17 Baishak, 2081 / 29 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाज


बाढीमा 'ठूली' गुमाएका दिलीपको दुःख : 'अभिभावक गुमे जस्तै भयो'

बाढीमा 'ठूली' गुमाएका दिलीपको दुःख : 'अभिभावक गुमे जस्तै भयो'


बर्दिबास,  असार ३० -  दिनको तीनपटक गरेर १७ लिटर दूध दिन्थ्यो। दूध बेचेर महिनाको करिब ३१ हजार आम्दानी हुन्थ्यो। महोत्तरीको बर्दिबास—३ पाटुका पशुपालक किसान दिलीपराज थापाले दुहुना गाई पालेर दंग थिए।७० हजारमा किनिएको गाई शुक्रबार राति मर्‍यो। गाई मरेपछि किसान चिन्तामा छन्। गोठमा भएका अन्य गाईभैंसी झोक्राएका छन्।

अविरल वर्षाले चारैतिर बाढीमात्र छ। वर्षाको समयमा दुलोमा पानी परेर गोठमा पुगेको सर्पको टोकाईबाट उनको गाई मर्‍यो। उनले गोठमा पालेका गाईलाई छोरोछोरी जस्तै स्याहारेका थिए। बिहान बेलुका नुहाइदिन्थे। हरिया घाँसपात खोजेर ल्याएर दिन्थे।

‘गाईलाई ठूली भनेर बोलाउँथे। हेर्ने बित्तिकै बाँ बाँ गरेर कराउथे,’ किसान दिलीपराजले भने, ‘हातमा केही खानेकुरा लिएर जान्थें। हात चाटन पाउँदा नै गाई खुसी हुन्थ्यो।’ गाई मरेर गोठ शून्य लागेको उनले सुनाए।

ग्रामीण भेगका किसान गाईभैंसी पालेर जीवन चलाउँछन्। एउटा गाई वा भैंसी गोठमा भए बिहानबेलुकाको छाक मज्जाले टर्छ।

रुकमिडी पशुपालन कृषि फर्म खोलेर किसान थापाले गाईभैंसी पाल्दै आएका थिए। फर्ममा गाईभैंसी गरी ७ वटा दुहुना थिए। फर्ममा धेरै दूध दिने भएर त्यो गाईको नाम किसानले ‘ठूली’ राखेका थिए। उनले सबै वस्तुका बिमा भने गरेका थिए।

‘गाई मरेको देख्दा मेरो एउटा परिवारको अभिभावक गुमे जस्तै भयो,’ थापाले भने, ‘ठूलीले फर्मको नेतृत्व गरेकी थिई।’ मरेको गाईको हिन्दुधर्म अनुसार व्यवस्थान गर्ने उनले जनाए। अन्नपूर्णमा खबर छ । 

थापाले फर्ममा पालेका गाईभैंसीबाट मासिक दुई हजार ५५० लिटर दूध उत्पादन हुँदै गरेको बताए। दूध बिक्री गरेर उनले मासिक डेढ लाख रुपैयाँ आम्दानी गरिरहेका छन्।

'ठूली गाई मर्दा आम्दानीमात्र घटेन, परिवारको सदस्य पनि घट्यो', उनले दुःख मनाउ गरे। ठूली गाईलाई टोक्ने सर्प पनि गाईले कुल्चेर मरेको छ। 


त्रासमा टापुका अढाई सय परिवार

त्रासमा टापुका अढाई सय परिवार


भद्रपुर , असार ३० -  झापाको भद्रपुर–३ मा पर्ने भाङबारीलाई मेचीपारिको गाउँ भनेर चिनिन्छ। यो गाउँ बर्खामा टापुमा परिणत हुन्छ। नदी र जंगे पिलरले बाटो फेर्दा स्थानीय त्रसित हुन्छन्। अढाई सय घरपरिवार यसपटक त्रासमा छन्। मेची नदी उर्लिएपछि नेपालतिर सम्पर्क टुटेको छ।

चार दिनदेखि अविरल वर्षा भइरहेको छ। आउजाउ गर्न डुंगा चल्न सकेको छैन। पाँच वर्षअघि बनाउन थालेको झोलुंगे पुल अलपत्र छ। नदीमा पानीको बहाव बढेसँगै स्थानीयवासी त्रसित बनेका छन्। भारतले आफ्नो क्षेत्रतिर यही वर्ष पक्की तटबन्ध बनाएको छ। उतापट्टि बग्ने मेची नदीले पनि नेपालतिरै हान्न थालेको छ। त्यसले टापुलाई कटान गर्न थालेको छ।

नदी किनारमा गएर नेपालतिर फर्किएर हेर्नुबाहेक अरू विकल्प नभएको स्थानीय डिगेन गणेशले बताए। उनी आफन्त भेट्न वारि आएका थिए। तर, नदी उर्लिएपछि डुंगा नचलेकाले फर्किन सकेका छैनन्। ‘कुन दिन हाम्रा बाबुबाजे यो टापुमा आएर बसे ? ’, उनले भने, ‘त्यसको सजाय हामीले भोगिरहेका छौं। तीन दिन भयो डुंगा पनि चलेको छैन।’ बिरामी भए उपचार नपाउने अवस्था रहेको उनले सुनाए।

स्थानीयका अनुसार आधा गाउँमा नदी पसेको छ। घर छाड्नुपर्ने अवस्था नभए पनि नदी पस्यो भने उद्धार कठिन छ। यो गाउँमा भद्रपुर नगरपालिकाले दिएको एउटा डुंगा छ। नदीको बहाव कम भएका बेला स्थानीय त्यही चढेर आवतजावत गर्छन्। अन्नपूर्णमा खबर छ । 

ठेकेदारले पाँच वर्षमा पनि झोलुंगे पुल निर्माण सम्पन्न गरेको छैन। वर्षमा २–४ दिन आएर २–३ जनाले काम गरेजस्तो गर्छन्। ‘मेची उर्लिएका बेला आएर फेरि काम गर्दै छ’, मेचीपारिकै स्थानीय जनप्रतिनिधि अरुण राजवंशीले टेलिफोनमा भने, ‘जब मध्य बर्खा सुरु भयो तब पुलको पोल ठड्याएको छ। हिउँदभर बेवास्ता ग¥यो।’

आफूहरूलाई सरकारले नेपाली नै नठानेको स्थानीयको गुनासो छ। मेचीपारिका बासिन्दा हिउँदमा हिँडेर, साइकलमा जाने–आउने गर्छन्। बर्खाका चार महिना उनीहरूका घरमा चुलो बल्न मुस्किल पर्छ। छोराछोरीलाई स्कुल पठाउन सक्दैनन्। ‘सरकारले हामीलाई एउटा झोलुंगे पुल झुन्ड्याइदिन खोजेको कि रमिता देखाएको ? ’, स्थानीय विनिताले भनिन्, ‘हामी पनि नेपाली हौं। हामी बाँच्नुपर्दैन ? ’


युवतीको पेटबाट दश किलोको ट्युमर झिकियो

युवतीको पेटबाट दश किलोको ट्युमर झिकियो

भदौ १२, २०७४

झापा : झापाको भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटलमा एक युवतीको पेटभित्र रहेको करिब १० किलोको अण्डाशयको ट्युमरको सफल शल्यक्रिया गरिएको छ । मेचीनगर–१५ स्थित ज्यामिरगढीकी १८ वर्षीया ती युवतीको पेटभित्र रहेको ट्युमर बिनाचिरफार दूरबिन प्रविधिबाट निकालिएको हो ।

गत शुक्रबार ती युवतीको पेट एक्कासी दुख्न थालेपछि उनलाई ओमसाइमा भर्ना गरिएको थियो । उनको पेट असाधारणरुपमा सुन्निएकाले शल्यक्रिया गर्न सुझाव दिएपछि चिकित्सकको टोलीले सोही दिन ट्युमर झिकेर फालिदिएको हो ।

करिब दुई घण्टा लगाएर ट्युमरको सफल शल्यक्रिया गरिएको डा शशि सिंहले बताए । उनका अनुसार सानो आकारको तीन वटा प्वाल बनाएर पेटभित्र रहेको ट्युमरको शल्यक्रिया गरिएको हो । शल्यक्रियामा डा सिंहसहित डा सुमन सिंह र डा मुस्कान सिंह सहभागी थिए। चिकित्सकका अनुसार यति ठूलो ट्युमर कमैमात्रामा हुने गरेको छ । ती युवतीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र केही दिनमै घर पठाइने अस्पतालले जनाएको छ ।

छोरीको उपचार सफल भएपछि आमा हृदय राजवंशीले खुशी व्यक्त गर्दै चिकित्सकको टोलीलाई धन्यवाद दिएकी छिन् । उनले आफ्नो आर्थिक अवस्था कमजोर रहेकाले अस्पतालमा लागेको खर्चमा केही हेरिदिन आग्रह पनि गरिन्। रासस


अध्यक्ष र सदस्यको विवादले गाउँसभा स्थगित

अध्यक्ष र सदस्यको विवादले गाउँसभा स्थगित

भदौ १२, २०७४

सन्धिखर्क : अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको प्रथम गाउँसभा सुरु भए पनि ५ नम्वर वडामा आएको विवादका कारण गाउँसभा स्थगित भएको छ । वडा अध्यक्ष र सदस्यहरुबीच योजना छनौटमा विवाद हुँदा गाउँपरिषद् सम्पन्न हुन सकेन ।

५ नम्वर वडाका वडा अध्यक्ष शोभाखर भुसाल र चार जना वडा सदस्यहरुले छुट्टा छुट्टै योजना गाउँपालिकामा पेश गरेका छन् । गाउँपालिकामा दुईपक्षबाट योजना पेश भएको हुँदा दुवै पक्षलाई मिलेर योजना ल्याउन आग्रह गर्दै केही समयका लागि बजेट विनियोजनको पाटोलाई स्थगित गरिएको गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।

५ नम्वरका वडा अध्यक्ष शोभाखर भुसालले योजना प्रस्ताव गर्दा सदस्यहरुसँग कुरा नमिलेको उल्लेख गरे । उता वडा सदस्य डालबहादुर चौहानले वडा अध्यक्षले एकलौटी रुपमा टोलगत भन्दा पनि व्यक्तिगत योजना अगाडि बढाएको हुँदा विवाद भएको जानकारी ।

मालारानी गाउँपालिका वडा नम्वर ५ मा एमाआवादी र कांग्रेस गठबन्धनबाट वडा अध्यक्ष जिते पनि चार जना बहुमत सदस्य एमालेले जितेको छ । गाउँपालिकाका ९ वटा वडामा ८० लाख बजेट दिने निर्णय समेत भएको छ । यसै बजेट भित्रका योजना छनौटमा सहमति हुन नसकेको हो । जसले गर्दा गाउँसभा नै स्थगित हुन पुगेको छ ।


२४ वर्षीय युवक मृत भेटिए

२४ वर्षीय युवक मृत भेटिए

भदौ १२, २०७४

महेन्द्रनगर : कञ्चनपुरको पुनवार्समा एक युवक मृत भेटिएका छन् । पुनवार्स नगरपालिका वडा नम्बर ९ का स्थानीय २४ वर्षीय युवक सुर्जे सार्की मृत भेटिएका हुन् । घर नजिकै ७ सय मिटर उत्तरतर्फ नालामा घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन् ।

सोमबार बिहान उनी उक्त नालामा घोप्टो परेको अवस्थामा मृत भेटिएको कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी ज्ञानबहादुर सेट्टीले जानकारी दिए । उनको शरीरको बाहिरी भागमा कुनै चोट नदेखिएको तर मुखबाट रगत निस्केको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको पोष्टमार्टम गरेपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरीले बताएको छ ।

मृतकको शव घटनास्थलमै रहेको अहिले मुचुल्का उठाउने काम भइरहेको डीएसपी सेट्टीले जानकारी दिए । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको बताएको छ ।


मागेर खानुपर्ने अवस्था

मागेर खानुपर्ने अवस्था

भदौ १२, २०७४

मलंगवा : ‘सरकारी राहतबाट चार दिनसम्म गुजारा चलायौं। अहिले गाउँबाट मागेर खानुपरेको छ।' रामनगर गाउँपालिका–६, सिसौटकी बाढीपीडित रेश्मी मल्ली (डोम)को दुखेसो हो यो। बारबरा शान्ति प्रतिष्ठान र सामुदायिक आँखा अस्पताल हेटौंडाको राहत वितरण कार्यक्रममा भेटिएकी रेश्मीले बाढीपछिको कष्टकर जीवनयापनबारे सुनाएकी हुन्।

‘आठ महिनाको गर्भवती बुहारीसहित १२ जना एउटै त्रिपालमुनि बस्दै आएका छौं', गहभरि आँसु पार्दै उनले भनिन्। दिनमा बाढी आउँदा ज्यान जोगिएको सुनाउँदै उनले भनिन्, ‘रातिमा बाढी आएको भए घरसहित पूरै परिवारलाई नै बगाउँथ्यो। भगवान् हम सबके बचैलक (भगवानले हामीलाई बचायो)।'

