14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ९२ लाख नाघ्यो, मृतकको संख्या ११ लाख नाघ्यो




विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ९२ लाख नाघ्यो, मृतकको संख्या ११ लाख नाघ्यो


काठमाडौं, ३० असोज । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ९२ लाख २८ हजार ९०१ पुगेको छ । वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या ११ लाख ३ हजार ७०८ पुगेको छ । विश्वभर २ करोड ९४ लाख ९ हजार ००४ जना उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या ८७ लाख १६ हजार १८९ जना रहेका छन् ।

अमेरिकामा कुल संक्रमित ८२ लाख १९ हजार ८८ जना पुगेको छ । २ लाख २२ हजार ७५४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ५३ लाख २० हजार ३८६ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २६ लाख ७५ हजार ९४८ जना रहेका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख ७२ हजार ३९४ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख १२ हजार २१४ पुगेको छ । ६४ लाख ५३ हजार ५४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ८ लाख ७ हजार १२६ जना रहेका छन् ।
संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ५१ लाख ७० हजार ९९६ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ५२ हजार ५१३ को मृत्यु भएको छ । ४५ लाख ९९ हजार ४४६ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख १९ हजार ३७ जना रहेका छन् ।
रुसमा १३ लाख ६९ हजार ३१३  जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २३ हजार ७२३ जनाको मृत्यु भएको छ । १० लाख ५६ हजार ५८२  जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २ लाख ८९ हजार ८ जना रहेका छन् ।
स्पेनमा ९ लाख ७२ हजार ९५८ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३३ हजार ४१३ जनाको मृत्यु भएको छ ।
अर्जेन्टिना ९ लाख ४९ हजार ६३ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २५ हजार ३४२ जनाको मृत्यु भएको छ । ७ लाख ६४ हजार ८५९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख ५८ हजार ८६२ जना रहेका छन् ।



Related News


यसमा तपाइको मत


Comments