14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विशेष


 गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या  १४ सय ७९ पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या  १४ सय ७९ पुग्यो


काठमाडौं, १५ साउन । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार योसँगै कोरोना भाइरस संक्रमितको संख्या १४ सय ७९ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

नयाँ संक्रमितमा स्याङ्जाका ११, बागलुङका ८, तनहुँका ३, नवलपरासी पूर्वका १, लमजुङका ३ र कास्कीका १४ जना रहेका छन् । 

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।  गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको भएर निको हुनेको संख्या १२ सय ३० पुगेको छ  ।


पार्टी प्रतिबन्धपछि मिडियामा आएका विप्लव समूहका कार्की समातिए

पार्टी प्रतिबन्धपछि मिडियामा आएका विप्लव समूहका कार्की समातिए


काठमाडौ, चैत २ । सरकारले पार्टीलाई प्रतिबन्ध लगाएपछि सञ्चार माध्यामहरुमा छाएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्की जीवन्त पक्राउ परेका छन् ।

उनलाई ललितपुरबाट सादा पोशाकमा रहेका प्रहरीले पक्राउ गरेको हो । प्रहरीले शुक्रबार बेलुकी ८ बजेतिर पक्राउ गरेको विप्लव समूहले जनाएको छ । कार्कीलाई प्रहरीले पक्राउ गरे पनि सार्वजनिक भने गरेको छैन । 

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेपछि कार्कीले विभिन्न रेडियो, पत्रपत्रिका तथा अनलाइन पोर्टलहरुमा अन्तर्वार्ता दिँदै आएका थिए । 


हङकङ बजारको सुख/दुःख : परोपकारी कामदेखि गणतन्त्र ल्याउनेसम्मको योगदान

हङकङ बजारको सुख/दुःख : परोपकारी कामदेखि गणतन्त्र ल्याउनेसम्मको योगदान


‘नो टेन्सन’ ।

काठमाडौंमा अत्याधुनिक सानाठूला मल, सपिङ कम्प्लेस, मार्केट र मिनिमार्केट खुले पनि हङकङ बजारका व्यापारीलाई कत्ति पनि चिन्ता छैन । उनीहरूको व्यापार तल÷माथि भएको होइन । 

संवत् २०४९ पुस २ बाट काठमाडौंको भृकुटीमण्डपमा सञ्चालित हङकङ बजारको लक्षित ग्राहक आफ्नै छ । बजारमा सर्वसाधारणदेखि निम्नमध्यमवर्गका ग्राहकलाई लक्षित गरेर लत्ताकपडादेखि जुत्ताचप्पलमात्रै होइन, विद्युतीय सामग्रीसम्म राखिएका छन् ।   

काठमाडौं निम्नव्यापारी संघ अध्यक्ष लक्ष्मी वलीका अनुसार ३३ रोपनीमा फैलिएको हङकङ बजारमा झन्डै १ हजार २ सय स्टल रहे पनि पसलका हिसाबले झन्डै ७ सय छन् । सात क्षेत्रमा विभाजित बजारका संगठित व्यापारी देख्दा/सुन्दा जोकोही लोभिन्छन् ।

सेक्टर ७, स्टल नम्बर १०१ सञ्चालक देवनारायण दाहालले स्थापनाकालदेखि हङकङ बजारमा व्यापार गर्दै आएका छन् । उर्लाबारी मोरङनिवासी ५० वर्षीय दाहालले व्यापारबाट चार परिवारको घरखर्च धानेकोबाहेक दुई छोराछोरालाई राम्रै स्कुलमा पढाउन सकेकोमा गर्व गरे । उनले बौद्धमा घरसमेत बनाएका छन् । श्रीमतीले इजरायलमा कमाएको पैसाले घर बनाए पनि मुख्य आधार व्यापार नै भएको उनले स्वीकारे । 

