03 Baishak, 2078 / 16 April , 2021

Logo
gautam
Social Icon
Social Icon
Secondary Top

म्यानमार प्रदर्शन, ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ८० नाघ्यो




म्यानमार प्रदर्शन, ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ८० नाघ्यो

एजेन्सी । म्यानमारमा जारी प्रदर्शनमा सैन्य सरकारको दमनबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ८० नाघेको छ । बुधबार एकैदिन १३ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ८० नाघेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

अहिलेसम्म ज्यान गुमाउनेहरूमा धेरैजसो युवा अवस्थाका मानिस रहेका राष्ट्र सङ्घीय मानव अधिकार आयोगले जनाएको छ । संयुक्त राष्ट्र सङ्घ महासचिवको कार्यालयले विज्ञप्ति निकालेर सैन्य सरकारले हिरासतमा रहेका नागरिकको समेत हत्या गरेको र प्रदर्शनकारीमाथि चर्को दमन गरेर क्रुर रूप देखाएको बताएको छ । सैन्य सरकारले हिंसालाई अझ बढाउँदै लगेको पनि विज्ञप्तिमा भनिएको छ ।

सेनाले दमन गरे पनि म्यानमारमा सैन्य ‘कू को विरोध हुन र सरकारले प्रदर्शनकारीको हत्या गर्न छोडेको छैन । हिंसा चर्किएपछि म्यानमारका कैयौँ नागरिक छिमेकी देश थाइल्याण्ड गएका छन् भने धेरै मानिस घर छाडेर ओडारमा बस्न बाध्य भएका छन् ।
 


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti