31 Ashwin, 2078 / 17 October , 2021

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

काबुलमा फेरि ड्रोन आक्रमण




काबुलमा  फेरि ड्रोन आक्रमण

एजेन्सी । काबुल विमानस्थलमा आक्रमणको तयारी गरिरहेको एक सवारी साधनमा अमेरिकाले ड्रोन आक्रमण गरेको छ । विमानस्थल नजिकै इस्लामिक स्टेटको स्थानीय शाखा इस्लामिक स्टेट के सम्बद्ध एउटा सवारी साधनमाथि अमेरिकी सेनाले आक्रमण गरेको हो । ड्रोन आक्रमणपछि काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ठूलो विस्फोटनको आवाज सुनिएको थियो । आक्रमणमा दुई जनाको मृत्यु भएको बताइएको छ ।

केही समयअघि अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा पुनः हमला हुन सक्ने चेतावनी दिएका थिए । विमानस्थलमा आक्रमण गर्ने लक्ष्य राखेको आत्मघाती बमधारी विरुद्ध ड्रोन आक्रमण गरिएको अमेरिकी सेनाले जनाएको छ ।

से नाले ड्रोन आक्रमणले विमानस्थलमाथि रहेको खतरा समाप्त पारेको जनाएको छ । पछिल्लो आक्रमण काबुल विमास्थलमा आक्रमण गर्नेहरुविरुद्ध लक्षित रहेको अमेरिकी सेनाले स्पष्ट पारेको छ । काबुल विमानस्थलमा अमेरिकी सैनिकहरूमाथि आक्रमण गर्नेहरू विरुद्ध जुनसुकै हतियार र सार्मथ्य लगाएर भएपनि नियन्त्रणमा लिन अमेरिकी राष्ट्रपति बाइडेनले निर्देशन दिएका थिए ।

 


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti