14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ५८ पुग्यो




कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ५८ पुग्यो


काठमाडौं, २० साउन ।  कोरोना भाइरस संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिकामा सोमबार मृत्यु भएका ७७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विराटनगर महानगरपालिका–५ आदर्श टोलका ती पुरुष ज्वरो तगथा स्वास प्रश्वासमा समस्या आएपछि उनी कोशी अस्पताल विराटनगरका भर्ना गरिएको थियो।

मधुमेह तथा उच्च रक्तचापको समस्याबाट पीडित ती पुरुषको आइसोलेसनमा उपचारकै क्रममा मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या संख्या ५८ पुगेको छ । 




यसमा तपाइको मत


Comments