26 Baishak, 2081 / 8 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

 बाइडेनले लिए ४६ औँ अमेरिकी राष्ट्रपतिको सपथ, ट्रम्पका नीति उल्ट्याए 




 बाइडेनले लिए ४६ औँ अमेरिकी राष्ट्रपतिको सपथ, ट्रम्पका नीति उल्ट्याए 

एजेन्सी । जो बाइडेनले ४६ औँ अमेरिकी राष्ट्रपतिको रुपमा सपथ लिएका छन्। राजधानी वासिंगटन डिसीमा भएको विशेष समारोहमा बाइडेनले राष्ट्रपतिको शपथ लिएका हुन्। उनले १२७ वर्ष पुरानो आफ्नो पारिवारिक बाइबलमा हात राखेर राष्ट्रपतिको शपथ लिएका हुन्।

अठहत्तर वर्षीय बाइडेन अमेरिकामा सबैभन्दा पाको उमेरमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने नेता बनेका छन्। कडा सुरक्षा व्यवस्थाबिच सपथ ग्रहण समारोह भएको थियो। समारोहमा राष्ट्रपतिको जिम्मेवारीबाट बिदा भएका डोनाल्ड ट्रम्प सहभागी भएनन्।

उपराष्ट्रपतिको जिम्मेवारी पूरा गरेका माइक पेन्स भने सहभागी भए। ट्रम्प शपथ ग्रहण समारोहको केही घण्टा पहिले भएको बिदाई समारोहमा सहभागी भएर ह्वाइट हाउसबाट बिदा भएका थिए।

कमला ह्यारिसले उपराष्ट्रपतिका रुपमा शपथ लिएकी छिन्। ह्यारिस उपराष्ट्रपति बन्ने पहिलो अश्वेत महिला हुन्। शपथग्रहणको औपचारिक समारोह पूर्व बाइडेन र ह्यारिसले स्थानीय चर्चमा गएर प्रार्थना गरेका थिए। त्यसपछि सेनाको स्मृति पार्कमा पुगेका थिए।

गत नोभेम्बर ३ मा भएको चुनावमा बाइडेनले राष्ट्रपतिमा विजयी भएका हुन्। बाइडेन यसअघि बाराक ओबा राष्ट्रपति हुँदा उपराष्ट्रपति थिए। उनले ३६ वर्ष सिनेटरका रुपमा काम गरेका थिए।

राष्ट्रपति बन्ने तेस्रो प्रयासमा बाइडेन सफल भएका हुन्। उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराएका थिए। समारोहमा पूर्वराष्ट्रपति बाराक ओबामा, जर्ज डब्ल्यू बुश, बिल क्लिन्टनलगायत उपस्थित थिए।

कार्यकालको पहिलो दिन राष्ट्रपति बाइडेनले कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रस्ट पार्ने कोशिस गरेका छन् । कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशमध्ये कतिपयले ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएको छ  । 
शपथ ग्रहण गरेको केही घण्टापछि नै बाइडेनले १५ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेर कामको थालनी गरेका हुन् ।

गम्भीर चुनौतिहरु रहेकाले खेर फाल्ने समय नरहेको राष्ट्रपति बाइडेनले बताएका छन् । उनले शपथपछिको सम्बोधनमा आफू सबै अमेरिकीका लागि काम गर्ने र सबैको राष्ट्रपति बन्ने बताए । उनले फरक मतहरुलाई राखेर एकअर्कालाई सुन्ने तथा मिलेर काम गर्नु पर्ने बताए ।

राष्ट्रपति बाइडेनले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि राष्ट्रिय प्रयासलाई लिएर कार्यकारी आदेश जारी गरेका हुन् ।

यस्तै विश्व स्वास्थ्य संगठनमा अमेरिकालाई पुनः फर्काउने, पेरिस जलवायु सम्झौतामा पुनः सामेल हुने, आप्रवासी नीति सम्बन्धी कार्यकारी आदेशमा बाइडेनले पहिलो दिनमा हस्ताक्षर गरेका छन् ।

मुस्लिम देशमाथि ट्रम्प प्रशासनले लगाएको यात्रा प्रतिबन्ध हटाउने, मेक्सिकोसँगको सीमा क्षेत्रमा निर्माण भइरहेको पर्खाल निर्माण रोक्नेसहितका आदेशमा बाइडेनले हस्ताक्षर गरेका हुन् ।

स्थानीय समय अनुसार बुधबार मध्याहन्नदेखि बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति बनेका हुन् । त्यसअघि बाइडेनले राष्ट्रपति तथा कमला ह्यारिसले उपराष्ट्रपतिको शपथ लिएका थिए । ह्यारिस अमेरिकाको इतिहासमा उपराष्ट्रपति बन्ने पहिलो महिला, पहिलो अश्वेत महिला हुन् ।

समारोहमा ट्रम्प सहभागी भएनन् । तर उनले बाइडेनका लागि नोट छोडेको ह्वाइट हाउस प्रवक्ता जेन साकीले बताएकी छन् । सो नोटमा रहेको विवरण भने सार्वजनिक गरिएको छैन ।
बाइडेनले जारी गरेको कार्यकारी आदेशमा संघीय सरकारका भवन तथा कार्यालयहरुमा मास्क लगाउन अनिर्वाय गरिएको छ । यस्तै उनले १०० दिनका लागि मास्क च्यालेन्जको घोषणा गरेका छन् ।

जलवायु परिवर्तनलाई लिएर सन् २०१५ को पेरिस सम्झौतामा सामेल हुने घोषणासँगै बाइडेनले विवादास्पदकिस्टोन एक्सएल पाइपलाइन रद्द गर्ने आदेश पनि दिएका छन् ।

यसैबिच माथिल्लो सदन सिनेटले नेशनल इन्टेलिजेन्स प्रमुखका लागि बाइडेनले प्रस्तावित गरेकी एभ्रिल हाइनेसको नाम अनुमोदन गरेको छ । उनी एजेन्सीको नेतृत्व गर्ने पहिलो महिला बनेकी छन् ।



Related News


यसमा तपाइको मत


Comments