15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड १३ लाख पुग्यो,  ४ करोड २४ लाख संक्रमणमुक्त




विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड १३ लाख पुग्यो,  ४ करोड २४ लाख संक्रमणमुक्त

काठमाडौं, १२ मंसिर। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ६ करोड १३ लाख ७७ हजार ६४८ पुगेको छ । 
वर्ल्डोमीटरका अनुसार कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ लाख ३८ हजार  ९८४ पुगेको छ भने  ४ करोड २४ लाख ५१ हजार ३५७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ करोड ७४ लाख ८७ हजार ३०७ जना रहेका छन् । अमेरिकामा कुल संक्रमित १ करोड ३२ लाख ४९ हजार ४४७ जना पुगेको छ । २ लाख ६९ हजार ५९७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ७८ लाख ४९ हजार ७१८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५१ लाख ३० हजार  ३२ जना रहेका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ९ हजार ८७१ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ३५ हजार ७५७ पुगेको छ । ८७ लाख १८ हजार ५१७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ५५ हजार ६०२ जना रहेका छन् ।
संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ६२ लाख  ४ हजार ५७० जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ७१ हजार  ४९७ को मृत्यु भएको छ । ५५ लाख २८ हजार ५९९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५ लाख ४ हजार ४७४ जना रहेका छन् ।
रुसमा २२ लाख १५ हजार ५३३ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३८ हजार ५५८ जनाको मृत्यु भएको छ । १७ लाख १२ हजार १७४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ६४ हजार  ८०१ जना रहेका छन् ।
फ्रान्समा २१ लाख ८३ हजार ६६० जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ५० हजार ९५७ जनाको मृत्यु भएको छ । १ लाख ५८ हजार २३६ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १९ लाख  ७४ हजार ४६७ जना रहेका छन् ।
 



Related News


यसमा तपाइको मत


Comments