14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

श्रीलङ्मा महिन्द राजपक्ष र गोटाबयको दल अत्याधिक बहुमतले विजयी




श्रीलङ्मा महिन्द राजपक्ष र गोटाबयको दल अत्याधिक बहुमतले विजयी


एजेन्सी । श्रीलंकामा राष्ट्रपति गोटब्या राजापाक्षले देशको संसदीय चुनावमा आफू विजयी भएको घोषणा गरेका छन्।
उनका भाइ महिन्दा राजापाक्षलाई एक पटक फेरि प्रधानमन्त्री बनाइने अनुमान छ जसले गत नोभेम्बरदेखि कार्यवाहकको भूमिका निर्वाह गरेका थिए।

उनीहरूको दल ‘श्रीलङ्का पीपल्स फ्रन्ट’ र साझेदार दलहरूले दुईतिहाइ बहुमत प्राप्त गरेका छन्। यो विजयसँगै उनीहरूको चुनावी वाचानुरूप संवैधानिक परिवर्तनहरू गर्ने बाटो खुलेको छ।

उक्त दलले २२५ मध्ये १४५ स्थानमा जितेको छ । उसलाई समर्थन गर्ने दलहरूले पाँच स्थानमा जितेका छन्। श्रीलङ्काको राजनीतिमा दुई दशकदेखि राजपक्ष परिवारको प्रभाव रहेको छ। तर राजपक्ष बन्धुहरू विवादास्पद पनि छन्।

महिन्द राजपक्ष सन् २००५ देखि २०१५ सम्म देशका राष्ट्रपति थिए। पूर्वप्रधानमन्त्री रनिल विक्रमसिङ्घले नेतृत्व गरेको प्रतिपक्षी दल नराम्ररी पराजित भएको छ। अघिल्लो निर्वाचनमा जितेको १०६ स्थानमध्ये उनको दलले १०५ वटा स्थान गुमाएको छ।

कोरोनाभाइरस महामारी फैलिएकै बेला श्रीलङ्कामा निर्वाचन भएको थियो। यसअघि दुई चोटि मतदानको मिति सारिएको थियो।

श्रीलङ्कामा अहिलेसम्म ३,००० भन्दा कम मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमितमध्ये ११ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।



Related News


यसमा तपाइको मत


Comments