15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

भारत र चीनबीच सीमा क्षेत्रमा थप सैनिक नपठाउने सहमति




भारत र चीनबीच सीमा क्षेत्रमा थप सैनिक नपठाउने सहमति

एजेन्सी । भारत र चीनबीच सीमा क्षेत्रमा थप सैनिक नपठाउने विषयमा सहमति भएको छ । सीमा क्षेत्रमा जारी तनावलाई लिएर कमाण्डर तहमा भएको छैटौँ चरणको वार्तापछि मंगलबार संयुक्त वक्तव्य जारी गरेर थप सैनिक नपठाउनेसहितका सहमति  गरेका हुन् । दुई देशबीच अहिले जुन अवस्था छ त्यसमा कुनै किसिमको परिवर्तन नगर्ने सहमति पनि बनेको छ ।

गएको सोमबार चीन र भारतबीच कमाण्डर तहमा वार्ता भएको थियो । दुई देशका नेताबीच भएको वार्तालाई थप बलियो बनाउने सहमति गम्भीरता पूर्वक लागु गर्ने उल्लेख छ ।

सीमा क्षेत्रमा अब सैनिकको संख्या नबढ्ने दुवै देशले जनाएका छन् । दुवै देशले वास्तविक नियन्त्रण रेखा ९एलएसी० मा अवस्था स्थिर बनाउनका लागि प्रयास गर्ने सहमति भएको छ । अंग्रेजी पत्रिका द हिन्दूका अनुसार अहिले नै सैनिक पछि हट्ने सहमति भने बनेको छैन । तर पछिल्लो सहमति अनुसार एलएसीमा निर्माण कार्य तत्काल हुने छैन । यस्तै जतिसक्दो चाँडो कमाण्डर तहको सातौँ वार्ता गर्ने पनि सहमति भएको छ । सीमामा शान्ति कायम गर्नका लागि ठोस कमद चाल्ने पनि उल्लेख छ ।



Related News


यसमा तपाइको मत


Comments