11 Ashwin, 2080 / 28 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

खेलकुद


नेपाल पाकिस्तान ‘ए’सँग ४ विकेटले पराजित

नेपाल पाकिस्तान ‘ए’सँग ४ विकेटले पराजित


काठमाडौं, २९ असार । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तान ‘ए’सँग चार विकेटले पराजित भएको छ । श्रीलंकाको कोलम्बो क्रिकेट क्लब मैदानमा नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको पाकिस्तान ‘ए’ले ३२.५ ओभरमा ६ विकेट गुमाएर भेटायो ।

नेपालका तर्फबाट ब्याटिङमा सोमपाल कामीबाहेक अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा नेपाल ३७ ओभरमा १७९ रनमै समेटिएको थियो । प्रतियोगितामा नेपाल र पाकिस्तान दुवैको यो पहिलो खेल हो । नेपालले साउन १ गते भारत ‘ए’सँग दोस्रो खेल खेल्ने छ । नेपाली टिमले साउन ३ गते समूह चरणको अन्तिम खेलमा यूएई ‘ए’विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेलहरू साउन ५ र फाइनल साउन ७ गते हुने छन् । प्रतियोगितामा नेपालसहित एसियाका आठ टिम सहभागी छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’मा ओमान, अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह ‘बी’मा नेपाल, भारत, पाकिस्तान र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । प्रतियोगितामा नेपालबाहेक सबै टिमले ‘ए’ टोली पठाएका छन् ।
 


नेपाल यू–१६ इस्ट जोन क्रिकेटको च्याम्पियन, मलेसिया फराकिलो अन्तरले पराजित

नेपाल यू–१६ इस्ट जोन क्रिकेटको च्याम्पियन, मलेसिया फराकिलो अन्तरले पराजित


काठमाडौं, १९ असार । नेपालले एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ। मलेसियाको बायुमास मैदानमा मङ्गलबार भएको फाइनलमा नेपालले घरेलु टोलीलाई २२१ रनको विशाल अन्तरले हराउँदै उपाधि जितेको हो। यो नेपालको लगातार तेस्रो उपाधि हो।

२५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा मात्र ३१ रनमा अलआउट भयो । मलेसियालाई ध्वस्त बनाउन नेपालका अभिषेक तिवारीले ५ विकेट लिए । यस्तै सन्तोष यादवले ३ तथा अशोक थापा र सागर गैरेले १–१ विकेट लिए।

मलेसियाका लागि मुहम्मद अक्रमले सर्वाधिक १० रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेनन् । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो । नेपालका लागि नरेन भट्टले शतक बनाए । उनले नटआउट १ सय १२ रन बनाएका थिए ।

यस्तै निरजकुमार यादवले ४७, सन्तोष यादवले २६ र सूर्यांशु कोइरालाले १८ रनको योगदान गरे । समूह ए मा दुवै खेल जितेर विजेता बनेको नेपालले सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।


सिंगापुरलाई हराउँदै नेपाल यू - १६ इस्ट जोन कपको फाइनलमा

सिंगापुरलाई हराउँदै नेपाल यू - १६ इस्ट जोन कपको फाइनलमा


काठमाडौं, १८ असार । नेपालले एसिसी यू१६ इस्ट जोन कपको सेमिफाइनल खेलमा सिंगापुरलाई हराउँदै फाइनलमा स्थान बनाएको छ। नेपालले ९७ रनले सिंगापुरलाई पराजित गरेको हो।  
जितको लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुर नेपालको कसिलो बलिङ सामु ३१.३ ओभरमा ८७ रनमै अल आउट भयो।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। ब्याटिङ गर्ने क्रममा नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरे। कोइरालाले ४९ बल खेल्दै छ चौकाको मद्दतमा ४३ रनको योगदान दिए। यस्तै यादवले ४९ बल खेल्ने क्रममा एक छक्का र तीन चौका प्रहार गरी ४२ रन बनाए। यस्तै अभिषेक तिवारीले २५, सन्तोष यादवले १८, दीप भुजेलले अविजित १२, प्रतिक भट्टराईले १२ र कृतिक कामतले १० रन बनाए। 

