20 Baishak, 2081 / 2 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

इटालीमा विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु




इटालीमा विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु


एजेन्सी । इटालीको मिलानमा विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।  इटालीको उत्तरी शहर मिलानमा रहेको खाली कार्यालय भवनमा विमान ठोक्किएको हो ।

दुर्घटनामा विमानमा रहेका सबै ८ जनाको ज्यान गएको इटालीका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मिलानको लिनाते विमानस्थलबाट सार्दिनिया आइल्याण्डका लागि उडान भरेको विमान दुर्घटनामा परेको हो । विमानका पाइलट रोमानियाका अर्बपति ६८ वर्षका ड्यान पिट्रेस्कु थिए ।

दुर्घटनामा उनीसहित उनर्की श्रीमती र छोराको पनि ज्यान गएको इटालियन सञ्चारमाध्यमले उल्लेख गरेका छन् । विमान ठोक्किएपछि भवन तथा तल रहेका कारमा आगलागी भएको थियो ।
 



Related News


यसमा तपाइको मत


Comments