15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

चीनको दबाबका सामु हामी झुक्दैनाैँ: ताइवान राष्ट्रपति




चीनको दबाबका सामु हामी झुक्दैनाैँ: ताइवान राष्ट्रपति

एजेन्सी । ताइवानले आफ्नो देशको भविष्य आफ्ना नागरिकको हातमा रहेको बताएको छ। चीनको दबाबका सामु आफूहरु नझुक्ने ताइवानकी राष्ट्रपतिले बताएकी छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै आफ्नो सम्बोधनमा ताइवानसँग ‘पुनः एकीकरण’ गर्नुपर्ने बताएका थिए। सकेसम्म शान्तिपूर्ण प्रक्रिया अपनाइने बताएका सीले ‘पुनः एकीकरण’ को प्रक्रियामा बल प्रयोगको सम्भावना खारेज गरेको छैन।

ताइवानकी राष्टपति साई इंग–वेनले आफ्नो देशको सुरक्षा व्यवस्था बलियो बनाइराख्ने र आफ्नो भूमिमा कसैलाई पनि शक्तिको प्रयोग गर्न नदिने बताएकी छन्। समाचार संस्था रोयटर्सका अनुसार आइतबार राष्ट्रिय दिवसको र्‍यालीलाई सम्बोधन गर्दै भनेकी छन्, ‘हामी हाम्रो राष्ट्रिय सुरक्षा बलियो बनाउने क्रम जारी राख्ने छौँ र आफ्नो सुरक्षाका लागि प्रतिबद्ध छौँ ताकि कोही पनि ताइवानलाई त्यो मार्गमा जान बाध्य नपारियोस्, जुन चीनले हाम्रा लागि बनाइरहेको छ।’

‘चीनले जुन प्रस्ताव गरेको छ, त्यो प्रजातान्त्रिक होइन र ताइवानका लागि एक लोकतान्त्रिक तरिका पनि होइन। उसलाई हाम्रा दुई करोड ३० लाख मानिसको सम्प्रभुता पनि मिल्ने छैन’, साईले भनेकी छन्। ताइवान आफूलाई स्वतन्त्र सार्वभौम देश मान्छ। तर चीन भने ताइवान आफ्नो छुट्टिएको प्रान्तको रुपमा लिने गरेको छ।



Related News


यसमा तपाइको मत


Comments