15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण 




नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण 

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ । नेपाली समयानुसार शुक्रवार बिहान पौने तीन बजे पर्सिभिअरन्स रोभरले मंगल ग्रहको सतहमा अवतरण गरेको बीबीसीले जनाएको छ । सन् १९७० पछि मंगल ग्रहमा जीवनको सम्भावना खोज्ने नासाको यो पहिलो प्रयास हो ।

६ वटा पाङ्ग्रा भएको अमेरिकी अन्तरिक्ष यान पर्सिभिअरन्स सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर मङ्गल ग्रहमा पुगेको हो । अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गर्नुअघि वैज्ञानिकले सबैभन्दा कठिन चुनौती मङ्गल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नु नै रहेको बताएका  थिए । अन्तरिक्षको यानको सफल अवतरणसँगै क्यालिफोर्नियामा रहेको कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकले खुशी मनाएका छन् । अन्तरिक्ष यानले मंगल ग्रहमा पहिले जीवन भए/नभएको अध्ययन गर्ने गर्नेछ । 



Related News


यसमा तपाइको मत


Comments