उनीसँगै राहत लिन आएकी इन्दुदेवी मल्लीले अन्नपात, लत्ताकपडासँगै आधा दर्जन सुँगुर पनि बाढीले बगाएको सुनाइन्। ‘अन्न मागेर नै गुजारा गर्नुपर्छ', उनले भनिन्, ‘कमाइ छैन। घर बनाउने कि खानालाई खाद्यान्न जोहो गर्ने ? ' ७० वर्षीय महेन्द्र चमारको १० जनाको परिवार भैंसी गोठमा ओतिएको छ। ‘घरमा चार दिनसम्म चार फिट पानी बगिरह्यो', उनले भने, ‘दालमोठ, चिउरा, चाउचाउ खाएर चार दिन थेग्यौं।'

बागमती र मनुस्मारा खोलाको बाढी सिसौटको दलित र मुस्लिम बस्तीमा पस्दा दुई सय घरमा क्षति पुगेको छ। कतिपय घर बगरमा परिणत भएका छन्। अधिकांश विस्थापित छिमेकीका घरमा बस्दै आएका छन्।


मुख्य बजार नैकटानको चपेटामा

मुख्य बजार नैकटानको चपेटामा

भदौ १२, २०७४

बेनी : म्याग्दीका मुख्य बजार क्षेत्र नै नदी कटानको चपेटामा पर्दै आएका छन् । जिल्ला सदरमुकामसमेत रहेको बेनीबजार, मालिका गाउँपालिकाको केन्द्र तथा दोस्रो व्यापारिक केन्द्र दरबाङ, मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर र प्राकृतिक अस्पतालको उपमा पाएको सिंगा तातोपानी कालीगण्डकी र म्याग्दी नदीको कटानको चपेटामा पर्दै आएका हुन् । बेनी नगरपालिकाको केन्द्रसमेत रहेको बेनीबजार दुवै नदीको दोभानमा अवस्थित छ ।

दुवैतर्फ बर्सेनि कटानको जोखिम बढ्दो छ । देशका जोखिमपूर्ण जिल्ला सदरमुकाममध्ये तेस्रो स्थानमा पर्ने बेनीबजार संरक्षणका लागि बेनीबजार संरक्षण उपभोक्ता समितिले काम गर्दै आएको छ । तीन वर्षदेखि कालीगण्डकी क्षेत्रमा पक्की पर्खाल लगाउने काम निरन्तर रहे पनि म्याग्दी नदीतर्फ पर्ने मंगलाघाट क्षेत्रमा कुनै काम हुन सकेको छैन ।

वर्षामा कालीगण्डकी र म्याग्दी नदीको बहाब उच्च हुने हुँदा यस क्षेत्रका सर्वसाधारण त्रासमा समय कटाउन बाध्य छन् । तातोपानी, बाबियाचौर र दरबाङ क्षेत्र नदी कटानबाट जोगाउन तटबन्ध गर्ने काम गरिए पनि प्रभावकारी बन्न नसकेको स्थानीयको गुनासो छ । एक हप्ताअघि म्याग्दी नदीमा आएको बाढीले दरबाङ र बाबियचौर बजार उच्च जोखिममा परेको छ भने दरबाङको जनप्रिय माविको भवन र खेलमैदान कटानले भत्किएको छ । बाबियाचौरका केही घर भत्किने अवस्थामा पुगेका छन् । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बेनी बजारलाई नदी कटानबाट जोगाउन जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयबाट केही वर्षदेखि क्रमागत योजनाअनुसार काम भइरहेको बताए ।

बेनीबजार, दरबाङ, बाबियाचौर र प्राकृतिक अस्पतालको उपमा पाएको सिंगा तातोपानी कालीगण्डकी र म्याग्दी नदीको कटानको चपेटामा पर्दै आएका हुन् ।

‘नगरपालिकाले पनि काम गर्न यसवर्ष बजेट विनियोजन गरेको छ, त्यसमाथि जलउत्पन्नले नै काम गर्ने भएकाले केन्द्रीय बजेट ल्याउन पहल गरिरहेका छौँ', उनले भने । 

गत आर्थिक वर्षमा समेत गरी कालीगण्डकीमा कालीपुलदेखि होटेल शिखरसम्म पक्की तटबन्ध लगाउने काम सकिएको छ । यसलाई चालु आवमा पनि निरन्तरता दिइनेछ । ‘हामीसँग आर्थिक स्रोत नहुँदा केन्द्रीय बजेटमै निर्भर हुनुपरेको छ', उनले भने । केही वर्षयता मंगला गाउँपालिका-५ अर्मनको हाँडीभीरतर्फ बढेको म्याग्दी नदीको कटानले गाउँपालिकाकै केन्द्र रहेको बाबियाचौरलाई समेत जोखिममा पारेको छ । म्याग्दी नदीको कटान हाँडीभीरतर्फ बढेमा त्यसले बाबियाचौर बजारलाई समेत असर पुर्‍याउने भएकाले अहिले भइरहेको नदी कटान नियन्त्रण गर्नुपर्ने देखिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिए ।

‘यसवर्ष बजार संरक्षणका लागि केही बजेट विनियोजन गरेका छौँ, तर यस्तै रहने हो भने ठूलो बजेट आवश्यक पर्ने देखिएको छ', उनले भने, ‘हामीले सम्बन्धित निकायमा कुरा गर्ने योजना बनाएका छौँ ।' नदी कटानका कारण मुख्य बजारका साथै गलेश्वर, चमेरे, घुमाउनेताल, तिप्याङ हुँदै अन्नपूर्ण गाउँपालिकाको केन्द्र रहेको पोखरेबगरसमेत जोखिममा परेका छन् । गहिरो नदी, कमजोर भू-बनोट र अधिक वर्षाजस्ता कारणले म्याग्दी प्राकृतिक रूपमै बाढी, पहिरो र भूक्षयबाट जोखिमयुक्त क्षेत्रमा पर्ने जिल्ला भू-संरक्षण अधिकृत दिवाकर पौडेलले बताए । ‘त्यसमाथि अवैज्ञानिक तरिकाले खनिएका सडकले यी नदीमा बाढी आउने सम्भावना बढी छ, यसमा समयमै ध्यान दिइएन भने भोलि समस्या विकराल बन्नसक्छ', उनले भने ।


खुट्टाले हवाइजहाज चलाउने पाइलट चारदिनपछि नेपालमा (फोटो फिचर)

खुट्टाले हवाइजहाज चलाउने पाइलट चारदिनपछि नेपालमा (फोटो फिचर)

भदौ १२, २०७४

काठमाडौ : जहाजका  ककपिटमा उनका हातका औला चल्दैनन,खुट्टाका औला चल्छन । अरुका लागि बोझ होइन,उत्साह र प्रेरणापुञ्ज बनिरहेकी छिन । तिनै जेसिका कक्स हवाइ जहाज उडाउन र साहसिक खेल खेल्न सक्छिन । ३४ बर्षीया जेसिका कक्स तेक्वाण्डेकी ब्लाकवेल्ट होल्डर पनि हुन । खुट्टाले हवाई जहाज चलाउने पहिलो महिलाको रुपमा कक्सले गिनिज बुकमा नाम लेखाएकी छन् । अमेरिकामा जन्मिएकी तिनै कक्स चारदिनपछि नेपाल भ्रमणमा आउँदैछिन् ।


ह्याण्डीक्याप इन्टरनेशनलकी सदभावना राजदूतको रुपमा कक्स नेपाल भ्रमणमा आउन लागेकी हुन । ह्याण्डीक्याप इन्टरनेशनलका अनुसार कक्सले भदौ १६ गतेदेखि २१ गतेसम्म नेपाल भ्रमण गर्न लागेकी हुन । कक्सलाई उघृत गर्दै हयाण्डक्याप इन्टरनेशनलले भनेको छ ‘समावेशी शिक्षाको प्रभाव र शारिरीक अस्वस्थ रहेकाहरुको बिश्वव्यापी अधिकारको महत्वका बारेमा आफना धारणाहरु राख्नेछु ।’

 

कक्सले इथियोपिया,फिलिपिन्स र नेपालको भ्रमण गर्न लागेकी हुन । शारिरीक रुपमा अस्वस्थ रहेकाहरुको वास्तविकता बुझन,उनीहरुका बारेमा भइरहेको काम र विकासोन्मुख मुलुकमा उनीहरुका लागि गर्न सकिने कामका बारेमा कक्स नेपाल आउन लागेकी हुन ।


उनी हात विहिन शरिर लिएर जन्मिएकी थिइन । कक्सले १४ बर्षको उमेरमा तेक्वाण्डोमा ब्ल्याक वेल्ट पाएकी हुन । अरिजोना बिश्लबिद्यालयबाट सन २००५ मा मनोबिज्ञानमा स्नातक गरेकी कक्स पाइलट बन्न सफल भएकी छन् । उनी सन २००८ मा पाइलट बनेकी हुन ।

रक क्लाइमिङ गर्न र हिउसँग खेल्न रुचाउने कक्स अस्वस्थ शारिरीक अवस्थामा भएकाहरुका लागि प्रेरणाकी स्रोत हुन । अमेरिकाको अरिजोनामा सन १९८३ फेब्रअरी २ मा जन्मिएकी जेसिका कक्सले सन २०१५ मा आत्मकथा पनि प्रकाशित गरेकी छिन् ।


समाचारको विरोधमा चिकित्सकहरु आन्दोलनमा

समाचारको विरोधमा चिकित्सकहरु आन्दोलनमा

भदौ १२, २०७४

सिन्धुलीः स्थानीय सञ्चारमाध्यमले चिकित्सकको चरित्र हत्या गर्ने गरी समाचार प्रकाशन प्रसारण गरेको भन्दै सिन्धुली अस्पतालका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन्। उनिहरुले सोमबारबाट ओपीडी सेवा बन्द गरेर आन्दोलन थालेका हुन्।

जिल्लाबाट प्रकाशन हुने एक दैनिक पत्रिका र अनलाई समाचारमा सिन्धुली अस्पताका चिकित्सकको चरित्र हत्या गर्ने गरी तल्लोस्तरको भाष प्रयोग गरेर समाचार लेखेको चिकित्सकहरुको गुनासो छ।

आइतबार र सोमबार छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरेर समाचारको खण्डन छाप्न चिकित्सकले आग्रह गरेका थिए।

चिकित्सकहरुले नेपाल पत्रकार महासंघ, स्थानीय प्रशासन, सञ्चारमाध्यम र चिकित्सकहरुबीचमा छलफल गरी समाचारका विषयमा उठेको विवाद टुङ्याएको भएपनि एक दैनिक पत्रिकाले फेरी गलत नियतले चिकित्सको तस्बिरसहित समाचार छापेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेका अस्पतालकी प्रमुख डाक्टर सुमित्रा गौतमले बताइन्।

उनले भनिन्, ‘चिकित्कसहरुले इमरजेन्सी सेवा बन्द गरेका छैनौं तर, ओपीडि सेवा भने सोमबारबाट अनिश्चित समयसम्मका लागि बन्द गर्न बाध्य भएका छौं।'


बर्दियामा जंगली हात्ती आतंक

बर्दियामा जंगली हात्ती आतंक

भदौ १२, २०७४

बर्दिया : बर्दियामा जंगली हात्तीको आतंक बढेको छ । गेरुवा नदी तटीय क्षेत्रमा जंगली हात्तीको राम्रो बासस्थान भएसँगै सो क्षेत्रमा जंगली हात्तीको आतंक बढेको हो ।

विगत केही दिनदेखि पुनः जंगली हात्ती सक्रिय भै आतंक फैलाइरहेको स्थानीयले बताएका छन् । बर्दियाको गेरुवा गाउँपालिकामा आइतवार राति जंगली हात्तीले आक्रमण गरी १० वटा घर भत्काई दिएको छ ।

गेरुवा गाउँपालिका वडा नम्वर १ पाताभार निवासी ६४ वर्षीय नरबहादुर बुढाको घर हात्तीले भत्काएको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए । उनले भने हात्तीले गोलागाउँमा समेत गरी १० वटा घर भत्काएको छ ।

केही दिनदेखि मनाउ, नौरङ्गा, पाताभारलगायत गेरुवा नदी तटीय क्षेत्रमा हात्तीको आवागमन बढेको बताउँदै प्रमुख थापाले हात्ती नियन्त्रणका लागि निगरानी बढाइएको बताए । ‘हामीले त्यस क्षेत्रका विभिन्न पोष्टहरुमा हात्ती सहितको टोली जंगली हात्ती नियन्त्रणका लागि तयारी अवस्थामा राखेका छौं ।’ उनले भने । ओखरिया पोष्टमा थप सुरक्षाकर्मी सहित आक्रामक हात्तीलाई कडा निगरानी उनले जानकारी दिए ।