23 Baishak, 2081 / 5 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाज


विश्वभर कोरोना संक्रमितमध्ये ७९ लाख पाँच हजार बढी उपचारपछि निको

विश्वभर कोरोना संक्रमितमध्ये ७९ लाख पाँच हजार बढी उपचारपछि निको


काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या  एक करोड ४१ लाख १८ हजार १ सय १५ पुगेको छ । 

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ६ लाख २ हजार ९ सय ४८ पुगेको छ । 

७९ लाख पाँच हजार १ सय ३२ जना उपचारपछि निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको कुल संक्रमितको संख्या ३६ लाख ४७ हजार ७ सय १५ पुगेको छ । एक लाख ३९ हजार २ सय ६६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यस्तै अमेरिकामा ११ लाख ७ हजार २ सय ४ जना उपचारपछि निको भएका छन् । 

कोरोना संक्रमितको संख्या दोस्रो स्थानमा रहेको ब्राजिलमा  २० लाख, ४६ हजार ३ सय २८ जना संक्रमित भएका छन् । त्यसमध्ये ७७ हजार ८ सय ५१ को मृत्यु भएको छ । १४ लाख २८ हजार ५ सय २० जना उपचारपछि निको भएका छन् ।


भारतमा कोरोना संक्रमितको संख्या १० लाख ३९ हजार ८४  जना पुगेको छ । 
भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ हजार २ सय ७३ पुगेको छ । ६ लाख ५३ हजार ७ सय ५१ जना उपचारपछि निको भएका छन् ।


रुसमा ७ लाख ६४ हजार १२ सय १५  जनामा संक्रमण देखिएको छ ।१२ हजार २ सय २८  जनाको मृत्यु भएको छ । ४५ हजार ९ सय ९ जना उचारपछि निको भएका छन् । 
 

 


लमजुङको क्वारेन्टाइनमा २३ वर्षीय युवक मृत भेटिए 

लमजुङको क्वारेन्टाइनमा २३ वर्षीय युवक मृत भेटिए 


लमजुङ, साउन ३ । लमजुङको क्वारेन्टाइनमा एक युवक मृत अवस्थामा फेला परेका छन् । क्व्होलासोंथर गाउँपालिका ९, गिलुङ चिसापानीको बुद्धोदय माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका युवक शुक्रबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी क्व्होलासोंथर गाउँपालिका ६, पसगाउँका २३ वर्षीय युवक हुन् । प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन । प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले युवक मृत अवस्थामा भेटिएको र अनुसन्धान थालेको बताए ।’गोरखापत्र दैनिकमा खबर छ ।

उनका अनुसार युवक असार ३१ गतेबाट क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा बसेको दुई दिनमै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रनाउ थापाका अनुसार ती युवकले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । उहाँले भन्नुभयो, ‘युवकले पासोमा झुण्डिएर मरेको जस्तो देखिन्छ । खास कारणबारे हामीले अनुसन्धान थालेका छौँ ।

क्व्होलासोंथर गाउँपालिका९९ का अध्यक्ष नन्दजङ गुरुङका अनुसार बुटवल दिदीको घरमा बस्दैआएका उनी पोखरा हुँदै पसगाउँ आएका थिए । पसगाउँ आएको असार ३१ गतेकै दिन क्वारेन्टाइनमा राखिएको थियो । उक्त क्वारेन्टाइनमा उनी एक्लै रहेको र बिहान हेर्न जाँदा मृत अवस्थामा भेटिएको उनले बताए । उक्त घटनापछि स्थानीयले विद्यालयमा क्वारेन्टाइन हटाउन माग गरेका छन् । उक्त क्वारेन्टाइनमा यसअघि दुई जना बसिसकेका छन् ।


घरभाडामा छुट दिन  घरधनीसँग आग्रह 

घरभाडामा छुट दिन घरधनीसँग आग्रह 


काठमाडौ, असार ११- पोखरा उद्योग वाणिज्य सङ्घले घरभाडामा छुट दिन घरधनीसँग आग्रह गरेको छ । सङ्घका महासचिव अर्जुन पोखरेलले चार महिनादेखि व्यवसाय बन्द रहेको र घरभाडा भुक्तानी नगरेकै कारण व्यवसायी पलायन हुनुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै भाडा छुट दिन आग्रह गरेका छ ।
    
“सहज परिस्थिति हुँदा नियमित भाडा तिरेको स्मरण गर्दै असहज परिस्थितिमा व्यवसायीलाई जोगाउनु घरधनीको पनि कर्तव्य हो”, विज्ञप्तिमा भनिएको छ, “घरभाडा चुक्ता नगरेकै कारण व्यवसायी नै पलायन हुनुपर्ने अवस्था सिर्जना हुनु घरधनीको लागि पनि राम्रो हैन । घर खाली गराउँदैमा समस्याको समाधान हुने पनि हैन ।”
    
