन गर्ने, साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुट गरी १०–१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडितको न्यायिक समस्या स्थायी रूपमा समाधानका लगि अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्ने लगायतका निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन् । 
 


असोज १४ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

असोज १४ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित


काठमाडौं, २९ भदौ । संघीय सदनअन्तर्गतको प्रतिनिधिसभा आगामी असोज १४ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले अर्को बैठक असोज १४ गते आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको जानकारी दिए । 

शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो संयुक्त राष्ट्रसंघको महासभामा हुने उपस्थिति र चीन भ्रमणबारे जानकारी गराएका थिए । उनको सदनमा राखेको अमेरिका र चीन भ्रमण प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको छ । यस लगत्तै आजको बैठक स्थगित भएको हो । 

भ्रमणका लागि आफूले सकेसम्म सानो र छरितो प्रतिनिधि मण्डल बनाएको प्रधानमन्त्रीको भनाइ छ । संयुक्त राष्ट्रसंघको महासभामा प्रचण्डले असोज ४ गते सम्बोधन गर्ने कार्यसूची छ । उनी अमेरिकाबाटै असोज ५ गते चीन भ्रमणका लागि हिँड्नेछन् । 


 


प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची


काठमाडौं, २९ भदौ ।  संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भाबित कार्यसुची अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभारी तोकिएको सबन्धीको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने छन् ।

साथै, सभामुख घिमिरेले नेपालको संविधान धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको ब्योहोरा प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१५ को (१) बमोजिम जानकारी गराउने छन् । जसअनुसार प्रतिनिधिसभा सदस्यसमेत रहेका संबिधानसभा अध्यक्ष सुबासचन्द्र नेम्वाङको निधन पछि निर्वाचन क्षेत्र इलाम–१ रिक्त रहेको जानकारी बैठकमा गराइनेछ । नेम्बाङकाे गत मंगलबार निधन भएकाे थियाे भने हिजाकाे बैठक शाेक प्रस्ताब पारित गरेकाे थियाे ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संसोधन गर्न बनेको बिद्येयक २०८० लाई दफाबार छलफलका लागि सबन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
 


गौहत्याको विरोधमा राप्रपाको शक्ति प्रदर्शन

गौहत्याको विरोधमा राप्रपाको शक्ति प्रदर्शन


२६ भदौ । राप्रपाले विभिन्न माग राखेर शक्ति प्रदर्शन गरेको छ । गौहत्या विरोध र हिन्दू राष्ट्र, राजसंस्था पुनर्स्थापना, तथा संघीयता खारेजीको मागसहित राप्रपाले बुधबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो ।
भृकुटीमण्डपमा जनप्रदर्शन तथा विरोध सभा आयोजना गरिएको छ भने यसअघि विभिन्न स्थानबाट झाँकीसहित र्‍याली निकालिएको छ । सभालाई शीर्षनेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
 


संविधानसभा अध्यक्ष नेम्वाङलाई राष्ट्रिय सम्मान दिने सरकारको निर्णय

संविधानसभा अध्यक्ष नेम्वाङलाई राष्ट्रिय सम्मान दिने सरकारको निर्णय


काठमाडौं, २६ भदौ ।  संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत मन्त्रिपरिषद बैठकले गरेको छ । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद नेम्वाङको आज बिहान निधन भएको हो । नेम्वाङका छोराहरु विदेशमा भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने जनाइएको छ ।
 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom