17 Baishak, 2081 / 29 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाज


पराजुलीको अध्यक्षतामा यूनिट्राभको नेतृत्व सर्वसम्मत

पराजुलीको अध्यक्षतामा यूनिट्राभको नेतृत्व सर्वसम्मत


काठमाडौ: पर्यटन क्षेत्रको सबैभन्दा ठूलो मजदुर संगठन नेपाल ट्रेकिङ–ट्राभल्स– र्याफ्टिङ-एयरलाईन्स-संस्कृत–पुरातात्विक-कुरियर-कार्गाे-कर्मचारी-मजदुर यूनियन (यूनिट्राभ)को १२ औं राष्ट्रिय अधिवेशनले सुमनप्रसाद पराजुलीको अध्यक्षतामा २४ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत चयन गरेको छ। समितिको उपाध्यक्षहरुमा मिलनकुमार तामाङ, अम्मर बहादुर तामाङ र टिकादेवी गर्वुजा पुन निर्विरोध चयन भएका छन।

यस्तै महासचिवमा रामबहादुर श्रेष्ठ, उपमहासचिवमा तुलसीप्रसाद सुवेदी, सचिवहरुमा फुडोमा शेर्पा र खिलानाथ दाहाल चयन भएका छन्। त्यस्तै सदस्यहरुमा लाक्पा शेर्पा, मिङमा ग्याल्वो शेर्पा, विकास लामा, पदमबहादुर श्रेष्ठ, कालुमान मगर, निर्मा राई, मनबहादुर तामाङ, बाशुदेव भण्डारी, दमे शेर्पा, प्रशान्त ढुंगाना, उमेश अधिकारी, दिनेशकुमार कार्की, गायत्री सापकोटा, हिमाल कुमार उप्रेती र उमा भट्टराई चयन भएका छन्।

अधिबेशनले प्रतिनिधि परिषद प्रमुखमा श्यामकुमार राई, उपप्रमुखमा त्रिलोचन अधिकारीका साथै छिरिङ शेर्पाको अध्यक्षतामा ९ सदस्यीय सल्लाहकार कमिटी समेत गठन गरेको छ ।

नवनिर्वाचित भए लगत्तै अध्यक्ष पराजुलीले बिद्यमान पर्यटन तथा हवाई क्षेत्रमा देखा परेका श्रमिकको समस्याहरु व्यवस्थापन र मजदुर दुवैपक्ष मिलेर वार्ताको टेबुलबाट समाधान गर्न तत्पर रहनुपर्ने आवश्यकता औंल्याए । यदि वार्ताका माध्यमबाट समस्या समाधान नभए जुनसुकै बिद्रोह हुने चेतावनी समेत दिएका छन् ।


विराटनगरसम्मको रेल सेवा बन्द

विराटनगरसम्मको रेल सेवा बन्द


बथनाहा (भारत) : बाढीले लिक नै भत्काएपछि विराटनगरलाई भारतको राजधानी नयाँ दिल्ली र अन्य प्रमुख सहरसँग जोड्ने रेल्वे सेवा अनिश्चित समयका लागि बन्द भएको छ।

विराटनगरको सीमावर्ती भारतको जोगबनीबाट बथनाहासम्म करिब ६ किलो मिटर क्षेत्रमा अघिल्लो साता आएको बाढीका कारण रेल्वे ट्राक तथा अन्य भौतिक संरचना क्षतिग्रस्त भएका छन्। रेल सेवा ठप्प हुँदा भारतमा पढ्न जाने नेपाली विद्यार्थी, उताबाट सरसामान आयात गर्ने उद्योगी-व्यवसायी र उपचारमा जाने नेपाली मर्कामा परेका छन्।

नेपाली सीमासम्म चल्ने नर्थ इस्ट रेल्वे अन्तर्गतका रेल सेवा सञ्चालन हुने ठाउँको लिक, कल्भर्ट र पुल नै बगाएको स्थानीयले बताएका छन्। बथनाहा मिरगञ्जका स्थानीय मोहम्मद नाजले भने, ‘बाढी पसेर लिक भएको ठाउँमा एक मान्छेसम्मका गहिरा खाल्डा परेका छन्। लिक त सतहभन्दा ६ फिट माथिसम्म झुन्डिएको छ। यो मर्मत गर्न कति समय लाग्ने हो ? फेरि कहिलेदेखि रेल चल्ने हो निश्चित छैन।’

नाजका अनुसार बथनाहा र त्यस दक्षिणको भारतीय बजार फारबिसगञ्जसम्म धेरै ठाउँमा रेल्वे ट्रक बिच्छाइएको बाँध नै बाढीले भत्काएर फलामको लिक र त्यसलाई अड्याउन जोडिएको पक्की पिलर खाल्डोमाथि झुन्डिएका छन्।

जोगबनी रेल्वे कार्यालयका अनुसार नेपाली सीमाबाट भारतको राजधानी दिल्लीका लागि दैनिक एउटा बातानुकुलित सीमाञ्चल एक्सप्रेसले सेवा दिँदै आएको थियो। कलकत्ताका लागि हप्तामा तीनवटा र कटिहारका लागि दैनिक ५ रेल विराटनगर सीमाबाट छुट्ने तथा आउने गरेका थिए। ‘तर, बाढीको क्षतिका कारण रेल सेवा विगत ११ दिनदेखि बन्द छ’,जोगबनी भन्सार कार्यालयका सहायक आयुक्त पवन कुमारले भने, ‘रेल सेवा सुरु कहिले हुने भन्ने अनिश्चित नै छ। क्षतिको विवरण संकलन गर्ने कामसमेत सुरु नभएकोले यसै भन्न गाह्रो छ।’ बाढीले रेल्वे सेवाका कतिपय कल्भर्ट र लिक नै भत्काएको सेवा सुचारु हुन समय लाग्ने उनले बताए।

बथनाहामा बाढीले लिग भएको बाँध भत्काएपछि जमिनको सतह भन्दामाथि झुन्डिएको भारतीय रेल्वेको लिक।

रेल्वे सेवा बन्द हुँदा त्यसले औद्योगिक कच्चा पदार्थ र अन्य उपभोग्य वस्तुको आयातसमेत रोकिने उद्योग संगठन मोरङका पूर्वअध्यक्ष शिवशंकर अग्रवालले बताएका छन्। अग्रवाल भन्छन्,‘रेलबाट आउने सामान अब मालवाहक ट्रकबाट ल्याइनु पर्ने बाध्यता भएको छ।’ उनले रेलबाट एकै पटक ठूलो परिमाणमा सामान आउने गरेकोमा ट्रकबाट पटक पटक ल्याउनु पर्ने बाध्यता हुने बताए।

जोगबनीका पत्रकार बरुण मिश्रका अनुसार त्यो क्षेत्रमा बाढीका कारण रेल्वे स्टेशनसहितका क्षेत्र डुबानबाट प्रभावित बनेको थियो। उनले भने, ‘नभत्किएको लिक सफाई गर्ने र भत्किएको पुर्ननिर्माण गर्ने काम पूरा नहुञ्जेल सेवा सुरु हुन निकै कठिन छ।’

मोरङ व्यापार संघका महासचिव नविन रिजालले नेपाल–भारत सीमावर्ती सहरका बासिन्दाका लागि लाइफलाइनको रुपमा हेरिने गरेको रेल्वे सेवा बन्द हुँदा त्यसले नेपाली उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई निकै सास्ती हुने गरेको बताए। उनले भने, ‘सीमासम्म आउने रेलका कारण सबैलाई निकै सहज थियो अब भारतको भित्री क्षेत्रसम्म गएर रेलको सेवा लिनुपर्ने बाध्यता हुन्छ।’ रिजालले रेल्वे मर्मत गरी पुनः सञ्चालन गर्ने व्यवस्था गर्न उद्योगी तथा व्यवसायीले नेपालस्थित भारती दूतावासमार्फत भारत सरकारको ध्यानाकर्षण गरिएको बताए।


धरानबाट पाँच जुवाडे पक्राउ

धरानबाट पाँच जुवाडे पक्राउ


धरान : धरान उपमहानगरपालिका १३ स्थित जिरोप्वाईन्टबाट तासखेलरिहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक महिला र चार पुरुष रहेका छन्।

पक्राउ पर्नेमा जुवा खेलाउने घरधनी सुधा थापा, धरान १५ घर भएका युवासंघ सुनसरीका जिल्ला सदस्य भीम लिम्बु, धरान १० का राम गुरुङ, रामप्रसाद राई र धरान ११ रवीन्द्र लिम्बु रहेका छन्।

प्रहरीले जुवाघरबाट नगद र तास बरामत गरेको छ। पक्राउ परेका पाँचैजनालाई स्वास्थ्य परीक्षण गरी हिरासतमा लिएर अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।


हेल्मेट नलाउने युवालाई प्रहरी हवल्दारले निर्घात पिटे

हेल्मेट नलाउने युवालाई प्रहरी हवल्दारले निर्घात पिटे


बर्दिया : ईलाका प्रहरी कार्यालय गुलरिया १० नम्बर चौकीका प्रहरी हवल्दारले स्थनीय एक युवकलाई निर्घात कुटपिट गरेका छन् । गुलरिया नगरपालिका १ सघाहापुर निवासी २७ वर्षीय दिनेश यादवलाई प्रहरी हवल्दार टेकबहादुर चन्दले निर्घात कुटपिट गरेका हुन् ।

शम्भुशरण माध्यमिक विद्यालय खैरापुरका शिक्षक विश्वम्भर यादवका अनुसार युवक बिहान भारतीय सीमावर्ती क्षेत्रमा रहेको भारतीय प्रहरी सीमा सुरक्षावल (एसएसबी) क्याम्पमा दूध बेच्न जाने क्रममा मोटरसाइकलबाट ओराली असई भूमी चन्दले दुई झापड लगाएपछि हवल्दार टेकबहादुर चन्दले चौकी भित्र लगी पर्खालमा टाउको ठोक्काई ठोक्काई कुटपिट गरेका थिए ।

हवल्दार चन्दले बाइक कुदाउदा हेल्मेट नलगाएको भन्दै कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

दिनेशका छिमेकी समेत रहेका शिक्षक विश्वम्भरले थपे ‘हेलमेट नलगाएको भन्दै प्रहरीले पिटेका हुन् यदि कानून उल्लंघन गरेको भए कानूनी कारवाही गर्नुपथ्र्यो ।’ कुटपिटपछि चौकी वाहिर ल्याएर छाडीदिएको उनले बताए ।  सुरक्षाकर्मीको रवैयाले असुरक्षित भएकोमा उनले चिन्ता व्यक्त गरे ।

घाइते यादवलाई थप उपचारका लागि जिल्ला अस्पताल बर्दियाले नेपालगञ्ज सिफारिस गरेको छ । ‘चेकचाँज पश्चात छाडिदिनु पर्ने हो त्यसरी कुटपिट गर्न नहुने हो’, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर वोहोराले भने, ‘घटनाका बारेमा हामीले अनुसन्धान गर्दैछौ ।’
उनले थपे, ‘यदि घटना वास्तविक पुष्टि भए कारबाही गर्छौ ।’


अपहरित बालकको उद्धार

अपहरित बालकको उद्धार

२०७४ श्रावन १६

अपहरित बालकको उद्धार


यूएन पार्कको ३ सय १ रोपनी जग्गामा एनजिओदेखि सुकुम्बासीसम्मको कब्जा

यूएन पार्कको ३ सय १ रोपनी जग्गामा एनजिओदेखि सुकुम्बासीसम्मको कब्जा

२०७४ श्रावन १६

१८ साउन, काठमाडौं । निर्माणाधिन अवस्थामा रहेको यूएन पार्कको झन्डै ३ सय १ रोपनी जग्गा अनाधिकृत व्यक्ति तथा संस्थाहरुले कब्जा गरिरहेको पाइएको छ । यसरी कब्जा जमाउनेहरुमा एनजिओ, ठेकेदार, सुकुम्बासीदेखि फुटबल क्लबसम्म छन् ।


केही दिनअघि शहरी विकास मन्त्री प्रभु साह यूएन पार्कको अवस्थाको बारेमा जानकारी लिन पुगेका थिए । मन्त्रीले गाडी रोकेको ठाउँ अगाडि नै सार्वजनिक जग्गामा कवाडी सँकलन गरेर राखिएको थियो ।

मन्त्री साहले संयुक्त राष्ट्रसंघ पार्क विकास समितिका कार्यकारी निर्देशक लक्ष्मीनारायण चौधरीलाई ठाडै भने, ‘के यो व्यवसायमा तपाईको पनि मिलेमतो छ ? नत्र कसरी चलाउन सम्भव भयो यो ?’

चौधरी नाजवाफ भए । मन्त्री साहले कवाडी तत्काल हटाउन चौधरीलाई निर्देशन दिए । चौधरीले मुन्टो हल्लाए ।

कवाडीको नजिकै महिला वातावरण संघ भन्ने एनजिओको भवन ठडिएको छ । यो भवनले यूएन पार्कलाई कुनै पनि शुल्क तिर्दैन । यसमा यूएन पार्कका पूर्व कर्मचारीको पनि मिलेमतो देखिन्छ । यो भवन बनाउन पूर्व शाखा अधिकृत सागर रिजालले लिखितरुपमै अनुमति दिएका छन् । आखिर पार्क निर्माण गर्नुपर्ने स्थलमा उनले किन दिए भवन निर्माण गर्न ?

खोज्दै जाँदा यूएन पार्कको जग्गामा अरु पनि थुप्रैले जथाभावी रुपमा भवन निर्माण गरेको देखियो । छेवैमा मधुमेह संघको भवन छ । यसले भवन निर्माणको लागि यूएन पार्कसँग कुनै अनुमति लिएको छैन । यो भवन हटाउनको लागि यूएन पार्कले अहिलेसम्म दुईपटक पत्राचार गरेको चौधरी बताउँछन् ।


पुल भाँचिएर बस रुदीखोलामा खस्यो, दुई च्यापिए, एक वेपत्ता, च्यापिए, एक वेपत्ता

पुल भाँचिएर बस रुदीखोलामा खस्यो, दुई च्यापिए, एक वेपत्ता, च्यापिए, एक वेपत्ता

२०७४ श्रावन १६

१७ साउन, काठमाडौं । नेपाल स्याटेलाइट टेलिकम प्रालि (हलो नेपाल)ले ३ अर्ब रुपैयाँभन्दा बढी पूँजीगत लाभकर छलेको छ । ०६९ सालमा भएको कारोबारवापतको लाभकर तिर्न उक्त कम्पनीले अटेर गर्दै आएको छ ।

                        महालेखा परीक्षकको कार्यालयले आफ्नो ५४औं प्रतिवेदन (आव ०७२/७३)मा उक्त रकम तत्काल असुल गर्न आन्तरिक राजश्व कार्यालय काठमाडौं क्षेत्र नम्बर १ लाई निर्देशन दिएको छ । उक्त रकमको मूल्यांकनसमेत हालसम्म भएको छैन । सोही कारण छलिएको करको परिमाण यकिन हुन सकेको छैन । महालेखाको प्रतिवेदनले मूल्यांकन गरेर कर असुल्न निर्देशन दिएको छ । उक्त कम्पनीले साविक मध्यपश्चिमाञ्चल (हाल प्रदेश ५ र ६)का १५ जिल्लामा हेल्लो नेपाल नाममा दूरसञ्चार सेवा सञ्चालन गर्छ ।


                        उक्त कम्पनीले सेयर खरीद–बिक्री गर्दा भएको नाफावापत सरकारलाई तिर्नुपर्ने लाभकर छलेको हो । त्यसलाई महालेखाले बेरुजु शीर्षकमा राखेको छ । कार्यालयका अनुसार उक्त कम्पनीको बेरुजु रकम एनसेलपछिको ठूलो हो ।

                        यसरी खडा गरियो कम्पनी

                        नेपालमा दूरसञ्चार सेवा प्रदान गर्ने उद्देश्यले ०६४ मा नेपाल स्याटेलाइट टेलिकम लिमिटेड दर्ता गरिएको थियो । उक्त कम्पनीलाई अनुमति पत्र प्रदान गरिँदा हालका परराष्ट्र मन्त्री कृष्णबहादुर महरा सूचना तथा सञ्चार मन्त्री थिए । कम्पनी दर्ता भएको वर्षदिनपछि त्यसको सेयर संरचनामा फेरबदल आयो । ०६५ सालमा उक्त कम्पनीको ५० प्रतिशत सेयर (५० हजार कित्ता) बेलायतको द न्यू डिजिटेक इन्टरनेसनल लिमिटेडले साइप्रसको कम्पनी एयरवेल सर्भिसेज लिमिटेडलाई बिक्री गरेको थियो ।

                        १९ असोज ०६५ मा कम्पनीको ५० प्रतिशत सेयर खरिद–विक्रीका लागि सैद्धान्तिक सहमति दिएको उद्योग विभागको अभिलेखबाट देखिन्छ । ५ करोड रुपैयाँमा बेलायती कम्पनीले साइप्रसको कम्पनीलाई स्याटेलाइट टेलिकमको सेयर हस्तान्तण गरेको थियो । त्यसपछि नै हो, उक्त कम्पनीको संरचनामा फेरबेदल आएको पनि ।

                        नयाँ संरचनाअनुसार उक्त कम्पनीमा एयरवेल सर्भिसेज लिमिटेडको ५० प्रतिशत (५० हजार कित्ता), नेपालको मुक्तिश्री टेलिकम प्रालिको ४० प्रतिशत (४० हजार कित्ता), सम्झना अर्यालको नाममा ५ प्रतिशत (५ हजार कित्ता), पाकिस्तानको मोबाइल टेलिकम्युनिकेसन लिमिटेडको ३ प्रतिशत (३ हजार कित्ता) र बंगलादेशको सेवा टेलिकमको २ प्रतिशत (२ हजार कित्ता)को हिस्सा देखिन्छ । अर्याल व्यापारी अजेयराज सुमार्गीकी पत्नी हुन् भने मुक्तिश्री टेलिकम पनि मुक्तिश्री प्रालिअन्तर्गत्को सञ्चार सेवा प्रदायक कम्पनी हो । मुक्तिश्री प्रालिको वेबसाइटमा त्यसका अध्यक्षमा पनि सुमार्गीकै नाम उल्लेख छ ।

                        स्याटेलाइट टेलिकमको सेयर सन् २०११ मा आएर फेरि किनबेच भएको थियो । साइप्रसको एयरवेलले त्यस वर्ष आफ्नो ५१ प्रतिशत सेयर स्विडेनको टेलियासोनेरालाई बिक्री गरेको आन्तरिक राजश्व कार्यालय काठमाडौं क्षेत्र नम्बर १ को अभिलेखबाट देखिन्छ । टेलियासोनेराको सन् २०११ को वार्षिक प्रतिवेदनमा पनि उक्त कम्पनीको ५१ प्रतिशत सेयर २ अर्ब ३ करोड रुपैयाँ (१९१ मिलियन स्विडिस क्रोनर)मा खरिद गरेको उल्लेख छ । उक्त सेयर खरिद गर्दा स्याटेलाइट टेलिकमको २५ प्रतिशत हिस्सा आफ्नो स्वामित्वमा आएको टेलियासोनेराको उक्त प्रतिवेदनमा उल्लेख छ ।

                        २०७४ साउन १७ गते १०:३७ मा प्रकाशित