10 Ashwin, 2080 / 27 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विशेष


पाकिस्तानले नेपाललाई २३८ रनले हरायो

पाकिस्तानले नेपाललाई २३८ रनले हरायो


काठमाडौं, १३ भदौ । एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई २३८ रनको विशाल अन्तरले हराएको छ। ३४३ रनको विशाल लक्ष्य सहित मैदानमा उत्रेको नेपालले २३ दशमलब ४ ओभरमा १०४ रन बनाउँदा सबै विकेट गुमायो। र खेल २३८ रनले हार्न पुग्यो। अब नेपालले आफ्नो दोस्रो खेलमा भारतसँग भदौ १८ गते श्रीलंकामा खेल्नेछ ।


नेपाल साफ च्याम्पियनसिपबाट बाहिरियो

नेपाल साफ च्याम्पियनसिपबाट बाहिरियो


काठमाडौं, ९ असार । साविक उपविजेता नेपाल १४ औं संस्करणको साफ च्याम्पियनसिपको समूहचरणबाटै बाहिरिएको छ। शनिबार राति बैंगलोर स्थित कान्तिरभा स्टेडियममा भएको खेलमा नेपाल भारतसँग २-० गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो। भारतीय भुमिमा नेपाल पुन अर्कोपटक जितविहीन रह्यो। नेपाल पराजित भएसँगै भारत र कुवेतले सेमिफाइनलमा स्थान बनाएका छन्।

पहिलो हाफ गोल रहित बराबरी खेलेको नेपाल दोस्रो हाफमा भने भारतसँग गोलखानबाट जोगिन सकेन। भारतको गोलविहीन यात्रा सुनिल क्षेत्रीले तोडेका थिए। सुनिलले करिअरको ९१ औ अन्तराष्ट्रिय गोल पुरा गर्ने क्रममा ६१ औ मिनेटमा टिमका लागि महत्वपूर्ण गोल गरेका थिए।

दोस्रो हाफमा एकपछि अर्को गोल निकालेको भारतका लागि दोस्रो गोलमा पनि सुनिलको सानदार सहयोग रह्यो। उनको प्रहार किरण चेम्जोङले रोक्दै क्रसबारमा लागेर फर्किएको बललाई ७० औं मिनेटमा महेश सिंहले गोल गर्दै टिमलाई २-० को अवस्थामा पुर्याएका थिए। त्यसपछि थप गोल हुन नसक्दा नेपाल २-० ले पराजित भयो।

जितसँगै साविक च्याम्पियन भारत साफ च्याम्पियनसिपको अन्तिम चारमा एक खेल अगावै स्थान बनाउन सफल भयो। नेपालको पराजयसँगै कुवेत र भारत सेमिफाइनलमा पुग्दा नेपाल र पाकिस्तान एक खेल अगावै प्रतियोगिताबाट बाहिरिए। अब पाकिस्तानसँग अन्तिम खेल नेपालका लागि प्रतिष्ठाको रुपमा मात्र रहने छ।

समूह विजेताका लागि भने भारत र कुवेतबिचको खेल महत्वपूर्ण हुने छ। प्रतियोगिताको पहिलो खेल नेपाल कुवेतसँग ३-१ ले पराजित भएको थियो। भारतले भने पहिलो खेलमा पाकिस्तानलाई ४-० ले हराएको थियो। भारत र कुवेतले समान ६ अङ्क बनाउँदा समूह ‘ए’ मा नेपाल र पाकिस्तान अङ्क बिहीन रहेका छन्।


हेभी वेट उपाधि नुवाकोटे टाइगरलाई

हेभी वेट उपाधि नुवाकोटे टाइगरलाई


काठमाडौं, २० जेठ । चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगितामा नुवाकोटे टाइगरले हेभी वेट उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबार भएको प्रतियोगितामा टाइगरले डेभिडलाई पराजित गरे । उपाधिसँगै टाइगरले १ लाख ५५ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् । एक साताको अवधिमा टाइगर हेभी वेट च्याम्पियन बनेको दोश्रो पटक हो । टाइगरले जेठ १३ गते सुर्खेतमा भएको रेस्लिङमा पनि उपाधि जितेका  थिए ।


