15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

भारतले ७२ औं गणतन्त्र दिवस मनाउँदै, किसानले ट्याक्टर र्‍याली निकाल्ने




भारतले ७२ औं गणतन्त्र दिवस मनाउँदै,  किसानले ट्याक्टर र्‍याली निकाल्ने

काठमाडौं, १३ माघ । भारतले ७२ औं गणतन्त्र दिवस आज मनाउँदैछ। दिवसमा अवसरमा राजधानी दिल्लीको राजपथमा परेडको आयोजना गरिनेछ।
विगतमा भव्य परेड आयोजना गर्ने गरिएकोमा कोरोनाका कारण यसपटक आकार घटाइएको छ। यस्तै, यसपटक २५ हजार मानिसमात्र सहभागी हुनेछन् भने १५ वर्षभन्दा कम उमेरका र ज्येष्ठ नागरिकलाई प्रवेश दिइएको छैन।

गणतन्त्र दिवसको तयारी हुँदै गर्दा भारतभर सुरक्षा व्यवस्था कडा बनाइएको छ। यसअघि कुनै देशका राष्ट्रप्रमुखलाई प्रमुख अतिथिका रुपमा निम्त्याइने गरिएकोमा यसपटक कसैलाई पनि निम्त्याइएको छैन। कोरोनाका कारण कसैलाई पनि निम्तो नदिइएको बताइएको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बोलाइएकोमा कोरोना संक्रमण तीव्र भएपछि उनले भ्रमण स्थगित गरेका थिए।
सरकारले ल्याएको विवादित कृषि कानुनको विरोधमा आन्दोलनरत किसानहरुले गणतन्त्र दिवसको अवसर पारेर आज ट्याक्टर र्‍याली निकाल्दै छन् ।

कृषि कानुन किसान विरोधी भएकाले खारेज गर्नु पर्ने माग गर्दै महिनौंदेखि आन्दोलनरत भारतका किसानहरुको ट्याक्टर र्‍याली गणतन्त्र दिवसको समारोहपछि निस्किने भारतीय मिडियाहरुले जनाएका छन् । र्‍यालीका लागि देशभरका किसानहरु ३० हजार बढी ट्याक्टरसहित नयाँदिल्ली पुगेका छन् ।
 



Related News


यसमा तपाइको मत


Comments