14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अग्नि पीडितलाई पठाएको पाल एक महिनादेखि गाउँपालिकामै थन्कियो




अग्नि पीडितलाई पठाएको पाल एक महिनादेखि गाउँपालिकामै थन्कियो

जुम्ला तिला गाउँपालिका–७ गोठी गाउँमा गत माघ १५ गते खाना पकाउने क्रममा चुलोबाट निस्केको सानो झिल्कोले बस्ती नै खरानी बनायो । अल्पकालिन समस्या समाधानका लागि गृहमन्त्रालयबाट टेन्ट आइपुगे पनि तिला गाउँपालिकामै थन्किएका छन् ।

नाग्म बजार पुगेका पीडितले भने, ‘अल्पकालीन समस्या समाधानका लागि पाल पुगेको छ भन्ने सुनेका छौँ । न देखेका छौँ, न पाएका । एकपटक लिइसकेपछि पाल फिर्ता गर्नुपर्छ भनेर गाउँपालिकाले भनेको छ । यो विषयमा पहल गरिदिनुपर्यो ।’

उनले अग्नि पीडितका लागि आएको पाल तत्काल उपलब्ध गराउन आग्रह गरे । जिल्ला प्रशासन कार्यालय जुम्लाको पहलमा गृह मन्त्रालयले ३१ वटा पाल पठाएको थियो । ‘त्यो पाल सिधै विपद् व्यवस्थापन समितिमा पुग्नुपर्ने हो,’प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले भने, ‘अब उपलब्ध गराउन आग्रह गर्दछु ।’

पीडितका लागि ३१ वटा पाल आएका छन् । विश्व खाद्य कार्यक्रमले गृहमन्त्रालयको समन्वयमा पठाएको पाल पीडितले पाउन नसक्नु दुःखद् पक्ष हो ।

आजको नागरिक दैनिकमा समाचार छ ।

 



Related News


यसमा तपाइको मत


Comments