व्यापार भनेको अपार हो भन्ने नेपाली उखान प्रचलित छ । यदि त्यसो नभइदिएको भए फार्मेसिस्ट सृष्टि खड्काले छँदाखाँदाको जागिर छाडेर हङकङ बजारमा व्यापार गर्न रहर गर्दिनथिन् । सेक्टर–२, स्टल नम्बर ११० रामेछापकी खड्काले पाँच वर्षदेखि व्यापार गर्दै आएकी छन् । भनिन्, ‘पसलमा मानिस चाहिएपछि जागिर छाडेर यता लागें ।’ उनको पसलमा महिलाका लागि आवश्यक भारतीय कपडा पाइन्छ ।

अक्सिजनले अप्ठ्यारो
देख्नेले २५ वर्षदेखि यहीं ठाउँमा व्यापार गर्दा राम्रै देखे पनि बजारभित्रका समस्या खनिखोस्री साध्य छैन । सुन्दर वस्तुभित्र करूपता पनि लुकेको हुन्छ भनेझैं बजारभित्र अनेकन समस्या छन् । ‘पर्याप्त अक्सिजन नहुँदा ग्राहकमात्रै होइन व्यापारीसमेत बेहोश भएपछि अस्पताल दौडाउनुपर्छ,’ हङकङ बजार सेक्टर ७, पसल नम्बर १०१ सञ्चालक दाहालले भने, ‘चिसोले त्यत्तिकै अप्ठ्यारो पारेको छ ।’

सेक्टर ५ र ६ नम्बरमा अक्सिजन कमी हुने भएकाले त्यहाँ पुग्दा जोकोहीलाई अलि गाह्रो हुन्छ ।

टुकुचाको तनाव
१० वर्षदेखि व्यापार गर्दै आएका सेक्टर ७, स्टल नम्बर १०७ का फडिन्द्र कार्कीले दुःखेसो पोखे, ‘टुकुचाको दुर्गन्धले त्यत्तिकै अप्ठ्यारो पारेको छ । फागुनदेखि भदौसम्म व्यापार गर्न अत्यन्तै गाह्रो हुन्छ ।’ 

टुकुचामा बाढी आउँदा सेक्टर ६ का व्यापारीलाई असर पुर्याउँछ । कहिलेकाहीं टुकुचाको बाढी सेक्टर ६ तिर पस्छ । बाढी पसे दुई÷तीन दिन पसल बन्द गर्नुको विकल्प छैन । पसल नै बन्द गर्दा व्यापारीलाई असर नपर्ने कुरै भएन । 

त्यतिमात्रै होइन, फागुनदेखि वैशाखमा चल्ने हावाहुरीले पसलको पाल उडाइदिने गर्छ ।

शौचालय अभाव
३३ रोपनीमा फैलिएको बजारमा तीन शौचालयमात्रै छन् । व्यापारीमात्रै होइन, ग्राहक र बटुवाले समेत त्यही शौचालय प्रयोग गर्दा कहिलेकाहीं निकै अप्ठ्यारो पर्ने बताइन्छ । 

भाडैभाडा 
हङकङ बजारमा पसल थापेकाले प्रतिस्क्वायर फिटको १२ रुपैयाँका दरले भाडा बुझाउनुपर्छ । धेरैतिर भाडा बुझाउने उनीहरूले समाज कल्याण परिषद्, कपडा राख्ने गोदाम, कपडा बोक्ने भरिया, सरसफाइको भाडा तिर्नुपर्छ ।

दाहालका अनुसार भरियालाई एक भारीको मासिक ५ सय दिनुपर्छ । भरियाले बिहान पसलसम्म कपडा लैजाने, बेलुका गोदामसम्म पुर्याउने गर्छन् । पसल खुलेदेखि बन्द नभएसम्म बत्ती बाल्नुपर्ने बाध्यता छ । बत्ती बालेअनुसार पैसा तिर्नु छँदै छ । त्यतिमात्रै होइन, सरसफाइका लागि प्रतिपसलले मासिक १ सय बुझाउनुपर्छ । गोदाममा एक भारी कपडा राखेको मासिक शुल्क ५ सय तोकिएको छ ।

संघ सञ्चालनका लागि प्रत्येक स्टलले ५० रुपैयाँ बुझाउनुपर्छ ।

महिला बढी
हङकङ बजारमा महिला व्यापारी धेरै छन् । श्रीमान् वैदेशिक रोजगारीमा लागेपछि श्रीमतीलाई यही बजारमा अलमलाएका छन् । एकातिर व्यापार भयो अर्कोतिर बालबच्चा हुर्काउने, बढाउने र पढाउने काम पनि भयो ।  

कारबाही कडा
निम्नव्यापारी संघ अध्यक्ष वलीका अनुसार यहाँका व्यापारीलाई असल, कुशल व्यवसायीमा रूपान्तरण गर्दै लगेको सुनाए । उनले ग्राहकसँगको अन्तरसम्बन्ध विस्तार गर्दै लगेको दाबी गरे । त्यसका लागि संघले आचारसंहिता बनाएको छ ।

संघले ग्राहकलाई दुव्र्यवहार गर्ने, मनपरी मूल्य तोक्ने, बार्गेनिङ गर्ने र अनावश्यक विवाद गर्ने व्यापारीलाई कारबाही गर्दै आएको छ । ग्राहकलाई दुव्र्यवहार गरेको प्रकृति हेरेर सम्बन्धित व्यापारीको एकदेखि सात दिनसम्म पसल बन्द गरिने प्रावधान छ । कारबाहीमा परेका व्यापारी थुपै्र छन् ।

परोपकारी काम
व्यापार/व्यवसाय गरेर घरपरिवार चलाउनु त छँदै छ । त्यसबाहेक परोपकारी काममा समेत एकजुट हुने उनीहरूले संस्कार विकास गरेका छन् । गोरखा भूकम्पपछि पुतलीसडक, बागबजार, डिल्लीबजारका स्थानीयले हङकङ बजारमा आश्रय लिएका थिए ।

यहाँका व्यापारी–व्यापारीबीच आर्थिक संकलन गरेर बाढीपीडितका लागि सहयोग गरेका उनीहरूले बजारका भरिया र व्यापारी बिरामी पर्दा उपचारका लागि आर्थिक सहयोग जुटाउँछन् । 

संघकी भूपू उपाध्यक्ष लक्ष्मीदेवी विष्टलाई स्तन क्यान्सर भएपछि उनीहरूले एकै दिन तीन लाख रुपैयाँ संकलन गरेका थिए । यसैगरी, साइकलयात्री पुष्कर शाह विश्वभ्रमणमा निस्कँदासमेत हङकङ बजारका व्यापारीले आर्थिक संकलन गरेर सहयोग जुटाइदिएका थिए ।

गणतन्त्र ल्याउन योगदान
बजारमा रहेका व्यापारी विभिन्न दलसम्बद्ध हुनु अस्वाभाविक होइन । काँग्रेस, एमाले र माओवादी केन्द्रसम्बद्ध व्यापारीको आ÷आफ्नै संगठन छन् । तर, व्यावसायिक हितका लागि काठमाडौं निम्नव्यापारी संघ छ ।

दोस्रो अर्थात् ०६२/६३ को आन्दोलनमा बजार बन्द गरेर आन्दोलित उनीहरूले गणतन्त्र ल्याउन सघाएको दाबी गर्छन् । आन्दोलनक्रममा उनीहरूले जेलनेसम्म भोगेको थिए । 

दसैंमा चौबीसै घन्टा खुला
गत भदौ २७ गतेदेखि हङकङ बजार चौबीसै घन्टा खुला छ । बजार अष्टमीसम्म चौबीसै घन्टा खुला रहनेछ । सम्बन्धित स्टलका व्यापारी अष्टमीसम्म त्यहीं सुत्छन् । अन्य समयभन्दा दसैंमा व्यापार धेरै हुने उनीहरूको भनाइ छ ।

