14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३ करोड नाघ्यो




विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३ करोड नाघ्यो

काठमाडौं, १ असोज । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३ करोड नाघेको छ । वर्ल्डोमीटरका अनुसार कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ६३ लाख २५५ पुगेको छ । कोभिड–१९ बाट ज्यान गुमाउने संख्या ९ लाख ४५ हजार ५४२ पुगेको छ । विश्वभर २ करोड १८ लाख १९ हजार ११४ जना उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या ७२ लाख ९८ हजार ५९९ जना रहेका छन् ।

अमेरिकामा कुल संक्रमितको ६८ लाख २८ हजार ३०१ जना पुगेको छ । २ लाख १ हजार ३४८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ४१ लाख १९ हजार १५८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २५ लाख ७ हजार ७९५ जना रहेका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या ५१ लाख २२ हजार ८४६ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८३ हजार २५७ पुगेको छ । ४० लाख २५ हजार ७९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १० लाख १४ हजार ५१० जना रहेका छन् ।

ब्राजिलमा  ४४ लाख २१ हजार ६८६ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ३४ हजार १७४ को मृत्यु भएको छ । ३७ लाख २० हजार ३१२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५  लाख ६७ हजार २०० जना रहेका छन् ।

रुसमा १० लाख ८३ हजार २८१ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १९ हजार ६१ जनाको मृत्यु भएको छ । ८ लाख ९५ हजार ८६८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख ७० हजार ३५२ जना रहेका छन् ।

पेरुमा ७ लाख ४४ हजार ४०० जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३१ हजार ५१ जनाको मृत्यु भएको छ । ५ लाख ८७ हजार ७१७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख २५ हजार ६३२ जना रहेका छन् ।


 



Related News


यसमा तपाइको मत


Comments