14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मंगल ग्रहमा पहिलो पटक नासाको पर्सिभिअरेन्स रोभर गुड्यो




मंगल ग्रहमा पहिलो पटक नासाको पर्सिभिअरेन्स रोभर गुड्यो

एजेन्सी । अमेरिकी अन्तरिक्ष संस्था नासाको अभियान अन्तर्गत मंगल ग्रहमा पुगेको पर्सिभिअरेन्स रोभर पहिलोपटक उक्त ग्रहको सतहमा गुडेको छ।
सो यानले आफ्नो पाङ्ग्रा निकालेर मंगल ग्रहको सतहमा पहिलो परीक्षण यात्रा गरेको नासाले जनाएको छ। शुक्रबार उक्त यानले पृथ्वीमा केही तस्बिरहरु पठाएको छ जहाँ सो रोबोटिक यानले गह्रमा यात्रा गरेको देखिएको छ।
त्यहाँ यानको चक्काको छापहरु देखिएको बीबीसीले जनाएको छ। सो यान साढे ६ मिटर मात्र गुडेको बताइएको छ।

पहिलोपटक पर्सिभिअरेन्स रोभर मंगल ग्रहमा गुडेपछि नासाको यस परियोजनाकी सहायक प्रमुख केटी स्ट्याक मोर्गनले यो महत्वपूर्ण पल भएको बताएकी छिन्।
एक टन वजन भएको यस रोबोट मंगल ग्रहको सतहमा ओर्लिएको दुई साता पूरा भइसकेको छ।

यो दुई सातामा वैज्ञानिकहरूले सो यानका थुप्रै प्रणालीलाई सक्रिय बनाएका छन्। पर्सिभिअरेन्सले मंगल ग्रहमा कुनै बेला भएको हुन सक्ने जीवनको प्रमाण खोज्नेछ।

त्यो खोजका लागि यसले त्यहाकोँ एक वर्ष अर्थात् पृथ्वीको लगभग दुई वर्ष०मा १५ किलोमिटर यात्रा गर्ने अपेक्षा गरिएको छ। वैज्ञानिकहरूले कुनै बेला ठूलो ताल रहेको ठानिएको क्षेत्रमा प्रागऐतिहासिक जीवनको अवशेषको खोजीमा विभिन्न चट्टानको अध्ययन गर्ने प्रयास गर्नेछन्।

चट्टानहरू खोतलेर हेर्नु अगाडि यस यानले विभिन्न परीक्षणहरू गर्नेछ। सो क्रममा त्यसले एउटा सानो हेलिकप्टरको उडान पनि गराउने बीबीसीले जनाएको छ ।


 

A quick test of my steering, and things are looking good as I get ready to roll. My team and I are keen to get moving. One step at a time. pic.twitter.com/XSYfT158AQ

— NASA's Perseverance Mars Rover (@NASAPersevere) March 5, 2021


Related News


यसमा तपाइको मत


Comments