हङकङ बजारमा माधव नेपालदेखि यम बरालसम्म 
हङकङ बजारमा नेतादेखि गायकसम्म किनमेलका लागि पुगेको प्रत्यक्षदर्शी बताउँछन् । एमाले वरिष्ठ नेता माधव नेपाल, अधिवक्ता टीकाराम भट्टराई र गायक यम बराल आफ्नै पसलअघिको पसलबाबाट किनमेल गरेको आफ्नै आँखाले देखेको व्यापारी दाहालले सुनाए । 

अक्षम सरकार
२५ वर्षअघि जस्तो थियो, अहिले पनि हङकङ बजारको संरचना त्यस्तै छ । व्यापारीले सरकारलाई कर तिर्छन् । महानगरपालिकालाई व्यावसायिक कर तिर्ने उनीहरूले परिषद्लाई भाडासमेत तिर्दै आएका छन् । सालिन्दा करोड हाराहारी कर तिरे पनि उनीहरूले माग गरेको अस्थायी टहरासम्म बनाइदिन सरकार सकारात्मक देखिएन ।

‘अस्थायी टहरासम्म भइदिएको भए घामपानीबाट ओतिन सजिलो हुन्थ्यो,’ व्यापारी खड्का भन्छिन्, ‘बर्खामा धेरै गर्मी । जाडोमा चिसो न चिसो सहेर व्यवसाय चलाउनुपरेको छ ।’

भृकुटीमण्डको खेर गएको जग्गामा पसल थापेर करोड कर लिने सरकारले ती व्यापारीको वास्ता गरेका छैनन् । सिंहदरबारको पश्चिमी आँगनमा रहेको बजारमा समस्यामाथि समस्या छन् ।

समस्यामाथि समस्या सहेर ग्राहकको माया पाएकैले २५ वर्षदेखि बजार चल्दै आएकोमा काठमाडौं निम्नव्यापारी संघ अध्यक्ष ओली खुसी छन् । झापानिवासी ओलीको जुत्तापसल २५ वर्षदेखि चलेकै छ । व्यापारमा कमी छैन ।

हङकङबजारको पृष्ठभूमि
संवत् ०४२/४३ तिर हङकङ बजार खुलामञ्चमा थियो । फुटपाथमा व्यापार गर्दै आएकालाई बाटामा नबस भनेर खुलामञ्चमा सारिएको हो । सुन्दर सहर परिकल्पना गरेपछि काठमाडौं महानगरपालिकाले खुलामञ्चबाट व्यापारी हटाउने निर्णय गर्यो । व्यापारीले विकल्प मागे । महानगरपालिका र व्यापारीबीच रस्साकस्सी चल्यो । अन्ततः उनीहरूलाई भृकुटीमण्डपमा सारियो । खुलामञ्चमा सार्वजनिक सभा/सम्मेलन भइरहने भएकाले पनि बजार राख्न उपयुक्त थिएन ।

खुलामञ्चमा रहँदा हङकङ बजारले चिनिने त्यही बजार भृकुटीमण्डपमा सार्दा त्यही नामले चिनियो । नाम कसरी हङकङ बजार रह्यो ? संघ अध्यक्ष ओलीले प्रस्ट्याए, ‘हङकङमा खुला बजार हुँदारहेछन् । खुलामञ्चमा खुला बजार राखिएपछि हङकङको जस्तै खुलाबजार भएकाले हङकङ बजार भनिएको हो ।’

खुलामञ्चमा रहँदा भृकुटीमण्डमा जस्तो प्लास्टिककै भए पनि छानो हाल्न पाइँदैनथ्यो । भृकुटीमण्डपमा छानो हाल्ने सुविधा छ । काठमाडौंको महाबौद्ध, वटुको ७० प्रतिशत व्यापारी भृकुटीमण्डपका उत्पादन हुन् ।