नेपाल रिङ रेस्लिङ संघद्वारा आयोजित प्रतियोगिता जोखिमपूर्ण मानिएको स्पर्धा हार्ड कोरमा साइनले चट्टानलाई हराउँदै १ लाख २५ हजार नगद पुरस्कार जितेका छन् । टुप्पी ग्याङ र एक्स हिरो÷सीजे वल्र्डबीचको ट्याग टिम म्याचमा एक्स हिरो/सीजे वल्र्डले बाजी मारे । एक्स हिरो÷सीजे वल्र्डले १ लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।

लाइट वेट म्याचमा सुजल च्याम्पियन हुँदै ६५ हजार नगद पुरस्कार हात पारे । उनले कम्ब्याट कर्मालाई पाखा लगाए । महिलाको एक मात्र स्पर्धा लाइट वेट म्याचमा आकृतिले तनुलाई पन्छाइन् । आकृतिले ८० हजार नगद पुरस्कार हात पारिन् ।

विजेतालाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत आर्थिक प्रशासन शाखाका प्रमुख पासाङ फिन्जी शेर्पा, आयोजक नेपाल रिङ रेस्लिङ संघका कार्यवाहक अध्यक्ष योगेश्वर श्रेष्ठ, महासचिव सुवर्ण श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।


सरकारले विजेता खेलाडीलाई जनही तीन लाख पुरस्कार दिने

सरकारले विजेता खेलाडीलाई जनही तीन लाख पुरस्कार दिने


काठमाडौं, ३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गरेका छन् । विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका हुन् ।
खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले भने, ’मलाई अत्यन्त खुसी लागेको छ। हिजो तपाईहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ। देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ। आगामी दिनमा समेत तपाईहरूको प्रर्दशन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु।’


युएईमाथि नेपालको रोमाञ्चक जित

युएईमाथि नेपालको रोमाञ्चक जित


काठमाडौं, २२ फागुन । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईमाथि नेपालले रोमाञ्चक जित निकालेको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले युएईलाई ४२ रनले पराजित गरेको हो । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको युएईले ४५ ओभरमा १० विकेट गुमाउँदै १८७ रन मात्रै बनायो ।
युएईका लागि आसिफ खान र आर्यन लाक्राले अर्धशतकिय पारी खेले । खानले ८२ र लाक्राले ५० रनको योगदान गरे । अन्यले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान तीन÷तीन विकेट लिए । सन्दिप लामिछाने, करण केसी र आरिफ शेखको नाममा एक÷एक विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको थियो ।  नेपालका लागि भीम सार्कीले उत्कृष्ट अर्धशतकिय पारी खेले । उनले ९९ बलमा ७ चौकाको मद्दतमा ७० रनको योगदान गरे । उनको यो सिनियर टोलीमा करिअरको पहिलो अर्धशतक हो । उनलाई राम्रो साथ दिएका सन्दीप लामिछानेले २७ रन जोडे ।

ओपनरद्वय सस्तैमा आउट हुँदा नेपालको इनिङ सम्हालेका कुशल मल्लले ३२ रन बनाए । ज्ञानेन्द्र मल्लले ११ रन, आसिफ शेखले ६ रन जोड्दा कप्तान रोहित पौडेल भने एक रनमै आउट भए । दीपेन्द्र सिंह ऐरीले ४ रन, आरिफ शेखले ४३ रन, करण केसीले १७ रन र प्रतिश जिसीले ११ रन बनाए ।

युएईका लागि जुनैद सिद्दिकीले तीन विकेट लिँदा रोहन मुस्तफा र आर्यन लाक्राले समान दुई÷दुई विकेट लिए । पलानियापन मयप्पनको नाममा एक विकेट रह्यो ।

जितसँगै नेपाल लिग –२ तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । तालिकामा नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौँ स्थानमा छ । युएई समान खेलमा ३१ अंकका साथ छैठौँ स्थानमा झरेको छ ।  


यूएईलाई हराउँदै नेपाल यू–१९ विश्व कपमा

यूएईलाई हराउँदै नेपाल यू–१९ विश्व कपमा


काठमाडौं, १८ फागुन ।  आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले घरेलु टोली यूएईलाई हराएको छ । नेपालले यूएईलाई ७ रनले हराएको हो । यो जितसँगै नेपाल १९ वर्षमुनिको विश्व कपमा पुगेको छ । नेपाल ८ वर्षपछि विश्व कपमा पुगेको हो । यसअघि सन् २०१६ मा नेपालले उमेर समूहको विश्व कप खेलेको थियो । 
नेपालले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभरमा १ सय ८४ रनमा अलआउट भयो । यूएईका लागि इथान कार्ल डिसुजाले ५०, आर्यन सक्सेनाले ३४ र आर्यन शर्माले ३२ रन बनाए । बलिङतर्फ नेपालका दिपेश कँडेलले ’ह्याट्रिक’ सहित ५ विकेट लिए ।
यसअघि आजमानमा रहेको इडेन गार्डेन्समा टस हारेर ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा १ सय ९१ रनमा अलआएट भयो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रन बनाए । यस्तै विशाल विक्रम केसीले ३८ र उत्तम रङ्गु थापा मगरले ३६ रन बनाए । बलिङतर्फ यूएईका ध्रुव पराशरले ३ तथा हरित हरि शेट्टी र आयन आफजल खानले २÷२ विकेट लिए । 
नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६, दोस्रो खेलमा कुवेतलाई २ सय ४३, तेस्रो खेलमा हङकङलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई १० विकेटले हराएको थियो ।


आईसीसी विश्वकप लिग २ खेल्न युएई गए सन्दीप 

आईसीसी विश्वकप लिग २ खेल्न युएई गए सन्दीप 


काठमाडौं, १७ फागुन । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्न सन्दीप लामिछाने युएई गएका छन् ।
लामिछाने आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनीबीच सिरिजको खेलका लागि युएई गएका हुन्।
सर्वोच्च अदालतले विदेश जान अनुमति लिनुनपर्ने आदेश दिएपछि क्यानले उनलाई युएई पठाउने तयारी सुरु गरेको थियो । उनी बुधबार दिउँसो युएई गएका हुन् ।
उच्च अदालत पाटनले नाबालिक बलात्कार अभियोग लागेका सन्दीपलाई धरौटीमा जेलमुक्त गरे पनि विदेश जान भने रोक लगाएको थियो। सोविरुद्ध सर्वोच्चमा निवेदन दिएका सन्दीपलाई राष्ट्रिय टिमको खेल खेल्न विदेश जान अनुमति दिइएको थियो।
 


सन्दीप लामिछाने युएई जाने तयारीमा, खेलाडीको सूचीमा नाम राखियो

सन्दीप लामिछाने युएई जाने तयारीमा, खेलाडीको सूचीमा नाम राखियो


काठमाडौं, १७ फागुन ।  सर्वोच्च अदालतले विदेश जान लागेको यसअघिको रोक खुला गरिदिए पछि क्रिकेटर सन्दीप लामिछानेले युएईको तयारी गरेका छन् ।

युएईमा जारी जारी त्रिकोणात्मक क्रिकेट लिग खेल्नका लागि लामिछाने युएई जाने तयारीमा लागेका हुन् । नेपाल क्रिकेट सङ्घले लामिछानेको नाम खेलाडीको सूचीमा राखिसकेको छ । 

सो टिमका एक खेलाडी बिरामी भए पछि उनको नाम हटाएर लामिछानेको नाम राखिएको क्यानले जनाएको छ । 

त्रिकोणात्मक सिरिज लिगमा युएई र पपुवा न्युगिनीलाई हराएर अपराजित हुँदै आएको नेपाल लामिछानेको आगमनसँग बलियो हुने अपेक्षा गरिएको छ । जारी खेलमा जीत हासिल गरेमा श्रीलङ्कामा हुने विश्वकप खेल्न नेपाली टोली पुग्नेछ । 


 


सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश

सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश


काठमाडौं, २८ पुस । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर लामिछानेले विदेश जान नपाउने आदेश भएको उच्च अदालत पाटनले जनाएको छ । 

एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । सन्दीपविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।


ब्राजिललाई हराउँदै अर्जेन्टिना बन्यो कोपा अमेरिका फुटबलको च्याम्पियन

ब्राजिललाई हराउँदै अर्जेन्टिना बन्यो कोपा अमेरिका फुटबलको च्याम्पियन



एजेन्सी । घरेलु टोली ब्राजिललाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको च्याम्पियन बनेको छ । आइतबार बिहान भएको फाइनल खेलमा ब्राजिललाई १–० गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले खेलको २२ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले उपाधिको खडेरीसमेत तोडेका छन् । क्लब फुटबलबाट निकै सफलता हात पारे पनि देशलाई कुनै उपाधि जिताउन नसकेको भन्दै मेस्सीले आलोचना खेप्दै आएका थिए । अर्जेन्टिनाले २८ वर्षपछि ठूलो प्रतियोगितामा उपाधि जित्न सफल भयो ।
 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom