14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कोरोना संक्रमितको संख्या ४ करोड ३ लाख नाघ्यो(अपडेट)




कोरोना संक्रमितको संख्या ४ करोड ३ लाख नाघ्यो(अपडेट)

काठमाडौं, ३ कात्तिक । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ३ लाख ११ हजार २४ पुगेको छ ।
वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या ११ लाख १८ हजार ६६७ पुगेको छ । विश्वभर ३ करोड १ लाख  ३० हजार ६६ जना उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या ९० लाख ६२ हजार २९१ जना रहेका छन् ।
अमेरिकामा कुल संक्रमित ८३ लाख ८८ हजार १२ जना पुगेको छ । २ लाख २४ हजार ७३२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ५४ लाख ५७ हजार ९१२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २७ लाख ५ हजार ३६८ जना रहेका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या ७५ लाख ५० हजार २७३ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख १४ हजार ६४२ पुगेको छ । ६६ लाख ६३ हजार ६०८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ७ लाख ७२ हजार २३ जना रहेका छन् ।
 ब्राजिलमा ५२ लाख ३५ हजार ३४४ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ५३ हजार ९०५ को मृत्यु भएको छ । ४६ लाख ५० हजार ३० जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ३१ हजार ४०९ जना रहेका छन् ।
रुसमा १४ लाख १५ हजार ३१६  जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २४ हजार ३६६ जनाको मृत्यु भएको छ । १० लाख ७५ हजार ९०४  जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३ लाख १५ हजार ४६ जना रहेका छन् ।
अर्जेन्टिना ९ लाख ८९ हजार ६८० जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २६ हजार २६७ जनाको मृत्यु भएको छ । ८ लाख ३ हजार ९६५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख ५९ हजार ४४८ जना रहेका छन् ।
 



Related News


यसमा तपाइको मत


Comments