17 Baishak, 2081 / 29 April , 2024
काठमाडौं, १९ जेठ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्न लागेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।
हिजोको बैठकले स्पष्टीकरण सोधिएका खनाल–नेपाल समूहका नेताहरुबारे कुनै निर्णय लिएन । बैठकले पार्टी एकताका लागि अन्तिम प्रयास जारी राख्ने निर्णय गरेको थियो । आज पनि नेताहरुको कारबाहीबारेको एजेन्डा नभएको उनले बताए ।
पछिल्लो समय एमालेको एकता कामय राख्न दुवै पक्षका दोस्रो तहका नेताहरू सघन छलफलमा जुटेका छन्।