15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विश्वभर २ करोड २५ लाखबढी कोरोना संक्रमणमुक्त




विश्वभर २ करोड २५ लाखबढी कोरोना संक्रमणमुक्त

काठमाडौं, ४ असोज । विश्वभर कोरोना संक्रमितमध्ये २ करोड २५ लाख बढी संक्रमणमुक्त भएका छन् । वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट  संक्रमणमुक्त हुनेको संख्या २ करोड २५ लाख ८७ हजार ९०५ जना पुगेको छ । 

विश्वभर संक्रमितको संख्या ३ करोड ९ लाख ९२ हजार ८५५ पुगेको छ ।कोभिड–१९ बाट ज्यान गुमाउने संख्या ९ लाख ६१ हजार ४७१ पुगेको छ ।
 हाल विश्वभर सक्रिय संक्रमितको संख्या ७४ लाख ४३ हजार ४७९ जना रहेका छन् । 

अमेरिकामा कुल संक्रमितको ६९ लाख ६७ हजार ४०३ जना पुगेको छ । २ लाख ३ हजार ८२४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ४२ लाख २३ हजार ६९३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २५ लाख ३९ हजार ८८६ जना रहेका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख ६१९ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८६ हजार ७७४ पुगेको छ । ४३ लाख ३ हजार ४३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १० लाख १० हजार ८०२ जना रहेका छन् ।
 ब्राजिलमा ४५ लाख २८ हजार ३४७ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ३६ हजार ५६५ को मृत्यु भएको छ । ३८ लाख  २० हजार ९५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५  लाख ७१ हजार ६८७ जना रहेका छन् ।
रुसमा १० लाख ९७ हजार २५१ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १९ हजार ३३९ जनाको मृत्यु भएको छ । ९ लाख ६ हजार ४६२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख ७१ हजार ४५० जना रहेका छन् ।
पेरुमा ७ लाख ६२ हजार ८६५ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३१ हजार ३६९ जनाको मृत्यु भएको छ । ६ लाख ७ हजार ८३७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख २३ हजार ६५९ जना रहेका छन् ।



Related News


यसमा तपाइको मत


Comments