14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड नाघ्यो(अपडेट)




विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड नाघ्यो(अपडेट)

काठमाडौं, २ कात्तिक । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ४ करोड नाघेको छ । 
वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट सक्रमितको संख्या ४ करोड १ हजार ७७९ पुगेको हो । कोरोनाबाट ज्यान गुमाउने संख्या ११ लाख १५ हजार १६० पुगेको छ । विश्वभर २ करोड ९९ लाख १९ हजार ४०० जना उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या ८९ लाख ६७ हजार २१९ जना रहेका छन् । अमेरिकामा कुल संक्रमित ८३ लाख ४३ हजार १४० जना पुगेको छ । २ लाख २४ हजार २८३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ५४ लाख ३२ हजार ४५२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २६ लाख ८६ हजार ४०५ जना रहेका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या ७४ लाख ९४ हजार ५५१ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख १४ हजार ६४ पुगेको छ । ६५ लाख ९७ हजार २०९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ७ लाख ८३ हजार २७८ जना रहेका छन् ।
ब्राजिलमा ५२ लाख २४ हजार ३६२ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ५३ हजार ६९० को मृत्यु भएको छ । ४६ लाख ३५ हजार ३१५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ३५ हजार ३५७ जना रहेका छन् ।
रुसमा १३ लाख ९९ हजार ३३४  जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २४ हजार १८७ जनाको मृत्यु भएको छ । १० लाख ७० हजार ५७६  जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३ लाख ४ हजार ५७ जना रहेका छन् ।
स्पेनमा ९ लाख ८२ हजार  ७२३ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३३ हजार ७७५ जनाको मृत्यु भएको छ ।
अर्जेन्टिना ९ लाख ७९ हजार ११९ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २६ हजार १०७ जनाको मृत्यु भएको छ । ७ लाख ९१ हजार १७४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख ६१ हजार ८३८ जना रहेका छन् ।



Related News


यसमा तपाइको मत


Comments