यथासम्भव निश्चित अवधिको भाडा मिनाहा एवं अनुकूल समयमा भुक्तानी गर्ने सहमति कायम गर्दै व्यवसाय टिकाउनका लागि घरधनीबाट विशेष योगदान हुनुपर्ने भन्दै सङ्घले घरभाडा छुट दिने घरधनीलाई कर छुटको व्यवस्था गर्न सरोकारवालासँग आग्रहसमेत गरेको छ ।
    
सङ्कटको यो घडीमा आर्थिक र मानसिक समस्यामा परेका आफ्ना ग्राहकका लागि कर्जाको किस्ता र ब्याज भुक्तानीको लागि समयसीमा बढाउन एवं ब्याजदर घटाउन सम्पूर्ण बैंक था वित्तीय संस्था पनि सङ्घले अनुरोध गरेको छ ।
 


पश्चिम रुकुम घटना रहस्यमय बन्दै, सबै युवाको शव अङ्गभङ्ग भएको अवस्थामा भेटिए

पश्चिम रुकुम घटना रहस्यमय बन्दै, सबै युवाको शव अङ्गभङ्ग भएको अवस्थामा भेटिए


जाजरकोट, जेठ २४ - पश्चिम रुकुमको सोती घटनामा मारिएका सबै युवाको शव क्षतविक्षत अवस्थामा भेटिएपछि घटना रहस्यमय बनेको छ ।शवको प्रकृति हेर्दा उनीहरूलाई ज्यान मारेर वा गम्भीर घाइते बनाएर भेरी नदीमा फालिदिएको हुन सक्ने प्रत्यक्षदर्शीले जनाएका छन् । प्रत्यक्षदर्शीको भनाइकै आधारमा सामूहिक ज्यान मारिको हुन सक्ने आशंका गरिएको छ ।

घटनापछि सम्पर्कविहीन भएका उनीहरूको खोजतलास गर्दा भेरी नदीमा ६ जनाकै शव घाइते र विभिन्न अंगमा गम्भीर चोट लागेको अवस्थामा फेला परेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोका रुपमा हेरिएको सोती घटनामा जाजरकोटका ६ युवाको अकल्पनीय मृत्यु भएको छ । भेरी नगरपालिका–४ का नवराज विक, सन्दीप विक गणेश बुढा, वडा–११ का गोविन्द शाही, लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका– १ पश्चिम रुकुमका टीकाराम सुनारको सोती घटनामा ज्यान गएको हो ।

नवराज विक र सोतीका मल्ल थरकी एक युवतीबीचको अन्तरजातीय प्रेम सम्बन्धका कारण उब्जिएको घटनाले उनीहरू सबैको ज्यान लिएको छ । गत १० जेठमा पश्चिम रुकुम चौरजहारी नगरपालिका–८ सोतीमा नवराजकी प्रेमिकालाई भगाउन गएका जाजरकोटका १९ युवामध्ये ६ जनाको मृत्य भएको छ ।


 कोरोना सङ्क्रमण हुनेको  संख्या ५९१ पुग्यो

कोरोना सङ्क्रमण हुनेको संख्या ५९१ पुग्यो


काठमाडौ, जेठ १० - पछिल्ला दिनका कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्यामा वृद्धि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आजै दोस्रो पटक मात्रै कूल ३६ जना नयाँ सङ्क्रमित फेला परेका छन् । 

मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सबैभन्दा धेरै बाँकेको नरैनापुरका २७ जना कोरोना सङ्क्रमित भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या 591पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बाँकेमा २७, बैतडीमा चार, सुर्खेतमा तीन, बर्दिया र झापामा एक÷एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बैतडीको शिवनाथ गाउँपालिका, बर्दियाको बढैयाताल गाउँपालिका, झापाको झापा गाउँपालिकामा सङ्क्रमित भेटिएका हुन् । यस्तै सुर्खेतको सुर्खेत अस्पतालमा गरिएको परीक्षणमा थप तीन जनामा सक्रमण भएको पुष्टि भएको हो । 

हालसम्म कूल ४० जिल्लामा कोरोना सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार प्रदेश नं १ मा ८६, प्रदेश नं २ मा १७२, वाग्मती प्रदेशमा ३२ जना सङ्क्रमित भएका छन् । यस्तै गण्डकी प्रदेशमा पाँच, प्रदेश नं ५ मा २७१, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा १४ जना सङ्क्रमित भएका छन् । 
  


स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि दुर्व्यवहार गर्ने घरबेटीलाई कडा कारबाही

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि दुर्व्यवहार गर्ने घरबेटीलाई कडा कारबाही


 काठमाडौं, जेठ ६ - गृह मन्त्रालयले कोरोना भाइरस उपचारको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि दुर्व्यवहार भए कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पछिल्लो समय कोरोनाको उपचारमा खटिने चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी र सुरक्षा तथा उद्धारमा खटिएका सुरक्षाकर्मी जो भाडामा बस्छन्, उनीहरूमाथि घरधनीको दुर्व्यवहारहुने गरेको पाइएको भन्दै यस्तो देखिए कडा कारबाही गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले जिम्मेवारी पूरा गर्दै अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने, दुर्व्यवहारगर्ने र कानुनविपरीत काम गरी मनोबल गिराउने गरिएको पाइए कानुनबमोजिम कडा कारबाही गर्न निर्देशन दिएको हो ।

‘स्थानीय स्तरका केही व्यक्तिबाट स्वास्थ्य सुरक्षा सतर्कताको नाममा बाटो बन्द गर्ने, टोलमा प्रवेश निषेध गर्ने, आवागमनमा बाधा पुर्याउने, घरभाडामा बसिरहेका व्यक्तिलाई विनाकारण निकाल्नेलगायत अमानवीय कामप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले भने, ‘संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम जारी गरेको यस आदेशको कार्यान्वयन गर्न सरकारले देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको छ, जारी आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने कानुनबमोजिम सजाय हुने प्रावधान रहेकाले मन्त्रालयको अनुरोधको अटेरी वा बेवास्ता गरी अवाञ्छित गतिविधिमा संग्लनलाई कानुनबमोजिम हदैसम्मको सजाय हुनेछ ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।


फेरी नेपालगञ्जमा भेटीए ४७ जनामा कोरोना संक्रमित ब्यक्ति

फेरी नेपालगञ्जमा भेटीए ४७ जनामा कोरोना संक्रमित ब्यक्ति


नेपालगञ्ज, जेठ ५- नेपालमा आज फेरी थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहान बिहान रौतहट र बााकेमा ९ जनामा संक्रण पुष्टी भएको केही घण्टामा नै नेपालगञ्जमा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि नेपालगञ्जमा महामारी नै सुरु भएको छ ।

आज भेरी अस्पतालस्थित प्रयोगशालामा गरिएको परिक्षणमा एकैपटकमा यति धेरैमा कोरोना पोजेटिभ देखिएपछि भारतसँग सीमाना जोडीएको बाँके उच्च जोखिममा परेको छ । यसअघि आज बिहानसम्म नेपालमा ३०४ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।


बिहानै थपिए १० संक्रमित, नेपालमा कोरोना संक्रमित संख्या २९१ पुग्यो

बिहानै थपिए १० संक्रमित, नेपालमा कोरोना संक्रमित संख्या २९१ पुग्यो


काठमाडौ, जेठ ४ - नेपालमा थप १० जना कोरोना संक्रमित थपिएका छन् । योसंगै संक्रमितको संख्या २९१ पुगेको छ । आइतबार बिहानै १० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 ष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणबाट उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।जसमध्ये रौतहटको राजपुर न।पा। फरहदवा( ९ निवासी १८ वर्षदेखि ४८ वर्ष उमेर समूहका ७ जना रहेका छन् । यसैगरी रौतहटकै इशनाथ न.पा. ३ निवासी २८, ३० र ३३ वर्षका ३ जना रहेका छन् ।
 
 


फेरी थप तीन जनामा  कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २७६ पुग्यो

फेरी थप तीन जनामा  कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २७६ पुग्यो


 काठमाडौ जेठ ३- आज कोरोना भाइरसबाट थप तीन सङ्क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षणका क्रममा कपिलवस्तुका नयाँ तीन जनामा सङ्क्रमण देखिएको बताए ।
 
नयाँ सङ्क्रमितमा कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुष रहेका छन् । केहीबेरअघि बर्दिया, सिराहा, पर्सा र चितवनमा छ जनामा सङ्क्रमण देखिएको थियो । तीन जनामा  सङ्क्रमण देखिएसँगै सङ्क्रमितको संख्या २७६ पुगेको छ । 

हिजो शुक्रबार मात्र १८ सङ्क्रमित देखिएका थिए । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।
 


देशका यि स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना

देशका यि स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना


काठमाडौँ, बैशाख १८ - पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ ।

विगत केही दिनयता देशमा पश्चिमी वायु स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुको साथै बङ्गालको खाडी अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गर्ने क्रम जारी रहेकाले अझै केही दिन बदलीसँगै वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए।
 
नेपालमा स्थिर रहेको पश्चिमी वायु र प्रिमनसुन गतिविधि सक्रिय भएकाले देशभर बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको हो । अङ्ग्रेजी महिना मार्च, अप्रिल र मेसम्म तीन महिना प्रिमनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझापख लगातर प्रभावित भइरहने हुन्छ । विगत केही दिनदेखि देशमा पश्चिमी वायु स्थानीय वायु सक्रिय रहेको बङ्गालको खाडी अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गर्ने क्रम जारी रहेकाले बदलीसँगै वर्षा भइरहेको मौसमविद्को भनाइ छ ।

हाल पुर्वी भूभागमा सामान्य बदली र मध्य पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । राति देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

भोलि देशको पहाडी भूभागमा सामान्य बदली र अन्य भूभागमा आंशिक बदली रही अपराह्नपछि पश्चिम र पूर्वी पहाडी भूभागका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव २ र अधिकतम तापक्रम २५ दशमलव पाँच डिग्री सेल्सियस छ ।