बलिङतर्फ सिङ्गापुरका हरिहरनले तीन तथा हर्ष वेङ्कटरम र कबिर बेर्लियाले दुई-दुई विकेट लिए। सिङ्गापुरका लागि ब्याटिङ गर्ने क्रममा रोशन रविचन्द्रनले २४, प्रणव धनुकाले १४ र कविर बेर्लियाले ११ रन बनाए।  

बलिङतर्फ नेपालका कार्तिक कामतले दुई दशमलव तीन ओभरमा नौ रन दिँदै तीन विकेट लिए। यस्तै सन्तोष यादव, नरेन भट्ट, अशोक धामी, अभिषेक तिवारी र प्रतिक पोखरेलले समान एक-एक विकेट लिए।


थाइल्यान्डमाथि नेपालकाे २२५ रनको फराकिलो जित 

थाइल्यान्डमाथि नेपालकाे २२५ रनको फराकिलो जित 


काठमाडौं, १३ असार । एसिसी यू– १६ इस्ट जोन कप क्रिकेटमा नेपालले थाइल्यान्डमाथि दुई सय २५ रनको फराकिलो हात पारेको छ। नेपालको सानदार जितमा ब्याटिङतर्फ नीरजकुमार यादव तथा नरेन भट्ट र बलिङतर्फ सन्तोष यादवकाे उत्कृष्ट योगदान रह्यो।

पहिला ब्याटिङ गरेको नेपालले लागि ३५ ओभरमा दुई सय ६९ रन बनाउन सफल भयो। यसमा ओपनर नीरजकुमार यादव र सूर्यांशु कोइरालाले एक सय १० रनको साझेदारी पारी खेले। 

नीरज ४३ बलमा ७४ रन बनाउँदै आउट भए भने सूर्यांशु ४० रनमा पेभेलियन फर्के। नरेन भट्टले ४३ बलमा ५५ रन बनाए। यस्तै, सन्तोष यादवले ४२ रनको योगदान दिए। 

जितका लागि दुई सय ७० रनको लक्ष्य पछ्याएको थाइल्यान्डले नेपाली बलरसामु घुँडा टेक्याे । थाइल्यान्ड १३.२ ओभरमा ४४ रनमा अलआउट भयो। नेपालका सन्तोष यादवले पाँच, अशोक धामीले तीन र अभिषेक तिवारीले दुई विकेट लिए। 


विश्वकप क्रिकेट छनोटमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित

विश्वकप क्रिकेट छनोटमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित


काठमाडौं, ९ असार । विश्वकप क्रिकेट छनोटको शनिबारको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ६८ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले २८ ओभर १ बलमा मात्रै तीन विकेट गुमाएर भेट्टायो । उसका म्याक्स ओ डाउडले सर्वाधिक ९० रन बनाए ।
नेपालका सन्दीप लामिछानेले दुई र गुल्सन झाले एक विकेट लिए ।  यसअघि जिम्बावेको टाकाशिङ्गा स्पोर्ट्स क्लबमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४४ ओभर ३ बलमा १ सय ६७ रनमा अलआउट भयो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाए । यस्तै, सन्दीप लामिछानेले २७, गुल्सन झाले १५, दिपेन्द्रसिंह ऐरीले १४, कुशल मल्लले १२, आरिफ शेखले ६, भीम सार्कीले २२, कुशल भुर्तेलले २७  र करण केसीले एक रन बनाए । आशिफ शेखले खाता पनि खोल्न सकेनन् ।
नेदरल्यान्ड्सका लोगन भान बीकले ४ विकेट लिए । आजको हारसँगै नेपाल सुपर सिक्समा पुग्न असफल भएको छ ।


वेस्ट इन्डिजसँग नेपालको फराकिलो हार

वेस्ट इन्डिजसँग नेपालको फराकिलो हार


काठमाडौं, ७ असार । आईसीसी विश्वकप छनोटको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ । जिम्बाबेको हरारे स्पोर्टस एकेडेमिमा टस हारेर पहिला बलिङ गरेको नेपालले ३ सय ४० रनको लक्ष्य पाएको थियो ।
जवाफमा ब्याटिङमा उत्रिएको नेपालले ५०औं ओभरको चौथो बलमा अलआउट हुँदै २ सय ३८ रन मात्रै बनायो । पहिलो इनिङमा बलिङमा उत्कृष्ट सुरुआत गरको नेपालले वेस्ट इन्डिजका कप्तान शाही होप र निकोलास पुरानबीचको शाझेदारि तोड्न नसक्दा बिशाल योगफल पाएको थियो ।
होपले पुरनसँग २ सय १२ रनको साझेदारि गर्दै सर्वाधिक १ सय ३२ रनको योगदान गरेर पभेलियन फर्किए । उनले ललित राजवंशीको बलमा भिम सार्कीबाट क्याच आउट हुनु अघि१ सय २९ बल खेल्दै १० चौका र तीन छक्का प्रहार गरे ।

पुरन ९४ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रन जोडेर दीपेन्द्र सिंह ऐरीको बलमा क्याच आउट भए । ओपनर ब्रान्डन किङ ४२ बलमा समान २ चौका र छक्कासहित ३२ रनमा आउट हुँदा, रोभमन पोवेल २९ रनमा आउट भए । जासोन होलर १६ रनमा अविजित रहे ।

नेपालको बलिङमा ललित राजवंशीले १० ओभरमा ५२ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । करण केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान एक विकेट लिए ।

नेपालको ब्याटिङमा आरिफ शेखले सर्वाधिक ६३ रन जोडे । गुलशन झाले ४२ रन योगदान गर्दा कप्तान रोहित पौडेल ३० रन, आसिफ शेख २८ रन, दीपेन्द्रसिंह ऐरी २३ बनाएर पभेलियन फर्कँदा करण केसी २८ रनमा अविजित रहे ।

वेस्ट इन्डिजका जासन होलरले सर्वाधिक ३ विकेट लिए । भने, अलजारी जोसेफ, किमो पल र एकिल होसियनले दुई–दुई विकेट लिए । केल मायर्सले १ विकेट लिए ।

पहिलो खेलमा घरेलु टिम जिम्बावेसँग ८ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हाराएको थियो । अब नेपालले सुपर सिक्समा स्थान बनाउन अन्तिम खेलमा शनिबार नेदरल्यान्ड्सलाई हराउनै पर्ने दबाव छ ।
 


विश्व कप छनोटः नेपालले अमेरिकासँग खेल्दै

विश्व कप छनोटः नेपालले अमेरिकासँग खेल्दै


काठमाडौं, ५ असार । आईसीसी एकदिवसीय विश्व कप छनोटमा नेपालले आज अमेरिकासँग खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजे हरारेको टाकासिंगा स्पोर्ट्स क्लबमा हुनेछ ।
नेपाल र अमेरिकाबीच अहिलेसम्म ६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल भएको छ । जसमा नेपाल तीन खेलमा विजयी, दुई खेलमा पराजित र एक खेलमा बराबरी भएको छ ।
आईसीसी विश्व कप लिग–२ अन्तर्गत सन् २०२० मा घरेलु मैदानमा भएको दुवै खेलमा नेपालले अमेरिकालाई हराएको थियो । नेपाल पहिलो खेलमा ३५ रन र दोस्रो खेलमा ८ विकेटले विजयी भएको थियो ।
यस्तै सन् २०२१ मा ओमानमा नेपाल र अमेरिकाबीच दुई वटा खेल भएको थियो । जसमा नेपाल र अमेरिकाले १÷१ वटा खेल जितेका थिए । पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा अमेरिका ६ विकेटले विजयी भएको थियो । 

यस्तै सन् २०२२ मा अमेरिकामा नेपाल र घरेलु टोलीबीच दुई वटा खेल भएको थियो । पहिलो खेल बराबरीमा सकिएकोमा दोस्रो खेलमा अमेरिका ३९ रनले विजयी भएको थियो ।
 


एसिया कपमा छनोट भएका क्रिकेटरलाई जनही ६ लाख दिने सरकारको निर्णय

एसिया कपमा छनोट भएका क्रिकेटरलाई जनही ६ लाख दिने सरकारको निर्णय


काठमाडौं, २० वैशाख । एसिसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई सरकारले जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ।

मन्त्रिपरिषदकाे आज (बुधबार)  बसेको बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा युएईलाई ७ विकेटले हराएको थियो ।नेपाल एसिसी प्रिमियर कप विजेता बनेकाे थियाे। उक्त जितसँगै नेपाल एसिया कप क्रिकेटमा छनोट भएको छ।

खेलकुद पुरस्कार कार्यविधिअनुसार एसिसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीले जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने भए पनि मन्त्रिपरिषदले कार्यविधिमा भएको भन्दा १ लाख रूपैयाँ बढाएर जनही ६ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो।

मन्त्री शर्माका अनुसार कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आवश्यक रकमको व्यवस्था आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा गर्ने निर्णय पनि भएकाे छ।


 


नेपालले हरायो यूएईलाई, एशिया कपमा छनोट

नेपालले हरायो यूएईलाई, एशिया कपमा छनोट


काठमाडौं, १९ वैशाख । नेपालले यूएईलाई पराजित गरेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेल यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि हात पारेको हो ।

नेपालले ३०.३ ओभरमा ११८ रन बनाउँदै यूएईलाई पराजित गरेको हो । उक्त जितसँगै नेपालले यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसिया कप क्रिकेट प्रतियोगितामा पनि स्थान पक्का गरेको छ । एसिया कपमा नेपालले भारत, पाकिस्तानजस्ता विश्व क्रिकेटका हस्ती राष्ट्रहरुसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने छ ।

घरेलु मैदानमा हजारौंसमर्थकको साथ पाएको नेपालका लागि गुलशन झा र भिम शार्कीले उत्कृष्ट प्रदर्शन गरे । गुलशन झाले अविजित ६७ रन बनाए । उनले ८४ बलको सामना गरी ६ छक्का र ३ चौका हिर्काए । भिम शार्की अविजित ३६ रनको योगदान गरे ।


 


नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा


काठमाडौं । नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा आज कुवेतसँगको खेल वर्षाले रद्द भए पनि नेपाल फाइनलमा पुगेको छ ।
नेपालले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८ ओभर ३  बलको खेल सकिँदा कुवेतले ६ विकेट गुमाएर ३७ रन बनाएको अवस्थामा पानी परेपछि खेल रद्द हुँदा नेपाल विजयी भएको हो । नेपालका करण केसीले पाँच विकेट लिएका छन् । करणले ४ ओभर ३ बलमा १० रन दिएर पाँच विकेट लिएका हुन् । 
यसअघि त्रिवी क्रिकेट मैदानमा पानी परेर ४२ ओभरमा झारिएको खेलमा नेपालले ९ विकेट गुमाएर २ सय ८० रन बनायो ।  नेपालका लागि रोहित पौडेलले सर्वाधिक ९४ रन बनाए । यस्तै,  कुशल मल्लले ५७,  कुशल भुर्तेलले ४३, आशिफ शेखले ३१, आरिफ शेखले १९ र सन्दीप लामिछानेले ५ रन बनाए । यस्तै सोमपाल कामीले १२, ललित राजवंशीले २,  भीम सार्की १ रनमा आउट हुँदा दीपेन्द्रसिँह ऐरीले खाता खोल्न पनि सकेनन् । कुवेतका मोहम्मद अस्लाम र अदान इद्रिसले २/२ विकेट लिए ।



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom