15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कोभिड १९ः विश्वभर एकैदिन ७ लाख ८५ हजार बढी सङ्क्रमित थपिए




कोभिड १९ः विश्वभर एकैदिन ७ लाख ८५ हजार बढी सङ्क्रमित थपिए


काठमाडौं, २८ चैत ।  विश्वमा २४ घण्टाको अवधिमा सात लाख ८५ हजार आठ सय ९६ जना कोरोना  भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै विश्वभर १३ हजार दुई सय ६८ जनाले ज्यान गुमाएका छन् ।

आज बिहानसम्म विश्वमा कोरोना सङ्क्रमितको संख्या १३ करोड ५२ लाख ८९ हजार आठ सय ६९ पुगेको वर्ल्डओमिटरको तथ्याङ्कमा उल्लेख छ ।

कोरोना सङ्क्रमणका कारण विश्वमा अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या २९ लाख २७ हजार ६ सय ८४ पुगेको छ । गएको २४ घण्टामा सबैभन्दा धेरै भारतमा एक लाख ४४ हजार आठ सय २९ जना नयाँ सङ्क्रमित थपिएका छन् भने सात सय ७३ जनाको ज्यान गएको छ ।

त्यसैगरी ब्राजिलमा ८९ हजार ९० जना सङ्क्रमित थपिँदा तीन हजार ६ सय ४७ जनाको ज्यान गएको छ । 



Related News


यसमा तपाइको मत


Comments